João 10

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो।
1 "Eu lhes asseguro que aquele que não entra no aprisco das ovelhas pela porta, mas sobe por outro lugar, é ladrão e assaltante.
2 तर ढोकाबाट भित्र पस्‍ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो।
2 Aquele que entra pela porta é o pastor das ovelhas.
3 गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।
3 O porteiro abre-lhe a porta, e as ovelhas ouvem a sua voz. Ele chama as suas ovelhas pelo nome e as leva para fora.
4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।
4 Depois de conduzir para fora todas as suas ovelhas, vai adiante delas, e estas o seguem, porque conhecem a sua voz.
5 तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।”
5 Mas nunca seguirão um estranho; na verdade, fugirão dele, porque não reconhecem a voz de estranhos".
6 येशूले यो दृष्‍टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्।
6 Jesus usou essa comparação, mas eles não compreenderam o que lhes estava falando.
7 त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ।
7 Então Jesus afirmou de novo: "Digo-lhes a verdade: Eu sou a porta das ovelhas.
8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।
8 Todos os que vieram antes de mim eram ladrões e assaltantes, mas as ovelhas não os ouviram.
9 ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
9 Eu sou a porta; quem entra por mim será salvo. Entrará e sairá, e encontrará pastagem.
10 चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।
10 O ladrão vem apenas para furtar, matar e destruir; eu vim para que tenham vida, e a tenham plenamente.
11 “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
11 "Eu sou o bom pastor. O bom pastor dá a sua vida pelas ovelhas.
12 भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
12 O assalariado não é o pastor a quem as ovelhas pertencem. Assim, quando vê que o lobo vem, abandona as ovelhas e foge. Então o lobo ataca o rebanho e o dispersa.
13 त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन।
13 Ele foge porque é assalariado e não se importa com as ovelhas.
14 “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।
14 "Eu sou o bom pastor; conheço as minhas ovelhas; e elas me conhecem;
15 जसरी पिताले मलाई चिन्‍नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।
15 assim como o Pai me conhece e eu conheço o Pai; e dou a minha vida pelas ovelhas.
16 मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्‍नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।
16 Tenho outras ovelhas que não são deste aprisco. É necessário que eu as conduza também. Elas ouvirão a minha voz, e haverá um só rebanho e um só pastor.
17 मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु।
17 Por isso é que meu Pai me ama, porque eu dou a minha vida para retomá-la.
18 मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्‍त गरेको हुँ।”
18 Ninguém a tira de mim, mas eu a dou por minha espontânea vontade. Tenho autoridade para dá-la e para retomá-la. Esta ordem recebi de meu Pai".
19 यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।
19 Diante dessas palavras, os judeus ficaram outra vez divididos.
20 तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”
20 Muitos deles diziam: "Ele está endemoninhado e enlouqueceu. Por que ouvi-lo? "
21 तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्‍टिविहीनका आँखा खोलिदिन सक्छ र?”
21 Mas outros diziam: "Essas palavras não são de um endemoninhado. Pode um demônio abrir os olhos dos cegos? "
22 यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।
22 Celebrava-se a festa da Dedicação, em Jerusalém. Era inverno,
23 अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो।
23 e Jesus estava no templo, caminhando pelo Pórtico de Salomão.
24 केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई स्पष्‍ट भनिदिनुहोस्।”
24 Os judeus reuniram-se ao redor dele e perguntaram: "Até quando nos deixará em suspense? Se é você o Cristo, diga-nos abertamente".
25 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्।
25 Jesus respondeu: "Eu já lhes disse, mas vocês não crêem. As obras que eu realizo em nome de meu Pai falam por mim,
26 तर तिमीहरूले विश्‍वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।
26 mas vocês não crêem, porque não são minhas ovelhas.
27 मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।
27 As minhas ovelhas ouvem a minha voz; eu as conheço, e elas me seguem.
28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।
28 Eu lhes dou a vida eterna, e elas jamais perecerão; ninguém as poderá arrancar da minha mão.
29 मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन।
29 Meu Pai, que as deu para mim, é maior do que todos; ninguém as pode arrancar da mão de meu Pai.
30 म र मेरा पिता एक हौँ।”
30 Eu e o Pai somos um".
31 यहूदीहरूले फेरि उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे।
31 Novamente os judeus pegaram pedras para apedrejá-lo,
32 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?”
32 mas Jesus lhes disse: "Eu lhes mostrei muitas boas obras da parte do Pai. Por qual delas vocês querem me apedrejar? "
33 ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्‍वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्‍वर हुँ भनी दाबी गर्छौ।”
33 Responderam os judeus: "Não vamos apedrejá-lo por nenhuma boa obra, mas pela blasfêmia, porque você é um simples homem e se apresenta como Deus".
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन?
34 Jesus lhes respondeu: "Não está escrito na Lei de vocês: ‘Eu disse: Vocês são deuses’?
35 त्यसकारण यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,
35 Se ele chamou ‘deuses’ àqueles a quem veio a palavra de Deus ( e a Escritura não pode ser anulada )
36 पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्‍ने त? त्यसो हो भने मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्‍वरको निन्दाको दोष दिन्छौ?
36 que dizer a respeito daquele a quem o Pai santificou e enviou ao mundo? Então, por que vocês me acusam de blasfêmia porque eu disse: ‘Sou Filho de Deus’?
37 मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्‍वास नगर।
37 Se eu não realizo as obras do meu Pai, não creiam em mim.
38 यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्‍वास नगरे तापनि ती अचम्मका कामलाई विश्‍वास गर। अनि तिमीहरूले यो जान्‍न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।”
38 Mas se as realizo, mesmo que não creiam em mim, creiam nas obras, para que possam saber e entender que o Pai está em mim, e eu no Pai".
39 फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।
39 Outra vez tentaram prendê-lo, mas ele se livrou das mãos deles.
40 त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्‍नाले पहिले बप्‍तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्‍नुभयो,
40 Então Jesus atravessou novamente o Jordão e foi para o lugar onde João batizava nos primeiros dias do seu ministério. Ali ficou,
41 र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्‍नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्‍नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।”
41 e muita gente foi até onde ele estava, dizendo: "Embora João nunca tenha realizado um sinal miraculoso, tudo o que ele disse a respeito deste homem era verdade".
42 अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्‍वास गरे।
42 E ali muitos creram em Jesus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.