Juízes 9

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका दाजुभाइहरूकहाँ शेकेममा गए। अनि तिनीहरू र आफ्नी आमाका सबै वंशहरूलाई भने,
1 Abimeleque, filho de Jerubaal, foi a Siquém, aos irmãos de sua mãe, e falou-lhes, e a toda a parentela da casa de pai de sua mãe, dizendo:
2 “शेकेमका सबै नागरिकहरूलाई सोध्नुहोस्, ‘तपाईंहरूका निम्ति तपाईंहरूमाथि यरूब-बालका सत्तरी जना छोराहरूले शासन गर्नु असल हो कि एकै जनाले शासन गर्नु असल?’ म तपाईंहरूकै मासु र रगत हुँ भनी याद गर्नुहोस्।”
2 Falai, peço-vos, aos ouvidos de todos os cidadãos de Siquém: Que é melhor para vós? que setenta homens, todos os filhos de Jerubaal, dominem sobre vós, ou que um só domine sobre vós? Lembrai-vos também de que sou vosso osso e vossa carne.
3 जब तिनका दाजुभाइहरूले शेकेमका नागरिकहरूलाई यो सबै दोहोर्‍याइदिए, तब तिनीहरूले अबीमेलेकलाई पछ्याउने इच्छा गरे; किनकि तिनीहरूले भने, “तिनी हाम्रै नातेदार हुन्।”
3 Então os irmãos de sua mãe falaram todas essas palavras a respeito dele aos ouvidos de todos os cidadãos de Siquém; e o coração deles se inclinou a seguir Abimeleque; pois disseram: E nosso irmão.
4 तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्‍ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे।
4 E deram-lhe setenta siclos de prata, da casa de Baal-Berite, com os quais alugou Abimeleque alguns homens ociosos e levianas, que o seguiram;
5 उनी आफ्नो पिताको घर ओप्रामा गएर एउटा ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू, अर्थात् यरूब-बालका छोराहरूलाई हत्या गरे। तर यरूब-बालका कान्छा छोरा योतामचाहिँ लुकेर उम्के।
5 e foi à casa de seu pai, a Ofra, e matou a seus irmãos, os filhos de Jerubaal, setenta homens, sobre uma só pedra. Mas Jotão, filho menor de Jerubaal, ficou, porquanto se tinha escondido.
6 तब शेकेम र बेथ-मिल्‍लोका सबै नागरिकहरू शेकेमको खाँबोमा भएको ठूलो रूखको छेउमा अबीमेलेकलाई राजा अभिषेक गर्न भेला भए।
6 Então se ajuntaram todos os cidadãos de Siquém e toda a Bete-Milo, e foram, e constituíram rei a Abimeleque, junto ao carvalho da coluna que havia em Siquém.
7 जब योतामलाई यसबारे बताइयो, तब तिनी गीरीज्जीम डाँडाको टाकुरामा चढेर तिनीहरूलाई यसो भनी कराए, “हे शेकेमका नागरिकहरू हो, मेरो कुरा सुन, र परमेश्‍वरले तिमीहरूका कुरा सुनून्।
7 Jotão, tendo sido avisado disso, foi e, pondo-se no cume do monte Gerizim, levantou a voz e clamou, dizendo: Ouvi-me a mim, cidadãos de Siquém, para que Deus: vos ouça a vos.
8 एक दिन रूखहरू आफ्ना निम्ति एउटा राजा अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईं हाम्रा राजा हुनुहोस्!’
8 Foram uma vez as árvores a ungir para si um rei; e disseram à oliveira: Reina tu sobre nós.
9 “तर जैतुनको रूखले जवाफ दियो, ‘के मैले देवी-देवताहरू र मानिसहरूलाई सम्मान दिने आफ्नो तेललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
9 Mas a oliveira lhes respondeu: Deixaria eu a minha gordura, que Deus e os homens em mim prezam, para ir balouçar sobre as árvores?
10 “त्यसपछि ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
10 Então disseram as árvores à figueira: Vem tu, e reina sobre nós.
11 “तर नेभाराको रूखले जवाफ दियो, ‘के मैले आफ्नो यति असल र मिठो फललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
11 Mas a figueira lhes respondeu: Deixaria eu a minha doçura, o meu bom fruto, para ir balouçar sobre as árvores?
12 “तब ती रूखहरूले अङ्‌गुरको बोटलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
12 Disseram então as árvores à videira: Vem tu, e reina sobre nós.
13 “तर अङ्‌गुरको बोटले जवाफ दियो, ‘के देवी-देवताहरू र मानिसहरूलाई खुशी तुल्याउने मेरो दाखमद्यलाई त्यागेर रूखमाथि शासन गर्न जाऊँ?’
