Juízes 8
npioncb (NPIONCB) vs ACF
1 तब एफ्राएमीहरूले गिदोनलाई सोधे, “तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? तपाईंहरू मिद्यानसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले उनीसँग अनेक विवाद गरे।
1 Então os homens de Efraim lhe disseram: Que é isto que nos fizeste, que não nos chamaste, quando foste pelejar contra os midianitas? E contenderam com ele fortemente.
2 तर उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले जे गरेका छौ, त्यसको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको अङ्गुरको शिला-बाला अबीएजेरको सम्पूर्ण दाख कटनीभन्दा असल छैन र?
2 Porém ele lhes disse: Que mais fiz eu agora do que vós? Não são porventura os rabiscos de Efraim melhores do que a vindima de Abiezer?
3 परमेश्वरले मिद्यानी शासकहरू ओरेब र जीबलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो। तिमीहरूको तुलनामा त्यस्तो मैले के गर्न सकेँ र?” गिदोनले यसो भनेपछि उनको विरुद्ध तिनीहरूको गुनासो शान्त भयो।
3 Deus vos deu na vossa mão os príncipes dos midianitas, Orebe e Zeebe; que mais pude eu fazer do que vós? Então a sua ira se abrandou para com ele, quando falou esta palavra.
4 गिदोन र उनका तीन सय मानिसहरू यर्दनमा आइपुगे, र पारि तरे। तिनीहरू थाकेका थिए, तापनि आफ्ना शत्रुहरूलाई खेदिरहे।
4 E, como Gideão veio ao Jordão, passou com os trezentos homens que com ele estavam, já cansados, mas ainda perseguindo.
5 उनले सुक्कोतका मानिसहरूलाई भने, “मेरा सैन्यदललाई केही रोटी दिनुहोस्। तिनीहरू थाकिसकेका छन्। अहिले म मिद्यानका राजाहरू जेबह र सल्मुन्नालाई खेद्दै आइरहेको छु।”
5 E disse aos homens de Sucote: Dai, peço-vos, alguns pedaços de pão ao povo, que segue as minhas pisadas; porque estão cansados, e eu vou ao encalço de Zeba e Salmuna, reis dos midianitas.
6 तर सुक्कोतका शासकहरूले भने, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन् र? तिम्रो सैन्यदललाई हामीले किन रोटी दिने?”
6 Porém os príncipes de Sucote disseram: Estão já, Zeba e Salmuna, em tua mão, para que demos pão ao teu exército?
7 तब गिदोनले जवाफ दिए, “त्यसो भए जब याहवेहले जेबह र सल्मुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म तिमीहरूका शरीरलाई उजाडस्थानको काँडा र घोच्ने काँडाले च्यातिदिनेछु।”
7 Então disse Gideão: Pois quando o Senhor der na minha mão a Zeba e a Salmuna, trilharei a vossa carne com os espinhos do deserto, e com os abrolhos.
8 त्यहाँबाट उनी पनीएलमा गए, र तिनीहरूसित त्यही बिन्ती राखे। तर तिनीहरूले सुक्कोतकै मानिसहरूले झैँ जवाफ दिए।
8 E dali subiu a Penuel, e falou-lhes da mesma maneira; e os homens de Penuel lhe responderam como os homens de Sucote lhe haviam respondido.
9 यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्लालाई भत्काइदिनेछु।”
9 Por isso também falou aos homens de Penuel, dizendo: Quando eu voltar em paz, derribarei esta torre.
10 जेबह र सल्मुन्नाचाहिँ प्राय: पन्ध्र हजार सेनासित कार्कोरमा थिए। पूर्व देशको फौजबाट बाँचेकाहरू त्यति नै थिए। एक लाख बीस हजार तरवारधारी मानिसहरूचाहिँ मरिसकेका थिए।
10 Estavam, pois, Zeba e Salmuna em Carcor, e os seus exércitos com eles, uns quinze mil homens, todos os que restaram do exército dos filhos do oriente; e os que caíram foram cento e vinte mil homens, que puxavam da espada.
11 नोबह र योगबहाको पूर्वपट्टिको घुमफिर गरिहिँड्ने जातिको बाटो भएर गिदोन अगि बढेर गए। अनि उनीहरू सावधानी नभई बसेको बेलामा तिनी फौजमाथि जाइलागे।
11 E subiu Gideão pelo caminho dos que habitavam em tendas, para o oriente de Nobá e Jogbeá; e feriu aquele exército, porquanto o exército estava descuidado.
12 तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्ना भागे। तर उनी तिनीहरूलाई खेद्दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे।
12 E fugiram Zeba e Salmuna; porém ele os perseguiu, e tomou presos a ambos os reis dos midianitas, a Zeba e a Salmuna, e afugentou a todo o exército.
