Jeremias 29
npioncb (NPIONCB) vs ARIB
1 नबूकदनेसरले यरूशलेमबाट कैद गरेर बेबिलोनमा लगेका मानिसहरूमध्ये बाँचेका प्रधानहरू, पुजारीहरू, अगमवक्ताहरू र अरू सबै मानिसहरूलाई यरूशलेमबाट यर्मियाले पठाएको पत्रको मूल सन्देश यही हो।
1 Ora, são estas as palavras da carta que Jeremias, o profeta, enviou de Jerusalém, aos que restavam dos anciãos do cativeiro, como também aos sacerdotes, e aos profetas, e a todo o povo, que Nabucodonosor levara cativos de Jerusalém para Babilônia,
2 (योचाहिँ राजा यहोयाकीन र राजमाता, यहूदा र यरूशलेमका अदालतका अधिकारीहरू र अगुवाहरू, दक्ष कारिगरहरू र शिल्पकारहरू सबै यरूशलेमबाट निर्वासनमा गइसकेपछि पठाइएको पत्रको कुरा हो)।
2 depois de terem saído de Jerusalém o rei Jeconias, e a rainha-mãe, e os eunucos, e os príncipes de Judá e Jerusalém e os artífices e os ferreiros.
3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहको छोरा गमर्याहलाई जिम्मा दिए, जुन पत्र यहूदाका राजा सिदकियाहले बेबिलोनमा राजा नबूकदनेसरकहाँ पठाएका थिए। त्यस पत्रमा यस्तो लेखिएको थियो:
3 Veio por mão de Elasa, filho de Safã, e de Gemarias, filho de Hilquias, os quais Zedequias, rei de Judá, enviou a Babilônia, a Nabucodonosor, rei de Babilônia; eis as palavras da carta:
4 मैले यरूशलेमबाट बेबिलोनमा निर्वासनमा लगेका सबै मानिसहरूलाई, सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ:
4 Assim diz o Senhor dos exércitos, o Deus de Israel, a todos os do cativeiro, que eu fiz levar cativos de Jerusalém para Babilônia:
5 “तिमीहरू घरहरू बनाओ र बसोबास गर; बगैँचाहरू लगाओ र त्यहाँका उब्जनीहरू खाओ।
5 Edificai casas e habitai-as; plantai jardins, e comei o seu fruto.
6 विवाह गर र छोराछोरीहरू जन्माओ; तिमीहरूका छोराहरूका निम्ति पत्नीहरू खोजिदेओ र आफ्ना छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूका पनि छोराछोरीहरू होऊन्। तिमीहरू संख्यामा वृद्धि हुँदैजाओ, तर घटेर नजाओ।
6 Tomai mulheres e gerai filhos e filhas; também tomai mulheres para vossos filhos, e dai vossas filhas a maridos, para que tenham filhos e filhas; assim multiplicai-vos ali, e não vos diminuais.
7 मैले तिमीहरूलाई निर्वासनमा लगेको सहरको शान्ति र उन्नतिको निम्ति प्रार्थना गर। त्यस सहरको निम्ति याहवेहसित प्रार्थना गर; किनकि त्यस सहरको उन्नति भयो भने तिमीहरूको पनि उन्नति हुनेछ।”
7 E procurai a paz da cidade, para a qual fiz que fôsseis levados cativos, e orai por ela ao Senhor: porque na sua paz vós tereis paz.
8 हो, सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूले देखेका सपनाहरूमा ध्यान नदेओ।
8 Pois assim diz o Senhor dos exércitos, o Deus de Israel: Não vos enganem os vossos profetas que estão no meio de vós, nem os vossos adivinhadores; nem deis ouvidos aos vossos sonhos, que vós sonhais;
9 तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो अगमवाणी गरिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
9 porque eles vos profetizam falsamente em meu nome; não os enviei, diz o Senhor.
10 याहवेह यसो भन्नुहुन्छ: “जब बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा हुन्छ, तब म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी तिमीहरूसँग गरेको मेरो असल प्रतिज्ञा पूरा गर्नेछु।”
10 Porque assim diz o Senhor: Certamente que passados setenta anos em Babilônia, eu vos visitarei, e cumprirei sobre vós a minha boa palavra, tornando a trazer-vos a este lugar.
11 किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। “ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
11 Pois eu bem sei os planos que estou projetando para vós, diz o Senhor; planos de paz, e não de mal, para vos dar um futuro e uma esperança.