13 Mas a videira lhes respondeu: Deixaria eu o meu mosto, que alegra a Deus e aos homens, para ir balouçar sobre as árvores?
14 “आखिरमा ती रूखहरूले काँडे पोथ्रालाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
14 Então todas as árvores disseram ao espinheiro: Vem tu, e reina sobre nós.
15 “त्यस काँडे पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरूले साँच्‍चै मलाई आफूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने आएर मेरो छत्रछायामा शरण लेओ; तर यदि त्यसो गरेनौ भने काँडे पोथ्राबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई भस्म पारोस्!’
15 O espinheiro, porém, respondeu às árvores: Se de boa fé me ungis por vosso rei, vinde refugiar-vos debaixo da minha sombra; mas, se não, saia fogo do espinheiro, e devore os cedros do Líbano.
16 “अब यदि तिमीहरूले अबीमेलेकलाई राजा तुल्याउँदा सम्मानपूर्वक र ठिक काम गरेका छौ, र यदि तिमीहरू यरूब-बालको परिवारप्रति न्यायी भइरहेका छौ भने, र तिमीहरूले तिनलाई सुहाउँदो व्यवहार गरेका छौ भने,
16 Agora, pois, se de boa fé e com retidão procedestes, constituindo rei a Abimeleque, e se bem fizestes para com Jerubaal e para com a sua casa, e se com ele usastes conforme o merecimento das suas mãos
17 यो विचार गर, कि मेरा पिताले तिमीहरूका निम्ति युद्ध लडेका थिए। मिद्यानको हातबाट तिमीहरूलाई छुटाउन भनी आफ्नै जीवनलाई पनि जोखिममा पारे।
17 {porque meu pai pelejou por vós, desprezando a própria vida, e vos livrou da mão de Midiã;
18 तर आज तिमीहरू मेरो पिताको परिवारको विरुद्धमा बागी भएका छौ। तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर हत्या गरेका छौ। अनि तिनकी कमारीको छोरा अबीमेलेकलाई शेकेमका नागरिकहरूमाथि राजा तुल्याएका छौ; किनकि त्यो तिमीहरूकै आफन्त हो।
18 porém vós hoje vos levantastes contra a casa de meu pai, e matastes a seus filhos, setenta homens, sobre uma só pedra; e a Abimeleque, filho da sua serva, fizestes reinar sobre os cidadãos de Siquém, porque é vosso irmão};
19 यदि तिमीहरूले आज यरूब-बाल र तिनको परिवारप्रति सम्मानपूर्वक र ठिक काम गरेका छौ भने अबीमेलेक तिमीहरूको आनन्द होस्, र तिमीहरूचाहिँ त्यसका अधीनमा रहो!
19 se de boa fé e com retidão procedestes hoje para com Jerubaal e para com a sua casa, alegrai-vos em Abimeleque, e também ele se alegre em vós;
20 तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!”
20 mas se não, saia fogo de Abimeleque, e devore os cidadãos de Siquém, e a Bete-Milo; e saia fogo dos cidadãos de Siquém e de Bete-Milo, e devore Abimeleque.
21 त्यसपछि योताम उम्केर बेअर भन्‍ने ठाउँमा भागे, र त्यहीँ बसे; किनकि तिनी आफ्ना दाजु अबीमेलेकसित डराएका थिए।
21 E partindo Jotão, fugiu e foi para Beer, e ali habitou, por medo de Abimeleque, seu irmão.
22 अबीमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे।
22 Havendo Abimeleque reinado três anos sobre Israel,
23 तब परमेश्‍वरले अबीमेलेक र शेकेमका नागरिकहरूका बीचमा एउटा दुष्‍टात्मा पठाउनुभयो, र तिनीहरूले अबीमेलेकलाई विश्‍वासघात गरे।
23 Deus suscitou um espírito mau entre Abimeleque e os cidadãos de Siquém; e estes procederam aleivosamente para com Abimeleque;
24 योचाहिँ यरूब-बालका सत्तरी जना छोराहरूको विरुद्धको अपराध, अर्थात् तिनीहरूको रगत बगाइएको बदला तिनीहरूका दाजु अबीमेलेक र त्यसलाई तिनीहरूका दाजुभाइहरूको हत्या गर्न सघाउने शेकेमका नागरिकहरूमाथि लिइयोस् भनेर नै परमेश्‍वरले गर्नुभएको थियो।
24 para que a violência praticada contra os setenta filhos de Jerubaal, como também o sangue deles, recaíssem sobre Abimeleque, seu irmão, que os matara, e sobre os cidadãos de Siquém, que fortaleceram as mãos dele para matar a seus irmãos.
