Jeremias 32
npioncb (NPIONCB) vs VC
1 यहूदाका राजा सिदकियाहको शासनकालको दशौँ वर्षमा, अर्थात् नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा याहवेहको यो वचन यर्मियाकहाँ आयो।
1 A palavra do Senhor foi dirigida a Jeremias, no décimo ano do reinado de Sedecias, rei de Judá. Era, então, o décimo oitavo do reinado de Nabucodonosor.
2 त्यस बेला बेबिलोनका राजाका सेनाहरूले यरूशलेमलाई घेरिराखेका थिए। अनि यर्मिया अगमवक्तालाई चाहिँ यहूदाको राजकीय महलको पहरेदार चोकमा कैदमा राखिएको थियो।
2 O exército do rei de Babilônia sitiava Jerusalém, e o profeta Jeremias estava detido no cárcere do palácio real.
3 यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर त्यहाँ कैद गरेका थिए, “तैँले किन अगमवाणी गर्छस् र यसरी भन्छस्? याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु र त्यसले यसलाई कब्जा गर्नेछ।
3 Sedecias, rei de Judá, mandara-o encarcerar lá, dizendo-lhe: Por profetizares desse modo: Oráculo do Senhor: vou entregar esta cidade ao rei de Babilônia, que dela se apossará.
4 यहूदाका राजा सिदकियाह बेबिलोनीहरूबाट उम्कनेछैन, तर निश्चय नै बेबिलोनको राजाको हातमा सुम्पिइनेछ। अनि बेबिलोनको राजासँग आफ्नै आँखाले आमने-सामने हेरेर कुरा गर्नेछ।
4 E, Sedecias, rei de Judá, não se livrará das mãos dos caldeus, mas cairá sob o poder do rei de Babilônia, a quem falará de viva voz, olhar ante olhar.
5 बेबिलोनको राजाले सिदकियाहलाई बेबिलोनमा लैजानेछ, जहाँ सिदकियाहलाई मैले उसको मामिलामा विचार नगरेसम्म ऊ त्यहीँ हुनेछ, याहवेह घोषणा गर्नुहुन्छ। यदि तिमीहरूले बेबिलोनीहरूको विरुद्धमा लडाइँ गर्यौ भने तिमीहरू सफल हुनेछैनौ भनेर तँ किन यसो भन्छस्।’ ”
5 E, ele será levado a Babilônia, onde permanecerá até que dele eu me ocupe - oráculo do Senhor. E, se entrardes em luta com os caldeus, não tereis êxito.
6 तब यर्मियाले भने, “याहवेहको वचन मकहाँ आयो:
6 Foi nestes termos que me falou o Senhor, disse Jeremias:
7 तेरा काका शल्लूमको छोरा हनमेल यसो भन्दै तँकहाँ भेट्न आउन लागेको छ, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्; किनकि तपाईं नजिकको नातेदार हुनुभएको कारण जमिन किन्ने अधिकार र कर्तव्य तपाईंको हो।’
7 Eis que virá Hanameel, filho de teu tio Selum, a fim de te propor a compra de sua terra de Anatot, pois que tens prioridade para comprá-la.
8 “तब याहवेहले भन्नुभएझैँ मेरो भाइ हनमेल पहरेदारको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्। किनकि यस जमिनलाई मूल्य चुकाएर छुटाउने र अधिकार गर्ने हक तपाईंकै छ। यसकारण जमिनलाई तपाईंले नै किन्नुहोस्।’
8 Hanameel, meu primo, veio, portanto, procurar-me no cárcere, como havia anunciado o Senhor. Compra, disse-me então, a minha terra de Anatot, na terra de Benjamim, porque cabe a ti, por direito de herança, resgatá-la. Compra-a, portanto. Compreendi que nisso havia um convite do Senhor.
