Lucas 24
npioncb (NPIONCB) vs ARA
1 हप्ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए।
1 Mas, no primeiro dia da semana, alta madrugada, foram elas ao túmulo, levando os aromas que haviam preparado.
2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए।
2 E encontraram a pedra removida do sepulcro;
3 तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
3 mas, ao entrarem, não acharam o corpo do Senhor Jesus.
4 यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्कासि तिनीहरूका अगि उभिए।
4 Aconteceu que, perplexas a esse respeito, apareceram-lhes dois varões com vestes resplandecentes.
5 ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ?
5 Estando elas possuídas de temor, baixando os olhos para o chão, eles lhes falaram: Por que buscais entre os mortos ao que vive?
6 उहाँ यहाँ हुनुहुन्न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ:
6 Ele não está aqui, mas ressuscitou. Lembrai-vos de como vos preveniu, estando ainda na Galileia,
7 ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ”
7 quando disse: Importa que o Filho do Homem seja entregue nas mãos de pecadores, e seja crucificado, e ressuscite no terceiro dia.
8 तब तिनीहरूले उहाँका वचन सम्झे।
8 Então, se lembraram das suas palavras.
9 चिहानबाट फर्केर आएपछि तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने।
9 E, voltando do túmulo, anunciaram todas estas coisas aos onze e a todos os mais que com eles estavam.
10 प्रेरितहरूलाई यी कुराहरू भन्नेहरूमा मरियम मग्दलिनी, योअन्ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए।
10 Eram Maria Madalena, Joana e Maria, mãe de Tiago; também as demais que estavam com elas confirmaram estas coisas aos apóstolos.
11 तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो।
11 Tais palavras lhes pareciam um como delírio, e não acreditaram nelas.
12 तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले त्यहाँ मलमलका कपडाका पट्टीहरू मात्र देखे; अनि के भएको हो भन्ने कुरामा उनी अचम्म मान्दै फर्के।
12 Pedro, porém, levantando-se, correu ao sepulcro. E, abaixando-se, nada mais viu, senão os lençóis de linho; e retirou-se para casa, maravilhado do que havia acontecido.
13 अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए।
13 Naquele mesmo dia, dois deles estavam de caminho para uma aldeia chamada Emaús, distante de Jerusalém sessenta estádios.
14 तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए।
14 E iam conversando a respeito de todas as coisas sucedidas.
15 तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो।
15 Aconteceu que, enquanto conversavam e discutiam, o próprio Jesus se aproximou e ia com eles.
16 तर तिनीहरूले उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए।
16 Os seus olhos, porém, estavam como que impedidos de o reconhecer.
17 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?”
17 Então, lhes perguntou Jesus: Que é isso que vos preocupa e de que ides tratando à medida que caminhais? E eles pararam entristecidos.
18 तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्ने थाहा छैन?”
18 Um, porém, chamado Cleopas, respondeu, dizendo: És o único, porventura, que, tendo estado em Jerusalém, ignoras as ocorrências destes últimos dias?
19 उहाँले सोध्नुभयो, “के कुरा?”
19 Ele lhes perguntou: Quais? E explicaram: O que aconteceu a Jesus, o Nazareno, que era varão profeta, poderoso em obras e palavras, diante de Deus e de todo o povo,
20 मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे,
20 e como os principais sacerdotes e as nossas autoridades o entregaram para ser condenado à morte e o crucificaram.
21 तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो।
21 Ora, nós esperávamos que fosse ele quem havia de redimir a Israel; mas, depois de tudo isto, é já este o terceiro dia desde que tais coisas sucederam.
22 त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए,
22 É verdade também que algumas mulheres, das que conosco estavam, nos surpreenderam, tendo ido de madrugada ao túmulo;
23 तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए।
23 e, não achando o corpo de Jesus, voltaram dizendo terem tido uma visão de anjos, os quais afirmam que ele vive.
24 त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।”
24 De fato, alguns dos nossos foram ao sepulcro e verificaram a exatidão do que disseram as mulheres; mas não o viram.
25 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ!
