João 16
npioncb (NPIONCB) vs NVI
1 “तिमीहरूले ठक्कर खाएर तर्केर नजाओ भनेर मैले यी सबै कुराहरू तिमीहरूलाई भनेको हुँ।
1 "Tenho-lhes dito tudo isso para que vocês não venham a tropeçar.
2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकालिदिनेछन्; वास्तवमा यस्तो समय आइरहेको छ, जब तिमीहरूलाई हत्या गर्ने जोसुकैले परमेश्वरलाई सेवा गरिरहेको छु भनी ठान्नेछ।
2 Vocês serão expulsos das sinagogas; de fato, virá o tempo quando quem os matar pensará que está prestando culto a Deus.
3 तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्, कि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्।
3 Farão essas coisas porque não conheceram nem o Pai, nem a mim.
4 मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ।
4 Estou lhes dizendo isto para que, quando chegar a hora, lembrem-se de que eu os avisei. Não lhes disse isso no princípio, porque eu estava com vocês".
5 अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ।
5 "Agora que vou para aquele que me enviou, nenhum de vocês me pergunta: ‘Para onde vais? ’
6 मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ।
6 Porque falei estas coisas, o coração de vocês encheu-se de tristeza.
7 तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
7 Mas eu lhes afirmo que é para o bem de vocês que eu vou. Se eu não for, o Conselheiro não virá para vocês; mas se eu for, eu o enviarei.
8 अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ।
8 Quando ele vier, convencerá o mundo do pecado, da justiça e do juízo.
9 पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्वास गर्दैनन्।
9 Do pecado, porque os homens não crêem em mim;
10 धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
10 da justiça, porque vou para o Pai, e vocês não me verão mais;
11 अनि न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ।
11 e do juízo, porque o príncipe deste mundo já está condenado.
12 “मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्;
12 "Tenho ainda muito que lhes dizer, mas vocês não o podem suportar agora.
13 तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ।
13 Mas quando o Espírito da verdade vier, ele os guiará a toda a verdade. Não falará de si mesmo; falará apenas o que ouvir, e lhes anunciará o que está por vir.
14 जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ।
14 Ele me glorificará, porque receberá do que é meu e o tornará conhecido a vocês.
15 जे जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।
15 Tudo o que pertence ao Pai é meu. Por isso eu disse que o Espírito receberá do que é meu e o tornará conhecido a vocês.
16 “केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।”
16 "Mais um pouco e já não me verão; um pouco mais, e me verão de novo".
17 उहाँका केही चेलाहरूले एक-आपसमा भने, “उहाँले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ र ‘किनकि म पिताकहाँ जाँदैछु’ भनी भन्नुभएको अर्थ के हो?”
17 Alguns dos seus discípulos disseram uns aos outros: "O que ele quer dizer com isso: ‘Mais um pouco e não me verão’; e ‘um pouco mais e me verão de novo’, e ‘Porque vou para o Pai’? "
18 तिनीहरूले “उहाँले ‘केही बेर’ भन्नुभएको अर्थ के हो? उहाँले के भन्दै हुनुहुन्छ, सो हामी बुझ्न सक्दैनौँ,” भनी सोधपुछ गरिरहे।
18 E perguntavam: "Que quer dizer ‘um pouco mais’? Não entendemos o que ele está dizendo".
19 तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्नुको अर्थ के होला भन्दै आपसमा सोधपुछ गरिरहेका छौ?
19 Jesus percebeu que desejavam interrogá-lo a respeito disso, pelo que lhes disse: "Vocês estão perguntando uns aos outros o que eu quis dizer quando falei: Mais um pouco e não me verão; um pouco mais e me verão de novo?
20 म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ।
20 Digo-lhes que certamente vocês chorarão e se lamentarão, mas o mundo se alegrará. Vocês se entristecerão, mas a tristeza de vocês se transformará em alegria.
21 बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्।
21 A mulher que está dando à luz sente dores, porque chegou a sua hora; mas, quando o bebê nasce, ela esquece a angústia, por causa da alegria de ter nascido no mundo um menino.
22 तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्नेछैन।
22 Assim acontece com vocês: agora é hora de tristeza para vocês, mas eu os verei outra vez, e vocês se alegrarão, e ninguém lhes tirará essa alegria.
23 अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरो नाममा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
23 Naquele dia vocês não me perguntarão mais nada. Eu lhes asseguro que meu Pai lhes dará tudo o que pedirem em meu nome.
24 अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
24 Até agora vocês não pediram nada em meu nome. Peçam e receberão, para que a alegria de vocês seja completa.
25 “म दृष्टान्तहरूमा बोलिरहेको छु, तर समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्ट गरी भन्नेछु।
25 "Embora eu tenha falado por meio de figuras, vem a hora em que não usarei mais esse tipo de linguagem, mas lhes falarei abertamente a respeito de meu Pai.
26 त्यो दिन तिमीहरूले मेरो नाममा माग्नेछौ। मैले पितासँग तिमीहरूका निम्ति बिन्ती गर्नेछु भनी भनेको होइनँ।
26 Nesse dia, vocês pedirão em meu nome. Não digo que pedirei ao Pai em favor de vocês,
27 पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्वरबाट आएको हुँ भनी विश्वास गरेका छौ।
27 pois o próprio Pai os ama, porquanto vocês me amaram e creram que eu vim de Deus.
28 म पिताबाट आएँ, र संसारमा प्रवेश गरेँ; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।”
28 Eu vim do Pai e entrei no mundo; agora deixo o mundo e volto para o Pai".
29 त्यसपछि येशूका चेलाहरूले भने, “अब तपाईं स्पष्टसँग र दृष्टान्तविना नै बोल्दैहुनुहुन्छ।
29 Então os discípulos de Jesus disseram: "Agora estás falando claramente, e não por figuras.
30 अब हामीले बुझ्न सक्यौँ, तपाईं सबै कुरा जान्नुहुन्छ। अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि छैन। यसै कुराले तपाईं परमेश्वरबाट आउनुभएको हो भनी हामीलाई विश्वास दिलाउँछ।”
30 Agora podemos perceber que sabes todas as coisas e nem precisas que te façam perguntas. Por isso cremos que vieste de Deus".
31 येशूले जवाफ दिनुभयो, “बल्ल तिमीहरूले विश्वास गर्दछौ?
31 Respondeu Jesus: "Agora vocês crêem? "
32 तर समय आइरहेको छ; वास्तवमा त्यो समय आइसकेको छ, जब तिमीहरू छरपस्ट हुनेछौ, र हरेक आ-आफ्नै ठाउँमा जानेछौ। तिमीहरूले मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ; किनकि मेरा पिता मसँग हुनुहुन्छ।
32 Aproxima-se a hora, e já chegou, quando vocês serão espalhados cada um para a sua casa. Vocês me deixarão sozinho. Mas, eu não estou sozinho, pois meu Pai está comigo.
33 “ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।”
33 "Eu lhes disse essas coisas para que em mim vocês tenham paz. Neste mundo vocês terão aflições; contudo, tenham ânimo! Eu venci o mundo".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.