Jeremias 7
npioncb (NPIONCB) vs NVT
1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
1 O S enhor deu outra mensagem a Jeremias:
2 “याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्:
2 “Vá à entrada do templo do S enhor e proclame esta mensagem ao povo: ‘Ó Judá, ouça esta mensagem do S enhor ! Escutem, todos vocês que adoram neste lugar!
3 इस्राएलका परमेश्वर, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: तिमीहरूका जीवनशैली र कामहरू सुधार; अनि म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु।
3 Assim diz o S enhor dos Exércitos, o Deus de Israel: “‘Se vocês abandonarem seus maus caminhos, deixarei que fiquem em sua própria terra.
4 छली कुराहरूमा विश्वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!”
4 Não se deixem enganar por aqueles que lhes fazem falsas promessas e repetem: ‘O templo do S enhor está aqui! O templo do S enhor está aqui!’.
5 यदि तिमीहरूले आफ्ना जीवनशैलीहरू र आफ्ना कामहरू साँच्चै परिवर्तन गर्यौ र एक-आपसमा न्यायसङ्गत व्यवहार गर्यौ भने,
5 Contudo, só serei misericordioso se vocês abandonarem seus pensamentos e atos perversos e começarem a tratar uns aos outros com justiça,
6 यदि तिमीहरूले यस ठाउँमा विदेशीहरूमाथि, टुहुरा-टुहुरीहरूमाथि, र विधवाहरूमाथि अत्याचार गरेनौ भने वा निर्दोषहरूको रगत बगाएनौ भने, र आफ्नै खराबीका निम्ति अरू देवी-देवताहरूका पछि लागेनौ भने,
6 se pararem de explorar os estrangeiros, os órfãos e as viúvas, se pararem de cometer homicídio e se deixarem de prejudicar a si mesmos ao adorar outros deuses.
7 तब म तिमीहरूलाई यस देशमा बस्न दिनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई सदाका निम्ति दिएको थिएँ।
7 Então permitirei que fiquem nesta terra que há muito tempo dei a seus antepassados para sempre.
8 हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ।
8 “‘Não se deixem enganar por falsas promessas e conversas inúteis.
9 “ ‘के तिमीहरू साँच्चै चोरी, हत्या, व्यभिचार गर्छौ, र झूटो शपथ खान्छौ; बाल-देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याउँछौ,
9 Acreditam mesmo que podem roubar, matar, cometer adultério, mentir e queimar incenso para Baal e para todos os seus outros novos deuses
10 अनि आएर मेरो नाम बोकेको यस भवनमा मेरो सामु उभिएर भन्छौ, “हामी सुरक्षित छौँ!” हामी यी सबै घिनलाग्दा काम गर्न भनी ढुक्क छौँ?
10 e depois vir aqui, se apresentar diante de mim em meu templo e dizer: ‘Estamos seguros!’, para depois voltar a praticar todas essas coisas detestáveis?
11 के मेरो नाम बोकेको यो भवन तिमीहरूका निम्ति डाँकुहरूको ओडार भएको छ? तर मैले देखेको छु! याहवेह घोषणा गर्नुहुन्छ।
11 Vocês mesmos não reconhecem que este templo, que leva meu nome, se transformou em esconderijo de ladrões? Certamente vejo todo o mal que acontece nele. Eu, o S enhor , falei!
12 “ ‘अब शीलोको त्यो ठाउँमा जाओ, जहाँ मैले पहिले मेरो नामको निवासस्थान बनाएको थिएँ। मेरा प्रजा इस्राएलीको दुष्टताको कारण मैले त्यस ठाउँलाई के गरेको छु, त्यो हेर।
12 “‘Agora, vão a Siló, o primeiro lugar onde coloquei a tenda que levava meu nome. Vejam o que fiz ali por causa da perversidade do meu povo, os israelitas.
13 याहवेह घोषणा गर्नुहुन्छ, तिमीहरूले यी कुराहरू गरिरहँदा म तिमीहरूसँग बारम्बार बोलेँ, तर तिमीहरूले सुनेनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ।
13 Enquanto vocês praticavam essas maldades, diz o S enhor , eu lhes falei repetidamente, mas vocês não quiseram ouvir. Eu os chamei, mas vocês se recusaram a responder.
