Juízes 9
npioncb (NPIONCB) vs NVI
1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका दाजुभाइहरूकहाँ शेकेममा गए। अनि तिनीहरू र आफ्नी आमाका सबै वंशहरूलाई भने,
1 Abimeleque, filho de Jerubaal, foi aos irmãos de sua mãe em Siquém e disse a eles e a todo o clã da família de sua mãe:
2 “शेकेमका सबै नागरिकहरूलाई सोध्नुहोस्, ‘तपाईंहरूका निम्ति तपाईंहरूमाथि यरूब-बालका सत्तरी जना छोराहरूले शासन गर्नु असल हो कि एकै जनाले शासन गर्नु असल?’ म तपाईंहरूकै मासु र रगत हुँ भनी याद गर्नुहोस्।”
2 "Perguntem a todos os cidadãos de Siquém: O que é melhor para vocês: ter todos os setenta filhos de Jerubaal governando sobre vocês, ou somente um homem? Lembrem-se de que eu sou sua própria carne".
3 जब तिनका दाजुभाइहरूले शेकेमका नागरिकहरूलाई यो सबै दोहोर्याइदिए, तब तिनीहरूले अबीमेलेकलाई पछ्याउने इच्छा गरे; किनकि तिनीहरूले भने, “तिनी हाम्रै नातेदार हुन्।”
3 Os irmãos de sua mãe repetiram tudo aos cidadãos de Siquém, e estes se mostraram propensos a seguir Abimeleque, pois disseram: "Ele é nosso irmão".
4 तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे।
4 Deram-lhe setenta peças de prata tiradas do templo de Baal-Berite, as quais Abimeleque usou para contratar alguns desocupados e vadios, que se tornaram seus seguidores.
5 उनी आफ्नो पिताको घर ओप्रामा गएर एउटा ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू, अर्थात् यरूब-बालका छोराहरूलाई हत्या गरे। तर यरूब-बालका कान्छा छोरा योतामचाहिँ लुकेर उम्के।
5 Foi à casa de seu pai em Ofra e matou seus setenta irmãos, filhos de Jerubaal, sobre uma rocha. Mas Jotão, o filho mais novo de Jerubaal, escondeu-se e escapou.
6 तब शेकेम र बेथ-मिल्लोका सबै नागरिकहरू शेकेमको खाँबोमा भएको ठूलो रूखको छेउमा अबीमेलेकलाई राजा अभिषेक गर्न भेला भए।
6 Então todos os cidadãos de Siquém e de Bete-Milo reuniram-se ao lado do Carvalho, junto à coluna de Siquém, para coroar Abimeleque rei.
7 जब योतामलाई यसबारे बताइयो, तब तिनी गीरीज्जीम डाँडाको टाकुरामा चढेर तिनीहरूलाई यसो भनी कराए, “हे शेकेमका नागरिकहरू हो, मेरो कुरा सुन, र परमेश्वरले तिमीहरूका कुरा सुनून्।
7 Quando Jotão soube disso, subiu ao topo do monte Gerizim e gritou para eles: "Ouçam-me, cidadãos de Siquém, para que Deus os ouça.
8 एक दिन रूखहरू आफ्ना निम्ति एउटा राजा अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईं हाम्रा राजा हुनुहोस्!’
8 Certo dia as árvores saíram para ungir um rei para si. Disseram à oliveira: ‘Seja o nosso rei! ’
9 “तर जैतुनको रूखले जवाफ दियो, ‘के मैले देवी-देवताहरू र मानिसहरूलाई सम्मान दिने आफ्नो तेललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
9 "A oliveira, porém, respondeu: ‘Deveria eu renunciar ao meu azeite, com o qual se presta honra aos deuses e aos homens, para dominar sobre as árvores? ’
10 “त्यसपछि ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
10 "Então as árvores disseram à figueira: ‘Venha ser o nosso rei! ’
11 “तर नेभाराको रूखले जवाफ दियो, ‘के मैले आफ्नो यति असल र मिठो फललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
11 "A figueira, porém, respondeu: ‘Deveria eu renunciar ao meu fruto saboroso e doce, para dominar sobre as árvores? ’
12 “तब ती रूखहरूले अङ्गुरको बोटलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
12 "Depois as árvores disseram à videira: ‘Venha ser o nosso rei! ’
13 “तर अङ्गुरको बोटले जवाफ दियो, ‘के देवी-देवताहरू र मानिसहरूलाई खुशी तुल्याउने मेरो दाखमद्यलाई त्यागेर रूखमाथि शासन गर्न जाऊँ?’
