Lucas 11
npioncb (NPIONCB) vs NTLH
1 एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
1 Um dia Jesus estava orando num certo lugar. Quando acabou de orar, um dos seus discípulos pediu: — Senhor, nos ensine a orar, como João ensinou os discípulos dele.
2 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन:
2 Jesus respondeu:
3 हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्।
3 Dá-nos cada dia o alimento
4 हाम्रा पापहरू क्षमा गरिदिनुहोस्;
4 Perdoa os nossos pecados,
5 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न;
5 Então Jesus disse aos seus discípulos:
6 किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’
6 É que um amigo meu acaba de chegar de viagem, e eu não tenho nada para lhe oferecer.”
7 तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’
7 — E imaginem que o amigo responda lá de dentro: “Não me amole! A porta já está trancada, e eu e os meus filhos estamos deitados. Não posso me levantar para lhe dar os pães.”
8 म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्।
8 Jesus disse:
9 “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
9 Por isso eu digo: peçam e vocês receberão; procurem e vocês acharão; batam, e a porta será aberta para vocês.
10 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
10 Porque todos aqueles que pedem recebem; aqueles que procuram acham; e a porta será aberta para quem bate.
11 “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला?
11 Por acaso algum de vocês será capaz de dar uma cobra ao seu filho, quando ele pede um peixe?
12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला?
12 Ou, se o filho pedir um ovo, vai lhe dar um escorpião?
13 यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!”
13 Vocês, mesmo sendo maus, sabem dar coisas boas aos seus filhos. Quanto mais o Pai, que está no céu, dará o Espírito Santo aos que lhe pedirem!
14 एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्क पर्यो।
14 Jesus estava expulsando de certo homem um demônio que não o deixava falar. Quando o demônio saiu, o homem começou a falar. A multidão ficou admirada,
15 तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।”
15 mas alguns disseram: — É
16 अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे।
16 Outros, querendo conseguir alguma prova contra Jesus, pediam que ele fizesse um milagre para mostrar que o seu poder vinha de Deus.
17 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ।
17 Mas Jesus, conhecendo os pensamentos deles, disse:
18 यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु।
18 Se o reino de Satanás tem grupos que lutam entre si, como continuará a existir? Vocês dizem que é Belzebu que me dá poder para expulsar demônios.
19 तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।
19 Mas, se é assim, quem dá aos seguidores de vocês o poder para expulsar demônios? Assim, os seus próprios seguidores provam que vocês estão completamente enganados.
20 तर यदि म परमेश्वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
20 Na verdade é pelo poder de Deus que eu expulso demônios, e isso prova que o
21 “किनकि जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ।
21 — Quando um homem forte e bem-armado guarda a sua própria casa, tudo o que ele tem está seguro.
22 तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।
22 Mas, quando um homem mais forte o ataca e vence, leva todas as armas em que o outro confiava e reparte tudo o que tomou dele.
23 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ।
23 — Quem não é a meu favor é contra mim; e quem não me ajuda a ajuntar está espalhando.
24 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’
24 Jesus continuou:
25 जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ।
25 Aí volta e encontra a casa varrida e arrumada.
26 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”
26 Depois sai e vai buscar outros sete espíritos piores ainda, e todos ficam morando ali. Assim a situação daquela pessoa fica pior do que antes.
27 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।”
27 Quando Jesus acabou de dizer isso, uma mulher que estava no meio da multidão gritou para ele: — Como é feliz a mulher que pôs o senhor no mundo e o amamentou!
28 तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”
28 Mas Jesus respondeu:
29 भीडहरू बढ्दै गएपछि येशूले भन्नुभयो, “यो एक दुष्ट पुस्ता हो; यिनीहरूले अद्भुत चिन्ह खोज्दछन्, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइनेछैन।
29 Quando a multidão se ajuntou em volta de Jesus, ele começou a falar e disse o seguinte:
30 किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।
30 Assim como o
31 न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्नलाई पृथ्वीको पल्लो छेउदेखि आएकी थिइन्। तर हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
31 No Dia do Juízo a rainha de Sabá vai se levantar e acusar vocês, pois ela veio de muito longe para ouvir os sábios ensinamentos de Salomão. E eu afirmo que o que está aqui é mais importante do que Salomão.
