Jeremias 34
npioncb (NPIONCB) vs ACF
1 बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, आफ्नो शासनको अधीनमा रहेका सबै राज्य र जातिहरूले यरूशलेम र त्यसका वरिपरिका सबै सहरको विरुद्धमा लडाइँ गरिरहेको बेला याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:
1 A palavra que do SENHOR veio a Jeremias, quando Nabucodonosor, rei de babilônia, e todo o seu exército, e todos os reinos da terra, que estavam sob o domínio da sua mão, e todos os povos, pelejavam contra Jerusalém, e contra todas as suas cidades, dizendo:
2 “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाको राजा सिदकियाहकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु, र त्यसले यस सहरलाई आगोले भस्म पार्नेछ।
2 Assim diz o SENHOR, o Deus de Israel: Vai, e fala a Zedequias, rei de Judá, e dize-lhe: Assim diz o SENHOR: Eis que eu entrego esta cidade na mão do rei de babilônia, o qual queimá-la-á a fogo.
3 तँ त्यसको हातबाट उम्कनेछैनस्। तँ निश्चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिनेछस्। तैँले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस्; अनि त्यसले तँसँग आमने-सामने कुरा गर्नेछ, र तँ बेबिलोनमा जानेछस्।
3 E tu não escaparás da sua mão, antes certamente serás preso e entregue na sua mão; e teus olhos verão os olhos do rei de babilônia, e ele te falará boca a boca, e entrarás em babilônia.
4 “ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्;
4 Todavia ouve a palavra do Senhor, ó Zedequias, rei de Judá; assim diz o Senhor acerca de ti: Não morrerás à espada.
5 तर तँ शान्तिसित मर्नेछस्। जसरी मानिसहरूले तँभन्दा पहिलेका तेरा पुर्खाहरूका सम्मानका निम्ति अन्तिम संस्कारमा सुगन्धित धूप बालेका थिए, त्यसरी नै तिनीहरूले तेरो सम्मानको निम्ति पनि आगोमा धूप बाल्नेछन् र यसो भनेर विलाप गर्नेछन्, “हाय, हे मालिक!” म आफैँले यो प्रतिज्ञा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
5 Em paz morrerás, e conforme as queimas para teus pais, os reis precedentes, que foram antes de ti, assim queimarão para ti, e prantear-te-ão, dizendo: Ah, Senhor! Pois eu disse a palavra, diz o Senhor.
6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने,
6 E falou Jeremias, o profeta, a Zedequias, rei de Judá, todas estas palavras, em Jerusalém,
7 जुन बेला बेबिलोनका राजाका सेनाहरू यरूशलेम र यहूदाका बाँकी रहेका अरू सहरहरूलाई जित्न, लाकीश र अजेकाको विरुद्धमा लडाइँ गरिरहेका थिए। यहूदामा रहेका सहरहरूमध्ये पर्खालले घेरिएका यी दुई सहरहरू मात्र बाँकी थिए।
7 Quando o exército do rei de babilônia pelejava contra Jerusalém, e contra todas as cidades que restavam de Judá, contra Laquis e contra Azeca; porque estas fortes cidades foram as que ficaram dentre as cidades de Judá.
8 सिदकियाह राजाले यरूशलेममा बस्ने सबै मानिसहरूसँग दासहरूको स्वतन्त्रता घोषणा गरिदिने करार बाँधेपछि याहवेहको वचन यर्मियाकहाँ आयो।
8 A palavra que do Senhor veio a Jeremias, depois que o rei Zedequias fez aliança com todo o povo que havia em Jerusalém, para lhes apregoar a liberdade;
9 हरेकले आ-आफ्ना हिब्रू दास-दासीलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्ना हिब्रू दाजुभाइहरूलाई बन्धनमा राख्न मिल्दैनथ्यो।
9 Que cada um despedisse livre o seu servo, e cada um a sua serva, hebreu ou hebréia; de maneira que ninguém se fizesse servir deles, sendo judeus, seus irmãos.
10 यसकारण यस करारमा सामेल हुने सबै अधिकारी र मानिसहरूले तिनीहरूका दास-दासीहरूलाई स्वतन्त्र गरिदिने र तिनीहरूलाई अब उसो दासत्वमा नराख्ने कुरामा राजी भए। तिनीहरू त्यो करारमा राजी भए र दास-दासीहरूलाई स्वतन्त्र गरिदिए।
10 E obedeceram todos os príncipes, e todo o povo que havia entrado na aliança, que cada um despedisse livre o seu servo, e cada um a sua serva, de maneira que não se fizessem mais servir deles; obedeceram, pois, e os soltaram,
11 तर पछिबाट तिनीहरूले आफ्ना मन बदले र तिनीहरूले स्वतन्त्र गरिदिएका दास-दासीहरूलाई फर्काइल्याएर फेरि दास-दासी बनाए।
11 Mas depois se arrependeram, e fizeram voltar os servos e as servas que haviam libertado, e os sujeitaram por servos e por servas.