13 "A videira, porém, respondeu: ‘Deveria eu renunciar ao meu vinho, que alegra os deuses e os homens, para ter domínio sobre as árvores? ’
14 “आखिरमा ती रूखहरूले काँडे पोथ्रालाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
14 "Finalmente todas as árvores disseram ao espinheiro: ‘Venha ser o nosso rei! ’
15 “त्यस काँडे पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरूले साँच्चै मलाई आफूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने आएर मेरो छत्रछायामा शरण लेओ; तर यदि त्यसो गरेनौ भने काँडे पोथ्राबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई भस्म पारोस्!’
15 "O espinheiro disse às árvores: ‘Se querem realmente ungir-me rei sobre vocês, venham abrigar-se à minha sombra; do contrário, sairá fogo do espinheiro e consumirá até os cedros do Líbano! ’
16 “अब यदि तिमीहरूले अबीमेलेकलाई राजा तुल्याउँदा सम्मानपूर्वक र ठिक काम गरेका छौ, र यदि तिमीहरू यरूब-बालको परिवारप्रति न्यायी भइरहेका छौ भने, र तिमीहरूले तिनलाई सुहाउँदो व्यवहार गरेका छौ भने,
16 "Será que vocês agiram de fato com sinceridade quando fizeram Abimeleque rei? Foram justos com Jerubaal e sua família, como ele merecia?
17 यो विचार गर, कि मेरा पिताले तिमीहरूका निम्ति युद्ध लडेका थिए। मिद्यानको हातबाट तिमीहरूलाई छुटाउन भनी आफ्नै जीवनलाई पनि जोखिममा पारे।
17 Meu pai lutou por vocês e arriscou a vida para livrá-los das mãos de Midiã,
18 तर आज तिमीहरू मेरो पिताको परिवारको विरुद्धमा बागी भएका छौ। तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर हत्या गरेका छौ। अनि तिनकी कमारीको छोरा अबीमेलेकलाई शेकेमका नागरिकहरूमाथि राजा तुल्याएका छौ; किनकि त्यो तिमीहरूकै आफन्त हो।
18 hoje, porém, vocês se revoltaram contra a família de meu pai, mataram seus setenta filhos sobre a mesma rocha, e proclamaram Abimeleque, o filho de sua escrava, rei sobre os cidadãos de Siquém pelo fato de ser irmão de vocês.
19 यदि तिमीहरूले आज यरूब-बाल र तिनको परिवारप्रति सम्मानपूर्वक र ठिक काम गरेका छौ भने अबीमेलेक तिमीहरूको आनन्द होस्, र तिमीहरूचाहिँ त्यसका अधीनमा रहो!
19 Se hoje vocês de fato agiram com sinceridade para com Jerubaal e sua família, alegrem-se com Abimeleque, e alegre-se ele com vocês!
20 तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!”
20 Entretanto, se não foi assim, que saia fogo de Abimeleque e consuma os cidadãos de Siquém e de Bete-Milo, e que saia fogo dos cidadãos de Siquém e de Bete-Milo, e consuma Abimeleque! "
21 त्यसपछि योताम उम्केर बेअर भन्ने ठाउँमा भागे, र त्यहीँ बसे; किनकि तिनी आफ्ना दाजु अबीमेलेकसित डराएका थिए।
21 Depois Jotão fugiu para Beer, e foi morar ali, longe de seu irmão Abimeleque.
22 अबीमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे।
22 Fazia três anos que Abimeleque governava Israel,
23 तब परमेश्वरले अबीमेलेक र शेकेमका नागरिकहरूका बीचमा एउटा दुष्टात्मा पठाउनुभयो, र तिनीहरूले अबीमेलेकलाई विश्वासघात गरे।
23 quando Deus enviou um espírito maligno entre Abimeleque e os cidadãos de Siquém, e estes agiram traiçoeiramente contra Abimeleque.
