João 16

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 “तिमीहरूले ठक्‍कर खाएर तर्केर नजाओ भनेर मैले यी सबै कुराहरू तिमीहरूलाई भनेको हुँ।
1 Tenho-vos dito estas coisas para que não vos escandalizeis.
2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकालिदिनेछन्; वास्तवमा यस्तो समय आइरहेको छ, जब तिमीहरूलाई हत्या गर्ने जोसुकैले परमेश्‍वरलाई सेवा गरिरहेको छु भनी ठान्‍नेछ।
2 Eles vos expulsarão das sinagogas; mas vem a hora em que todo o que vos matar julgará com isso tributar culto a Deus.
3 तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्, कि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्।
3 Isto farão porque não conhecem o Pai, nem a mim.
4 मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ।
4 Ora, estas coisas vos tenho dito para que, quando a hora chegar, vos recordeis de que eu vo-las disse. Não vo-las disse desde o princípio, porque eu estava convosco.
5 अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ।
5 Mas, agora, vou para junto daquele que me enviou, e nenhum de vós me pergunta: Para onde vais?
6 मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ।
6 Pelo contrário, porque vos tenho dito estas coisas, a tristeza encheu o vosso coração.
7 तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
7 Mas eu vos digo a verdade: convém-vos que eu vá, porque, se eu não for, o Consolador não virá para vós outros; se, porém, eu for, eu vo-lo enviarei.
8 अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ।
8 Quando ele vier, convencerá o mundo do pecado, da justiça e do juízo:
9 पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्‍वास गर्दैनन्।
9 do pecado, porque não creem em mim;
10 धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
10 da justiça, porque vou para o Pai, e não me vereis mais;
11 अनि न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ।
11 do juízo, porque o príncipe deste mundo já está julgado.
12 “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्;
12 Tenho ainda muito que vos dizer, mas vós não o podeis suportar agora;
13 तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्‍नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ।
13 quando vier, porém, o Espírito da verdade, ele vos guiará a toda a verdade; porque não falará por si mesmo, mas dirá tudo o que tiver ouvido e vos anunciará as coisas que hão de vir.
14 जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ।
14 Ele me glorificará, porque há de receber do que é meu e vo-lo há de anunciar.
15 जे जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।
15 Tudo quanto o Pai tem é meu; por isso é que vos disse que há de receber do que é meu e vo-lo há de anunciar.
16 “केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।”
16 Um pouco, e não mais me vereis; outra vez um pouco, e ver-me-eis.
17 उहाँका केही चेलाहरूले एक-आपसमा भने, “उहाँले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ र ‘किनकि म पिताकहाँ जाँदैछु’ भनी भन्‍नुभएको अर्थ के हो?”
17 Então, alguns dos seus discípulos disseram uns aos outros: Que vem a ser isto que nos diz: Um pouco, e não mais me vereis, e outra vez um pouco, e ver-me-eis; e: Vou para o Pai?
18 तिनीहरूले “उहाँले ‘केही बेर’ भन्‍नुभएको अर्थ के हो? उहाँले के भन्दै हुनुहुन्छ, सो हामी बुझ्न सक्दैनौँ,” भनी सोधपुछ गरिरहे।
18 Diziam, pois: Que vem a ser esse — um pouco? Não compreendemos o que quer dizer.
19 तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्‍नुको अर्थ के होला भन्दै आपसमा सोधपुछ गरिरहेका छौ?
19 Percebendo Jesus que desejavam interrogá-lo, perguntou-lhes: Indagais entre vós a respeito disto que vos disse: Um pouco, e não me vereis, e outra vez um pouco, e ver-me-eis?
20 म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ।
20 Em verdade, em verdade eu vos digo que chorareis e vos lamentareis, e o mundo se alegrará; vós ficareis tristes, mas a vossa tristeza se converterá em alegria.
21 बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्‍ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्।
21 A mulher, quando está para dar à luz, tem tristeza, porque a sua hora é chegada; mas, depois de nascido o menino, já não se lembra da aflição, pelo prazer que tem de ter nascido ao mundo um homem.
22 तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्‍नेछैन।
22 Assim também agora vós tendes tristeza; mas outra vez vos verei; o vosso coração se alegrará, e a vossa alegria ninguém poderá tirar.
23 अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरो नाममा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।
23 Naquele dia, nada me perguntareis. Em verdade, em verdade vos digo: se pedirdes alguma coisa ao Pai, ele vo-la concederá em meu nome.
24 अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
24 Até agora nada tendes pedido em meu nome; pedi e recebereis, para que a vossa alegria seja completa.
25 “म दृष्‍टान्तहरूमा बोलिरहेको छु, तर समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्‍टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्‍ट गरी भन्‍नेछु।
25 Estas coisas vos tenho dito por meio de figuras; vem a hora em que não vos falarei por meio de comparações, mas vos falarei claramente a respeito do Pai.
26 त्यो दिन तिमीहरूले मेरो नाममा माग्नेछौ। मैले पितासँग तिमीहरूका निम्ति बिन्ती गर्नेछु भनी भनेको होइनँ।
26 Naquele dia, pedireis em meu nome; e não vos digo que rogarei ao Pai por vós.
27 पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्‍वरबाट आएको हुँ भनी विश्‍वास गरेका छौ।
27 Porque o próprio Pai vos ama, visto que me tendes amado e tendes crido que eu vim da parte de Deus.
28 म पिताबाट आएँ, र संसारमा प्रवेश गरेँ; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।”
28 Vim do Pai e entrei no mundo; todavia, deixo o mundo e vou para o Pai.
29 त्यसपछि येशूका चेलाहरूले भने, “अब तपाईं स्पष्‍टसँग र दृष्‍टान्तविना नै बोल्दैहुनुहुन्छ।
29 Disseram os seus discípulos: Agora é que falas claramente e não empregas nenhuma figura.
30 अब हामीले बुझ्न सक्यौँ, तपाईं सबै कुरा जान्‍नुहुन्छ। अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि छैन। यसै कुराले तपाईं परमेश्‍वरबाट आउनुभएको हो भनी हामीलाई विश्‍वास दिलाउँछ।”
30 Agora, vemos que sabes todas as coisas e não precisas de que alguém te pergunte; por isso, cremos que, de fato, vieste de Deus.
31 येशूले जवाफ दिनुभयो, “बल्‍ल तिमीहरूले विश्‍वास गर्दछौ?
31 Respondeu-lhes Jesus: Credes agora?
32 तर समय आइरहेको छ; वास्तवमा त्यो समय आइसकेको छ, जब तिमीहरू छरपस्ट हुनेछौ, र हरेक आ-आफ्नै ठाउँमा जानेछौ। तिमीहरूले मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ; किनकि मेरा पिता मसँग हुनुहुन्छ।
32 Eis que vem a hora e já é chegada, em que sereis dispersos, cada um para sua casa, e me deixareis só; contudo, não estou só, porque o Pai está comigo.
33 “ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।”
33 Estas coisas vos tenho dito para que tenhais paz em mim. No mundo, passais por aflições; mas tende bom ânimo; eu venci o mundo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.