João 6

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो।
1 Depois dessas coisas, Jesus atravessou o mar da Galileia, que é o de Tiberíades.
2 अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए।
2 Uma grande multidão o seguia, porque tinham visto os sinais que ele fazia na cura dos enfermos.
3 त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्‍नुभयो।
3 Então Jesus subiu ao monte e sentou-se ali com os seus discípulos.
4 यहूदीहरूको निस्तार चाड नजिकै थियो।
4 Ora, a Páscoa, festa dos judeus, estava próxima.
5 येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्‍नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?”
5 Então Jesus, erguendo os olhos e vendo que uma grande multidão se aproximava, disse a Filipe:
6 उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
6 Mas Jesus dizia isto para testá-lo, porque sabia o que estava para fazer.
7 फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्‍न पनि पर्याप्‍त हुँदैन!”
7 Filipe respondeu: — Nem mesmo duzentos denários de pão seriam suficientes para que cada um recebesse um pedaço.
8 उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने,
8 Um dos discípulos, chamado André, irmão de Simão Pedro, disse a Jesus:
9 “यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
9 — Aqui está um menino que tem cinco pães de cevada e dois peixinhos. Mas o que é isto para tanta gente?
10 येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए।
10 Jesus disse: Havia muita relva naquele lugar. Assim, os homens se assentaram, e eram quase cinco mil.
11 त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
11 Então Jesus pegou os pães e, tendo dado graças, distribuiu-os entre eles; e também igualmente os peixes, tanto quanto queriam.
12 तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।”
12 E, quando já estavam satisfeitos, Jesus disse aos seus discípulos:
13 तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
13 Assim, pois, o fizeram e encheram doze cestos de pedaços dos cinco pães de cevada, que sobraram depois que todos tinham comido.
14 येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्‍न लागे, “निश्‍चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।”
14 Quando as pessoas viram o sinal que Jesus havia feito, disseram: — Este é verdadeiramente o profeta que devia vir ao mundo.
15 तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्‍ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो।
15 Jesus ficou sabendo que estavam para vir com a intenção de fazê-lo rei à força. Então ele se retirou outra vez, sozinho, para o monte.
16 साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे,
16 Ao final do dia, os discípulos de Jesus desceram para o mar.
17 र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन।
17 E, entrando num barco, passaram para o outro lado, rumo a Cafarnaum. Já estava escuro, e Jesus ainda não tinha ido até onde eles estavam.
18 त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो।
18 E o mar começava a ficar agitado, porque soprava um vento forte.
19 तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए।
19 Os discípulos já tinham navegado uns cinco ou seis quilômetros, quando viram Jesus andando sobre o mar, aproximando-se do barco; e ficaram com medo.
20 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!”
20 Mas Jesus lhes disse:
21 तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
21 Então eles o receberam com alegria, e logo o barco chegou ao seu destino.
22 भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे।
22 No dia seguinte, a multidão que tinha ficado do outro lado do mar notou que ali havia apenas um pequeno barco e que Jesus não tinha entrado nele com os seus discípulos, tendo estes partido sozinhos.
23 त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्‍लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए।
23 Entretanto, outros barquinhos de Tiberíades se aproximaram do lugar onde a multidão havia comido o pão depois que o Senhor deu graças.
24 त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्‍ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए।
24 Quando aquela multidão viu que Jesus não estava ali nem os seus discípulos, entraram nos barcos e partiram para Cafarnaum à procura de Jesus.
25 तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?”
25 E, tendo-o encontrado no outro lado do mar, lhe perguntaram: — Mestre, quando o senhor chegou aqui?
26 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ।
26 Jesus respondeu:
27 नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
27 Trabalhem, não pela comida que se estraga, mas pela que permanece para a vida eterna, a qual o Filho do Homem dará a vocês; porque Deus, o Pai, o confirmou com o seu selo.
28 तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्‍वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?”
28 Então lhe perguntaram: — Que faremos para realizar as obras de Deus?
29 येशूले जवाफ दिनुभयो, “परमेश्‍वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्‍वास गर।”
29 Jesus respondeu:
30 यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्‍वास गरौँ? तपाईं के गर्नुहुन्छ?
30 Então eles disseram: — Que sinal o senhor fará para que vejamos e creiamos no senhor? O que o senhor pode fazer?
31 हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’”
31 Nossos pais comeram o maná no deserto, como está escrito: “Deu-lhes a comer pão do céu.”
32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
32 Jesus lhes disse:
33 किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।”
33 Porque o pão de Deus é o que desce do céu e dá vida ao mundo.
34 तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।”
34 Então lhe disseram: — Senhor, dê-nos sempre desse pão.
35 तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
35 Jesus respondeu:
36 तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ।
36 Porém eu já disse que vocês não creem, embora estejam me vendo.
37 पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
37 Todo aquele que o Pai me dá, esse virá a mim; e o que vem a mim, de modo nenhum o lançarei fora.
38 किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ।
38 Porque eu desci do céu, não para fazer a minha própria vontade, mas a vontade daquele que me enviou.
39 मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ।
39 E a vontade de quem me enviou é esta: que eu não perca nenhum de todos os que ele me deu; pelo contrário, eu o ressuscitarei no último dia.
