Jeremias 38
npioncb (NPIONCB) vs VC
1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा येहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भनिरहेका सुने,
1 Safatias, filho de Matã, Gedelias, filho de Fassur, Jucal, filho de Selemias, e Fassur, filho de Melquias, ouviram as palavras que Jeremias pronunciara diante de todos.
2 “याहवेह यसो भन्नुहुन्छ: ‘यस सहरमा जो बस्छ, त्यो तरवार, अनिकाल र रूढीले मर्नेछ; तर बेबिलोनी सेनाहरूकहाँ गएर आफैँलाई समर्पण गर्नेचाहिँ जीवित रहनेछ। त्यसले आफ्नो प्राण जोगाउनेछ र जीवित रहनेछ।’
2 Oráculo do Senhor, dizia ele: aquele que ficar na cidade morrerá pela espada, fome e peste, ao passo que o que sair, a fim de se entregar aos caldeus, viverá, e a vida a salvo será seu espólio. E viverá.
3 अनि याहवेह यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनको राजाका सेनाको हातमा दिइनेछ, जसले यस सहरलाई कब्जा गर्नेछ।’ ”
3 Oráculo do Senhor: a cidade será entregue ao exército do rei de Babilônia, que a tomará de assalto.
4 तब अधिकारीहरूले राजालाई भने, “यो मानिसलाई मार्नुपर्छ; किनकि यसले मानिसहरूलाई भनिरहेका कुराहरूले यस सहरमा बाँकी रहेका सेना र सबै मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलाइ होइन, तर तिनीहरूको हानि गर्न चाहन्छ।”
4 Disseram, então, os chefes ao rei: Seja esse homem eliminado, pois que desencoraja o que resta de guerreiros na cidade em todo o povo, proferindo semelhantes palavras. Não procura ele a salvação do povo mas a sua perdição.
5 तब राजा सिदकियाहले जवाफ दिए, “त्यो मानिस तिमीहरूकै हातमा छ। म तिमीहरूलाई रोक्न सक्दिनँ।”
5 Respondeu-lhes o rei Sedecias: "Ele está em vossas mãos. O rei nada vos pode recusar.
6 यसकारण तिनीहरूले यर्मियालाई लगेर राजाको छोरा मल्कियाहको पानीको खाडलमा हालिदिए। त्यो खाडल पहरेदारको चोकमा थियो। तिनीहरूले यर्मियालाई डोरीबाट तल अँध्यारो बन्द खाडलभित्र झारिदिए; त्यस अँध्यारो खाडलमा पानी थिएन, तर हिलो मात्र थियो; यसकारण यर्मिया हिलोमा भासिए।
6 Tomaram então Jeremias e, por meio de cordas, o fizeram descer na cisterna de Melquias, o príncipe real, a qual se encontrava no pátio do cárcere. Não havia água na cisterna; havia, porém, lodo, onde Jeremias se atolou.
7 तर राजमहलका एक जना नपुंसक अधिकारी कूशी एबेद-मेलेकले तिनीहरूले यर्मियालाई बन्द खाडलमा हालेको कुरा सुने। त्यस बेला राजा बेन्यामीन ढोकामा बसिरहेका थिए।
7 Um eunuco etíope do palácio real, chamado Abdemelec, soube, porém, que haviam lançado Jeremias na cisterna. Como estivesse o rei nesse momento assentado à porta de Benjamim,
8 तब एबेद-मेलेक महलबाट निस्केर गएर राजालाई यसो भने,
8 saiu ele do palácio para ir encontrá-lo.
9 “मेरा प्रभु महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई अति दुष्टतापूर्ण व्यवहार गरेका छन्। तिनीहरूले उनलाई खाडलभित्र खसालिदिएका छन्, जहाँ उनी भोकै मर्नेछन्; किनकि सहरमा अब केही खानेकुरा बाँकी छैन।”
9 Ó rei, meu Senhor, disse-lhe o eunuco, andaram mal esses homens, tratando assim o profeta Jeremias e lançando-o na cisterna. Morrerá de fome, pois que não há mais pão na cidade.
