Jeremias 7

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
1 Palavra que da parte do Senhor foi dita a Jeremias:
2 “याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्:
2 Põe-te à porta da Casa do Senhor , e proclama ali esta palavra, e dize: Ouvi a palavra do Senhor , todos de Judá, vós, os que entrais por estas portas, para adorardes ao Senhor .
3 इस्राएलका परमेश्‍वर, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूका जीवनशैली र कामहरू सुधार; अनि म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु।
3 Assim diz o Senhor dos Exércitos, o Deus de Israel: Emendai os vossos caminhos e as vossas obras, e eu vos farei habitar neste lugar.
4 छली कुराहरूमा विश्‍वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!”
4 Não confieis em palavras falsas, dizendo: Templo do Senhor , templo do Senhor , templo do Senhor é este.
5 यदि तिमीहरूले आफ्ना जीवनशैलीहरू र आफ्ना कामहरू साँच्‍चै परिवर्तन गर्‍यौ र एक-आपसमा न्यायसङ्गत व्यवहार गर्‍यौ भने,
5 Mas, se deveras emendardes os vossos caminhos e as vossas obras, se deveras praticardes a justiça, cada um com o seu próximo;
6 यदि तिमीहरूले यस ठाउँमा विदेशीहरूमाथि, टुहुरा-टुहुरीहरूमाथि, र विधवाहरूमाथि अत्याचार गरेनौ भने वा निर्दोषहरूको रगत बगाएनौ भने, र आफ्नै खराबीका निम्ति अरू देवी-देवताहरूका पछि लागेनौ भने,
6 se não oprimirdes o estrangeiro, e o órfão, e a viúva, nem derramardes sangue inocente neste lugar, nem andardes após outros deuses para vosso próprio mal,
7 तब म तिमीहरूलाई यस देशमा बस्‍न दिनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई सदाका निम्ति दिएको थिएँ।
7 eu vos farei habitar neste lugar, na terra que dei a vossos pais, desde os tempos antigos e para sempre.
8 हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ।
8 Eis que vós confiais em palavras falsas, que para nada vos aproveitam.
9 “ ‘के तिमीहरू साँच्‍चै चोरी, हत्या, व्यभिचार गर्छौ, र झूटो शपथ खान्छौ; बाल-देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याउँछौ,
9 Que é isso? Furtais e matais, cometeis adultério e jurais falsamente, queimais incenso a Baal e andais após outros deuses que não conheceis,
10 अनि आएर मेरो नाम बोकेको यस भवनमा मेरो सामु उभिएर भन्छौ, “हामी सुरक्षित छौँ!” हामी यी सबै घिनलाग्दा काम गर्न भनी ढुक्‍क छौँ?
10 e depois vindes, e vos pondes diante de mim nesta casa que se chama pelo meu nome, e dizeis: Estamos salvos; sim, só para continuardes a praticar estas abominações!
11 के मेरो नाम बोकेको यो भवन तिमीहरूका निम्ति डाँकुहरूको ओडार भएको छ? तर मैले देखेको छु! याहवेह घोषणा गर्नुहुन्छ।
11 Será esta casa que se chama pelo meu nome um covil de salteadores aos vossos olhos? Eis que eu, eu mesmo, vi isto, diz o Senhor .
12 “ ‘अब शीलोको त्यो ठाउँमा जाओ, जहाँ मैले पहिले मेरो नामको निवासस्थान बनाएको थिएँ। मेरा प्रजा इस्राएलीको दुष्‍टताको कारण मैले त्यस ठाउँलाई के गरेको छु, त्यो हेर।
12 Mas ide agora ao meu lugar que estava em Siló, onde, no princípio, fiz habitar o meu nome, e vede o que lhe fiz, por causa da maldade do meu povo de Israel.
13 याहवेह घोषणा गर्नुहुन्छ, तिमीहरूले यी कुराहरू गरिरहँदा म तिमीहरूसँग बारम्बार बोलेँ, तर तिमीहरूले सुनेनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ।
13 Agora, pois, visto que fazeis todas estas obras, diz o Senhor , e eu vos falei, começando de madrugada, e não me ouvistes, chamei-vos, e não me respondestes,
14 यसकारण मैले शीलोलाई जे गरेको थिएँ, अब म मेरो नाम बोकेको भवनलाई त्यही गर्नेछु, जसमा तिमीहरू भरोसा राख्दछौ, मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ।
14 farei também a esta casa que se chama pelo meu nome, na qual confiais, e a este lugar, que vos dei a vós outros e a vossos pais, como fiz a Siló.
