Lucas 9
npioncb (NPIONCB) vs NAA
1 एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
1 Tendo Jesus convocado os doze, deu-lhes poder e autoridade sobre todos os demônios e para curar doenças.
2 अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।
2 Também os enviou a pregar o Reino de Deus e a curar os enfermos.
3 उहाँले तिनीहरूलाई भन्नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा।
3 E disse-lhes:
4 जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।
4 Na casa em que vocês entrarem, fiquem ali até saírem daquele lugar.
5 यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”
5 E onde quer que não receberem vocês, ao saírem daquela cidade sacudam o pó dos pés em testemunho contra eles.
6 तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।
6 Então, saindo, percorriam todas as aldeias, anunciando o evangelho e fazendo curas por toda parte.
7 अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे।
7 Ora, o tetrarca Herodes soube de tudo o que se passava e ficou perplexo, porque alguns diziam: “João ressuscitou dentre os mortos.”
8 कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्ने गर्थे।
8 Outros diziam: “Elias apareceu.” E ainda outros diziam: “Um dos antigos profetas ressuscitou.”
9 तर हेरोदले भने, “मैले नै यूहन्नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।
9 Herodes, porém, disse: — Eu mandei decapitar João. Quem, então, é este a respeito do qual tenho ouvido tais coisas? E se esforçava para vê-lo.
10 जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्ने एउटा सहरमा सुटुक्कै जानुभयो।
10 Ao regressarem, os apóstolos relataram a Jesus tudo o que tinham feito. Ele, levando-os consigo, retirou-se à parte para uma cidade chamada Betsaida.
11 तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
11 Mas as multidões souberam disso e o seguiram. Acolhendo-as, Jesus lhes falava a respeito do Reino de Deus e socorria os que tinham necessidade de cura.
12 दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।”
12 Mas o dia estava chegando ao fim. Então os doze se aproximaram de Jesus e disseram: — Despeça a multidão, para que, indo às aldeias e campos ao redor, se hospedem e encontrem alimento; pois estamos aqui em lugar deserto.
13 उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”
13 Jesus, porém, lhes disse: Os discípulos responderam: — Não temos mais que cinco pães e dois peixes, a não ser que nós mesmos vamos e compremos comida para todo este povo.
14 (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।)
14 Porque estavam ali cerca de cinco mil homens. Então Jesus disse aos seus discípulos:
15 अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे।
15 Eles atenderam, fazendo com que todos se assentassem.
16 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो।
16 E Jesus, pegando os cinco pães e os dois peixes, erguendo os olhos para o céu, os abençoou, partiu e deu aos discípulos para que os distribuíssem entre o povo.
17 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
17 Todos comeram e se fartaram; e dos pedaços que sobraram foram recolhidos doze cestos.
18 एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”
18 E aconteceu que, enquanto Jesus estava orando em particular, achavam-se presentes os discípulos, a quem perguntou:
19 तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।”
19 Eles responderam: — Uns dizem que é João Batista; outros dizem que é Elias; e ainda outros dizem que um dos antigos profetas ressuscitou.
20 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?”
20 Então Jesus perguntou: Respondendo, Pedro disse: — O Cristo de Deus.
21 येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्नू भनी कडा आज्ञा दिनुभयो।
21 Jesus, porém, advertindo-os, mandou que a ninguém declarassem tal coisa,
22 अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै कष्टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।”
22 dizendo:
23 त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
23 Jesus dizia a todos:
24 किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।
24 Pois quem quiser salvar a sua vida a perderá; e quem perder a vida por minha causa, esse a salvará.
25 यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
25 De que adianta uma pessoa ganhar o mundo inteiro, se vier a perder-se ou causar dano a si mesma?
26 यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ।
26 Pois quem se envergonhar de mim e das minhas palavras, dele se envergonhará o Filho do Homem, quando vier na sua glória e na glória do Pai e dos santos anjos.
27 “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
27 Em verdade lhes digo que alguns dos que aqui se encontram não passarão pela morte até que vejam o Reino de Deus.
28 येशूले यो कुरा भन्नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।
28 Cerca de oito dias depois de proferidas estas palavras, Jesus levou consigo Pedro, João e Tiago e subiu ao monte com o propósito de orar.
29 उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो।
29 E aconteceu que, enquanto ele orava, a aparência do seu rosto se transfigurou e a roupa dele ficou de um branco brilhante.
30 दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।
30 E eis que dois homens falavam com ele: eram Moisés e Elias,
31 तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।
31 que apareceram em glória e falavam da morte de Jesus, que ele estava para cumprir em Jerusalém.