10 तब राजाले कूशी एबेद-मेलेकलाई आज्ञा दिए, “यहाँबाट आफूसँग तीस जना मानिसहरू लैजाऊ र तिनी मर्नुभन्दा अगि नै यर्मिया अगमवक्तालाई त्यस खाडलबाट निकाल।”
10 Respondeu-lhe então o rei com esta ordem: Leva daqui contigo trinta homens e faze com que retirem o profeta Jeremias da cisterna, antes que morra.
11 यसकारण एबेद-मेलेकले आफूसँग ती मानिसहरू लिएर महलमा भएको भण्डारमुनिको कोठामा गए। तिनले त्यहाँबाट केही फाटेका र पुराना लुगाहरू लिए। अनि तिनले ती कपडाहरू डोरीमा बाँधेर खाडलभित्र यर्मिया अगमवक्ताकहाँ झारिदिए।
11 Abdemelec, tomando então os homens consigo, dirigiu-se ao palácio e ao vestiário da tesouraria e de lá tirou pedaços de estofo e velhos andrajos. E, tomando uma corda, fê-los descer até Jeremias, na cisterna.
12 अनि कूशी एबेद-मेलेकले यर्मियालाई भने, “यी फाटेका र पुराना कपडाहरूलाई डोरीले नदुःखोस् भनेर तिम्रा काखीमुनि लगाऊ।” तब यर्मियाले त्यसै गरे।
12 Coloca, disse Abdemelec a Jeremias, estes pedaços de estofo e estes retalhos sob tuas axilas embaixo das cordas. Assim fez o profeta.
13 अनि तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई खाडलबाट बाहिर निकाले। त्यसपछि यर्मिया पहरेदारको चोकमा रहन थाले।
13 Então, erguendo-o por meio das cordas, retiraram-no para fora da cisterna. E Jeremias ficou no pátio do cárcere.
14 तब राजा सिदकियाहले यर्मिया अगमवक्तालाई बोलाउन पठाए, र तिनलाई याहवेहको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरा सोध्न लागेको छु। मबाट केही कुरा पनि नलुकाऊ!”
14 Mandou então o rei Sedecias que lhe trouxessem o profeta Jeremias e o conduzissem à terceira porta do templo, e lhe disse: Tenho algo a perguntar-te; nada me ocultes.
15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले तपाईंलाई जवाफ दिएँ भने के तपाईंले मलाई मार्नुहुन्न र? यदि मैले तपाईंलाई सल्लाह दिएँ भने तापनि तपाईंले मेरो कुरा सुन्नुहुनेछैन।”
15 Disse Jeremias ao rei: Se eu te responder, não me mandarás matar? Aliás, se te der um conselho, não me ouvirás.
16 तर राजा सिदकियाहले यर्मियासँग गुप्तमा यो शपथ खाए: “हामीलाई सास दिनुहुने जीवित याहवेहको नाममा शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ, न त तिमीलाई मार्न चाहनेहरूका हातमा नै तिमीलाई सुम्पिदिनेछु।”
16 Então o rei Sedecias fez em segredo a Jeremias este juramento: Pela vida de Deus que nos deu a vida, não te mandarei matar nem te entregarei aos que odeiam a tua vida!
17 तब यर्मियाले सिदकियाहलाई भने, “याहवेह सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि तैँले बेबिलोनको राजाका अधिकारीहरूको हातमा आफूलाई समर्पण गरिस् भने तँ जीवित रहनेछस्, र तिनीहरूले यो सहरलाई जलाएर भस्म पार्नेछैनन्; तेरो परिवारसहित तँ जीवित रहनेछस्।
17 E Jeremias disse então a Sedecias: Eis o que diz o Senhor dos exércitos, Deus de Israel: se te entregares aos oficiais do rei de Babilônia, terás a vida salva e a cidade não será queimada. E sobreviverás, assim como tua família.
18 तर यदि तैँले बेबिलोनका राजाका अधिकारीहरूको हातमा समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा सुम्पिनेछ, र तिनीहरूले यस सहरलाई जलाएर भस्म पार्नेछन्; तँ आफैँ पनि तिनीहरूका हातबाट उम्कनेछैनस्।’ ”
18 Mas, se te não entregares aos oficiais do rei de Babilônia, cairá a cidade nas mãos dos caldeus, os quais a incendiarão. E tu não lhes escaparás.