13 त्यसपछि योआशको छोरा गिदोन लडाइँबाट हेरेसको घाटी भएर फर्के।
13 Voltando, pois, Gideão, filho de Joás, da peleja, antes do nascer do sol,
14 उनले सुक्कोतका एक जना जवानलाई पक्रेर केरकार गरे। अनि त्यस जवानले सुक्कोतका सतहत्तर जना शासकहरू, सहरका प्रधानहरूका नाम लेखेर दियो।
14 Tomou preso a um moço dos homens de Sucote, e lhe fez perguntas; o qual lhe deu por escrito os nomes dos príncipes de Sucote, e dos seus anciãos, setenta e sete homens.
15 त्यसपछि गिदोन आए, र सुक्कोतका मानिसहरूलाई भने, “जेबह र सल्मुन्ना यहाँ छन्, जसको विषयमा तिमीहरूले ‘के जेबह र सल्मुन्ना तिम्रा हातमा आइसकेका छन् र? हामीले तिम्रा गलिसकेका मानिसहरूलाई किन रोटी दिने?’ ” भनेर मेरो उपहास गरेका थियौ।
15 Então veio aos homens de Sucote, e disse: Vede aqui a Zeba e a Salmuna, a respeito dos quais desprezivelmente me escarnecestes, dizendo: Estão já, Zeba e Salmuna, na tua mão, para que demos pão aos teus homens, já cansados?
16 तब उनले सहरका प्रधानहरूलाई लिए, र तिनीहरूलाई उजाडस्थानका काँडा र घोच्ने काँडाहरूले दण्ड दिएर सुक्कोतका मानिसहरूलाई पाठ सिकाए।
16 E tomou os anciãos daquela cidade, e os espinhos do deserto, e os abrolhos; e com eles ensinou aos homens de Sucote.
17 उनले पनीएलको किल्ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।
17 E derrubou a torre de Penuel, e matou os homens da cidade.
18 तब गिदोनले जेबह र सल्मुन्नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता किसिमका थिए?”
18 Depois perguntou a Zeba e a Salmuna: Que homens eram os que matastes em Tabor? E disseram: Como és tu, assim eram eles; cada um parecia filho de rei.
19 अनि गिदोनले जवाफ दिए, “तिनीहरू मेरा दाजुभाइहरू, मेरै आमाका छोराहरू थिए। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले तिनीहरूका प्राण जोगाइदिएका भए म तिमीहरूलाई मार्ने थिइनँ।”
19 Então disse ele: Meus irmãos eram, filhos de minha mãe; vive o Senhor, que, se os tivésseis deixado com vida, eu não vos mataria.
20 तब आफ्नो जेठा छोरा येतेरतिर फर्केर तिनले भने, “यिनीहरूलाई मारिदे!” तर येतेरले आफ्नो तरवार थुतेन; किनकि ऊ सानै केटा थियो, त्यसकारण ऊ डरायो।
20 E disse a Jeter, seu primogênito: Levanta-te, mata-os. Porém o moço não puxou da sua espada, porque temia; porquanto ainda era jovem.
21 तब जेबह र सल्मुन्नाले भने, “तपाईं आफैँ आएर यो गर्नुहोस्, ‘मानिसजस्तो छ, त्यसको बल पनि त्यस्तै हुन्छ।’ ” यसकारण गिदोनले अगि सरेर तिनीहरूलाई मारे, र तिनीहरूका ऊँटका घाँटीबाट गहनाहरू निकालेर लगे।
21 Então disseram Zeba e Salmuna: Levanta-te, e acomete-nos; porque, qual o homem, tal a sua valentia. Levantou-se, pois, Gideão, e matou a Zeba e a Salmuna, e tomou os ornamentos que estavam nos pescoços dos seus camelos.
22 इस्राएलीहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। यसकारण अब तपाईं हाम्रा शासक हुनुहोस्—तपाईंको छोरा र तपाईंको नाति।”
22 Então os homens de Israel disseram a Gideão: Domina sobre nós, tanto tu, como teu filho e o filho de teu filho; porquanto nos livraste da mão dos midianitas.
23 तर गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि शासन गर्नेछैनँ, न त मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछ। याहवेहले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”
23 Porém Gideão lhes disse: Sobre vós eu não dominarei, nem tampouco meu filho sobre vós dominará; o Senhor sobre vós dominará.
