Jeremias 19

npioncb (NPIONCB) vs BKJ

Sair da comparação
1 याहवेह यसो भन्‍नुहुन्छ: “तँ कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन्। त्यसपछि मानिसहरूका पुजारीहरू र केही अगुवाहरू आफूसँग लिएर,
1 Assim diz o SENHOR: Vai e compra uma garrafa de barro de um oleiro, e toma dos anciãos do povo, e dos anciãos dos sacerdotes;
2 खपटाका मूलढोकाको नजिक भएको बेन-हिन्‍नोमको बेँसीमा जा। अनि मैले तँलाई भनेका वचनहरू त्यहाँ घोषणा गर्;
2 e sai em direção ao vale do filho de Hinom, que fica próximo à entrada do portão oriental, e proclama lá as palavras que eu te direi,
3 अनि यसो भन्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: सुन! म यस ठाउँमा विपत्ति ल्याउनेछु, जसको बारेमा सुन्‍ने हरेकको कान झनझनाउनेछ।
3 e dize: Ouvi vós a palavra do SENHOR, ó reis de Judá, e habitantes de Jerusalém. Assim diz o SENHOR dos Exércitos, o Deus de Israel. Eis que eu trarei o mal sobre este lugar, o qual fará zunir os ouvidos de quem ouvir.
4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँलाई विदेशी देवताहरूको ठाउँ बनाएका छन्; तिनीहरूले यस ठाउँमा देवताहरूलाई धूप बालेका छन्, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले, न त यहूदाका राजाहरूले कहिल्यै चिनेका थिए; अनि तिनीहरूले यस ठाउँलाई निर्दोष मानिसहरूका रगतले भरिदिएका छन्।
4 Porque eles me abandonaram, e tornaram estranho este lugar, e nele queimaram incenso para outros deuses, os quais nem eles nem os seus pais conheceram, nem os reis de Judá, e encheram este lugar com o sangue de inocentes.
5 तिनीहरूले आफ्ना छोराछोरीहरू बाल-देवताको आगोमा बलिदान चढाउनलाई देवस्थानहरूमा बाल देवताका थानहरू बनाएका छन्, जुन कुरा मैले कहिल्यै आज्ञा दिएको थिइनँ, अथवा बताएको थिइनँ, न त यो कुरा कहिल्यै मेरो मनमै आएको थियो।’
5 Eles também edificaram os lugares altos de Baal, para queimar os seus filhos por meio do fogo, como ofertas queimadas a Baal, o que eu não ordenei, e nem falei isto, nem veio isto à minha mente.
6 यसकारण होसियार रहो, याहवेह भन्‍नुहुन्छ, यस्ता दिनहरू आउँदैछन्, जब मानिसहरूले यस ठाउँलाई फेरि तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी भन्‍नेछैनन्, तर हत्याको बेँसी भन्‍नेछन्।
6 Portanto, eis que os dias vêm, diz o SENHOR, em que este lugar não será mais chamado Tofete, nem o vale do filho de Hinom, mas o vale da matança.
7 “ ‘यस ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरू विफल पारिदिनेछु। म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूको तरवारको सामु राखिदिनेछु; अनि म तिनीहरूका मृत शरीरलाई आकाशका चराहरू र जमिनका पशुहरूको आहाराको निम्ति दिनेछु।
7 E eu farei vazio o conselho de Judá e de Jerusalém neste lugar. E eu os farei cair pela espada diante dos seus inimigos, e pelas mãos daqueles que buscam as suas vidas. E as suas carcaças eu darei para servir de comida às aves do céu, e para os animais da terra.
8 म यस सहरलाई ध्वस्त पार्नेछु र खिसीको पात्र बनाइदिनेछु; त्यसका सबै चोटहरूको कारण त्यसबाट भएर जाने सबै तर्सनेछन् र त्यसलाई गिल्‍ला गर्नेछन्।
8 E eu farei esta cidade desolada, e um assobio. Cada um que passar se assombrará e assobiará, por causa de todas as suas pragas.
9 म तिनीहरूलाई आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु; अनि तिनीहरूले एक-अर्काको मासु समेत खानेछन्; किनभने तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नाश गर्नलाई घेरा हालेर धेरै कष्‍ट दिनेछन्।’
9 E eu os farei comer a carne dos seus filhos, e a carne das suas filhas, e eles comerão cada um a carne de seu amigo no cerco e aperto, no qual os confinarão os seus inimigos, e aqueles que buscam suas vidas.
10 “त्यसपछि तँसित जाने मानिसहरूका सामु त्यो भाँडो फुटाइदिनू;
10 Então tu quebrarás um vaso à vista dos homens que forem contigo.
11 अनि तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: जसरी कुमालेले यस भाँडोलाई फुटाएपछि यो फेरि जोडिन सक्दैन, त्यसरी नै म यस जाति र यरूशलेम सहरलाई फेरि नजोडिने गरी टुक्रा-टुक्रा पारिदिनेछु। तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहने गरी लासलाई गाड्नेछन्।
11 E lhes dirás: Assim diz o SENHOR dos Exércitos: Deste modo eu quebrarei este povo e esta cidade, como alguém quebra um vaso do oleiro, tal que não possa ser feito inteiro novamente. E eles os enterrarão em Tofete, até não haver lugar para enterrar.
12 म यरूशलेम र यहाँ बस्‍ने मानिसहरूलाई यस्तै गर्नेछु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई म तोपेतजस्तै बनाउनेछु।
12 Desta forma eu farei a este lugar, diz o SENHOR, e aos seus habitantes, e farei esta cidade como Tofete.
13 यरूशलेमका घरहरू र यहूदाका राजाहरूका घरहरू तोपेतझैँ अशुद्ध पारिनेछन्, अर्थात् ती सबै घरहरू, जसमा तिनीहरूले आकाशका सारा तारामण्डलका निम्ति छानामा धूप बाले, र अरू आकाशको देवताहरूका निम्ति अर्घबलिहरू चढाए।’ ”
13 E as casas de Jerusalém, e as casas dos reis de Judá, serão contaminadas como o lugar de Tofete, por causa de todas as casas sobre cujos terraços eles queimaram incenso para todo o exército do céu, e derramaram ofertas de bebidas para outros deuses.
14 त्यसपछि यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई याहवेहले अगमवाणी भन्‍न पठाउनुभएको थियो; अनि याहवेहको मन्दिरको चोकमा उभिए र सबै मानिसहरूलाई भने,
14 Então veio Jeremias de Tofete, para onde o SENHOR o tinha enviado para profetizar. E ele permaneceu no átrio da casa do SENHOR, e disse para todo o povo:
15 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘सुन! म यो सहर र यसका चारैतिरका गाउँहरूमा मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको हरेक विपत्ति ल्याउन लागेको छु; किनकि तिनीहरू ढीट भएका छन् र मेरो वचन पालन गरेका छैनन्।’ ”
15 Assim diz o SENHOR dos Exércitos, o Deus de Israel. Eis que eu trarei sobre esta cidade e sobre todas as suas aldeias todo o mal que eu pronunciei contra ela, porque eles endureceram a sua cerviz, para que não ouvissem as minhas palavras.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.