25 तिनको विरुद्धमा शेकेमका ती नागरिकहरूले त्यहाँबाट भएर जाने प्रत्येकलाई ढुकेर लुट्न भनी पहाडमाथि मानिसहरूलाई खटाए, र यो कुरा अबीमेलेकलाई सुनाइयो।
25 E os cidadãos de Siquém puseram de emboscada contra ele, sobre os cumes dos montes, homens que roubavam a todo aquele que passava por eles no caminho. E contou-se isto a Abimeleque.
26 अब एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूसित शेकेममा गए; अनि ती नागरिकहरूले तिनीमाथि आफ्नो भरोसा राखे।
26 Também veio Gaal, filho de Ebede, com seus irmãos, e estabeleceu-se em Siquém; e confiaram nele os cidadãos de Siquém.
27 तिनीहरू खेतमा गएर अङ्‌गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे।
27 Saindo ao campo, vindimaram as suas vinhas, pisaram as uvas e fizeram uma festa; e, entrando na casa de seu deus, comeram e beberam, e amaldiçoaram a Abimeleque.
28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? अनि शेकेम को हो र हामी त्यसको अधीनमा बस्‍ने? के त्यो यरूब-बालको छोरा होइन? जबूल त्यसको नाइके होइन र? शेकेमको बुबा हामोरका मानिसहरूको सेवा गर! हामीले किन अबीमेलेकको सेवा गर्ने?
28 E disse Gaal, filho de Ebede: Quem é Abimeleque, e quem é Siquém, para que sirvamos a Abimeleque? não é, porventura, filho de Jerubaal? e não é Zebul o seu mordomo? Servi antes aos homens de Hamor, pai de Siquém; pois, por que razão serviríamos nós a Abimeleque?
29 यदि यी मानिसहरू पनि मेरो अधीनमा मात्र भएका भए! तब म त्यसलाई पन्साउनेथिएँ। म अबीमेलेकलाई, ‘तेरा सम्पूर्ण फौजलाई बोला!’ भनेर आह्वान गर्नेथिएँ!”
29 Ah! se este povo estivesse sob a minha mão, eu transtornaria a Abimeleque. Eu lhe diria: Multiplica o teu exército, e vem.
30 जब त्यस सहरका राज्यपाल जबूलले एबेदको छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए।
30 Quando Zebul, o governador da cidade, ouviu as palavras de Gaal, filho de Ebede, acendeu-se em ira.
31 तिनले यसो भनेर अबीमेलेककहाँ गुप्‍त रूपमा दूतहरू पठाए, “एबेदको छोरा गाल र त्यसका दाजुभाइहरू शेकेममा आएर सहरलाई तपाईंको विरुद्धमा सुर्‍याउँदैछन्।
31 E enviou secretamente mensageiros a Abimeleque, para lhe dizerem: Eis que Gaal, filho de Ebede, e seus irmãos vieram a Siquém, e estão sublevando a cidade contra ti.
32 यसकारण अब राति नै तपाईं र तपाईंका मानिसहरू आएर खेतमा ढुकिबस्‍नुहोस्।
32 Levanta-te, pois, de noite, tu e o povo que tiveres contigo, e põe-te de emboscada no campo.
33 बिहान घाम झुल्केको समयमा सहरको विरुद्धमा अगि बढ्नुहोस्। जब गाल र त्यसका मानिसहरू तपाईंको विरुद्धमा बाहिर निस्किआउलान्, तब तपाईंका हातले जे भेट्टाउँछ, त्यसै गर्नुहोस्!”
33 E pela manhã, ao nascer do sol, levanta-te, e dá de golpe sobre a cidade; e, saindo contra ti Gaal e o povo que tiver com ele, faze-lhe como te permitirem as circunstâncias.
