Lucas 11

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
1 Um dia, num certo lugar, estava Jesus a rezar. Terminando a oração, disse-lhe um de seus discípulos: Senhor, ensina-nos a rezar, como também João ensinou a seus discípulos.
2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन:
2 Disse-lhes ele, então: Quando orardes, dizei: Pai, santificado seja o vosso nome; venha o vosso Reino;
3 हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्।
3 dai-nos hoje o pão necessário ao nosso sustento;
4 हाम्रा पापहरू क्षमा गरिदिनुहोस्;
4 perdoai-nos os nossos pecados, pois também nós perdoamos àqueles que nos ofenderam; e não nos deixeis cair em tentação.
5 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न;
5 Em seguida, ele continuou: Se alguém de vós tiver um amigo e for procurá-lo à meia-noite, e lhe disser: Amigo, empresta-me três pães,
6 किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’
6 pois um amigo meu acaba de chegar à minha casa, de uma viagem, e não tenho nada para lhe oferecer;
7 तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’
7 e se ele responder lá de dentro: Não me incomodes; a porta já está fechada, meus filhos e eu estamos deitados; não posso levantar-me para te dar os pães;
8 म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्।
8 eu vos digo: no caso de não se levantar para lhe dar os pães por ser seu amigo, certamente por causa da sua importunação se levantará e lhe dará quantos pães necessitar.
9 “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
9 E eu vos digo: pedi, e dar-se-vos-á; buscai, e achareis; batei, e abrir-se-vos-á.
10 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
10 Pois todo aquele que pede, recebe; aquele que procura, acha; e ao que bater, se lhe abrirá.
11 “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला?
11 Se um filho pedir um pão, qual o pai entre vós que lhe dará uma pedra? Se ele pedir um peixe, acaso lhe dará uma serpente?
12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला?
12 Ou se lhe pedir um ovo, dar-lhe-á porventura um escorpião?
13 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!”
13 Se vós, pois, sendo maus, sabeis dar boas coisas a vossos filhos, quanto mais vosso Pai celestial dará o Espírito Santo aos que lho pedirem.
14 एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्‍क पर्‍यो।
14 Jesus expelia um demônio que era mudo. Tendo o demônio saído, o mudo pôs-se a falar e a multidão ficou admirada.
15 तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।”
15 Mas alguns deles disseram: Ele expele os demônios por Beelzebul, príncipe dos demônios.
16 अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे।
16 E para pô-lo à prova, outros lhe pediam um sinal do céu.
17 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्‍ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ।
17 Penetrando nos seus pensamentos, disse-lhes Jesus: Todo o reino dividido contra si mesmo será destruído e seus edifícios cairão uns sobre os outros.
18 यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु।
18 Se, pois, Satanás está dividido contra si mesmo, como subsistirá o seu reino? Pois dizeis que expulso os demônios por Beelzebul.
19 तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
19 Ora, se é por Beelzebul que expulso os demônios, por quem o expulsam vossos filhos? Por isso, eles mesmos serão os vossos juízes!
20 तर यदि म परमेश्‍वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।
20 Mas se expulso os demônios pelo dedo de Deus, certamente é chegado a vós o Reino de Deus.
21 “किनकि जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ।
21 Quando um homem forte guarda armado a sua casa, estão em segurança os bens que possui.
22 तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।
22 Mas se sobrevier outro mais forte do que ele e o vencer, este lhe tirará todas as armas em que confiava, e repartirá os seus despojos.
23 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
23 Quem não está comigo, está contra mim; quem não recolhe comigo, espalha.
24 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’
24 Quando um espírito imundo sai do homem, anda por lugares áridos, buscando repouso; não o achando, diz: Voltarei à minha casa, donde saí.
25 जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ।
25 Chegando, acha-a varrida e adornada.
26 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्‍लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”
26 Vai então e toma consigo outros sete espíritos piores do que ele e entram e estabelecem-se ali. E a última condição desse homem vem a ser pior do que a primeira.
27 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।”
27 Enquanto ele assim falava, uma mulher levantou a voz do meio do povo e lhe disse: Bem-aventurado o ventre que te trouxe, e os peitos que te amamentaram!
28 तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालन गर्छन्।”
28 Mas Jesus replicou: Antes bem-aventurados aqueles que ouvem a palavra de Deus e a observam!
29 भीडहरू बढ्दै गएपछि येशूले भन्‍नुभयो, “यो एक दुष्‍ट पुस्ता हो; यिनीहरूले अद्‌भुत चिन्ह खोज्दछन्, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइनेछैन।
29 Afluía o povo e ele continuou: Esta geração é uma geração perversa; pede um sinal, mas não se lhe dará outro sinal senão o sinal do profeta Jonas.