12 तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्नेछु।
12 Então me invocareis, e ireis e orareis a mim, e eu vos ouvirei.
13 जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।”
13 Buscar-me-eis, e me achareis, quando me buscardes de todo o vosso coração.
14 “मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
14 E serei achado de vós, diz o Senhor, e farei voltar os vossos cativos, e congregarvos-ei de todas as nações, e de todos os lugares para onde vos lancei, diz o Senhor; e tornarei a trazer-vos ao lugar de onde vos transportei.
15 तिमीहरूले भन्नेछौ, “याहवेहले हाम्रा निम्ति बेबिलोनमा अगमवक्ताहरू खडा गर्नुभएको छ,”
15 Porque dizeis: O Senhor nos levantou profetas em Babilônia;
16 तर दावीदको सिंहासनमा विराजमान हुनुहुने राजा र यस सहरमा बाँकी रहेका सबै मानिसहरूको विषयमा, अर्थात् तिमीहरूका देशवासीहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूको बारेमा याहवेह यसो भन्नुहुन्छ—
16 portanto assim diz o Senhor a respeito do rei que se assenta no trono de Davi, e de todo o povo que habita nesta cidade, vossos irmãos, que não saíram convosco para o cativeiro;
17 हेर, सेनाहरूका याहवेह भन्नुहुन्छ: “म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र रूढी पठाउनेछु; अनि म तिनीहरूलाई खानै नसकिने गरी कुहिएको नेभारा जस्तै बनाउनेछु।
17 assim diz o Senhor dos exércitos: Eis que enviarei entre eles a espada, a fome e a peste e fá-los-ei como a figos péssimos, que não se podem comer, de ruins que são.
18 म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणाको पात्र बनाउनेछु। मैले तिनीहरूलाई धपाएका सबै राष्ट्रहरूको बीचमा श्राप, त्रास, हाँसो र निन्दाको पात्र बनाउनेछु।”
18 E persegui-los-ei com a espada, com a fome e com a peste; farei que sejam um espetáculo de terror para todos os reinos da terra, e para serem um motivo de execração, de espanto, de assobio, e de opróbrio entre todas as nações para onde os tiver lançado,
19 “किनकि तिनीहरूले मेरा वचन सुनेनन्, याहवेह घोषणा गर्नुहुन्छ, अर्थात् मैले बारम्बार मेरा सेवक अगमवक्ताहरूद्वारा तिनीहरूकहाँ पठाएका वचनहरू तिमी निर्वासनमा गएकाहरूले पनि सुनेका छैनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
19 porque não deram ouvidos às minhas palavras, diz o Senhor, as quais lhes enviei com insistência pelos meus servos, os profetas; mas vós não escutastes, diz o Senhor.
20 यसकारण मैले यरूशलेमबाट बेबिलोनको कैदमा पठाएका सबै मानिसहरू हो, याहवेहको वचन सुन।
20 Ouvi, pois, a palavra do Senhor, vós todos os do cativeiro que enviei de Jerusalém para Babilônia.
21 मेरो नाममा झूटो अगमवाणी गर्ने कोलायाहको छोरा आहाब र मासेयाहको छोरा सिदकियाहको बारेमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले तिनीहरूलाई तिमीहरूका आँखाकै सामु मार्नेछ।”
21 Assim diz o Senhor dos exércitos, o Deus de Israel, acerca de Acabe, filho de Colaías, e de Zedequias, filho de Maaséias, que vos profetizam falsamente em meu nome: Eis que os entregarei na mão de Nabucodonosor, rei de Babilônia, e ele os matará diante dos vossos olhos.
22 तिनीहरूको कारण बेबिलोनमा भएका यहूदाका कैदीहरू सबैले यसरी श्राप प्रयोग गरेर भन्नेछन्: “याहवेहले तिमीहरूलाई सिदकियाह र आहाबलाई गरेजस्तै गरून्, जसलाई बेबिलोनका राजाले आगोमा जलाएका थिए।”
22 E por causa deles será formulada uma maldição por todos os exilados de Judá que estão em Babilônia, dizendo: O Senhor te faça como a Zedequias, e como a Acabe, os quais o rei de Babilônia assou no fogo;
23 “किनकि तिनीहरूले इस्राएलमा अति घृणित पापहरू गरेका छन्; तिनीहरूले आफ्ना छिमेकीका पत्नीहरूसित व्यभिचार गरेका छन्; अनि मेरो नाममा तिनीहरूले झूटा अगमवाणीहरू गरेका छन्—जुन कुरा गर्नु भनी मैले तिनीहरूलाई आज्ञा गरेको थिइनँ। म यो कुरा जान्दछु र म नै यस कुराको गवाही हुँ,” याहवेह घोषणा गर्नुहुन्छ।
23 porque fizeram insensatez em Israel, cometendo adultério com as mulheres de seus próximos, e anunciando falsamente em meu nome palavras que não lhes mandei. Eu o sei, e sou testemunha disso, diz o Senhor.