14 यसकारण मैले शीलोलाई जे गरेको थिएँ, अब म मेरो नाम बोकेको भवनलाई त्यही गर्नेछु, जसमा तिमीहरू भरोसा राख्दछौ, मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ।
14 Portanto, assim como destruí Siló, agora destruirei este templo que leva meu nome, este templo no qual vocês confiam, este lugar que dei a vocês e a seus antepassados.
15 मैले एफ्राइमका मानिसहरू, तिमीहरूका दाजुभाइ इस्राएलीहरूलाई फ्याँकेझैँ, म तिमीहरूलाई आफ्नो उपस्थितिबाट फ्याँकिदिनेछु।’
15 Expulsarei vocês de minha presença e os enviarei para longe, como fiz com seus parentes, o povo de Israel’.”
16 “यसकारण यर्मिया यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त तिनीहरूका निम्ति कुनै बिलौना वा बिन्ती गर्। मसित अर्जबिन्ती नचढा; किनकि म तेरो कुरा सुन्नेछैनँ।
16 “Jeremias, não interceda mais por este povo. Não chore nem faça orações por eles, e não suplique para que eu os ajude, pois não o ouvirei.
17 तिनीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा के गरिरहेका छन्, के तैँले त्यो देख्दैनस्?
17 Não vê o que fazem nas cidades de Judá e nas ruas de Jerusalém?
18 तिनीहरूका छोराछोरीले दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन्; अनि स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुलौरा चढाउन पिठो मुछ्छन्। मलाई रिस उठाउनलाई तिनीहरूले अरू देवी-देवताहरूकहाँ अर्घबलि चढाउँछन्।
18 Veja como as crianças juntam lenha e os pais acendem fogo para os sacrifícios. Veja como as mulheres preparam a massa e fazem bolos para a Rainha dos Céus. Além disso, apresentam ofertas derramadas para outros deuses. Tenho razão para estar tão irado!
19 तर तिनीहरूले के मलाई उक्साइरहेका हुन् र? याहवेह भन्नुहुन्छ, के तिनीहरूले आफैँलाई लज्जित तुल्याइरहेका र आफूलाई नै खराबी गरिरहेका छैनन् र?
19 Acaso é a mim que eles prejudicam?”, pergunta o S enhor . “Na verdade, prejudicam a si mesmos, para sua própria vergonha.”
20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो रिस र मेरो क्रोध यस मन्दिरमाथि, मानिस र पशुहरूमाथि, खेतका रूख र भुइँका फसलहरूमाथि खन्याउनेछु। यो आगोझैँ बलिरहनेछ र कसैले निभाउन सक्नेछैन।
20 Portanto, assim diz o S enhor Soberano: “Derramarei minha ira ardente sobre este lugar. Seus habitantes, seus animais, suas árvores e suas colheitas serão consumidos pelo fogo de minha ira, que ninguém pode apagar”.
21 “ ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा होमबलिहरू थप, र त्यो मासुचाहिँ तिमीहरू आफैँले खाओ!
21 Assim diz o S enhor dos Exércitos, o Deus de Israel: “Peguem seus holocaustos e demais sacrifícios e comam a carne vocês mesmos!
22 किनकि जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, त्यस दिन जब म तिनीहरूसँग बोलेँ, तब मैले तिनीहरूलाई होमबलि र बलिदानहरूको विषयमा आज्ञा दिइनँ,
22 Quando tirei seus antepassados do Egito, não eram ofertas e holocaustos que eu queria deles.
23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएँ: मेरा आज्ञापालन गर, र म तिमीहरूका परमेश्वर हुनेछु; अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। मैले तिमीहरूलाई दिएको आज्ञाअनुसार सबै मार्गहरूमा हिँड, ताकि तिमीहरूको भलो होस्।
23 Esta foi minha ordem: ‘Obedeçam ao que digo, e eu serei o seu Deus, e vocês serão o meu povo. Façam o que ordeno, e tudo lhes irá bem’.
24 तर तिनीहरूले आज्ञापालन गरेनन्, न त ध्यान नै दिए। त्यसका सट्टामा तिनीहरू आफ्ना दुष्ट हृदयका हठी इच्छाअनुसार हिँडे। तिनीहरू मबाट धेरै टाढा गए, र तिनीहरूले आफ्ना पिठिउँ मतिर फर्काए।
24 “Meu povo, porém, não me deu ouvidos. Continuaram a fazer o que bem queriam e a seguir os desejos teimosos de seu coração perverso. Andaram para trás em vez de avançar.
