João 4
npioncb (NPIONCB) vs ARC
1 यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने।
1 E, quando o Senhor veio a saber que os fariseus tinham ouvido que Jesus fazia e batizava mais discípulos do que João
2 हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्तिस्मा दिन्थे।
2 (ainda que Jesus mesmo não batizava, mas os seus discípulos),
3 प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एकपल्ट गालील प्रदेश फर्कनुभयो।
3 deixou a Judeia e foi outra vez para a Galileia.
4 उहाँलाई सामरियाबाट भएर जानुपर्यो।
4 E era-lhe necessário passar por Samaria.
5 त्यसकारण उहाँ सामरियाको सुखार भन्ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।
5 Foi, pois, a uma cidade de Samaria, chamada Sicar, junto da herdade que Jacó tinha dado a seu filho José.
6 त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
6 E estava ali a fonte de Jacó. Jesus, pois, cansado do caminho, assentou-se assim junto da fonte. Era isso quase à hora sexta.
7 जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?”
7 Veio uma mulher de Samaria tirar água. Disse-lhe Jesus: Dá-me de beber.
8 (उहाँका चेलाहरू खानेकुरा किन्न सहरमा गएका थिए।)
8 Porque os seus discípulos tinham ido à cidade comprar comida.
9 त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
9 Disse-lhe, pois, a mulher samaritana: Como, sendo tu judeu, me pedes de beber a mim, que sou mulher samaritana (porque os judeus não se comunicam com os samaritanos)?
10 येशूले त्यसलाई भन्नुभयो, “यदि तिमीले परमेश्वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
10 Jesus respondeu e disse-lhe: Se tu conheceras o dom de Deus e quem é o que te diz: Dá-me de beber, tu lhe pedirias, e ele te daria água viva.
11 त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ?
11 Disse-lhe a mulher: Senhor, tu não tens com que a tirar, e o poço é fundo; onde, pois, tens a água viva?
12 के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
12 És tu maior do que Jacó, o nosso pai, que nos deu o poço, bebendo ele próprio dele, e os seus filhos, e o seu gado?
13 येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ।
13 Jesus respondeu e disse-lhe: Qualquer que beber desta água tornará a ter sede,
14 तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।”
14 mas aquele que beber da água que eu lhe der nunca terá sede, porque a água que eu lhe der se fará nele uma fonte de água a jorrar para a vida eterna.
15 त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
15 Disse-lhe a mulher: Senhor, dá-me dessa água, para que não mais tenha sede e não venha aqui tirá-la.
16 उहाँले त्यसलाई भन्नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
16 Disse-lhe Jesus: Vai, chama o teu marido e vem cá.
17 त्यसले जवाफ दिई, “मेरो पति छैन।”
17 A mulher respondeu e disse: Não tenho marido. Disse-lhe Jesus: Disseste bem: Não tenho marido,
18 वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”
18 porque tiveste cinco maridos e o que agora tens não é teu marido; isso disseste com verdade.
19 त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ।
19 Disse-lhe a mulher: Senhor, vejo que és profeta.
20 हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”
20 Nossos pais adoraram neste monte, e vós dizeis que é em Jerusalém o lugar onde se deve adorar.
21 येशूले भन्नुभयो, “ए नारी, मलाई विश्वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ।
21 Disse-lhe Jesus: Mulher, crê-me que a hora vem em que nem neste monte nem em Jerusalém adorareis o Pai.
22 तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ।
22 Vós adorais o que não sabeis; nós adoramos o que sabemos porque a salvação vem dos judeus.
23 तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।
23 Mas a hora vem, e agora é, em que os verdadeiros adoradores adorarão o Pai em espírito e em verdade, porque o Pai procura a tais que assim o adorem.
24 परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
24 Deus é Espírito, e importa que os que o adoram o adorem em espírito e em verdade.
25 त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्ट गरिदिनुहुनेछ।”
25 A mulher disse-lhe: Eu sei que o Messias (que se chama o Cristo) vem; quando ele vier, nos anunciará tudo.
26 तब येशूले भन्नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
26 Jesus disse-lhe: Eu o sou, eu que falo contigo.
27 त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।
27 E nisso vieram os seus discípulos e maravilharam-se de que estivesse falando com uma mulher; todavia, nenhum lhe disse: Que perguntas? ou: Por que falas com ela?