24 योचाहिँ यरूब-बालका सत्तरी जना छोराहरूको विरुद्धको अपराध, अर्थात् तिनीहरूको रगत बगाइएको बदला तिनीहरूका दाजु अबीमेलेक र त्यसलाई तिनीहरूका दाजुभाइहरूको हत्या गर्न सघाउने शेकेमका नागरिकहरूमाथि लिइयोस् भनेर नै परमेश्वरले गर्नुभएको थियो।
24 Isso aconteceu para que o crime contra os setenta filhos de Jerubaal, o derramamento do sangue deles, fosse vingado em seu irmão Abimeleque e nos cidadãos de Siquém que o ajudaram a assassinar os seus irmãos.
25 तिनको विरुद्धमा शेकेमका ती नागरिकहरूले त्यहाँबाट भएर जाने प्रत्येकलाई ढुकेर लुट्न भनी पहाडमाथि मानिसहरूलाई खटाए, र यो कुरा अबीमेलेकलाई सुनाइयो।
25 Os cidadãos de Siquém enviaram homens para o alto das colinas para emboscarem os que passassem por ali, e Abimeleque foi informado disso.
26 अब एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूसित शेकेममा गए; अनि ती नागरिकहरूले तिनीमाथि आफ्नो भरोसा राखे।
26 Nesse meio tempo Gaal, filho de Ebede, mudou-se com seus parentes para Siquém, cujos cidadãos confiavam nele.
27 तिनीहरू खेतमा गएर अङ्गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे।
27 Sucedeu que foram ao campo, colheram uvas, pisaram-nas, e fizeram uma festa no templo do seu deus. Comendo e bebendo, amaldiçoaram Abimeleque.
28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? अनि शेकेम को हो र हामी त्यसको अधीनमा बस्ने? के त्यो यरूब-बालको छोरा होइन? जबूल त्यसको नाइके होइन र? शेकेमको बुबा हामोरका मानिसहरूको सेवा गर! हामीले किन अबीमेलेकको सेवा गर्ने?
28 Então Gaal, filho de Ebede, disse: "Quem é Abimeleque para que o sirvamos? E quem é Siquém? Não é ele o filho de Jerubaal, e não é Zebul o seu representante? Sirvam aos homens de Hamor, o pai de Siquém! Por que servir a Abimeleque?
29 यदि यी मानिसहरू पनि मेरो अधीनमा मात्र भएका भए! तब म त्यसलाई पन्साउनेथिएँ। म अबीमेलेकलाई, ‘तेरा सम्पूर्ण फौजलाई बोला!’ भनेर आह्वान गर्नेथिएँ!”
29 Ah! Se eu tivesse esse povo sob o meu comando! Eu me livraria dele. E diria a Abimeleque: ‘Mobilize o seu exército e venha! ’"
30 जब त्यस सहरका राज्यपाल जबूलले एबेदको छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए।
30 Quando Zebul, o governante da cidade, ouviu o que dizia Gaal, filho de Ebede, ficou indignado.
31 तिनले यसो भनेर अबीमेलेककहाँ गुप्त रूपमा दूतहरू पठाए, “एबेदको छोरा गाल र त्यसका दाजुभाइहरू शेकेममा आएर सहरलाई तपाईंको विरुद्धमा सुर्याउँदैछन्।
31 Secretamente enviou mensageiros a Abimeleque dizendo: "Gaal, filho de Ebede, e seus parentes vieram a Siquém e estão agitando a cidade contra você.
32 यसकारण अब राति नै तपाईं र तपाईंका मानिसहरू आएर खेतमा ढुकिबस्नुहोस्।
32 Venha de noite, você e seus homens, e fiquem à espera no campo.
33 बिहान घाम झुल्केको समयमा सहरको विरुद्धमा अगि बढ्नुहोस्। जब गाल र त्यसका मानिसहरू तपाईंको विरुद्धमा बाहिर निस्किआउलान्, तब तपाईंका हातले जे भेट्टाउँछ, त्यसै गर्नुहोस्!”
33 De manhã, ao nascer do sol, avance contra a cidade. Quando Gaal e sua tropa atacarem, faça com eles o que achar melhor".