25 तिमीहरूका पितापुर्खाहरूले इजिप्ट छोडेको समयदेखि आजसम्म, दिनहुँ बारम्बार मैले मेरा सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।
25 Desde o dia em que seus antepassados saíram do Egito até agora, continuo a enviar meus servos, os profetas, dia após dia.
26 तर तिनीहरूले मेरा आज्ञाहरू पालन गरेनन्, न त ध्यान नै दिए। तिनीहरू हठी भए; अनि तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढी दुष्ट कामहरू गरे।’
26 Meu povo, porém, não me deu ouvidos. Foram ainda mais teimosos e desobedientes que seus antepassados.
27 “जब तैँले यहूदाका मानिसहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुराहरू सुन्नेछैनन्; तैँले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले तँलाई जवाफ दिनेछैनन्।
27 “Diga-lhes tudo isso, mas eles não escutarão. Anuncie estas advertências, mas eles não responderão.
28 यसकारण तिनीहरूलाई यसो भन्, ‘यो राष्ट्र, जसले याहवेह आफ्ना परमेश्वरको आज्ञापालन गरेको छैन, अथवा सुधारलाई ग्रहण गरेको छैन। सत्यता नष्ट भइसकेको छ। तिनीहरूका ओठबाट सत्यता लोप भइसकेको छ।
28 Diga-lhes: ‘Esta é a nação que não obedece ao S enhor , seu Deus, e não quer ser ensinada. A verdade já não existe no meio deles; desapareceu de seus lábios.
29 “ ‘तेरो केश खौरेर टाढा फ्याँकिदे, र अग्ला नाङ्गा डाँडाहरूमा गएर विलाप गर्; किनकि उहाँको रिसमा याहवेहले यो पुस्तालाई पूर्ण रूपमा इन्कार गर्नुभएको छ।
29 Raspem a cabeça em sinal de luto e chorem nos montes. Pois o S enhor rejeitou e abandonou esta geração que provocou sua ira’.”
30 “ ‘यहूदाका मानिसहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, याहवेह घोषणा गर्नुहुन्छ। तिनीहरूले मेरो नाम बोकेको मेरो भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरेका छन् र भवनलाई अशुद्ध पारेका छन्।
30 “O povo de Judá pecou diante dos meus olhos”, diz o S enhor . “Colocaram ídolos detestáveis no templo que leva meu nome e o contaminaram.
31 तिनीहरूका छोराछोरीहरूलाई आगोमा जलाउनलाई बेन-हिन्नोमको बेँसी तोपेतमा अग्ला ठाउँहरू निर्माण गरेका छन्—जुन कुरा न मैले तिनीहरूलाई आज्ञा गरेको थिएँ, न त मैले मेरो मनमा सोचेको थिएँ।
31 Construíram santuários idólatras em Tofete, no vale de Ben-Hinom, e ali sacrificaram seus filhos e filhas no fogo. Jamais ordenei tamanha maldade; nunca me passou pela mente!
32 यसकारण होसियार रहो, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, जब मानिसहरूले यस बेँसीलाई तोपेत अथवा बेन-हिन्नोमको बेँसी होइन, तर हत्याको बेँसी भन्नेछन्, तब तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहुन्जेल मृतकहरूलाई गाड्नेछन्।
32 Portanto, tenham cuidado”, diz o S enhor , “pois está chegando o dia em que não se chamará mais Tofete, nem vale de Ben-Hinom, mas vale da Matança. Sepultarão corpos em Tofete até não haver mais lugar.
33 तब मानिसहरूका मृत शरीरहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति आहारा हुनेछन्; अनि तिनीहरूलाई तर्साएर धपाउने कोही पनि हुनेछैनन्।
33 Os cadáveres deste povo servirão de alimento para os abutres e os animais selvagens, e não restará ninguém para espantá-los.
34 म यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूमा हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको सोर अन्त्य गरिदिनेछु; किनकि देश उजाड हुनेछ।
34 Acabarei com os cânticos alegres e com o riso nas ruas de Jerusalém, e já não se ouvirão as vozes felizes de noivos e de noivas nas cidades de Judá. A terra ficará inteiramente desolada.”
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.