João 6
npioncb (NPIONCB) vs NTLH
1 यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो।
1 Depois disso, Jesus atravessou o lago da Galileia, que também é chamado de Tiberíades.
2 अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए।
2 Uma grande multidão o seguia porque eles tinham visto os milagres que Jesus tinha feito, curando os doentes.
3 त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्नुभयो।
3 Ele subiu um monte e sentou-se ali com os seus discípulos.
4 यहूदीहरूको निस्तार चाड नजिकै थियो।
4 A Páscoa , a festa principal dos judeus, estava perto.
5 येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?”
5 Jesus olhou em volta de si e viu que uma grande multidão estava chegando perto dele. Então disse a Filipe:
6 उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
6 Ele sabia muito bem o que ia fazer, mas disse isso para ver qual seria a resposta de Filipe.
7 फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!”
7 Filipe respondeu assim: — Para cada pessoa poder receber um pouco de pão, nós precisaríamos gastar mais de duzentas moedas de prata .
8 उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने,
8 Então um dos discípulos, André, irmão de Simão Pedro, disse:
9 “यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
9 — Está aqui um menino que tem cinco pães de cevada e dois peixinhos. Mas o que é isso para tanta gente?
10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए।
10 Jesus disse: Então todos se sentaram. (Havia muita grama naquele lugar.) Estavam ali quase cinco mil homens.
11 त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
11 Em seguida Jesus pegou os pães, deu graças a Deus e os repartiu com todos; e fez o mesmo com os peixes. E todos comeram à vontade.
12 तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।”
12 Quando já estavam satisfeitos, ele disse aos discípulos:
13 तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
13 Eles ajuntaram os pedaços e encheram doze cestos com o que sobrou dos cinco pães.
14 येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्न लागे, “निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।”
14 Os que viram esse milagre de Jesus disseram: — De fato, este é o
15 तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो।
15 Jesus ficou sabendo que queriam levá-lo à força para o fazerem rei; então voltou sozinho para o monte.
16 साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे,
16 De tardinha, os discípulos de Jesus desceram até o lago.
17 र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन।
17 Subiram num barco e começaram a atravessar o lago na direção da cidade de Cafarnaum. Quando já estava escuro, Jesus ainda não tinha vindo se encontrar com eles.
18 त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो।
18 De repente, um vento forte começou a soprar e a levantar as ondas.
19 तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए।
19 Os discípulos já tinham remado uns cinco ou seis quilômetros, quando viram Jesus andando em cima da água e chegando perto do barco. E ficaram com muito medo.
20 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ!”
20 Mas Jesus disse:
21 तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
21 Então eles o receberam com prazer no barco e logo chegaram ao lugar para onde estavam indo.
22 भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे।
22 No dia seguinte a multidão que estava no lado leste do lago viu que ali só havia um barco pequeno. Sabiam que Jesus não tinha embarcado com os discípulos, pois estes haviam saído sozinhos.
23 त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए।
23 Enquanto isso, outros barcos chegaram da cidade de Tiberíades e encostaram perto do lugar onde a multidão tinha comido pão depois de o Senhor Jesus ter dado graças.
24 त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए।
24 Quando viram que Jesus e os seus discípulos não estavam ali, subiram nos barcos e saíram para Cafarnaum a fim de procurá-lo.
25 तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?”
25 A multidão encontrou Jesus no lado oeste do lago, e perguntaram a ele: — Mestre, quando foi que o senhor chegou aqui?
26 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ।
26 Jesus respondeu:
27 नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
27 Não trabalhem a fim de conseguir a comida que se estraga, mas a fim de conseguir a comida que dura para a vida eterna. O
28 तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?”
28 — O que é que Deus quer que a gente faça? — perguntaram eles.
29 येशूले जवाफ दिनुभयो, “परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।”
29 — Ele quer que vocês creiam naquele que ele enviou! — respondeu Jesus.
30 यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्वास गरौँ? तपाईं के गर्नुहुन्छ?
30 Eles disseram: — Que milagre o senhor vai fazer para a gente ver e crer no senhor? O que é que o senhor pode fazer?
31 हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’”
31 Os nossos antepassados comeram o maná no deserto, como dizem as Escrituras Sagradas : “Do céu ele deu pão para eles comerem.”
32 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
32 Jesus disse:
33 किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।”
33 Porque o pão que Deus dá é aquele que desce do céu e dá vida ao mundo.
34 तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।”
34 — Queremos que o senhor nos dê sempre desse pão! — pediram eles.