32 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्।
32 No Dia do Juízo o povo de Nínive vai se levantar e acusar vocês porque, quando ouviram a mensagem de Jonas, eles se arrependeram dos seus pecados. E eu afirmo que o que está aqui é mais importante do que Jonas.
33 “कसैले पनि बत्ती बालेर त्यसलाई गुप्त ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
33 Jesus continuou:
34 तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
34 Os olhos são como uma luz para o corpo: quando os olhos de você são bons, todo o seu corpo fica cheio de luz. Porém, se os seus olhos forem maus, o seu corpo ficará cheio de escuridão.
35 त्यसकारण होसियार होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्।
35 Portanto, tenha cuidado para que a luz que está em você não seja escuridão.
36 त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, र त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुन्छ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।”
36 Pois, se o seu corpo estiver completamente luminoso, e nenhuma parte estiver escura, então ele ficará todo cheio de luz como acontece quando você é iluminado pelo brilho de uma lamparina.
37 येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्नुभयो।
37 Quando Jesus acabou de falar, um fariseu o convidou para jantar na casa dele. Jesus foi e sentou-se à mesa.
38 तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्कै परे।
38 O fariseu ficou admirado quando viu que Jesus não tinha se lavado antes de comer.
39 त्यसपछि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्टताले भरिएको हुन्छ।
39 Então o Senhor disse a ele:
40 मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र?
40 Seus tolos! Quem fez o lado de fora não é o mesmo que fez o lado de dentro?
41 तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्।
41 Portanto, deem aos pobres o que está dentro dos seus copos e pratos, e assim tudo ficará limpo para vocês.
42 “धिक्कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो।
42 — Ai de vocês, fariseus! Pois dão para Deus a décima parte até mesmo da hortelã, da arruda e de todas as verduras, mas não são justos com os outros e não amam a Deus. E são exatamente essas coisas que vocês devem fazer sem deixar de lado as outras.
43 “तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ।
43 — Ai de vocês, fariseus! Pois gostam demais dos lugares de honra nas
44 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।”
44 — Ai de vocês! Pois são como sepulturas que não se veem, sepulturas que as pessoas pisam sem perceber.
45 व्यवस्थाका विद्वान्हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।”
45 Então um mestre da Lei disse a Jesus: — Mestre, falando assim, o senhor está nos ofendendo também.
46 येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्हरूलाई पनि धिक्कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैँले भने तिनीहरूलाई सहायता गर्न एउटा औँलाले पनि छुँदैनौ।
46 Jesus respondeu:
47 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए।
47 Ai de vocês! Pois fazem túmulos bonitos para os
48 यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ।
48 Com isso vocês mostram que concordam com o que os seus antepassados fizeram, pois eles mataram os profetas, e vocês fazem túmulos para eles.
49 यसैकारण परमेश्वरले आफ्नो बुद्धिमा यसो भन्नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’
49 Por isso a Sabedoria de Deus disse: “Mandarei para eles profetas e mensageiros, e eles matarão alguns e perseguirão outros.”
50 त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ।
50 Por causa disso esta gente de hoje será castigada pela morte de todos os profetas assassinados desde a criação do mundo,
51 हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ।
51 começando pela morte de Abel até a morte de Zacarias, que foi assassinado entre o altar e o
52 “तिमी व्यवस्थाका विद्वान्हरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तर तिमीहरू आफैँ पनि भित्र पसेनौ र अरू पस्नेहरूलाई पनि तिमीहरूले रोक्यौ।”
52 — Ai de vocês, mestres da Lei! Pois guardam a chave que abre a porta da casa da Sabedoria. E assim nem vocês mesmos entram, nem deixam os outros entrarem.
53 येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले।
53 Quando Jesus saiu dali, os mestres da Lei e os fariseus começaram a criticá-lo com raiva e a lhe fazer perguntas sobre muitos assuntos.
54 अनि उहाँले बोल्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले।
54 Eles queriam levá-lo a dizer alguma coisa que pudesse lhes servir de motivo para acusá-lo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.