9 यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी जोखेर त्यसलाई दिएँ।
9 Assim, comprei a terra de meu primo, fixando-lhe o preço: dezessete siclos de prata.
10 मैले त्यस जमिनको तमसुकमा सही गरेर छाप लगाएँ। मैले साक्षीहरू राखेँ, र तराजुमा त्यो चाँदी जोखिदिएँ।
10 Lavrei, então, uma escritura e, após tê-la selado, chamei testemunhas perante as quais pesei o dinheiro na balança.
11 मैले जमिन किनेको तमसुक, अर्थात् शर्तहरू सहितको सहीछाप लगाइएको तमसुकको साथमा छाप नलगाइएको प्रतिलिपी पनि लिएँ।
11 Tomei, a seguir, a escritura de venda selada em que figuravam as cláusulas e estipulações, assim como a cópia aberta,
12 अनि आफ्नो भाइ हनमेलको उपस्थिति र त्यस तमसुकमा सही गर्ने साक्षीहरू र पहरेदार चोकमा बसिरहेका सबै यहूदीहरूको उपस्थितिमा त्यस तमसुकलाई महसेयाहको नाति, नेरियाहको छोरा बारूकलाई दिएँ।
12 e entreguei a primeira a Baruc, filho de Néria, filho de Maasias, em presença de Hanameel, meu primo, das testemunhas signatárias do ato de venda e de todos os judeus que estavam no átrio da prisão.
13 “ती मानिसहरूकै उपस्थितिमा मैले बारूकलाई यी आदेशहरू दिएँ:
13 Em seguida, ante eles, dei esta ordem a Baruc:
14 ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सहीछाप लगाइएको र नलगाइएको यी दुवै प्रतिलिपिहरू लिएर लामो समयसम्म सुरक्षित रहून् भनेर यिनीहरूलाई माटोको भाँडोमा राख्नू।
14 Eis o que diz o Senhor dos exércitos, Deus de Israel: toma estes documentos, esta escritura de venda selada e aquela cópia aberta, e coloca-as num vasilhame de barro a fim de que por muito tempo se conservem.
15 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यस देशमा फेरि घरहरू, जमिनहरू र दाखबारीहरू किनबेच गरिनेछन्।’
15 Porquanto, eis o que predisse o Senhor dos exércitos, Deus de Israel: Ainda serão compradas casas, campos e vinhas desta terra.
16 “मैले नेरियाहको छोरा बारूकलाई किनबेचको तमसुक दिइसकेपछि मैले याहवेहसँग प्रार्थना गरेँ:
16 Depois de ter entregue a Baruc, filho de Néria, o contrato de venda, dirigi ao Senhor a seguinte oração:
17 “हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
17 Ah! Senhor Javé, fostes vós que fizestes o céu e a terra com a força de vosso braço. Nada vos é impossível.
18 तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका याहवेह हो;
18 Concedeis vossos favores a milhares, e castigais os filhos por causa dos pecados dos pais. Deus grande e poderoso que tendes o nome de Javé dos exércitos:
19 तपाईंका उद्देश्यहरू महान् र तपाईंका कामहरू शक्तिशाली छन्। तपाईंका आँखा सबै मानव-जातिका चालहरूमाथि खुल्ला रहन्छन्; तपाईंले हरेक मानिसलाई तिनीहरूका चालहरू र तिनीहरूका कामअनुसारको इनाम दिनुहुन्छ।
19 sois grande em vossos desígnios, poderoso em vossas realizações e vossos olhos se acham abertos para todos os destinos dos homens, a fim de retribuir a cada um de acordo com sua conduta e os frutos de seus atos.
20 तपाईंले इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नुभयो। आजको दिनसम्म इस्राएल र सबै मानव-जाति दुवैका बीचमा ती प्रकट गरिरहनुभएको छ। अनि तपाईंले ख्याति प्राप्त गर्नुभएको छ, जुन आजको दिनसम्म पनि तपाईंकै हो।
20 Vós que, outrora no Egito e até agora, tanto em Israel como no estrangeiro, também realizastes milagres e prodígios, e conquistastes o nome glorioso de que agora gozais;
21 तपाईंले आफ्नो जाति इस्राएललाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा तपाईंको शक्तिशाली हात र बाहुबलको ठूलो त्राससहित इजिप्टबाट निकालेर ल्याउनुभयो।
21 vós que fizestes sair do Egito o vosso povo, com prodígios, milagres e com a ação poderosa de vosso braço, por toda parte semeando o terror;
22 तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको यो देश, जुन दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो।
22 vós que lhe haveis dado esta terra, por juramento prometido a seus pais, terra que mana leite e mel!