35 तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
35 Jesus respondeu:
36 तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्वास गर्दैनौ।
36 Mas eu já disse que vocês não creem em mim, embora estejam me vendo.
37 पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
37 Todos aqueles que o Pai me dá virão a mim; e de modo nenhum jogarei fora aqueles que vierem a mim.
38 किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ।
38 Pois eu desci do céu para fazer a vontade daquele que me enviou e não para fazer a minha própria vontade.
39 मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ।
39 E a vontade de quem me enviou é esta: que nenhum daqueles que o Pai me deu se perca, mas que eu ressuscite todos no último dia.
40 किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन प्राप्त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”
40 Pois a vontade do meu Pai é que todos os que veem o Filho e creem nele tenham a vida eterna; e no último dia eu os ressuscitarei.
41 यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
41 Eles começaram a criticar Jesus porque ele tinha dito: “Eu sou o pão que desceu do céu.”
42 तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्न सक्छ?”
42 E diziam: — Este não é Jesus, filho de José? Por acaso nós não conhecemos o pai e a mãe dele? Como é que agora ele diz que desceu do céu?
43 येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर।
43 Jesus respondeu:
44 मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
44 Só poderão vir a mim aqueles que forem trazidos pelo Pai, que me enviou, e eu os ressuscitarei no último dia.
45 अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ।
45 Nos
46 परमेश्वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ।
46 Isso não quer dizer que alguém já tenha visto o Pai, a não ser aquele que vem de Deus; ele já viu o Pai.
47 म तिमीहरूलाई साँच्चै भन्दछु, जसले विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ।
47 — Eu afirmo a vocês que isto é verdade: quem crê tem a vida eterna.
48 जीवनको रोटी म नै हुँ।
48 Eu sou o pão da vida.
49 तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्न खाए, तापनि तिनीहरू मरेर गए।
49 Os antepassados de vocês comeram o maná no deserto, mas morreram.
50 तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्।
50 Aqui está o pão que desce do céu; e quem comer desse pão nunca morrerá.
51 जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।”
51 Eu sou o pão vivo que desceu do céu. Se alguém comer desse pão, viverá para sempre. E o pão que eu darei para que o mundo tenha vida é a minha carne.
52 त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?”
52 Aí eles começaram a discutir entre si. E perguntavam: — Como é que este homem pode dar a sua própria carne para a gente comer?
53 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन।
53 Então Jesus disse:
54 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु।
54 Quem come a minha carne e bebe o meu sangue tem a vida eterna, e eu o ressuscitarei no último dia.
55 किनकि मेरो मासु साँच्चै खानेकुरा र मेरो रगत साँच्चै पिउने कुरा हो।
55 Pois a minha carne é a comida verdadeira, e o meu sangue é a bebida verdadeira.
56 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु।
56 Quem come a minha carne e bebe o meu sangue vive em mim, e eu vivo nele.
57 जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
57 O Pai, que tem a vida, foi quem me enviou, e por causa dele eu tenho a vida. Assim, também, quem se alimenta de mim terá vida por minha causa.
58 स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।”
58 Este é o pão que desceu do céu. Não é como o pão que os antepassados de vocês comeram e mesmo assim morreram. Quem come deste pão viverá para sempre.
59 उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्नुभएको हो।
59 Jesus disse isso quando estava ensinando na sinagoga de Cafarnaum.
60 यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?”
60 Muitos seguidores de Jesus ouviram isso e reclamaram: — O que ele ensina é muito difícil! Quem pode aceitar esses ensinamentos?
61 यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्यायो?
61 Não disseram nada a Jesus, mas ele sabia que eles estavam resmungando contra ele. Por isso perguntou:
62 यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला!
62 E o que aconteceria se vocês vissem o
63 आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
63 O Espírito de Deus é quem dá a vida, mas o ser humano não pode fazer isso. As palavras que eu lhes disse são espírito e vida,
64 तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्नुभएको थियो।
64 mas mesmo assim alguns de vocês não creem. Jesus disse isso porque já sabia desde o começo quem eram os que não iam crer nele e sabia também quem ia traí-lo.
65 उहाँले फेरि भन्नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।”
65 Jesus continuou:
66 त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
66 Por causa disso muitos seguidores de Jesus o abandonaram e não o acompanhavam mais.
67 तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?”
67 Então ele perguntou aos doze discípulos:
68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्।
68 Simão Pedro respondeu: — Quem é que nós vamos seguir? O senhor tem as palavras que dão vida eterna!
69 हामी विश्वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
69 E nós cremos e sabemos que o senhor é o Santo que Deus enviou.
70 तब येशूले भन्नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!”
70 Jesus disse:
71 (यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।)
71 Ele estava falando de Judas, filho de Simão Iscariotes. Pois Judas, embora fosse um dos doze discípulos, ia trair Jesus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.