24 अनि उनले भने, “मेरो एउटा बिन्ती छ, तिमीहरू प्रत्येकले आफ्ना लुटको मालको भागबाट एउटा कुण्डल मलाई देओ।” (इश्माएलीहरूमा सुनको कुण्डल लगाउने रीति थियो।)
24 E disse-lhes mais Gideão: Uma petição vos farei: Dá-me, cada um de vós, os pendentes do seu despojo (porque tinham pendentes de ouro, porquanto eram ismaelitas).
25 तिनीहरूले जवाफ दिए, “हामी खुशीसाथ ती कुराहरू दिनेछौँ।” यसकारण तिनीहरूले एउटा लुगा ओछ्याए, र प्रत्येक मानिसले आफ्नो लुटका मालबाट त्यसमाथि एक-एक वटा गरी औँठी फ्याँकिदिए।
25 E disseram eles: De boa vontade os daremos. E estenderam uma capa, e cada um deles deitou ali um pendente do seu despojo.
26 उनले मागेका सुनका औँठीहरूको ओजन सत्र सय शेकेल थियो; जसमा गहनाहरू, मिद्यानका राजाहरूले लगाउने कर्णफूल र बैजनी वस्त्रहरू अथवा ऊँटहरूका घाँटीमा भएका सिक्रीहरूको त हिसाब नै थिएन।
26 E foi o peso dos pendentes de ouro, que pediu, mil e setecentos siclos de ouro, afora os ornamentos, e as cadeias, e as vestes de púrpura que traziam os reis dos midianitas, e afora as coleiras que os camelos traziam ao pescoço.
27 अनि गिदोनले ती सुनबाट एउटा एपोद बनाए, र त्यसलाई उनले आफ्नो सहर ओप्रामा राखे। सारा इस्राएलले त्यसलाई पुजेर त्यहाँ वेश्यासँग झैँ व्यभिचार गरे। अनि त्योचाहिँ गिदोन र तिनको परिवारका निम्ति एउटा पासो बन्यो।
27 E fez Gideão dele um éfode, e colocou-o na sua cidade, em Ofra; e todo o Israel prostituiu-se ali após ele; e foi por tropeço a Gideão e à sua casa.
28 यसरी मिद्यान इस्राएलीहरूको अधीनमा आयो, र तिनीहरूले फेरि आफ्नो शिर उठाएनन्। गिदोनको जीवनकालभरि चालीस वर्षभरि देशमा शान्ति छायो।
28 Assim foram abatidos os midianitas diante dos filhos de Israel, e nunca mais levantaram a sua cabeça; e sossegou a terra quarenta anos nos dias de Gideão.
29 अनि योआशको छोरा यरूब-बाल आफ्नो घर फर्केर बस्न लागे।
29 E foi Jerubaal, filho de Joás, e habitou em sua casa.
30 उनका धेरै पत्नीहरू भएको कारण उनका आफ्नै सत्तरी जना छोराहरू थिए।
30 E teve Gideão setenta filhos, que procederam dele, porque tinha muitas mulheres.
31 शेकेममा बस्ने उनकी उपपत्नीले पनि उनका निम्ति एउटा छोरा जन्माई, उनले उसको अबीमेलेक राखे।
31 E sua concubina, que estava em Siquém, lhe deu à luz também um filho; e pôs-lhe por nome Abimeleque.
32 अनि योआशका छोरा गिदोन पूरा बुढेसकालमा मरे, र आफ्ना पिताको चिहानमा अबीएजरीहरूको ओप्रामा गाडिए।
32 E faleceu Gideão, filho de Joás, numa boa velhice; e foi sepultado no sepulcro de seu pai Joás, em Ofra dos abiezritas.
33 गिदोनको मृत्यु हुनसाथ इस्राएलीहरूले आफैँलाई बाल-बरीतहरूसित वेश्यासँग झैँ व्यभिचार गर्न थाले। तिनीहरूले आफ्नो देवतास्वरूप बाल-बरीतलाई खडा गरे।
33 E sucedeu que, como Gideão faleceu, os filhos de Israel tornaram a se prostituir após os baalins; e puseram a Baal-Berite por deus.
34 अनि चारैतिरबाट आफ्ना शत्रुहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुने याहवेह तिनीहरूका परमेश्वर, जसलाई तिनीहरूले सम्झेनन्।
34 E assim os filhos de Israel não se lembraram do Senhor seu Deus, que os livrara da mão de todos os seus inimigos ao redor.
35 तिनीहरूले यरूब-बाल (अर्थात् गिदोन) का परिवारलाई पनि तिनले इस्राएलका निम्ति गरेका असल कुराहरूको निम्ति पनि दया देखाएनन्।
35 Nem usaram de beneficência com a casa de Jerubaal, a saber, de Gideão, conforme a todo o bem que ele havia feito a Israel.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Juízes 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.