João 2

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
1 Três dias depois, houve um casamento em Caná da Galileia, e a mãe de Jesus estava ali.
2 येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।
2 Jesus também foi convidado, com os seus discípulos, para o casamento.
3 दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।”
3 Tendo acabado o vinho, a mãe de Jesus lhe disse: — Eles não têm mais vinho.
4 येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
4 Mas Jesus respondeu:
5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”
5 Então ela falou aos serventes: — Façam tudo o que ele disser.
6 यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए।
6 Estavam ali seis potes de pedra, que os judeus usavam para as purificações, e em cada um cabiam cerca de cem litros.
7 येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
7 Jesus lhes disse: E eles os encheram totalmente.
8 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।”
8 Então lhes disse: Eles o fizeram.
9 जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए,
9 Quando o responsável pela festa provou a água transformada em vinho — ele não sabia de onde tinha vindo, por mais que os serventes que haviam tirado a água soubessem —, chamou o noivo
10 र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”
10 e lhe disse: — Todos costumam servir primeiro o vinho bom e, quando já beberam muito, servem o vinho inferior; você, porém, guardou o melhor vinho até agora!
11 येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।
11 Assim, em Caná da Galileia, Jesus deu início a seus sinais. Ele manifestou a sua glória, e os seus discípulos creram nele.
12 यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो।
12 Depois disso, ele foi a Cafarnaum, com sua mãe, seus irmãos e seus discípulos; e ficaram ali não muitos dias.
13 यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो।
13 Estando próxima a Páscoa dos judeus, Jesus foi para Jerusalém.
14 उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो।
14 E encontrou no templo os que vendiam bois, ovelhas e pombas e também os cambistas assentados.
15 तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो।
15 Tendo feito um chicote de cordas, expulsou todos do templo, com as ovelhas e os bois. Derramou o dinheiro dos cambistas pelo chão, virou as mesas
16 उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!”
16 e disse aos que vendiam as pombas:
17 उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।”
17 Os seus discípulos se lembraram que está escrito: “O zelo da tua casa me consumirá.”
18 त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?”
18 Então os judeus lhe perguntaram: — Que sinal você nos mostra para fazer essas coisas?
19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”
19 Jesus lhes respondeu:
20 तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?”
20 Os judeus responderam: — Este santuário foi edificado em quarenta e seis anos, e você quer levantá-lo em três dias?
21 तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो।
21 Ele, porém, se referia ao santuário do seu corpo.
22 उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्‍वास गरे।
22 Quando, pois, Jesus ressuscitou dentre os mortos, os discípulos dele se lembraram que ele tinha dito isso e creram na Escritura e na palavra de Jesus.
23 अब निस्तार चाडको भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्‍वास गरे।
23 Estando Jesus em Jerusalém, durante a Festa da Páscoa, muitos creram no seu nome quando viram os sinais que ele fazia.
24 तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्‍नुहुन्थ्यो।
24 Mas o próprio Jesus não confiava neles, porque conhecia a todos.
25 उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनभित्र के छ, त्यो उहाँले जान्‍नुहुन्थ्यो।
25 E não precisava que alguém lhe desse testemunho a respeito das pessoas, porque ele mesmo sabia o que era a natureza humana.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.