34 यसकारण अबीमेलेक र तिनका सैन्यदल राति नै निस्केर चार दल भई शेकेममा आक्रमण गर्न ढुकिबसे।
34 Levantou-se, pois, de noite Abimeleque, e todo o povo que com ele havia, e puseram emboscadas a Siquém, em quatro bandos.
35 अनि एबेदको छोरा गालचाहिँ बाहिर निस्के, जब तिनी सहरको मूलढोकाको प्रवेशद्वारमा उभिरहेका थिए, तब त्यत्ति नै खेर अबीमेलेक र तिनका सिपाहीहरू लुकेका ठाउँबाट निस्के।
35 E Gaal, filho de Ebede, saiu e pôs-se à entrada da porta da cidade; e das emboscadas se levantou Abimeleque, e todo o povo que estava com ele.
36 गालले तिनीहरूलाई देखेपछि तिनले जबूललाई भने, “हेर्नुहोस्, मानिसहरू डाँडाहरूका टाकुराबाट आउँदैछन्!”
36 Quando Gaal viu aquele povo, disse a Zebul: Eis que desce gente dos cumes dos montes. Respondeu-lhe Zebul: Tu vês as sombras dos montes como se fossem homens.
37 तर गालले फेरि भने: “हेर्नुहोस्, मानिसहरू देशको बीच भागबाट उँधो झर्दैछन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।”
37 Gaal, porém, tornou a falar, e disse: Eis que desce gente do meio da terra; também vem uma tropa do caminho do carvalho de Meonenim.
38 तब जबूलले तिनलाई भने, “तिम्रा ठूला-ठूला कुरा खै? ‘तिमीले अबीमेलेक को हो, र हामी त्यसको अधीनमा बस्‍ने? भनेर भन्थ्यौ।’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनै होइनन्? अब बाहिर गएर तिनीहरूसित लडाइँ गर!”
38 Então lhe disse Zebul: Onde está agora a tua boca, com a qual dizias: Quem é Abimeleque, para que o sirvamos? Não é esse, porventura, o povo que desprezaste. Sai agora e peleja contra ele!
39 यसकारण गालले शेकेमका नागरिकहरूलाई लगेर अबीमेलेकसित लडाइँ गरे।
39 Assim saiu Gaal, à frente dos cidadãos de Siquém, e pelejou contra Abimeleque.
40 अबीमेलेकले तिनलाई प्रवेशद्वारसम्म खेदे, र धेरै जना भाग्दैगर्दा मारिए।
40 Mas Abimeleque o perseguiu, pois Gaal fugiu diante dele, e muitos caíram feridos até a entrada da porta.
41 अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए।
41 Abimeleque ficou em Arumá. E Zebul expulsou Gaal e seus irmãos, para que não habitassem em Siquém.
42 भोलिपल्ट शेकेमका मानिसहरू बाहिर खेतमा गए, र यो समाचार अबीमेलेककहाँ पुर्‍याइयो।
42 No dia seguinte sucedeu que o povo saiu ao campo; disto foi avisado Abimeleque,
43 यसकारण तिनले आफ्ना मानिसहरूलाई लिए। अनि तिनीहरूलाई तीन दलमा भाग गरे, र खेतहरूमा ढुकिबसे। तिनले मानिसहरूलाई सहरदेखि बाहिर आइरहेको देखेपछि तिनी उनीहरूलाई आक्रमण गर्नलाई खडा भए।
43 o qual, tomando o seu povo, dividiu-o em três bandos, que pôs de emboscada no campo. Quando viu que o povo saía da cidade, levantou-se contra ele e o feriu.
44 अबीमेलेक र तिनीसित भएका दलहरू दौडेर गए, र सहरको मूलढोकाको प्रवेशद्वारमा मोर्चा बाँधे। तब दुई दलहरू खेतमा हुनेहरूमाथि जाइलागे, र तिनीहरूलाई प्रहार गरे।
44 Abimeleque e os que estavam com ele correram e se puseram à porta da cidade; e os outros dois bandos deram de improviso sobre todos quantos estavam no campo, e os feriram.
45 अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए।
45 Abimeleque pelejou contra a cidade todo aquele dia, tomou-a e matou o povo que nela se achava; e, assolando-a, a semeou de sal.