32 पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे।
32 Pedro e seus companheiros estavam caindo de sono; mas, conservando-se acordados, viram a glória de Jesus e os dois homens que estavam com ele.
33 मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
33 Quando estes começaram a se afastar de Jesus, Pedro lhe disse: — Mestre, bom é estarmos aqui. Façamos três tendas: uma para o senhor, outra para Moisés e outra para Elias. Porém, Pedro não sabia o que estava dizendo.
34 तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए।
34 Enquanto assim falava, veio uma nuvem e os envolveu. E ficaram com medo ao entrar na nuvem.
35 बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”
35 E dela veio uma voz que dizia: — Este é o meu Filho, o meu eleito; escutem o que ele diz!
36 यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।
36 Depois daquela voz, perceberam que Jesus estava sozinho. Eles ficaram calados e, naqueles dias, não contaram nada a ninguém a respeito do que tinham visto.
37 भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।
37 No dia seguinte, quando eles desceram do monte, uma grande multidão veio ao encontro de Jesus.
38 भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो।
38 E eis que, do meio da multidão, surgiu um homem, dizendo em alta voz: — Mestre, peço que o senhor olhe o meu filho, porque é o único que tenho.
39 एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ।
39 Um espírito se apodera dele, e, de repente, o menino grita, e o espírito o convulsiona até espumar; e dificilmente o deixa, depois de o ter maltratado.
40 त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
40 Pedi aos seus discípulos que o expulsassem, mas eles não puderam.
41 येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”
41 Jesus exclamou:
42 त्यो केटो आउँदा-आउँदै दुष्ट आत्माले उसलाई भुइँमा पछार्यो र माडारमुडुर पार्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।
42 Quando o menino estava se aproximando, o demônio o atirou no chão e o convulsionou; mas Jesus repreendeu o espírito imundo, curou o menino e o entregou ao pai.
43 तिनीहरू सबै परमेश्वरको महान् शक्ति देखेर आश्चर्यचकित भए।
43 E todos ficaram maravilhados com a majestade de Deus. Como todos estavam admirados com tudo o que Jesus fazia, ele disse aos seus discípulos:
44 “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।”
44 — Prestem bem atenção nas seguintes palavras: o Filho do Homem está para ser entregue nas mãos dos homens.
45 तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।
45 Eles, porém, não entendiam isso, e lhes foi encoberto para que não o compreendessem. E temiam fazer perguntas a Jesus a respeito deste assunto.
46 चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्ने विषयमा विवाद सुरु भयो।
46 Surgiu entre os discípulos uma discussão sobre qual deles seria o maior.
47 येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।
47 Mas Jesus, sabendo o que se passava no coração deles, pegou uma criança, colocou-a junto de si
48 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
48 e lhes disse:
49 यूहन्नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।”
49 João tomou a palavra e disse: — Mestre, vimos certo homem que expulsava demônios em seu nome, mas nós o proibimos de fazer isso, porque não segue conosco.
50 येशूले भन्नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
50 Mas Jesus lhe disse:
51 जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्चय गर्नुभयो।
51 E aconteceu que, ao se completarem os dias em que seria elevado ao céu, Jesus manifestou, no semblante, a firme resolução de ir para Jerusalém.
52 उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए।
52 E enviou mensageiros que fossem na frente. Indo eles, entraram numa aldeia de samaritanos para lhe preparar pousada.
53 तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्।
53 Mas não o receberam, porque o aspecto dele era de quem, decisivamente, ia para Jerusalém.
54 उहाँका चेलाहरू याकोब र यूहन्नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्ने तपाईं चाहनुहुन्छ?”
54 Vendo isto, os discípulos Tiago e João perguntaram: — Senhor, quer que mandemos descer fogo do céu para os consumir?
55 तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो,
55 Mas Jesus, voltando-se, os repreendeu.
56 र उहाँहरू अर्कै गाउँतिर जानुभयो।
56 E seguiram para outra aldeia.
57 उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”
57 Enquanto seguiam pelo caminho, alguém disse a Jesus: — Vou segui-lo para onde quer que o senhor for.
58 येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
58 Mas Jesus lhe respondeu:
59 उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग।”
59 A outro Jesus disse: Mas ele respondeu: — Senhor, deixe-me ir primeiro sepultar o meu pai.
60 येशूले त्यसलाई भन्नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्वरको राज्यको घोषणा गर।”
60 Mas Jesus insistiu:
61 अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।”
61 Outro lhe disse: — Senhor, quero segui-lo, mas permita que antes disso eu me despeça das pessoas da minha casa.
62 येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।”
62 Mas Jesus lhe respondeu:
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.