Lucas 9

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
1 Tendo Jesus convocado os doze, deu-lhes poder e autoridade sobre todos os demônios, e para efetuarem curas.
2 अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।
2 Também os enviou a pregar o reino de Deus e a curar os enfermos.
3 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा।
3 E disse-lhes: Nada leveis para o caminho: nem bordão, nem alforje, nem pão, nem dinheiro; nem deveis ter duas túnicas.
4 जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।
4 Na casa em que entrardes, ali permanecei e dali saireis.
5 यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”
5 E onde quer que não vos receberem, ao sairdes daquela cidade, sacudi o pó dos vossos pés em testemunho contra eles.
6 तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।
6 Então, saindo, percorriam todas as aldeias, anunciando o evangelho e efetuando curas por toda parte.
7 अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे।
7 Ora, o tetrarca Herodes soube de tudo o que se passava e ficou perplexo, porque alguns diziam: João ressuscitou dentre os mortos;
8 कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे।
8 outros: Elias apareceu; e outros: Ressurgiu um dos antigos profetas.
9 तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।
9 Herodes, porém, disse: Eu mandei decapitar a João; quem é, pois, este a respeito do qual tenho ouvido tais coisas? E se esforçava por vê-lo.
10 जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो।
10 Ao regressarem, os apóstolos relataram a Jesus tudo o que tinham feito. E, levando-os consigo, retirou-se à parte para uma cidade chamada Betsaida.
11 तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
11 Mas as multidões, ao saberem, seguiram-no. Acolhendo-as, falava-lhes a respeito do reino de Deus e socorria os que tinham necessidade de cura.
12 दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।”
12 Mas o dia começava a declinar. Então, se aproximaram os doze e lhe disseram: Despede a multidão, para que, indo às aldeias e campos circunvizinhos, se hospedem e achem alimento; pois estamos aqui em lugar deserto.
13 उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”
13 Ele, porém, lhes disse: Dai-lhes vós mesmos de comer. Responderam eles: Não temos mais que cinco pães e dois peixes, salvo se nós mesmos formos comprar comida para todo este povo.
14 (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।)
14 Porque estavam ali cerca de cinco mil homens. Então, disse aos seus discípulos: Fazei-os sentar-se em grupos de cinquenta.
15 अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे।
15 Eles atenderam, acomodando a todos.
16 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो।
16 E, tomando os cinco pães e os dois peixes, erguendo os olhos para o céu, os abençoou, partiu e deu aos discípulos para que os distribuíssem entre o povo.
17 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
17 Todos comeram e se fartaram; e dos pedaços que ainda sobejaram foram recolhidos doze cestos.
18 एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”
18 Estando ele orando à parte, achavam-se presentes os discípulos, a quem perguntou: Quem dizem as multidões que sou eu?
19 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।”
19 Responderam eles: João Batista, mas outros, Elias; e ainda outros dizem que ressurgiu um dos antigos profetas.
20 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?”
20 Mas vós, perguntou ele, quem dizeis que eu sou? Então, falou Pedro e disse: És o Cristo de Deus.
21 येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।
21 Ele, porém, advertindo-os, mandou que a ninguém declarassem tal coisa,
22 अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।”
22 dizendo: É necessário que o Filho do Homem sofra muitas coisas, seja rejeitado pelos anciãos, pelos principais sacerdotes e pelos escribas; seja morto e, no terceiro dia, ressuscite.
23 त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
23 Dizia a todos: Se alguém quer vir após mim, a si mesmo se negue, dia a dia tome a sua cruz e siga-me.
24 किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।
24 Pois quem quiser salvar a sua vida perdê-la-á; quem perder a vida por minha causa, esse a salvará.
25 यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
25 Que aproveita ao homem ganhar o mundo inteiro, se vier a perder-se ou a causar dano a si mesmo?
26 यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ।
26 Porque qualquer que de mim e das minhas palavras se envergonhar, dele se envergonhará o Filho do Homem, quando vier na sua glória e na do Pai e dos santos anjos.
27 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
27 Verdadeiramente, vos digo: alguns há dos que aqui se encontram que, de maneira nenhuma, passarão pela morte até que vejam o reino de Deus.
28 येशूले यो कुरा भन्‍नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्‍नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।
28 Cerca de oito dias depois de proferidas estas palavras, tomando consigo a Pedro, João e Tiago, subiu ao monte com o propósito de orar.
29 उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो।
29 E aconteceu que, enquanto ele orava, a aparência do seu rosto se transfigurou e suas vestes resplandeceram de brancura.
30 दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।
30 Eis que dois varões falavam com ele: Moisés e Elias,
31 तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो।
31 os quais apareceram em glória e falavam da sua partida, que ele estava para cumprir em Jerusalém.
32 पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे।
32 Pedro e seus companheiros achavam-se premidos de sono; mas, conservando-se acordados, viram a sua glória e os dois varões que com ele estavam.