12 तब याहवेहको वचन यर्मियाकहाँ आयो:
12 Veio, pois, a palavra do Senhor a Jeremias, da parte do Senhor, dizendo:
13 “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ,
13 Assim diz o Senhor, Deus de Israel: Eu fiz aliança com vossos pais, no dia em que os tirei da terra do Egito, da casa da servidão, dizendo:
14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्।
14 Ao fim de sete anos libertareis cada um a seu irmão hebreu, que te for vendido, e te houver servido seis anos, e despedi-lo-ás livre de ti; mas vossos pais não me ouviram, nem inclinaram os seus ouvidos.
15 तिमीहरूले भर्खरै पश्चात्ताप गर्यौ र मेरो दृष्टिमा जे उचित छ, त्यही तिमीहरूले गर्यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ।
15 E vos havíeis hoje arrependido, e fizestes o que é reto aos meus olhos, apregoando liberdade cada um ao seu próximo; e fizestes diante de mim uma aliança, na casa que se chama pelo meu nome;
16 तर अब फेरि तिमीहरू पछि हटेर मेरो नाम अशुद्ध पारेका छौ। तिमीहरूले कमारा-कमारीहरूलाई इच्छा लागेको ठाउँमा जान स्वतन्त्र गरिदिएका थियौ, तर अब फेरि तिमीहरू हरेकले तिनीहरूलाई फर्काएर ल्यायौ। तिमीहरूले तिनीहरूलाई आफ्ना कमारा-कमारी हुनलाई फेरि बाध्य बनायौ।
16 Mudastes, porém, e profanastes o meu nome, e fizestes voltar cada um ao seu servo, e cada um à sua serva, os quais já tínheis despedido libertos conforme a vontade deles; e os sujeitastes, para que se vos fizessem servos e servas.
17 “यसकारण याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेनौ; तिमीहरूले आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गरेनौ। यसकारण अब हेर, म तिमीहरूका निम्ति ‘स्वतन्त्रताको’ घोषणा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ—तरवार, अनिकाल र रूढीद्वारा नष्ट हुने स्वतन्त्रताको घोषणा। तिमीहरूको हालत यस्तो बनाइदिनेछु, कि पृथ्वीका सबै राज्यहरूले यो देखेर भयभीत हुनेछन्।
17 Portanto assim diz o Senhor: Vós não me ouvistes a mim, para apregoardes a liberdade, cada um ao seu irmão, e cada um ao seu próximo; pois eis que eu vos apregôo a liberdade, diz o Senhor, para a espada, para a pestilência, e para a fome; e farei que sejais espanto a todos os reinos da terra.
18 जजसले मेरो करार भङ्ग गरेका छन् र तिनीहरूले मेरो सामु गरेका करारका शर्तहरू पूरा गरेका छैनन्, म तिनीहरूसँग त्यही बाछालाई जस्तो व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई टुक्रा पारेर ती टुक्राहरूका बीचबाट हिँडे।
18 E entregarei os homens que transgrediram a minha aliança, que não cumpriram as palavras da aliança que fizeram diante de mim, com o bezerro, que dividiram em duas partes, e passaram pelo meio das suas porções;
19 यहूदा र यरूशलेमका अगुवाहरू, अदालतका पदाधिकारीहरू, पुजारीहरू र देशका सबै मानिसहरू, जो बाछाका यी टुक्राहरूका बीचबाट हिँडेका छन्,
19 A saber, os príncipes de Judá, e os príncipes de Jerusalém, os eunucos, e os sacerdotes, e todo o povo da terra que passou por meio das porções do bezerro;
20 म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्।
20 Entregá-los-ei, digo, na mão de seus inimigos, e na mão dos que procuram a sua morte, e os cadáveres deles servirão de alimento para as aves dos céus e para os animais da terra.
21 “म यहूदाको राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरू, बेबिलोनको राजाको सेनाहरूका हातमा सुम्पिदिनेछु, जुन सेनाहरू तिमीहरूबाट पछि हटेका छन्।
21 E até o rei Zedequias, rei de Judá, e seus príncipes entregarei na mão de seus inimigos e na mão dos que procuram a sua morte, a saber, na mão do exército do rei de babilônia, que já se retirou de vós.
22 याहवेह घोषणा गर्नुहुन्छ, म बेबिलोनी सेनाहरूलाई आदेश दिनेछु; अनि म तिनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। तिनीहरूले यस सहरको विरुद्धमा लडाइँ गर्नेछन्। यस सहरलाई कब्जा गर्नेछन् र आगो लगाएर भस्म पार्नेछन्। यसरी म यहूदाका सहरहरूलाई उजाड पारिदिनेछु, ताकि त्यहाँ कोही पनि बसोबास गर्न नपाओस्।”
22 Eis que eu darei ordem, diz o Senhor, e os farei voltar a esta cidade, e pelejarão contra ela, e a tomarão, e a queimarão a fogo; e as cidades de Judá porei em assolação, de sorte que ninguém habite nelas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.