34 यसकारण अबीमेलेक र तिनका सैन्यदल राति नै निस्केर चार दल भई शेकेममा आक्रमण गर्न ढुकिबसे।
34 E assim Abimeleque e todas as suas tropas partiram de noite e prepararam emboscadas perto de Siquém, em quatro companhias.
35 अनि एबेदको छोरा गालचाहिँ बाहिर निस्के, जब तिनी सहरको मूलढोकाको प्रवेशद्वारमा उभिरहेका थिए, तब त्यत्ति नै खेर अबीमेलेक र तिनका सिपाहीहरू लुकेका ठाउँबाट निस्के।
35 Ora, Gaal, filho de Ebede, tinha saído e estava à porta da cidade quando Abimeleque e seus homens saíram da sua emboscada.
36 गालले तिनीहरूलाई देखेपछि तिनले जबूललाई भने, “हेर्नुहोस्, मानिसहरू डाँडाहरूका टाकुराबाट आउँदैछन्!”
36 Quando Gaal os viu, disse a Zebul: "Veja, vem gente descendo do alto das colinas! " Zebul, porém, respondeu: "Você está confundindo as sombras dos montes com homens".
37 तर गालले फेरि भने: “हेर्नुहोस्, मानिसहरू देशको बीच भागबाट उँधो झर्दैछन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।”
37 Mas Gaal tornou a falar: "Veja, vem gente descendo da parte central do território, e uma companhia está vindo pelo caminho do carvalho dos Adivinhadores".
38 तब जबूलले तिनलाई भने, “तिम्रा ठूला-ठूला कुरा खै? ‘तिमीले अबीमेलेक को हो, र हामी त्यसको अधीनमा बस्ने? भनेर भन्थ्यौ।’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनै होइनन्? अब बाहिर गएर तिनीहरूसित लडाइँ गर!”
38 Disse-lhe Zebul: "Onde está toda aquela sua conversa? Você dizia: ‘Quem é Abimeleque, para que o sirvamos? ’ Não são estes os homens que você ridicularizou? Saia e lute contra eles! "
39 यसकारण गालले शेकेमका नागरिकहरूलाई लगेर अबीमेलेकसित लडाइँ गरे।
39 Então Gaal conduziu para fora os cidadãos de Siquém e lutou contra Abimeleque.
40 अबीमेलेकले तिनलाई प्रवेशद्वारसम्म खेदे, र धेरै जना भाग्दैगर्दा मारिए।
40 Abimeleque o perseguiu, e ele fugiu. Muitos dos homens de Siquém caíram mortos ao longo de todo o caminho, até à porta da cidade.
41 अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए।
41 Abimeleque permaneceu em Arumá. E Zebul expulsou Gaal e os seus parentes de Siquém.
42 भोलिपल्ट शेकेमका मानिसहरू बाहिर खेतमा गए, र यो समाचार अबीमेलेककहाँ पुर्याइयो।
42 No dia seguinte o povo de Siquém saiu aos campos, e Abimeleque ficou sabendo disso.
43 यसकारण तिनले आफ्ना मानिसहरूलाई लिए। अनि तिनीहरूलाई तीन दलमा भाग गरे, र खेतहरूमा ढुकिबसे। तिनले मानिसहरूलाई सहरदेखि बाहिर आइरहेको देखेपछि तिनी उनीहरूलाई आक्रमण गर्नलाई खडा भए।
43 Então dividiu os seus homens em três companhias e armou emboscadas no campo. Quando viu o povo saindo da cidade, levantou-se contra ele e atacou-o.
44 अबीमेलेक र तिनीसित भएका दलहरू दौडेर गए, र सहरको मूलढोकाको प्रवेशद्वारमा मोर्चा बाँधे। तब दुई दलहरू खेतमा हुनेहरूमाथि जाइलागे, र तिनीहरूलाई प्रहार गरे।
44 Abimeleque e as tropas que estavam com ele avançaram até à porta da cidade. Então duas companhias avançaram sobre os que estavam nos campos e os mataram.
45 अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए।
45 E Abimeleque atacou a cidade o dia todo, até conquistá-la e matar o seu povo. Depois destruiu a cidade e espalhou sal sobre ela.