25 Então, lhes disse Jesus: Ó néscios e tardos de coração para crer tudo o que os profetas disseram!
26 के ख्रीष्टले यी सबै कष्टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?”
26 Porventura, não convinha que o Cristo padecesse e entrasse na sua glória?
27 अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो।
27 E, começando por Moisés, discorrendo por todos os Profetas, expunha-lhes o que a seu respeito constava em todas as Escrituras.
28 तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो।
28 Quando se aproximavam da aldeia para onde iam, fez ele menção de passar adiante.
29 तर तिनीहरूले उहाँलाई कर गर्दै बिन्ती गरे, “हामीसँग नै बस्नुहोस्; किनकि अब साँझ पर्दैछ। अनि दिन पनि ढल्किसकेको छ।” तब तिनीहरूसँगै बस्न उहाँ भित्र पस्नुभयो।
29 Mas eles o constrangeram, dizendo: Fica conosco, porque é tarde, e o dia já declina. E entrou para ficar com eles.
30 जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।
30 E aconteceu que, quando estavam à mesa, tomando ele o pão, abençoou-o e, tendo-o partido, lhes deu;
31 त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्टिबाट ओझेल हुनुभयो।
31 então, se lhes abriram os olhos, e o reconheceram; mas ele desapareceu da presença deles.
32 तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
32 E disseram um ao outro: Porventura, não nos ardia o coração, quando ele, pelo caminho, nos falava, quando nos expunha as Escrituras?
33 तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघार जना र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे।
33 E, na mesma hora, levantando-se, voltaram para Jerusalém, onde acharam reunidos os onze e outros com eles,
34 अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
34 os quais diziam: O Senhor ressuscitou e já apareceu a Simão!
35 त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए।
35 Então, os dois contaram o que lhes acontecera no caminho e como fora por eles reconhecido no partir do pão.
36 तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!”
36 Falavam ainda estas coisas quando Jesus apareceu no meio deles e lhes disse: Paz seja convosco!
37 तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए।
37 Eles, porém, surpresos e atemorizados, acreditavam estarem vendo um espírito.
38 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ?
38 Mas ele lhes disse: Por que estais perturbados? E por que sobem dúvidas ao vosso coração?
39 मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।”
39 Vede as minhas mãos e os meus pés, que sou eu mesmo; apalpai-me e verificai, porque um espírito não tem carne nem ossos, como vedes que eu tenho.
40 यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो।
40 Dizendo isto, mostrou-lhes as mãos e os pés.
41 अनि जब आनन्द र आश्चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?”
41 E, por não acreditarem eles ainda, por causa da alegria, e estando admirados, Jesus lhes disse: Tendes aqui alguma coisa que comer?
42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए।
42 Então, lhe apresentaram um pedaço de peixe assado [e um favo de mel].
43 अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो।
43 E ele comeu na presença deles.
44 उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।”
44 A seguir, Jesus lhes disse: São estas as palavras que eu vos falei, estando ainda convosco: importava se cumprisse tudo o que de mim está escrito na Lei de Moisés, nos Profetas e nos Salmos.
45 त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।
45 Então, lhes abriu o entendimento para compreenderem as Escrituras;
46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ: ख्रीष्टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ।
46 e lhes disse: Assim está escrito que o Cristo havia de padecer e ressuscitar dentre os mortos no terceiro dia
47 अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्चात्तापको प्रचार हुनेछ।
47 e que em seu nome se pregasse arrependimento para remissão de pecados a todas as nações, começando de Jerusalém.
48 तिमीहरू यिनै कुराहरूका साक्षी छौ।
48 Vós sois testemunhas destas coisas.
49 मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।”
49 Eis que envio sobre vós a promessa de meu Pai; permanecei, pois, na cidade, até que do alto sejais revestidos de poder.
50 येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो।
50 Então, os levou para Betânia e, erguendo as mãos, os abençoou.
51 तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।
51 Aconteceu que, enquanto os abençoava, ia-se retirando deles, sendo elevado para o céu.
52 अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के।
52 Então, eles, adorando-o, voltaram para Jerusalém, tomados de grande júbilo;
53 अनि परमेश्वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।
53 e estavam sempre no templo, louvando a Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.