Jeremias 27
npioncb (NPIONCB) vs ARIB
1 योशियाहका छोरा, यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:
1 No princípio do reinado de Zedequias, filho de Josias, rei de Judá, veio esta palavra a Jeremias da parte do Senhor, dizendo:
2 याहवेहले मलाई यसो भन्नुभयो: “छालाको डोरी र एउटा जुवा बना, र तेरो काँधमा राख्।
2 Assim me disse o Senhor: Faze-te brochas e canzis e põe-nos ao teu pescoço.
3 त्यसपछि एदोम, मोआब, टायर, अम्मोन र सीदोनका राजाहरूका राजदूतहरू, जो यरूशलेममा यहूदाको राजा सिदकियाहलाई भेट्न आएका छन्, ती राजदूतहरूद्वारा राजाकहाँ समाचार पठा।
3 Depois envia-os ao rei de Edom, e ao rei de Moabe, e ao rei dos filhos de Amom, e ao rei de Tiro, e ao rei de Sidom, pela mão dos mensageiros que são vindos a Jerusalém a ter com zedequias, rei de Judá;
4 तिनीहरूका राजाहरूका निम्ति यो सन्देश दिएर भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका मालिकहरूलाई यो सन्देश भन्नू:
4 e lhes darás uma mensagem para seus senhores, dizendo: Assim diz o Senhor dos exércitos, o Deus de Israel: Assim direis a vossos senhores:
5 मैले आफ्नो महाशक्ति र बलवान् हातले पृथ्वी र त्यसमा भएका मानिसहरू र पशुप्राणीहरू बनाएँ; जसलाई इच्छा लाग्छ त्यसैलाई म यो दिन्छु।
5 Sou eu que, com o meu grande poder e o meu braço estendido, fiz a terra com os homens e os animais que estão sobre a face da terra; e a dou a quem me apraz.
6 अब म तिमीहरूका सबै देशहरू मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; म जङ्गली जनावरहरूलाई पनि त्यसको अधीनमा राखिदिनेछु।
6 E agora eu entreguei todas estas terras na mão de Nabucodonosor, rei de Babilônia, meu servo; e ainda até os animais do campo lhe dei, para que o sirvam.
7 त्यस देशको पतनको समय नआइपुगेसम्म सबै जातिहरूले त्यसका छोरा र नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै राष्ट्रहरू र महान् राजाहरूले त्यसलाई आफ्नो अधीनमा पार्नेछन्।
7 Todas as nações o servirão a ele, e a seu filho, e ao filho de seu filho, até que venha o tempo da sua própria terra; e então muitas nações e grandes reis se servirão dele.
8 “ ‘ “तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।
8 A nação e o reino que não servirem a Nabucodonosor, rei de Babilônia, e que não puserem o seu pescoço debaixo do jugo do rei de Babilônia, punirei com a espada, com a fome, e com a peste a essa nação, diz o Senhor, até que eu os tenha consumido pela mão dele.
9 यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’
9 Não deis ouvidos, pois, aos vossos profetas, e aos vossos adivinhadores, e aos vossos sonhos, e aos vossos agoureiros, e aos vossos encantadores, que vos dizem: Não servireis o rei de Babilônia;
10 तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्ट हुनेछौ।
10 porque vos profetizam a mentira, para serdes removidos para longe da vossa terra, e eu vos expulsarei dela, e vós perecereis.
11 तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।” ’ ”
11 Mas a nação que meter o seu pescoço sob o jugo do rei de Babilônia, e o servir, eu a deixarei na sua terra, diz o Senhor; e lavrá-la-á e habitará nela.
12 मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्।
12 E falei com Zedequias, rei de Judá, conforme todas estas palavras: Metei os vossos pescoços no jugo do rei de Babilônia, e servi-o, a ele e ao seu povo, e vivei.
13 किन याहवेहले बेबिलोनको राजाको सेवा नगर्ने जातिहरूका निम्ति दिनुभएको चेतावनीझैँ, तँ र तेरा मानिसहरू तरवार, अनिकाल र विपत्तिद्वारा मर्न चाहन्छौ?
13 Por que morrereis tu e o teu povo, à espada, de fome, e de peste, como o Senhor disse acerca da nação que não servir ao rei de Babilônia?
14 तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
14 Não deis ouvidos às palavras dos profetas que vos dizem: Não servireis ao rei de Babilônia; porque vos profetizam a mentira.
15 याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’ ”
15 Pois não os enviei, diz o Senhor, mas eles profetizam falsamente em meu nome; para que eu vos lance fora, e venhais a perecer, vós e os profetas que vos profetizam.
16 तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
16 Então falei aos sacerdotes, e a todo este povo, dizendo: Assim diz o Senhor: Não deis ouvidos às palavras dos vossos profetas, que vos profetizam dizendo: Eis que os utensílios da casa do senhor cedo voltarão de Babilônia; pois eles vos profetizam a mentira.
17 तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्ट हुन दिने?
17 Não lhes deis ouvidos; servi ao rei de Babilônia, e vivei. Por que se tornaria esta cidade em assolação?
18 यदि तिनीहरू साँच्चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्।
18 Se, porém, são profetas, e se está com eles a palavra do Senhor, intercedam agora junto ao Senhor dos exércitos, para que os utensílios que ficaram na casa do Senhor, e na casa do rei de Judá, e em Jerusalém, não vão para Babilônia.
19 किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्नुहुन्छ,
19 Pois assim diz o Senhor dos exércitos acerca das colunas, e do mar, e das bases, e dos demais utensílios que ficaram na cidade,
20 जुन कुराहरू बेबिलोनका राजा नबूकदनेसरले यहोयाकीमका छोरा, यहूदाका राजा यहोयाकीनलाई यहूदा र यरूशलेमका मुख्य मनिसहरूसहित, यरूशलेमबाट बेबिलोनमा कैद गरेर लैजाँदा ती सामानहरू लगेका थिएनन्—
20 os quais Nabucodonosor, rei de Babilônia, não levou, quando transportou de Jerusalém para Babilônia a Jeconias, filho de Jeoiaquim, rei de Judá, como também a todos os nobres de Judá e de Jerusalém;
21 हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
21 assim pois diz o Senhor dos exércitos, o Deus de Israel, acerca dos utensílios que ficaram na casa do Senhor, e na casa do rei de Judá, e em Jerusalém:
22 ‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’ ”
22 Para Babilônia serão levados, e ali ficarão até o dia em que eu os visitar, diz o Senhor; então os farei subir, e os restituirei a este lugar.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.