46 जब शेकेमको किल्लामा बस्नेहरूले यो कुरा सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्लामा गए।
46 Ao saberem disso, os cidadãos que estavam na torre de Siquém entraram na fortaleza do templo de El-Berite.
47 तिनीहरू त्यहाँ भेला भएका छन् भनी अबीमेलेकलाई सुनाइयो।
47 Quando Abimeleque soube que se haviam reunido lá,
48 तब अबीमेलेक र तिनका सबै मानिसहरू जल्मोन डाँडामा उक्लेर गए। तिनले एउटा बन्चरो लिए। अनि केही हाँगाहरू काटेर आफ्ना काँधमाथि राखे। तिनले आफूसित भएका मानिसहरूलाई यसो भनी हुकुम दिए, “मैले जे गरेको देखेका छौ, चाँडै गरेर तिमीहरूले पनि त्यस्तै गर्नू!”
48 ele e todos os seus homens subiram o monte Zalmom. Ele apanhou um machado e cortou um galho de árvore e o pôs nos ombros. Então deu esta ordem aos homens que estavam com ele: "Rápido! Façam o que eu fizer! "
49 यसकारण सबै मानिसहरूले हाँगाहरू काटे। अनि अबीमेलेकको पछि-पछि लागे। तिनीहरूले ती हाँगाहरू सुरुङ्गको किल्लामाथि थुपारे। अनि ती मानिसहरू बलियो किल्ला भएको त्यस सुरूङ्गमा आगो लगाइदिए। यसकारण शेकेमको किल्लाभित्र रहेका सबै मानिसहरू करिब एक हजार पुरुषहरू र स्त्रीहरू मरे।
49 Todos os homens cortaram galhos e seguiram Abimeleque. Empilharam os galhos junto à fortaleza e a incendiaram. Assim morreu também o povo que estava na torre de Siquém, cerca de mil homens e mulheres.
50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसमाथि घेरा हालेर त्यसलाई कब्जा गरे।
50 A seguir Abimeleque foi a Tebes, sitiou-a e conquistou-a.
51 तर सहरभित्र एउटा बलियो किल्ला थियो, जसमा त्यस सहरका सबै मानिसहरू, सबै पुरुष र स्त्रीहरू भागे। तिनीहरूले आफूलाई भित्र बन्द गरे, र त्यस किल्लाको छतमा गएका थिए।
51 Mas dentro da cidade havia uma torre bastante forte, para a qual fugiram todos os homens e mulheres, todo o povo da cidade. Trancaram-se por dentro e subiram para o telhado da torre.
52 अबीमेलेक किल्लामा गए, र त्यसमाथि आक्रमण गरे। जब त्यसलाई आगो लगाउन भनी तिनी किल्लाको प्रवेशद्वारमा पुगे,
52 Abimeleque foi para a torre e atacou-a. E, quando se aproximava da entrada da torre para incendiá-la,
53 तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई।
53 uma mulher jogou-lhe uma pedra de moinho na cabeça, que lhe rachou o crânio.
54 तिनले तुरुन्तै आफ्नो हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई मारिदे, नत्रता फेरि तिनीहरूले ‘एउटी स्त्रीले त्यसलाई मारिन्’ भनेर भन्लान्।” यसकारण तिनको चाकरले तिनलाई तरवारले वारपार रोपिदियो र तिनी मरे।
54 Imediatamente ele chamou seu escudeiro e lhe ordenou: "Tire a espada e mate-me, para que não digam que uma mulher me matou". Então o jovem o atravessou, e ele morreu.
55 यसरी इस्राएलीहरू अबीमेलेक मरेको देखेपछि घरतिर लागे।
55 Quando os israelitas viram que Abimeleque estava morto, voltaram para casa.
56 यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूको हत्या गरेर आफ्ना पिता विरुद्ध गरेको दुष्टताको बदला परमेश्वरले तिनीसँग लिनुभयो।
56 Assim Deus retribuiu a maldade que Abimeleque praticara contra o seu pai, matando os seus setenta irmãos.
57 शेकेमका मानिसहरूले गरेका सबै दुष्टता परमेश्वरले तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालको छोरा योतामको श्राप तिनीहरूमाथि पर्यो।
57 Deus fez também os homens de Siquém pagarem por toda a sua maldade. A maldição de Jotão, filho de Jerubaal, caiu sobre eles.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Juízes 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.