24 नहेलामवासी शमायाहलाई यसो भन्,
24 E a Semaías, o neelamita, falarás, dizendo:
25 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैँले यरूशलेमका सबै मानिसहरूलाई, मासेयाहको छोरा पुजारी सपन्याहलाई र अरू सबै पुजारीहरूलाई आफ्नै नाममा पत्रहरू पठाइस्। तैँले सपन्याहलाई भनिस्,
25 Assim diz o Senhor dos exércitos, o Deus de Israel: Porquanto enviaste em teu próprio nome cartas a todo o povo que está em Jerusalém, como também a Sofonias, filho de Maaséias, o sacerdote, e a todos os sacerdotes, dizendo:
26 ‘याहवेहले तिमीलाई यहोयादाको ठाउँमा याहवेहको भवनको जिम्मेवार पुजारी नियुक्त गर्नुभएको छ। तिमीले त्यहाँ अगमवाणीको नक्कल गर्ने जुनसुकै बौलाहाजस्तो अगमवक्तालाई ठिँगुरोमा हाल्नू र त्यसको घिच्रोमा फलामको साङ्लाले बाँधेर राख्नू।
26 O Senhor te pôs por sacerdote em lugar de Jeoiada, o sacerdote, para que fosses encarregado da casa do Senhor, sobre todo homem obsesso que profetiza, para o lançares na prisão e no tronco;
27 यसकारण अब तिमीहरूले किन अनातोतको यर्मियालाई हप्काएका छैनौ, जसले तिमीहरूबीच अगमवाणी गरेजस्तो नक्कल गर्छ?
27 agora, pois, por que não repreendeste a Jeremias, o anatotita, que vos profetiza?
28 त्यसले हामीलाई बेबिलोनमा यो समाचार पठाएको छ: यो कैदको समय लामो हुनेछ: यसकारण तिमीहरूले घरहरू बनाओ र बसोबास गर; बगैँचा लगाओ र त्यसका उब्जनीहरू खाओ।’ ”
28 Pois que até nos mandou dizer em Babilônia: O cativeiro muito há de durar; edificai casas, e habitai-as; e plantai jardins, e comei do seu fruto.
29 पुजारी सपन्याहले त्यो पत्र पढेर यर्मिया अगमवक्तालाई सुनाए।
29 E lera Sofonias, o sacerdote, esta carta aos ouvidos de Jeremias, o profeta.
30 तब याहवेहको वचन यर्मियाकहाँ आयो:
30 Então veio a palavra do Senhor a Jeremias, dizendo:
31 “यो सन्देश निर्वासनमा भएका सबै मानिसहरूकहाँ पठा: ‘नहेलामवासी शमायाहको बारेमा याहवेह यसो भन्नुहुन्छ: मैले शमायाहलाई नपठाए तापनि त्यसले तिमीहरूलाई अगमवाणी गरेर र तिमीहरूलाई झूटो कुरामा विश्वास गर्न लगायो,
31 Manda a todos os do cativeiro, dizendo: Assim diz o Senhor acerca de Semaías, o neelamita: Porquanto Semaías vos profetizou, quando eu não o enviei, e vos fez confiar numa mentira,
32 यसकारण याहवेह यसो भन्नुहुन्छ, म नहेलामवासी शमायाह र त्यसका सन्तानलाई निश्चय नै दण्ड दिनेछु। यस जातिहरूको बीचमा त्यसको एक जना सन्तान पनि छोडिनेछैन, न त मैले आफ्नो जातिलाई गर्ने असल कुराहरू त्यसले देख्नेछ, याहवेह घोषणा गर्नुहुन्छ: किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गर्न सिकाएको छ।’ ”
32 portanto assim diz o Senhor: Eis que castigarei a Semaías, o neelamita, e a sua descendência; ele não terá varão que habite entre este povo, nem verá ele o bem que hei de fazer ao meu povo, diz o Senhor, porque pregou rebelião contra o Senhor.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.