40 किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”
40 De fato, a vontade de meu Pai é que todo aquele que vir o Filho e nele crer tenha a vida eterna; e eu o ressuscitarei no último dia.
41 यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्‍नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
41 Então os judeus começaram a murmurar contra ele, porque tinha dito: “Eu sou o pão que desceu do céu.”
42 तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍न सक्छ?”
42 E diziam: — Este não é Jesus, o filho de José? Por acaso não conhecemos o pai e a mãe dele? Como é que ele agora diz: “Desci do céu”?
43 येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर।
43 Jesus respondeu:
44 मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
44 Ninguém pode vir a mim se o Pai, que me enviou, não o trouxer; e eu o ressuscitarei no último dia.
45 अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्‍वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ।
45 Está escrito nos Profetas: “E todos serão ensinados por Deus.” Portanto, todo aquele que ouviu e aprendeu do Pai, esse vem a mim.
46 परमेश्‍वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ।
46 Não que alguém tenha visto o Pai, a não ser aquele que vem de Deus; este já viu o Pai.
47 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ।
47 — Em verdade, em verdade lhes digo: quem crê em mim tem a vida eterna.
48 जीवनको रोटी म नै हुँ।
48 Eu sou o pão da vida.
49 तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए, तापनि तिनीहरू मरेर गए।
49 Os pais de vocês comeram o maná no deserto e morreram.
50 तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्।
50 Este é o pão que desce do céu, para que todo o que dele comer não pereça.
51 जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।”
51 Eu sou o pão vivo que desceu do céu; se alguém comer deste pão, viverá eternamente. E o pão que eu darei pela vida do mundo é a minha carne.
52 त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?”
52 Então os judeus começaram a discutir entre si, dizendo: — Como é que este pode nos dar a sua própria carne para comer?
53 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन।
53 Jesus respondeu:
54 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु।
54 Quem come a minha carne e bebe o meu sangue tem a vida eterna, e eu o ressuscitarei no último dia.
55 किनकि मेरो मासु साँच्‍चै खानेकुरा र मेरो रगत साँच्‍चै पिउने कुरा हो।
55 Pois a minha carne é verdadeira comida, e o meu sangue é verdadeira bebida.
56 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु।
56 Quem come a minha carne e bebe o meu sangue permanece em mim, e eu permaneço nele.
57 जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
57 Assim como o Pai, que vive, me enviou, e igualmente eu vivo por causa do Pai, também quem de mim se alimenta viverá por mim.
58 स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।”
58 Este é o pão que desceu do céu, em nada semelhante àquele que os pais de vocês comeram e, mesmo assim, morreram; quem comer este pão viverá eternamente.
59 उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो।
59 Jesus disse essas coisas quando ensinava na sinagoga de Cafarnaum.
60 यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?”
60 Muitos dos seus discípulos, tendo ouvido tais palavras, disseram: — Duro é este discurso; quem pode suportá-lo?
61 यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो?
61 Mas Jesus, sabendo por si mesmo que os seus discípulos murmuravam a respeito do que ele havia falado, disse-lhes:
62 यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला!
62 Que acontecerá, então, se virem o Filho do Homem subir para o lugar onde primeiro estava?
63 आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
63 O Espírito é o que vivifica; a carne para nada aproveita. As palavras que eu lhes tenho falado são espírito e são vida.
64 तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो।
64 Mas há descrentes entre vocês. Ora, Jesus sabia, desde o princípio, quais eram os que não criam e quem iria traí-lo.
65 उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।”
65 E prosseguiu:
66 त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
66 Diante disso, muitos dos seus discípulos o abandonaram e já não andavam com ele.
67 तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?”
67 Então Jesus perguntou aos doze:
68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्।
68 Simão Pedro respondeu: — Senhor, para quem iremos? O senhor tem as palavras da vida eterna,
69 हामी विश्‍वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।”
69 e nós temos crido e conhecido que o senhor é o Santo de Deus.
70 तब येशूले भन्‍नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!”
70 Então Jesus lhes disse:
71 (यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्‍नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।)
71 Ele se referia a Judas, filho de Simão Iscariotes, porque este, sendo um dos doze, era quem o haveria de trair.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.