Lucas 18

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्‍ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो।
1 Disse-lhes Jesus uma parábola sobre o dever de orar sempre e nunca esmorecer:
2 उहाँले भन्‍नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्‍वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे।
2 Havia em certa cidade um juiz que não temia a Deus, nem respeitava homem algum.
3 त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’
3 Havia também, naquela mesma cidade, uma viúva que vinha ter com ele, dizendo: Julga a minha causa contra o meu adversário.
4 “केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्‍न लागे, ‘म परमेश्‍वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ;
4 Ele, por algum tempo, não a quis atender; mas, depois, disse consigo: Bem que eu não temo a Deus, nem respeito a homem algum;
5 तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ”
5 todavia, como esta viúva me importuna, julgarei a sua causa, para não suceder que, por fim, venha a molestar-me.
6 अनि प्रभुले भन्‍नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन!
6 Então, disse o Senhor: Considerai no que diz este juiz iníquo.
7 तब के परमेश्‍वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र?
7 Não fará Deus justiça aos seus escolhidos, que a ele clamam dia e noite, embora pareça demorado em defendê-los?
8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्‍वास भेट्टाउनेछ र?”
8 Digo-vos que, depressa, lhes fará justiça. Contudo, quando vier o Filho do Homem, achará, porventura, fé na terra?
9 आफ्नै धार्मिकतामा ढुक्‍क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्‍टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्‍टान्त भन्‍नुभयो:
9 Propôs também esta parábola a alguns que confiavam em si mesmos, por se considerarem justos, e desprezavam os outros:
10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
10 Dois homens subiram ao templo com o propósito de orar: um, fariseu, e o outro, publicano.
11 फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्‍यो: ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्‍ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ।
11 O fariseu, posto em pé, orava de si para si mesmo, desta forma: Ó Deus, graças te dou porque não sou como os demais homens, roubadores, injustos e adúlteros, nem ainda como este publicano;
12 म हप्‍तामा दुईपल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’
12 jejuo duas vezes por semana e dou o dízimo de tudo quanto ganho.
13 “तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’
13 O publicano, estando em pé, longe, não ousava nem ainda levantar os olhos ao céu, mas batia no peito, dizendo: Ó Deus, sê propício a mim, pecador!
14 “म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्‍वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्‍च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछन्।”
14 Digo-vos que este desceu justificado para sua casa, e não aquele; porque todo o que se exalta será humilhado; mas o que se humilha será exaltado.
15 मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए।
15 Traziam-lhe também as crianças, para que as tocasse; e os discípulos, vendo, os repreendiam.
16 तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो।
16 Jesus, porém, chamando-as para junto de si, ordenou: Deixai vir a mim os pequeninos e não os embaraceis, porque dos tais é o reino de Deus.
17 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
17 Em verdade vos digo: Quem não receber o reino de Deus como uma criança de maneira alguma entrará nele.
18 कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
18 Certo homem de posição perguntou-lhe: Bom Mestre, que farei para herdar a vida eterna?
19 येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन।
19 Respondeu-lhe Jesus: Por que me chamas bom? Ninguém é bom, senão um, que é Deus.
20 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले व्यभिचार नगर्नू, तैँले मानव हत्या नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
20 Sabes os mandamentos: Não adulterarás , não matarás , não furtarás , não dirás falso testemunho , honra a teu pai e a tua mãe.
21 तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।”
21 Replicou ele: Tudo isso tenho observado desde a minha juventude.
22 यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
22 Ouvindo-o Jesus, disse-lhe: Uma coisa ainda te falta: vende tudo o que tens, dá-o aos pobres e terás um tesouro nos céus; depois, vem e segue-me.
23 यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी धेरै धनी थिए।
23 Mas, ouvindo ele estas palavras, ficou muito triste, porque era riquíssimo.
24 येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!
24 E Jesus, vendo-o assim triste, disse: Quão dificilmente entrarão no reino de Deus os que têm riquezas!
25 वास्तवमा कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
25 Porque é mais fácil passar um camelo pelo fundo de uma agulha do que entrar um rico no reino de Deus.
26 यो सुन्‍नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
26 E os que ouviram disseram: Sendo assim, quem pode ser salvo?
27 येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्‍वरको लागि सम्भव छ।”
27 Mas ele respondeu: Os impossíveis dos homens são possíveis para Deus.
28 पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!”
28 E disse Pedro: Eis que nós deixamos nossa casa e te seguimos.
29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्‍वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ,
29 Respondeu-lhes Jesus: Em verdade vos digo que ninguém há que tenha deixado casa, ou mulher, ou irmãos, ou pais, ou filhos, por causa do reino de Deus,
30 त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।”
30 que não receba, no presente, muitas vezes mais e, no mundo por vir, a vida eterna.
31 येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्‍नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ।
31 Tomando consigo os doze, disse-lhes Jesus: Eis que subimos para Jerusalém, e vai cumprir-se ali tudo quanto está escrito por intermédio dos profetas, no tocante ao Filho do Homem;
32 उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्।
32 pois será ele entregue aos gentios, escarnecido, ultrajado e cuspido;
33 उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।”
33 e, depois de o açoitarem, tirar-lhe-ão a vida; mas, ao terceiro dia, ressuscitará.
34 चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्।
34 Eles, porém, nada compreenderam acerca destas coisas; e o sentido destas palavras era-lhes encoberto, de sorte que não percebiam o que ele dizia.
35 येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो।
35 Aconteceu que, ao aproximar-se ele de Jericó, estava um cego assentado à beira do caminho, pedindo esmolas.
36 नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्‍यो।
36 E, ouvindo o tropel da multidão que passava, perguntou o que era aquilo.
37 तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।”
37 Anunciaram-lhe que passava Jesus, o Nazareno.
38 त्यसले उच्‍च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
38 Então, ele clamou: Jesus, Filho de Davi, tem compaixão de mim!
39 बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
39 E os que iam na frente o repreendiam para que se calasse; ele, porém, cada vez gritava mais: Filho de Davi, tem misericórdia de mim!
40 येशू टक्‍क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो,
40 Então, parou Jesus e mandou que lho trouxessem. E, tendo ele chegado, perguntou-lhe:
41 “म तिम्रो निम्ति के गरिदिऊँ भन्‍ने तिमी चाहन्छौ?”
41 Que queres que eu te faça? Respondeu ele: Senhor, que eu torne a ver.
42 येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”
42 Então, Jesus lhe disse: Recupera a tua vista; a tua fé te salvou.
43 तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र परमेश्‍वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्‍वरको प्रशंसा गरे।
43 Imediatamente, tornou a ver e seguia-o glorificando a Deus. Também todo o povo, vendo isto, dava louvores a Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.