23 इस्राएलीहरू देशभित्र आए, र देशलाई अधिकार गरे; तर तिनीहरूले तपाईं र तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूलाई पालन गर्नू भनेर दिनुभएको आज्ञा तिनीहरूले पालन गरेनन्। यसैकारण तपाईंले तिनीहरूमाथि यी सबै विपत्तिहरू ल्याउनुभयो।
23 Entraram nesta terra e dela tomaram posse; não escutaram, porém, a vossa voz, nem observaram vossa lei, e nada fizeram do que lhes havíeis imposto. Então, sobre eles chamastes todas essas calamidades.
24 “हेर्नुहोस्, यस सहरलाई कब्जा गर्नलाई बेबिलोनीहरूले घेरा हाल्न कसरी मोर्चा बनाएका छन्। किनकि तरवार, अनिकाल र रूढीको कारणले यो सहर बेबिलोनीहरूको हातमा सुम्पिइनेछ, जसले यस सहरमाथि आक्रमण गरिरहेका छन्। तपाईंले जे भन्नुभयो, त्यो पूरा भइरहेको छ, जस्तो अहिले तपाईंले देख्दैहुनुहुन्छ।
24 As máquinas de guerra dos inimigos aproximam-se da cidade, a fim de assaltá-la. Vai ser entregue a cidade aos caldeus que a assaltam pela espada, pela fome e pela peste. O que predissestes, realiza-se. Vede!
25 अनि यो सहर यरूशलेमलाई बेबिलोनीहरूको हातमा सुम्पिने भए तापनि हे प्रभु याहवेह, तपाईंले मलाई भन्नुहुन्छ, ‘यस जमिनलाई चाँदीले किन र किनबेच गरिएको साक्षी राख।’ ”
25 Não obstante, vós me dissestes, Senhor Javé, que comprasse o campo a peso de dinheiro, perante testemunha, quando prestes está a cidade a cair nas mãos dos caldeus!..
26 तब याहवेहको वचन यर्मियाकहाँ आयो:
26 Foi, então, dirigida nestes termos a Jeremias a palavra do Senhor:
27 “म याहवेह सबै मानव-जातिका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
27 Eu sou, em verdade, o Senhor, o Deus de todas as criaturas. Haverá algo que me seja impossível?
28 यसकारण याहवेह यसो भन्नुहुन्छ: म यस सहरलाई बेबिलोनीहरू र बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिन लागेको छु, जसले यस सहरलाई कब्जा गर्नेछ।
28 Eis por que assim diz o Senhor: vou entregar esta cidade aos caldeus e ao rei de Babilônia que dela se hão de apoderar.
29 यस सहरलाई आक्रमण गरिरहेका बेबिलोनीहरू सहरभित्र आउनेछन्, र यस सहरलाई आगो लगाइदिनेछन्। बाल देवताका छानाहरूमा धूप बालेर अरू देवताहरूलाई अर्घबलि चढाएर मलाई रिस उठाउने मानिसहरू बसेका घरहरूको साथमा यस सहरलाई पनि जलाइदिनेछन्।
29 Os assaltantes caldeus penetrarão na cidade, pôr-lhe-ão fogo e incendiarão as casas, sobre cujos tetos foram feitos sacrifícios a Baal e libações a deuses estranhos, o que me desperta a ira.
30 “इस्राएल र यहूदाका मानिसहरूले तिनीहरूका जवानी अवस्थादेखि नै दुष्ट कामहरूबाहेक अरू केही पनि गरेका छैनन्। साँच्चै इस्राएलका मानिसहरूले तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, याहवेह घोषणा गर्नुहुन्छ।
30 Os israelitas e judeus, desde a juventude, outra coisa não fizeram senão desgostar-me; sim, só praticam os israelitas o que me é odioso - oráculo do Senhor.
31 यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्टिबाट हटाइदिनैपर्छ।
31 Desde o dia em que foi construída esta cidade até hoje, não cessou de exasperar-me a cólera e o furor, de sorte que a repilo de minha presença,
32 इस्राएल र यहूदाका मानिसहरू, तिनीहरू, तिनीहरूका राजाहरू र अधिकारीहरू, तिनीहरूका पुजारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूले सबै दुष्ट कामहरू गरेर मलाई क्रोधित तुल्याएका छन्।
32 por causa de todo o mal cometido pelos israelitas e judeus para irritar-me, bem como os seus reis, príncipes e sacerdotes e todos os de Judá e Jerusalém.