15 मैले एफ्राइमका मानिसहरू, तिमीहरूका दाजुभाइ इस्राएलीहरूलाई फ्याँकेझैँ, म तिमीहरूलाई आफ्नो उपस्थितिबाट फ्याँकिदिनेछु।’
15 Lançar-vos-ei da minha presença, como arrojei a todos os vossos irmãos, a toda a posteridade de Efraim.
16 “यसकारण यर्मिया यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त तिनीहरूका निम्ति कुनै बिलौना वा बिन्ती गर्। मसित अर्जबिन्ती नचढा; किनकि म तेरो कुरा सुन्‍नेछैनँ।
16 Tu, pois, não intercedas por este povo, nem levantes por ele clamor ou oração, nem me importunes, porque eu não te ouvirei.
17 तिनीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा के गरिरहेका छन्, के तैँले त्यो देख्दैनस्?
17 Acaso, não vês tu o que andam fazendo nas cidades de Judá e nas ruas de Jerusalém?
18 तिनीहरूका छोराछोरीले दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन्; अनि स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुलौरा चढाउन पिठो मुछ्छन्। मलाई रिस उठाउनलाई तिनीहरूले अरू देवी-देवताहरूकहाँ अर्घबलि चढाउँछन्।
18 Os filhos apanham a lenha, os pais acendem o fogo, e as mulheres amassam a farinha, para se fazerem bolos à Rainha dos Céus; e oferecem libações a outros deuses, para me provocarem à ira.
19 तर तिनीहरूले के मलाई उक्साइरहेका हुन् र? याहवेह भन्‍नुहुन्छ, के तिनीहरूले आफैँलाई लज्जित तुल्याइरहेका र आफूलाई नै खराबी गरिरहेका छैनन् र?
19 Acaso, é a mim que eles provocam à ira, diz o Senhor , e não, antes, a si mesmos, para a sua própria vergonha?
20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो रिस र मेरो क्रोध यस मन्दिरमाथि, मानिस र पशुहरूमाथि, खेतका रूख र भुइँका फसलहरूमाथि खन्याउनेछु। यो आगोझैँ बलिरहनेछ र कसैले निभाउन सक्नेछैन।
20 Portanto, assim diz o Senhor Deus: Eis que a minha ira e o meu furor se derramarão sobre este lugar, sobre os homens e sobre os animais, sobre as árvores do campo e sobre os frutos da terra; arderá e não se apagará.
21 “ ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा होमबलिहरू थप, र त्यो मासुचाहिँ तिमीहरू आफैँले खाओ!
21 Assim diz o Senhor dos Exércitos, o Deus de Israel: Ajuntai os vossos holocaustos aos vossos sacrifícios e comei carne.
22 किनकि जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, त्यस दिन जब म तिनीहरूसँग बोलेँ, तब मैले तिनीहरूलाई होमबलि र बलिदानहरूको विषयमा आज्ञा दिइनँ,
22 Porque nada falei a vossos pais, no dia em que os tirei da terra do Egito, nem lhes ordenei coisa alguma acerca de holocaustos ou sacrifícios.
23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएँ: मेरा आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु; अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। मैले तिमीहरूलाई दिएको आज्ञाअनुसार सबै मार्गहरूमा हिँड, ताकि तिमीहरूको भलो होस्।
23 Mas isto lhes ordenei, dizendo: Dai ouvidos à minha voz, e eu serei o vosso Deus, e vós sereis o meu povo; andai em todo o caminho que eu vos ordeno, para que vos vá bem.
24 तर तिनीहरूले आज्ञापालन गरेनन्, न त ध्यान नै दिए। त्यसका सट्टामा तिनीहरू आफ्ना दुष्‍ट हृदयका हठी इच्छाअनुसार हिँडे। तिनीहरू मबाट धेरै टाढा गए, र तिनीहरूले आफ्ना पिठिउँ मतिर फर्काए।
24 Mas não deram ouvidos, nem atenderam, porém andaram nos seus próprios conselhos e na dureza do seu coração maligno; andaram para trás e não para diante.