19 राजा सिदकियाहले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ शरण लिन गएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान्, र तिनीहरूले मसँग दुर्व्यवहार गर्लान्।”
19 Temo os judeus, replicou o rei Sedecias, que já se aliaram aos caldeus, e que me maltratarão se a eles for entregue.
20 यर्मियाले जवाफ दिए, “तिनीहरूले तपाईंलाई सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका कुरा गरेर याहवेहको आज्ञापालन गर्नुहोस्। तब तपाईंको भलो हुनेछ, र तपाईं जीवित रहनुहुनेछ।
20 Tal não acontecerá, retorquiu Jeremias. Escuta, portanto, a voz do Senhor naquilo que te digo: nada te acontecerá e terás a vida salva.
21 तर यदि तपाईंले समर्पण गर्न इन्कार गर्नुभयो भने याहवेहले मलाई यो कुरा प्रकट गर्नुभएको छ:
21 Mas, se recusares entregar-te, eis {a visão} que o Senhor me mostrou:
22 सुन्नुहोस्, यहूदाको राजाका महलमा छोडिएका ती सबै स्त्रीहरू बेबिलोनका अधिकारीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। ती स्त्रीहरूले तपाईंलाई यसो भन्नेछन्:
22 todas as mulheres que ficarem no palácio do rei de Judá serão entregues aos oficiais do rei de Babilônia. E elas dirão: foste enganado, e te subjugaram os teus bons amigos. Desapareceram, enquanto teus pés se atolavam na lama.
23 “तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। तपाईं आफैँ पनि तिनीहरूका हातबाट उम्कनु हुनेछैन, तर बेबिलोनका राजाद्वारा कब्जामा पारिनुहुनेछ; अनि यो सहरचाहिँ आगोले जलेर भस्म पारिनेछ।”
23 Todas as tuas mulheres e teus filhos serão entregues aos caldeus. E tu não lhes escaparás. Serás feito prisioneiro pelo rei de Babilônia e a cidade será entregue às chamas!
24 तब सिदकियाहले यर्मियालाई भने, “यस कुराकानीको बारेमा अरू कसैलाई पनि केही नभन्नू, नत्रता तिमी मर्नेछौ।
24 Disse, então, Sedecias e Jeremias: Que ninguém saiba do que falamos, senão poderás morrer.
25 यदि मैले तिमीसँग बातचित गरेको कुरा अधिकारीहरूले सुनेछन् भने, र तिनीहरू तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ र राजाले तिमीलाई के भन्नुभयो हामीलाई भन; यो कुरा हामीबाट नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौँ,’ भनी भनेछन् भने,
25 Se souberem os ministros que tivemos esta entrevista, se te vierem procurar a fim de perguntar-te, sob ameaça de morte, tudo quanto te disse o rei, sem nada ocultar,
26 तब तिनीहरूलाई भनिदेऊ, ‘मलाई मर्नका निम्ति जोनाथनको घरमा फर्काएर नपठाउनुहोस् भनेर म राजासँग बिन्ती गर्दैथिएँ।’ ”
26 dir-lhes-ás: fui suplicar ao rei que não fosse reconduzido à casa de Jonatã, onde encontraria a morte.
27 ती सबै अधिकारीहरू यर्मियाकहाँ आए, र तिनलाई सोधे; अनि यर्मियाले राजाले अधिकारीहरूलाई जे भन्ने आदेश दिएका थिए, ती हरेक कुरा तिनीहरूलाई भनिदिए। यसकारण अधिकारीहरूले यर्मियालाई अरू केही भनेनन्; किनकि राजासित भएको तिनको कुराकानी कसैले पनि सुनेका थिएनन्।
27 Com efeito, todos os ministros foram interrogá-lo, tendo-lhes respondido o profeta exatamente como lhe ordenara o rei. Deixaram-no então tranqüilo, porquanto nada transpirou da conversa havida.
28 अनि यरूशलेमको कब्जा हुने दिनसम्म नै यर्मिया राजमहलको पहरेदारको चोकमा नै रहे।
28 Assim passou Jeremias a habitar o pátio do cárcere, até o dia da tomada de Jerusalém. De fato, lá estava ele quando foi expugnada Jerusalém...
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 38, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.