33 तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्।
33 Voltaram-me as costas, em vez de me olharem. Ainda que, sem cessar, os tenha instruído, recusaram os meus avisos.
34 तिनीहरूले मेरो नाम बोकेको परमेश्वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे।
34 E no templo colocaram seus ídolos abomináveis, e conspurcaram o lugar em que meu nome é invocado.
35 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई मोलेख देवतालाई बलिदान चढाउनलाई बेन-हिन्नोमको खोल्सामा बालको निम्ति अग्ला ठाउँ वा देवस्थानहरू बनाए। तिनीहरूले यस्ता घिनलाग्दा पापहरू गर्न, न त मैले तिनीहरूलाई कहिल्यै आज्ञा गरेको थिएँ, न त यस्तो कुरा मेरो मनमा नै थियो।
35 Ergueram altares a Baal no vale do Filho de Hinon, para aí queimarem os filhos e as filhas em honra de Moloc, o que não lhes havia ordenado nem jamais me tinha passado pela mente: cometer tal infâmia e tornar Judá culpado de semelhante crime!
36 “तिमीहरू यस सहरको विषयमा यसरी भन्दैछौ, ‘तरवार, अनिकाल र रूढीद्वारा यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ’; तर याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
36 Assim diz agora o Senhor Deus de Israel, a propósito desta cidade, a qual dizes que vai ser entregue ao rei de Babilônia pela espada, pela fome e pela peste:
37 निश्चय नै म तिनीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, जहाँ मैले आफ्नो रिस र प्रचण्ड क्रोधमा तिनीहरूलाई धपाइदिएको थिएँ। म तिनीहरूलाई यस भूमिमा फर्काएर ल्याउनेछु र तिनीहरूलाई सुरक्षित भएर बस्न दिनेछु।
37 vou reunir os habitantes de todos os países em que os exilaram minha cólera, meu furor e indignação, e os trarei para aqui, a fim de que habitem em segurança.
38 तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
38 Serão eles o meu povo, e eu o seu Deus.
39 म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्नेछन्।
39 Dar-lhes-ei um só coração e um mesmo destino, a fim de que sempre me reverenciem, para o seu próprio bem e de seus descendentes.
40 म तिनीहरूसँग अनन्तको करार बाँध्नेछु। म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ। अनि म तिनीहरूलाई मप्रति डर मान्ने बनाउनेछु। यसकारण तिनीहरू मबाट कहिल्यै तर्केर टाढा जानेछैनन्।
40 Com eles firmarei pacto eterno, por cujos termos não cessarei mais de lhes proporcionar o bem, e no coração lhes infundirei o temor para que de mim não se venham a afastar.
41 तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्चय नै स्थायी रूपमा स्थापित गर्नेछु।
41 Encontrarei minha alegria em lhes fazer o bem e solidamente os colocarei nesta terra, com toda a minha alma e coração.
42 “याहवेह यसो भन्नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु।
42 Porquanto diz o Senhor: assim como lancei sobre este povo tão imensa calamidade, também sobre ele farei recair todo o bem que lhe prometo.
43 जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’
43 Serão comprados campos na terra, da qual dizeis ser um deserto sem homens nem animais, entregue aos caldeus.
44 चाँदीको लागि जमिनहरू किनिनेछन्, र बेन्यामीनको इलाकामा, यरूशलेमका वरिपरिका गाउँहरूमा, यहूदाका सहरहरूमा, पश्चिमी पहाडको फेद र दक्षिणतिरको पहाडी इलाकाका सहरहरूमा किनबेचको तमसुकहरूमा हस्ताक्षर गरिनेछन्। सहीछाप लाएर तमसुकहरू साक्षीका निम्ति राखिनेछन्; किनकि म तिनीहरूको सुख-शान्ति फेरि फर्काइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।”
44 E serão eles comprados a peso de dinheiro, escrituras serão passadas e seladas perante testemunhas, na terra de Benjamim, nos arredores de Jerusalém, nas cidades de Judá, nas cidades das montanhas, da planície e do Negeb, porque a sorte dos cativos eu a mudarei - oráculo do Senhor.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 32, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.