25 तिमीहरूका पितापुर्खाहरूले इजिप्ट छोडेको समयदेखि आजसम्म, दिनहुँ बारम्बार मैले मेरा सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।
25 Desde o dia em que vossos pais saíram da terra do Egito até hoje, enviei-vos todos os meus servos, os profetas, todos os dias; começando de madrugada, eu os enviei.
26 तर तिनीहरूले मेरा आज्ञाहरू पालन गरेनन्, न त ध्यान नै दिए। तिनीहरू हठी भए; अनि तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढी दुष्‍ट कामहरू गरे।’
26 Mas não me destes ouvidos, nem me atendestes; endurecestes a cerviz e fizestes pior do que vossos pais.
27 “जब तैँले यहूदाका मानिसहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुराहरू सुन्‍नेछैनन्; तैँले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले तँलाई जवाफ दिनेछैनन्।
27 Dir-lhes-ás, pois, todas estas palavras, mas não te darão ouvidos; chamá-los-ás, mas não te responderão.
28 यसकारण तिनीहरूलाई यसो भन्, ‘यो राष्ट्र, जसले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गरेको छैन, अथवा सुधारलाई ग्रहण गरेको छैन। सत्यता नष्‍ट भइसकेको छ। तिनीहरूका ओठबाट सत्यता लोप भइसकेको छ।
28 Dir-lhes-ás: Esta é a nação que não atende à voz do Senhor , seu Deus, e não aceita a disciplina; já pereceu, a verdade foi eliminada da sua boca.
29 “ ‘तेरो केश खौरेर टाढा फ्याँकिदे, र अग्ला नाङ्गा डाँडाहरूमा गएर विलाप गर्; किनकि उहाँको रिसमा याहवेहले यो पुस्तालाई पूर्ण रूपमा इन्कार गर्नुभएको छ।
29 Corta os teus cabelos consagrados, ó Jerusalém, e põe-te a prantear sobre os altos desnudos; porque já o Senhor rejeitou e desamparou a geração objeto do seu furor;
30 “ ‘यहूदाका मानिसहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, याहवेह घोषणा गर्नुहुन्छ। तिनीहरूले मेरो नाम बोकेको मेरो भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरेका छन् र भवनलाई अशुद्ध पारेका छन्।
30 porque os filhos de Judá fizeram o que era mau perante mim, diz o Senhor ; puseram os seus ídolos abomináveis na casa que se chama pelo meu nome, para a contaminarem.
31 तिनीहरूका छोराछोरीहरूलाई आगोमा जलाउनलाई बेन-हिन्‍नोमको बेँसी तोपेतमा अग्ला ठाउँहरू निर्माण गरेका छन्—जुन कुरा न मैले तिनीहरूलाई आज्ञा गरेको थिएँ, न त मैले मेरो मनमा सोचेको थिएँ।
31 Edificaram os altos de Tofete, que está no vale do filho de Hinom, para queimarem a seus filhos e a suas filhas; o que nunca ordenei, nem me passou pela mente.
32 यसकारण होसियार रहो, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, जब मानिसहरूले यस बेँसीलाई तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी होइन, तर हत्याको बेँसी भन्‍नेछन्, तब तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहुन्जेल मृतकहरूलाई गाड्नेछन्।
32 Portanto, eis que virão dias, diz o Senhor , em que já não se chamará Tofete, nem vale do filho de Hinom, mas o vale da Matança; os mortos serão enterrados em Tofete por não haver outro lugar.
33 तब मानिसहरूका मृत शरीरहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति आहारा हुनेछन्; अनि तिनीहरूलाई तर्साएर धपाउने कोही पनि हुनेछैनन्।
33 Os cadáveres deste povo servirão de pasto às aves dos céus e aos animais da terra; e ninguém haverá que os espante.
34 म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूमा हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको सोर अन्त्य गरिदिनेछु; किनकि देश उजाड हुनेछ।
34 Farei cessar nas cidades de Judá e nas ruas de Jerusalém a voz de folguedo e a de alegria, a voz de noivo e a de noiva; porque a terra se tornará em desolação.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.