Lucas 18
npioncb (NPIONCB) vs BKJ
1 तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
1 E ele falou-lhes uma parábola com este fim, de que os homens devem sempre orar e nunca desfalecer,
2 उहाँले भन्नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे।
2 dizendo: Havia em uma cidade um juiz que não temia a Deus, nem respeitava os homens;
3 त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’
3 e havia naquela cidade uma viúva; e ela veio a ele, dizendo: Vingue-me do meu adversário.
4 “केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्न लागे, ‘म परमेश्वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ;
4 E por algum tempo ele não quis; mas depois ele disse consigo: Ainda que eu não temo a Deus, nem respeito os homens,
5 तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ”
5 todavia, como esta viúva me incomoda, vou vingá-la, para que ela não continue a vir me cansar.
6 अनि प्रभुले भन्नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन!
6 E disse o Senhor: Ouvi o que diz o injusto juiz.
7 तब के परमेश्वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र?
7 E Deus não vingará aos seus próprios eleitos, que clamam a ele dia e noite, já que é longânimo para com eles?
8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
8 Eu vos digo que, ele os vingará rapidamente. Quando, porém, vier o Filho do homem, porventura achará fé na terra?
9 आफ्नै धार्मिकतामा ढुक्क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्टान्त भन्नुभयो:
9 E ele falou esta parábola a uns que confiavam em si mesmos, que eles eram justos, e desprezavam os outros:
10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
10 Dois homens subiram ao templo para orar; um fariseu, e o outro publicano.
11 फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ।
11 O fariseu, posto em pé, assim orava consigo mesmo: Ó Deus, eu te agradeço, porque não sou como os outros homens, extorsionários, injustos e adúlteros; nem como este publicano.
12 म हप्तामा दुईपल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’
12 Eu jejuo duas vezes na semana, dou os dízimos de tudo quanto eu possuo.
13 “तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’
13 E o publicano, estando em pé de longe, não queria levantar seus olhos ao céu, mas batia sobre o seu peito, dizendo: Ó Deus, tem misericórdia de mim, pecador!
14 “म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्च पारिनेछन्।”
14 Eu vos digo que este homem desceu justificado para sua casa, em vez do outro; porque todo o que a si mesmo se exaltar será humilhado, e o que a si mesmo se humilhar será exaltado.
15 मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए।
15 E eles traziam-lhe também os bebês, para que ele os tocasse; mas os seus discípulos, vendo isso, os repreendiam.
16 तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूका लागि हो।
16 Jesus, porém, chamando-as para si, disse: Deixai vir a mim as criancinhas, e não as proibais; porque das tais é o reino de Deus.
17 म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
17 Verdadeiramente eu vos digo: Qualquer que não receber o reino de Deus como uma criancinha de forma alguma entrará nele.
18 कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
18 E um certo governante perguntou-lhe, dizendo: Bom Mestre, o que eu farei para herdar a vida eterna?
19 येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्वरबाहेक अरू कोही पनि असल छैन।
19 E Jesus lhe disse: Por que me chamas bom? Ninguém é bom, senão um, que é Deus.
20 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले व्यभिचार नगर्नू, तैँले मानव हत्या नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
20 Tu sabes os mandamentos: Não cometerás adultério, não assassinarás, não furtarás, não dirás falso testemunho, honra a teu pai e a tua mãe.
21 तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।”
21 E ele disse: Tudo isso eu tenho guardado desde a minha juventude.
22 यो सुनेर येशूले तिनलाई भन्नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
22 Ora, Jesus ouvindo estas coisas, lhe disse: Ainda te falta uma coisa; vende tudo quanto tens, e distribua entre os pobres, e tu terás um tesouro no céu; e vem e segue-me.
23 यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी धेरै धनी थिए।
23 E, ao ouvir esta palavra, ele ficou muito triste; porque ele era muito rico.
24 येशूले तिनलाई हेरेर भन्नुभयो, “धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!
24 E, vendo Jesus que ele ficara muito triste, disse: Quão dificilmente entrarão no reino de Deus os que têm riquezas!
25 वास्तवमा कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
25 Porque é mais fácil um camelo passar por um olho de agulha, do que entrar um homem rico no reino de Deus.
26 यो सुन्नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
26 E os que ouviram isso disseram: Então, quem poderá ser salvo?
27 येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।”
27 E ele disse: As coisas que são impossíveis com homens são possíveis com Deus.
28 पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!”
28 Então, disse Pedro: Eis que nós deixamos tudo, e te seguimos.
29 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ,
29 E, ele lhes disse: Verdadeiramente eu vos digo: Não há homem que, tendo deixado casa, ou pais, ou irmãos, ou esposa, ou filhos por causa do reino de Deus,
30 त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्त गर्नेछ।”
30 que não receba, nesse tempo presente, muito mais, e no mundo vindouro a vida eterna.
31 येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ।
31 Então, ele tomando consigo os doze, disse-lhes: Eis que estamos subindo para Jerusalém, e todas as coisas escritas pelos profetas a respeito do Filho do homem serão cumpridas.
32 उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्।
32 Porque ele será entregue aos gentios, e será escarnecido, humilhado e cuspido;
33 उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।”
33 e, eles o açoitarão, e o matarão; e ao terceiro dia ele será ressuscitado.
34 चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्।
34 E eles não entendiam nenhuma dessas coisas; e esta palavra lhes era encoberta, e eles não entenderam as coisas que foram faladas.
35 येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो।
35 E aconteceu que, chegando ele perto de Jericó, estava um certo homem cego assentado junto do caminho, mendigando.
36 नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्यो।
36 E, ouvindo passar a multidão, ele perguntou o que isto significava.
37 तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।”
37 E disseram-lhe que Jesus de Nazaré estava passando.
38 त्यसले उच्च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
38 E ele gritou, dizendo: Jesus, Filho de Davi, tem misericórdia de mim.
39 बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
39 E os que iam à frente repreendiam-no, para que se calasse; mas ele gritava ainda mais: Filho de Davi, tem misericórdia de mim.
40 येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो,
40 E Jesus, parando, ordenou que lho trouxessem. E ele chegando perto, perguntou-lhe,
41 “म तिम्रो निम्ति के गरिदिऊँ भन्ने तिमी चाहन्छौ?”
41 dizendo: O que queres que eu te faça? E ele disse: Senhor, que eu possa receber a minha visão.
42 येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
42 E Jesus lhe disse: Recebe a visão, a tua fé te salvou.
43 तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र परमेश्वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्वरको प्रशंसा गरे।
43 E ele imediatamente recuperou a sua visão, e o foi seguindo, glorificando a Deus; e todo o povo, vendo isso, dava louvores a Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.