46 जब शेकेमको किल्‍लामा बस्‍नेहरूले यो कुरा सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्‍लामा गए।
46 Tendo ouvido isso todos os cidadãos de Migdol-Siquém, entraram na fortaleza, na casa de El-Berite.
47 तिनीहरू त्यहाँ भेला भएका छन् भनी अबीमेलेकलाई सुनाइयो।
47 E contou-se a Abimeleque que todos os cidadãos de Migdol-Siquém se haviam congregado.
48 तब अबीमेलेक र तिनका सबै मानिसहरू जल्मोन डाँडामा उक्लेर गए। तिनले एउटा बन्चरो लिए। अनि केही हाँगाहरू काटेर आफ्ना काँधमाथि राखे। तिनले आफूसित भएका मानिसहरूलाई यसो भनी हुकुम दिए, “मैले जे गरेको देखेका छौ, चाँडै गरेर तिमीहरूले पनि त्यस्तै गर्नू!”
48 Então Abimeleque subiu ao monte Zalmom, ele e todo o povo que com ele havia; e, tomando na mão um machado, cortou um ramo de árvore e, levantando-o, pô-lo ao seu ombro, e disse ao povo que estava com ele: O que me vistes fazer, apressai-vos a fazê-lo também.
49 यसकारण सबै मानिसहरूले हाँगाहरू काटे। अनि अबीमेलेकको पछि-पछि लागे। तिनीहरूले ती हाँगाहरू सुरुङ्गको किल्‍लामाथि थुपारे। अनि ती मानिसहरू बलियो किल्‍ला भएको त्यस सुरूङ्गमा आगो लगाइदिए। यसकारण शेकेमको किल्‍लाभित्र रहेका सबै मानिसहरू करिब एक हजार पुरुषहरू र स्त्रीहरू मरे।
49 Tendo, pois, cada um cortado o seu ramo, seguiram a Abimeleque; e, pondo os ramos junto da fortaleza, queimaram-na a fogo com os que nela estavam; de modo que morreram também todos os de Migdol-Siquém, cerca de mil homens e mulheres.
50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसमाथि घेरा हालेर त्यसलाई कब्जा गरे।
50 Então Abimeleque foi a Tebez, e a sitiou e tomou.
51 तर सहरभित्र एउटा बलियो किल्‍ला थियो, जसमा त्यस सहरका सबै मानिसहरू, सबै पुरुष र स्त्रीहरू भागे। तिनीहरूले आफूलाई भित्र बन्द गरे, र त्यस किल्‍लाको छतमा गएका थिए।
51 Havia, porém, no meio da cidade uma torre forte, na qual se refugiaram todos os habitantes da cidade, homens e mulheres; e fechando após si as portas, subiram ao eirado da torre.
52 अबीमेलेक किल्‍लामा गए, र त्यसमाथि आक्रमण गरे। जब त्यसलाई आगो लगाउन भनी तिनी किल्‍लाको प्रवेशद्वारमा पुगे,
52 E Abimeleque, tendo chegado até a torre, atacou-a, e chegou-se à porta da torre, para lhe meter fogo.
53 तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई।
53 Nisso uma mulher lançou a pedra superior de um moinho sobre a cabeça de Abimeleque, e quebrou-lhe o crânio.
54 तिनले तुरुन्तै आफ्नो हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई मारिदे, नत्रता फेरि तिनीहरूले ‘एउटी स्त्रीले त्यसलाई मारिन्’ भनेर भन्लान्।” यसकारण तिनको चाकरले तिनलाई तरवारले वारपार रोपिदियो र तिनी मरे।
54 Então ele chamou depressa o moço, seu escudeiro, e disse-lhe: Desembainha a tua espada e mata-me, para que não se diga de mim: uma mulher o matou. E o moço o traspassou e ele morreu.
55 यसरी इस्राएलीहरू अबीमेलेक मरेको देखेपछि घरतिर लागे।
55 Vendo, pois, os homens de Israel que Abimeleque já era morto, foram-se cada um para o seu lugar.
56 यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूको हत्या गरेर आफ्ना पिता विरुद्ध गरेको दुष्‍टताको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो।
56 Assim Deus fez tornar sobre Abimeleque o mal que tinha feito a seu pai, matando seus setenta irmãos;
57 शेकेमका मानिसहरूले गरेका सबै दुष्‍टता परमेश्‍वरले तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालको छोरा योतामको श्राप तिनीहरूमाथि पर्‍यो।
57 como também fez tornar sobre a cabeça dos homens de Siquém todo o mal que fizeram; e veio sobre eles a maldição de Jotão, filho de Jerubaal.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.