33 मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
33 Ao se retirarem estes de Jesus, disse-lhe Pedro: Mestre, bom é estarmos aqui; então, façamos três tendas: uma será tua, outra, de Moisés, e outra, de Elias, não sabendo, porém, o que dizia.
34 तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्‍यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए।
34 Enquanto assim falava, veio uma nuvem e os envolveu; e encheram-se de medo ao entrarem na nuvem.
35 बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”
35 E dela veio uma voz, dizendo: Este é o meu Filho, o meu eleito; a ele ouvi.
36 यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।
36 Depois daquela voz, achou-se Jesus sozinho. Eles calaram-se e, naqueles dias, a ninguém contaram coisa alguma do que tinham visto.
37 भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।
37 No dia seguinte, ao descerem eles do monte, veio ao encontro de Jesus grande multidão.
38 भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो।
38 E eis que, dentre a multidão, surgiu um homem, dizendo em alta voz: Mestre, suplico-te que vejas meu filho, porque é o único;
39 एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ।
39 um espírito se apodera dele, e, de repente, o menino grita, e o espírito o atira por terra, convulsiona-o até espumar; e dificilmente o deixa, depois de o ter quebrantado.
40 त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
40 Roguei aos teus discípulos que o expelissem, mas eles não puderam.
41 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”
41 Respondeu Jesus: Ó geração incrédula e perversa! Até quando estarei convosco e vos sofrerei? Traze o teu filho.
42 त्यो केटो आउँदा-आउँदै दुष्‍ट आत्माले उसलाई भुइँमा पछार्‍यो र माडारमुडुर पार्‍यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।
42 Quando se ia aproximando, o demônio o atirou no chão e o convulsionou; mas Jesus repreendeu o espírito imundo, curou o menino e o entregou a seu pai.
43 तिनीहरू सबै परमेश्‍वरको महान् शक्ति देखेर आश्‍चर्यचकित भए।
43 E todos ficaram maravilhados ante a majestade de Deus. Como todos se maravilhassem de quanto Jesus fazia, disse aos seus discípulos:
44 “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।”
44 Fixai nos vossos ouvidos as seguintes palavras: o Filho do Homem está para ser entregue nas mãos dos homens.
45 तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्‍त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।
45 Eles, porém, não entendiam isto, e foi-lhes encoberto para que o não compreendessem; e temiam interrogá-lo a este respeito.
46 चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्‍ने विषयमा विवाद सुरु भयो।
46 Levantou-se entre eles uma discussão sobre qual deles seria o maior.
47 येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।
47 Mas Jesus, sabendo o que se lhes passava no coração, tomou uma criança, colocou-a junto a si
48 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
48 e lhes disse: Quem receber esta criança em meu nome a mim me recebe; e quem receber a mim recebe aquele que me enviou; porque aquele que entre vós for o menor de todos, esse é que é grande.
49 यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।”
49 Falou João e disse: Mestre, vimos certo homem que, em teu nome, expelia demônios e lho proibimos, porque não segue conosco.
50 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
50 Mas Jesus lhe disse: Não proibais; pois quem não é contra vós outros é por vós.
51 जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो।
51 E aconteceu que, ao se completarem os dias em que devia ele ser assunto ao céu, manifestou, no semblante, a intrépida resolução de ir para Jerusalém
52 उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए।
52 e enviou mensageiros que o antecedessem. Indo eles, entraram numa aldeia de samaritanos para lhe preparar pousada.
53 तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्।
53 Mas não o receberam, porque o aspecto dele era de quem, decisivamente, ia para Jerusalém.
54 उहाँका चेलाहरू याकोब र यूहन्‍नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
54 Vendo isto, os discípulos Tiago e João perguntaram: Senhor, queres que mandemos descer fogo do céu para os consumir?
55 तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो,
55 Jesus, porém, voltando-se os repreendeu [e disse: Vós não sabeis de que espírito sois].
56 र उहाँहरू अर्कै गाउँतिर जानुभयो।
56 [Pois o Filho do Homem não veio para destruir as almas dos homens, mas para salvá-las.] E seguiram para outra aldeia.
57 उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”
57 Indo eles caminho fora, alguém lhe disse: Seguir-te-ei para onde quer que fores.
58 येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
58 Mas Jesus lhe respondeu: As raposas têm seus covis, e as aves do céu, ninhos; mas o Filho do Homem não tem onde reclinar a cabeça.
59 उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग।”
59 A outro disse Jesus: Segue-me! Ele, porém, respondeu: Permite-me ir primeiro sepultar meu pai.
60 येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।”
60 Mas Jesus insistiu: Deixa aos mortos o sepultar os seus próprios mortos. Tu, porém, vai e prega o reino de Deus.
61 अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।”
61 Outro lhe disse: Seguir-te-ei, Senhor; mas deixa-me primeiro despedir-me dos de casa.
62 येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्यको सेवामा योग्य हुँदैन।”
62 Mas Jesus lhe replicou: Ninguém que, tendo posto a mão no arado, olha para trás é apto para o reino de Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.