30 किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।
30 Pois, como Jonas foi um sinal para os ninivitas, assim o Filho do Homem o será para esta geração.
31 न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्। तर हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
31 A rainha do meio-dia levantar-se-á no dia do juízo para condenar os homens desta geração, porque ela veio dos confins da terra ouvir a sabedoria de Salomão! Ora, aqui está quem é mais que Salomão.
32 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्।
32 Os ninivitas levantar-se-ão no dia do juízo para condenar os homens desta geração, porque fizeram penitência com a pregação de Jonas. Ora, aqui está quem é mais do que Jonas.
33 “कसैले पनि बत्ती बालेर त्यसलाई गुप्‍त ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
33 Ninguém acende uma lâmpada e a põe em lugar oculto ou debaixo da amassadeira, mas sobre um candeeiro, para alumiar os que entram.
34 तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
34 O olho é a lâmpada do corpo. Se teu olho é são, todo o corpo será bem iluminado; se, porém, estiver em mau estado, o teu corpo estará em trevas.
35 त्यसकारण होसियार होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्।
35 Vê, pois, que a luz que está em ti não sejam trevas.
36 त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, र त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुन्छ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।”
36 Se, pois, todo o teu corpo estiver na luz, sem mistura de trevas, ele será inteiramente iluminado, como sob a brilhante luz de uma lâmpada.
37 येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्‍नुभयो।
37 Enquanto Jesus falava, pediu-lhe um fariseu que fosse jantar em sua companhia. Ele entrou e pôs-se à mesa.
38 तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्‍कै परे।
38 Admirou-se o fariseu de que ele não se tivesse lavado antes de comer.
39 त्यसपछि प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्‍टताले भरिएको हुन्छ।
39 Disse-lhe o Senhor: Vós, fariseus, limpais o que está por fora do vaso e do prato, mas o vosso interior está cheio de roubo e maldade!
40 मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र?
40 Insensatos! Quem fez o exterior não fez também o conteúdo?
41 तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्।
41 Dai antes em esmola o que possuís, e todas as coisas vos serão limpas.
42 “धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्‍वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो।
42 Ai de vós, fariseus, que pagais o dízimo da hortelã, da arruda e de diversas ervas e desprezais a justiça e o amor de Deus. No entanto, era necessário praticar estas coisas, sem contudo deixar de fazer aquelas outras coisas.
43 “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ।
43 Ai de vós, fariseus, que gostais das primeiras cadeiras nas sinagogas e das saudações nas praças públicas!
44 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।”
44 Ai de vós, que sois como os sepulcros que não aparecem, e sobre os quais os homens caminham sem o saber.
45 व्यवस्थाका विद्वान्‌हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।”
45 Um dos doutores da lei lhe disse: Mestre, falando assim também a nós outros nos afrontas.
46 येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई पनि धिक्‍कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैँले भने तिनीहरूलाई सहायता गर्न एउटा औँलाले पनि छुँदैनौ।
46 Ele respondeu: Ai também de vós, doutores da lei, que carregais os homens com pesos que não podem levar, mas vós mesmos nem sequer com um dedo vosso tocais os fardos.
47 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए।
47 Ai de vós, que edificais sepulcros para os profetas que vossos pais mataram.
48 यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्‍ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ।
48 Vós servis assim de testemunhas das obras de vossos pais e as aprovais, porque em verdade eles os mataram, mas vós lhes edificais os sepulcros.
49 यसैकारण परमेश्‍वरले आफ्नो बुद्धिमा यसो भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’
49 Por isso, também disse a sabedoria de Deus: Enviar-lhes-ei profetas e apóstolos, mas eles darão a morte a uns e perseguirão a outros.
50 त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ।
50 E assim se pedirá conta a esta geração do sangue de todos os profetas derramado desde a criação do mundo,
51 हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ।
51 desde o sangue de Abel até o sangue de Zacarias, que foi assassinado entre o altar e o templo. Sim, declaro-vos que se pedirá conta disso a esta geração!
52 “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई धिक्‍कार! किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तर तिमीहरू आफैँ पनि भित्र पसेनौ र अरू पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ।”
52 Ai de vós, doutores da lei, que tomastes a chave da ciência, e vós mesmos não entrastes e impedistes aos que vinham para entrar.
53 येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले।
53 Depois que Jesus saiu dali, os escribas e fariseus começaram a importuná-lo fortemente e a persegui-lo com muitas perguntas,
54 अनि उहाँले बोल्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले।
54 armando-lhe desta maneira ciladas, e procurando surpreendê-lo nalguma palavra de sua boca.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.