Jeremias 19
npioncb (NPIONCB) vs ARIB
1 याहवेह यसो भन्नुहुन्छ: “तँ कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन्। त्यसपछि मानिसहरूका पुजारीहरू र केही अगुवाहरू आफूसँग लिएर,
1 Assim disse o Senhor: Vai, e compra uma botija de oleiro, e leva contigo alguns anciãos do povo e alguns anciãos dos sacerdotes;
2 खपटाका मूलढोकाको नजिक भएको बेन-हिन्नोमको बेँसीमा जा। अनि मैले तँलाई भनेका वचनहरू त्यहाँ घोषणा गर्;
2 e sai ao vale do filho de Hinom, que está à entrada da Porta Harsite, e apregoa ali as palavras que eu te disser;
3 अनि यसो भन्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सुन! म यस ठाउँमा विपत्ति ल्याउनेछु, जसको बारेमा सुन्ने हरेकको कान झनझनाउनेछ।
3 e dirás: Ouvi a palavra do Senhor, ó reis de Judá, e moradores de Jerusalém. Assim diz o Senhor dos exércitos, o Deus de Israel: Eis que trarei sobre este lugar uma calamidade tal que fará retinir os ouvidos de quem quer que dela ouvir.
4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँलाई विदेशी देवताहरूको ठाउँ बनाएका छन्; तिनीहरूले यस ठाउँमा देवताहरूलाई धूप बालेका छन्, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले, न त यहूदाका राजाहरूले कहिल्यै चिनेका थिए; अनि तिनीहरूले यस ठाउँलाई निर्दोष मानिसहरूका रगतले भरिदिएका छन्।
4 Porquanto me deixaram, e profanaram este lugar, queimando nele incenso a outros deuses, que nunca conheceram, nem eles nem seus pais, nem os reis de Judá; e encheram este lugar de sangue de inocentes.
5 तिनीहरूले आफ्ना छोराछोरीहरू बाल-देवताको आगोमा बलिदान चढाउनलाई देवस्थानहरूमा बाल देवताका थानहरू बनाएका छन्, जुन कुरा मैले कहिल्यै आज्ञा दिएको थिइनँ, अथवा बताएको थिइनँ, न त यो कुरा कहिल्यै मेरो मनमै आएको थियो।’
5 E edificaram os altos de Baal, para queimarem seus filhos no fogo em holocaustos a Baal; o que nunca lhes ordenei, nem falei, nem entrou no meu pensamento.
6 यसकारण होसियार रहो, याहवेह भन्नुहुन्छ, यस्ता दिनहरू आउँदैछन्, जब मानिसहरूले यस ठाउँलाई फेरि तोपेत अथवा बेन-हिन्नोमको बेँसी भन्नेछैनन्, तर हत्याको बेँसी भन्नेछन्।
6 Por isso eis que dias vêm, diz o Senhor, em que este lugar não se chamara mais Tofete, nem o vale do filho de Hinom, mas o vale da matança.
7 “ ‘यस ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरू विफल पारिदिनेछु। म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूको तरवारको सामु राखिदिनेछु; अनि म तिनीहरूका मृत शरीरलाई आकाशका चराहरू र जमिनका पशुहरूको आहाराको निम्ति दिनेछु।
7 E tornarei vão o conselho de Judá e de Jerusalém neste lugar, e os farei cair à espada diante de seus inimigos e pela mão dos que procuram tirar-lhes a vida. Darei os seus cadáveres por pasto as aves do céu e aos animais da terra.
8 म यस सहरलाई ध्वस्त पार्नेछु र खिसीको पात्र बनाइदिनेछु; त्यसका सबै चोटहरूको कारण त्यसबाट भएर जाने सबै तर्सनेछन् र त्यसलाई गिल्ला गर्नेछन्।
8 E farei esta cidade objeto de espanto e de assobios; todo aquele que passar por ela se espantará, e assobiará, por causa de todas as suas pragas.
9 म तिनीहरूलाई आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु; अनि तिनीहरूले एक-अर्काको मासु समेत खानेछन्; किनभने तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नाश गर्नलाई घेरा हालेर धेरै कष्ट दिनेछन्।’
9 E lhes farei comer a carne de seus filhos, e a carne de suas filhas, e comerá cada um a carne do seu próximo, no cerco e no aperto em que os apertarão os seus inimigos, e os que procuram tirar-lhes a vida.
10 “त्यसपछि तँसित जाने मानिसहरूका सामु त्यो भाँडो फुटाइदिनू;
10 Então quebrarás a botija à vista dos homens que foram contigo,
11 अनि तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: जसरी कुमालेले यस भाँडोलाई फुटाएपछि यो फेरि जोडिन सक्दैन, त्यसरी नै म यस जाति र यरूशलेम सहरलाई फेरि नजोडिने गरी टुक्रा-टुक्रा पारिदिनेछु। तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहने गरी लासलाई गाड्नेछन्।
11 e lhes dirás: Assim diz o Senhor dos exércitos: Deste modo quebrarei eu a este povo, e a esta cidade, como se quebra o vaso do oleiro, de sorte que não pode mais refazer-se; e os enterrarão em Tofete, porque não haverá outro lugar para os enterrar.
12 म यरूशलेम र यहाँ बस्ने मानिसहरूलाई यस्तै गर्नेछु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई म तोपेतजस्तै बनाउनेछु।
12 Assim farei a este lugar e aos seus moradores, diz o Senhor; sim, porei esta cidade como Tofete.
13 यरूशलेमका घरहरू र यहूदाका राजाहरूका घरहरू तोपेतझैँ अशुद्ध पारिनेछन्, अर्थात् ती सबै घरहरू, जसमा तिनीहरूले आकाशका सारा तारामण्डलका निम्ति छानामा धूप बाले, र अरू आकाशको देवताहरूका निम्ति अर्घबलिहरू चढाए।’ ”
13 E as casas de Jerusalém, e as casas dos reis de Judá, serão imundas como o lugar de Tofete, como também todas as casas, sobre cujos terraços queimaram incenso a todo o exército dos céus, e ofereceram libações a deuses estranhos.
14 त्यसपछि यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई याहवेहले अगमवाणी भन्न पठाउनुभएको थियो; अनि याहवेहको मन्दिरको चोकमा उभिए र सबै मानिसहरूलाई भने,
14 Então voltou Jeremias de Tofete, aonde o tinha enviado o Senhor a profetizar; e pôs-se em pé no átrio da casa do Senhor, e disse a todo o povo:
15 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यो सहर र यसका चारैतिरका गाउँहरूमा मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको हरेक विपत्ति ल्याउन लागेको छु; किनकि तिनीहरू ढीट भएका छन् र मेरो वचन पालन गरेका छैनन्।’ ”
15 Assim diz o Senhor dos exércitos, o Deus de Israel: Eis que trarei sobre esta cidade, e sobre todas as suas cercanias, todo o mal que pronunciei contra ela, porquanto endureceram a sua cerviz, para não ouvirem as minhas palavras.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.