28 त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी,
28 Deixou, pois, a mulher o seu cântaro, e foi à cidade, e disse àqueles homens:
29 “आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
29 Vinde e vede um homem que me disse tudo quanto tenho feito; porventura, não é este o Cristo?
30 तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।
30 Saíram, pois, da cidade e foram ter com ele.
31 यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी बिन्ती गरे।
31 E, entretanto, os seus discípulos lhe rogaram, dizendo: Rabi, come.
32 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।”
32 Porém ele lhes disse: Uma comida tenho para comer, que vós não conheceis.
33 त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?”
33 Então, os discípulos diziam uns aos outros: Trouxe-lhe, porventura, alguém de comer?
34 येशूले भन्नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।
34 Jesus disse-lhes: A minha comida é fazer a vontade daquele que me enviou e realizar a sua obra.
35 के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ।
35 Não dizeis vós que ainda há quatro meses até que venha a ceifa? Eis que eu vos digo: levantai os vossos olhos e vede as terras, que já estão brancas para a ceifa.
36 अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्।
36 E o que ceifa recebe galardão e ajunta fruto para a vida eterna, para que, assim o que semeia como o que ceifa, ambos se regozijem.
37 त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्ने भनाइ सत्य छ।
37 Porque nisso é verdadeiro o ditado: Um é o que semeia, e outro, o que ceifa.
38 मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”
38 Eu vos enviei a ceifar onde vós não trabalhastes; outros trabalharam, e vós entrastes no seu trabalho.
39 “मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्वास गरे।
39 E muitos dos samaritanos daquela cidade creram nele, pela palavra da mulher, que testificou: Disse-me tudo quanto tenho feito.
40 यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्नुभयो।
40 Indo, pois, ter com ele os samaritanos, rogaram-lhe que ficasse com eles; e ficou ali dois dias.
41 अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्वास गरे।
41 E muitos mais creram nele, por causa da sua palavra.
42 तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
42 E diziam à mulher: Já não é pelo que disseste que nós cremos, porque nós mesmos o temos ouvido e sabemos que este é verdadeiramente o Cristo, o Salvador do mundo.
43 दुई दिनपछि उहाँ गालील जानुभयो।
43 E, dois dias depois, partiu dali e foi para a Galileia.
44 (येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।)
44 Porque Jesus mesmo testificou que um profeta não tem honra na sua própria pátria.
45 उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए।
45 Chegando, pois, à Galileia, os galileus o receberam, porque viram todas as coisas que fizera em Jerusalém no dia da festa; porque também eles tinham ido à festa.
46 उहाँ फेरि एकपल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो।
46 Segunda vez foi Jesus a Caná da Galileia, onde da água fizera vinho. E havia ali um oficial do rei, cujo filho estava enfermo em Cafarnaum.
47 जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।
47 Ouvindo este que Jesus vinha da Judeia para a Galileia, foi ter com ele e rogou-lhe que descesse e curasse o seu filho, porque já estava à morte.
48 येशूले तिनलाई भन्नुभयो, “अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्वास गर्दैनौ।”
48 Então, Jesus lhe disse: Se não virdes sinais e milagres, não crereis.
49 “हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने।
49 Disse-lhe o oficial: Senhor, desce, antes que meu filho morra.
50 “तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो।
50 Disse-lhe Jesus: Vai, o teu filho vive. E o homem creu na palavra que Jesus lhe disse e foi-se.
51 तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए।
51 E, descendo ele logo, saíram- lhe ao encontro os seus servos e lhe anunciaram, dizendo: O teu filho vive.
52 छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।”
52 Perguntou-lhes, pois, a que hora se achara melhor; e disseram-lhe: Ontem, às sete horas, a febre o deixou.
53 तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्वास गरे।
53 Entendeu, pois, o pai que era aquela hora a mesma em que Jesus lhe disse: O teu filho vive; e creu ele, e toda a sua casa.
54 यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।
54 Jesus fez este segundo milagre quando ia da Judeia para a Galileia.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.