Jeremias 43

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए,
1 Assim que Jeremias acabou de dizer ao povo o que o Senhor lhe tinha encarregado de transmitir,
2 तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई यसो भने, “तिमीले झूट बोलिरहेका छौ! याहवेह हाम्रा परमेश्‍वरले तिमीलाई ‘तिमीहरू इजिप्टमा बसोबास गर्नलाई जाँदै नजानू’ भनेर भन्‍न पठाउनुभएको होइन;
2 Azarias, filho de Osaías, Joanã, filho de Carée, e todos aqueles orgulhosos exclamaram: São mentiras o que proferes. Não te deu o Senhor, nosso Deus, o encargo de nos dizer que não fôssemos morar no Egito.
3 तर बेबिलोनीहरूले हामीलाई मारून् अथवा हामीलाई कैद गरेर बेबिलोनमा लैजाऊन् भनी नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा बेबिलोनीहरूको हातमा हामीलाई सुम्पिदिन उस्काउँदैछ।”
3 É Baruc, filho de Néria, que te lança contra nós com o fim de nos entregar aos caldeus para a morte e para a deportação à Babilônia.
4 यसकारण कारेहका छोरा योहानान, सेनाका सबै अधिकारीहरू र सबै मानिसहरूले यहूदाको देशमै बस्‍नू भन्‍ने परमेश्‍वरको आज्ञापालन गरेनन्।
4 E assim Joanã, filho de Carée, os chefes e os sobreviventes do povo mostraram-se surdos à voz do Senhor que lhes ordenara permanecerem em Judá.
5 त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्‍नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे।
5 Joanã, filho de Carée, e os chefes conduziram os sobreviventes judeus que haviam regressado dos países em que se tinham dispersado, a fim de habitarem novamente na terra de Judá.
6 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति अहीकामका छोरा गदल्याहको जिम्मामा छोडेकाहरू—पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरू, यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकसमेत सबै मानिसहरूसँगै तिनीहरूले लगे।
6 Eram homens, mulheres e crianças, as princesas reais, todos os que Nabuzardã, chefe dos guardas havia deixado junto de Godolias, filho de Aicão, filho de Safã, entre eles o profeta Jeremias e Baruc, filho de Néria.
7 यसरी तिनीहरू याहवेहको आज्ञा उल्‍लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे।
7 Desobedecendo, assim, à voz do Senhor, partiram para o Egito e alcançaram Táfnis.
8 तहपनेसमा याहवेहको वचन यर्मियाकहाँ आयो:
8 Em Táfnis foi dirigida a Jeremias a palavra do Senhor nestes termos:
9 “यहूदीहरूले हेरिरहेका बेला, तैँले आफूसँग केही ठूला ढुङ्गाहरू लिनू, र तहपनेसमा भएको फारोको राजमहलको प्रवेशद्वारको बाटोमा छापेका इँटामुनिको माटोमा ती ढुङ्गालाई गाडिदिनू।
9 toma em tuas mãos pedras bem grandes e, ante os olhos dos judeus, introduze-as na calçada em frente à porta do palácio do faraó, em Táfnis.
10 त्यसपछि तिनीहरूलाई यसो भन्‍नू, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई ल्याउनेछु र यस ठाउँमा पठाउनेछु; अनि म त्यसको सिंहासन मैले गाडेका यी ढुङ्गाहरूमाथि खडा गर्नेछु। त्यसले आफ्नो राजकीय मण्डप यसमाथि फैलाउनेछ।
10 E, em seguida, lhes dirás: Eis o que diz o Senhor dos exércitos, Deus de Israel: vou mandar chamar aqui meu servo Nabucodonosor, rei de Babilônia; colocar-lhe-ei o trono sobre as pedras introduzidas neste lugar, e sobre elas estenderá ele também o seu tapete.
11 तब त्यो आउनेछ र त्यसले इजिप्टमाथि आक्रमण गर्नेछ; अनि मृत्युको निम्ति छुट्याइएकाहरूमा मृत्यु नै आउनेछ, कैदको निम्ति छुट्याइएकाहरू कैदमा नै जानेछन्, र तरवारका निम्ति छुट्याइएकाहरू तरवारले काटिनेछन्।
11 Ele virá aqui e ferirá o Egito. O que é para a morte, à morte! O que é para o cativeiro, ao cativeiro! O que é para a espada, à espada!
12 त्यसले इजिप्टका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ, र तिनीहरूका मन्दिरहरू जलाइदिनेछ; अनि तिनीहरूका देवताहरूलाई कैद गरेर लैजानेछ। जसरी गोठालाले आफ्नो लुगालाई सफा गर्न जुम्रा निकालेर फ्याँक्छ, त्यसरी नै त्यसले इजिप्टलाई निकालेर सफा गरेर सुरक्षितसाथ बाटो लाग्नेछ।
12 Lançará fogo aos templos dos deuses do Egito, e os queimará, levando cativos {os seus ídolos}. Despojará o Egito, qual pastor a limpar seu manto, e regressará triunfante.
13 त्यहाँ इजिप्टमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरूलाई ढालिदिनेछ; अनि इजिप्टका देवताहरूका मन्दिरहरूलाई आगोले भस्म पारिदिनेछ।’ ”
13 E destruirá os obeliscos do templo do Sol, no Egito, e entregará às chamas todos os templos dos seus deuses.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 43, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.