Jeremias 34

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, आफ्नो शासनको अधीनमा रहेका सबै राज्य र जातिहरूले यरूशलेम र त्यसका वरिपरिका सबै सहरको विरुद्धमा लडाइँ गरिरहेको बेला याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:
1 O rei Nabucodonosor, da Babilônia, e o seu exército estavam atacando Jerusalém e as cidades vizinhas. Ajudavam nesse ataque as tropas de todas as nações e reinos dominados por ele. Nesse tempo, o Senhor Deus falou comigo
2 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यहूदाको राजा सिदकियाहकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु, र त्यसले यस सहरलाई आगोले भस्म पार्नेछ।
2 e mandou que eu levasse a seguinte mensagem ao rei Zedequias, de Judá: — Eu, o
3 तँ त्यसको हातबाट उम्कनेछैनस्। तँ निश्‍चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिनेछस्। तैँले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस्; अनि त्यसले तँसँग आमने-सामने कुरा गर्नेछ, र तँ बेबिलोनमा जानेछस्।
3 Você não escapará; pelo contrário, será preso e entregue a ele. Você verá Nabucodonosor e falará com ele pessoalmente. Depois, você irá para a Babilônia.
4 “ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्‍नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्;
4 Rei Zedequias, escute o que eu, o Senhor , estou dizendo a seu respeito: você vai morrer em paz e não na guerra.
5 तर तँ शान्तिसित मर्नेछस्। जसरी मानिसहरूले तँभन्दा पहिलेका तेरा पुर्खाहरूका सम्मानका निम्ति अन्तिम संस्कारमा सुगन्धित धूप बालेका थिए, त्यसरी नै तिनीहरूले तेरो सम्मानको निम्ति पनि आगोमा धूप बाल्नेछन् र यसो भनेर विलाप गर्नेछन्, “हाय, हे मालिक!” म आफैँले यो प्रतिज्ञा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
5 E, como queimaram incenso no sepultamento dos seus antepassados que foram reis antes de você, assim queimarão incenso em sua honra. Vão chorar por sua causa, dizendo: “O nosso rei morreu!” Eu, o Senhor , falei.
6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने,
6 Então eu contei tudo isso ao rei Zedequias, em Jerusalém,
7 जुन बेला बेबिलोनका राजाका सेनाहरू यरूशलेम र यहूदाका बाँकी रहेका अरू सहरहरूलाई जित्न, लाकीश र अजेकाको विरुद्धमा लडाइँ गरिरहेका थिए। यहूदामा रहेका सहरहरूमध्ये पर्खालले घेरिएका यी दुई सहरहरू मात्र बाँकी थिए।
7 quando o exército do rei da Babilônia estava atacando a cidade. Esse exército também estava atacando Laquis e Azeca, as duas únicas cidades cercadas de muralhas, em Judá, que ainda resistiam.
8 सिदकियाह राजाले यरूशलेममा बस्‍ने सबै मानिसहरूसँग दासहरूको स्वतन्त्रता घोषणा गरिदिने करार बाँधेपछि याहवेहको वचन यर्मियाकहाँ आयो।
8 O Senhor Deus falou de novo comigo depois que Zedequias fez um acordo com os moradores de Jerusalém para darem liberdade aos seus escravos.
9 हरेकले आ-आफ्ना हिब्रू दास-दासीलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्ना हिब्रू दाजुभाइहरूलाई बन्धनमा राख्न मिल्दैनथ्यो।
9 Cada um devia pôr em liberdade os seus escravos hebreus, tanto homens como mulheres, para que assim nenhum hebreu tivesse como escravo uma pessoa da sua raça.
10 यसकारण यस करारमा सामेल हुने सबै अधिकारी र मानिसहरूले तिनीहरूका दास-दासीहरूलाई स्वतन्त्र गरिदिने र तिनीहरूलाई अब उसो दासत्वमा नराख्ने कुरामा राजी भए। तिनीहरू त्यो करारमा राजी भए र दास-दासीहरूलाई स्वतन्त्र गरिदिए।
10 E todo o povo e as autoridades concordaram em libertar os seus escravos, prometendo nunca mais escravizá-los. Eles libertaram os escravos,
11 तर पछिबाट तिनीहरूले आफ्ना मन बदले र तिनीहरूले स्वतन्त्र गरिदिएका दास-दासीहरूलाई फर्काइल्याएर फेरि दास-दासी बनाए।
11 mas depois mudaram de ideia, e os fizeram voltar, e os obrigaram a se tornarem escravos de novo. — Quando tirei do Egito os antepassados de vocês e os livrei da escravidão, fiz uma
12 तब याहवेहको वचन यर्मियाकहाँ आयो:
12 — ausente —
13 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ,
13 — ausente —
14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्।
14 de sete em sete anos deviam libertar qualquer patrício hebreu que eles tivessem comprado e que tivesse sido escravo deles durante seis anos. Mas os seus antepassados não me deram atenção, nem me obedeceram.
15 तिमीहरूले भर्खरै पश्‍चात्ताप गर्‍यौ र मेरो दृष्‍टिमा जे उचित छ, त्यही तिमीहरूले गर्‍यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्‍यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ।
15 Porém alguns dias atrás vocês mudaram de ideia e fizeram o que me agrada. Todos concordaram em libertar os seus patrícios hebreus e fizeram um acordo na minha presença, no Templo construído em honra do meu nome.
16 तर अब फेरि तिमीहरू पछि हटेर मेरो नाम अशुद्ध पारेका छौ। तिमीहरूले कमारा-कमारीहरूलाई इच्छा लागेको ठाउँमा जान स्वतन्त्र गरिदिएका थियौ, तर अब फेरि तिमीहरू हरेकले तिनीहरूलाई फर्काएर ल्यायौ। तिमीहरूले तिनीहरूलाई आफ्ना कमारा-कमारी हुनलाई फेरि बाध्य बनायौ।
16 Mas depois vocês novamente mudaram de ideia e profanaram o meu nome. Todos vocês fizeram voltar os escravos que haviam sido libertados e os obrigaram a ser escravos de novo.
17 “यसकारण याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेनौ; तिमीहरूले आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गरेनौ। यसकारण अब हेर, म तिमीहरूका निम्ति ‘स्वतन्त्रताको’ घोषणा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ—तरवार, अनिकाल र रूढीद्वारा नष्‍ट हुने स्वतन्त्रताको घोषणा। तिमीहरूको हालत यस्तो बनाइदिनेछु, कि पृथ्वीका सबै राज्यहरूले यो देखेर भयभीत हुनेछन्।
17 Por isso, eu, o Senhor , digo que vocês me desobedeceram e não deram a liberdade aos seus patrícios hebreus. Pois bem! Eu vou dar liberdade a vocês: liberdade de morrer na guerra e de morrer de doença e fome. Farei com que sejam um espetáculo horrível para todas as nações da terra. Sou eu, o Senhor , quem está falando. As autoridades de Judá e de Jerusalém, os oficiais do palácio, os sacerdotes e todo o povo fizeram uma aliança comigo, passando entre as duas metades de um boi cortado ao meio. Mas eles quebraram a aliança que fizeram na minha presença e não cumpriram o que prometeram.
18 जजसले मेरो करार भङ्ग गरेका छन् र तिनीहरूले मेरो सामु गरेका करारका शर्तहरू पूरा गरेका छैनन्, म तिनीहरूसँग त्यही बाछालाई जस्तो व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई टुक्रा पारेर ती टुक्राहरूका बीचबाट हिँडे।
18 — ausente —
19 यहूदा र यरूशलेमका अगुवाहरू, अदालतका पदाधिकारीहरू, पुजारीहरू र देशका सबै मानिसहरू, जो बाछाका यी टुक्राहरूका बीचबाट हिँडेका छन्,
19 — ausente —
20 म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्।
20 Por isso, eu os entregarei aos seus inimigos que os querem matar, e os corpos deles serão comidos pelas aves e pelos animais selvagens.
21 “म यहूदाको राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरू, बेबिलोनको राजाको सेनाहरूका हातमा सुम्पिदिनेछु, जुन सेनाहरू तिमीहरूबाट पछि हटेका छन्।
21 Entregarei o rei Zedequias, de Judá, e os seus oficiais aos inimigos que os querem matar. Eu os entregarei ao exército do rei da Babilônia, que parou de atacar vocês.
22 याहवेह घोषणा गर्नुहुन्छ, म बेबिलोनी सेनाहरूलाई आदेश दिनेछु; अनि म तिनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। तिनीहरूले यस सहरको विरुद्धमा लडाइँ गर्नेछन्। यस सहरलाई कब्जा गर्नेछन् र आगो लगाएर भस्म पार्नेछन्। यसरी म यहूदाका सहरहरूलाई उजाड पारिदिनेछु, ताकि त्यहाँ कोही पनि बसोबास गर्न नपाओस्।”
22 Darei ordem aos inimigos, e eles voltarão. Eles atacarão, e tomarão a cidade, e a destruirão com fogo. Farei com que as cidades de Judá virem um deserto onde ninguém mora. Eu, o Senhor , falei.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.