João 10
npioncb (NPIONCB) vs ARIB
1 “म तिमीहरूलाई साँच्चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो।
1 Em verdade, em verdade vos digo: quem não entra pela porta no aprisco das ovelhas, mas sobe por outra parte, esse é ladrão e salteador.
2 तर ढोकाबाट भित्र पस्ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो।
2 Mas o que entra pela porta é o pastor das ovelhas.
3 गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ।
3 A este o porteiro abre; e as ovelhas ouvem a sua voz; e ele chama pelo nome as suas ovelhas, e as conduz para fora.
4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्।
4 Depois de conduzir para fora todas as que lhe pertencem, vai adiante delas, e as ovelhas o seguem, porque conhecem a sua voz;
5 तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।”
5 mas de modo algum seguirão o estranho, antes fugirão dele, porque não conhecem a voz dos estranhos.
6 येशूले यो दृष्टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्।
6 Jesus propôs-lhes esta parábola, mas eles não entenderam o que era que lhes dizia.
7 त्यसकारण येशूले फेरि भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ।
7 Tornou, pois, Jesus a dizer-lhes: Em verdade, em verdade vos digo: eu sou a porta das ovelhas.
8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्।
8 Todos quantos vieram antes de mim são ladrões e salteadores; mas as ovelhas não os ouviram.
9 ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
9 Eu sou a porta; se alguém entrar a casa; o filho fica entrará e sairá, e achará pastagens.
10 चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।
10 O ladrão não vem senão para roubar, matar e destruir; eu vim para que tenham vida e a tenham em abundância.
11 “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
11 Eu sou o bom pastor; o bom pastor dá a sua vida pelas ovelhas.
12 भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ।
12 Mas o que é mercenário, e não pastor, de quem não são as ovelhas, vendo vir o lobo, deixa as ovelhas e foge; e o lobo as arrebata e dispersa.
13 त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन।
13 Ora, o mercenário foge porque é mercenário, e não se importa com as ovelhas.
14 “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्।
14 Eu sou o bom pastor; conheço as minhas ovelhas, e elas me conhecem,
15 जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु।
15 assim como o Pai me conhece e eu conheço o Pai; e dou a minha vida pelas ovelhas.
16 मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ।
16 Tenho ainda outras ovelhas que não são deste aprisco; a essas também me importa conduzir, e elas ouvirão a minha voz; e haverá um rebanho e um pastor.
17 मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु।
17 Por isto o Pai me ama, porque dou a minha vida para a retomar.
18 मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्त गरेको हुँ।”
18 Ninguém ma tira de mim, mas eu de mim mesmo a dou; tenho autoridade para a dar, e tenho autoridade para retomá-la. Este mandamento recebi de meu Pai.
19 यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो।
19 Por causa dessas palavras, houve outra dissensão entre os judeus.
20 तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?”
20 E muitos deles diziam: Tem demônio, e perdeu o juízo; por que o escutais?
21 तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्टिविहीनका आँखा खोलिदिन सक्छ र?”
21 Diziam outros: Essas palavras não são de quem está endemoninhado; pode porventura um demônio abrir os olhos aos cegos?
22 यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो।
22 Celebrava-se então em Jerusalém a festa da dedicação. E era inverno.
23 अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो।
23 Andava Jesus passeando no templo, no pórtico de Salomão.
24 केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्।”
24 Rodearam-no, pois, os judeus e lhe perguntavam: Até quando nos deixarás perplexos? Se tu és o Cristo, dize-no-lo abertamente.
25 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्।
25 Respondeu-lhes Jesus: Já vo-lo disse, e não credes. As obras que eu faço em nome de meu Pai, essas dão testemunho de mim.
26 तर तिमीहरूले विश्वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ।
26 Mas vós não credes, porque não sois das minhas ovelhas.
27 मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्।
27 As minhas ovelhas ouvem a minha voz, e eu as conheço, e elas me seguem;
28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।
28 eu lhes dou a vida eterna, e jamais perecerão; e ninguém as arrebatará da minha mão.
29 मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन।
29 Meu Pai, que mas deu, é maior do que todos; e ninguém pode arrebatá-las da mão de meu Pai.
30 म र मेरा पिता एक हौँ।”
30 Eu e o Pai somos um.
31 यहूदीहरूले फेरि उहाँलाई हान्नलाई ढुङ्गाहरू टिपे।
31 Os judeus pegaram então outra vez em pedras para o apedrejar.
32 तर येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?”
32 Disse-lhes Jesus: Muitas obras boas da parte de meu Pai vos tenho mostrado; por qual destas obras ides apedrejar-me?
33 ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्वर हुँ भनी दाबी गर्छौ।”
33 Responderam-lhe os judeus: Não é por nenhuma obra boa que vamos apedrejar-te, mas por blasfêmia; e porque, sendo tu homem, te fazes Deus.
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन?
34 Tornou-lhes Jesus: Não está escrito na vossa lei: Eu disse: Vós sois deuses?
35 त्यसकारण यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने,
35 Se a lei chamou deuses àqueles a quem a palavra de Deus foi dirigida {e a Escritura não pode ser anulada},
36 पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्ने त? त्यसो हो भने मैले ‘म परमेश्वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्वरको निन्दाको दोष दिन्छौ?
36 àquele a quem o Pai santificou, e enviou ao mundo, dizeis vós: Blasfemas; porque eu disse: Sou Filho de Deus?
37 मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्वास नगर।
37 Se não faço as obras de meu Pai, não me acrediteis.
38 यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्वास नगरे तापनि ती अचम्मका कामलाई विश्वास गर। अनि तिमीहरूले यो जान्न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।”
38 Mas se as faço, embora não me creiais a mim, crede nas obras; para que entendais e saibais que o Pai está em mim e eu no Pai.
39 फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।
39 Outra vez, pois, procuravam prendê-lo; mas ele lhes escapou das mãos.
40 त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्नाले पहिले बप्तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्नुभयो,
40 E retirou-se de novo para além do Jordão, para o lugar onde João batizava no princípio; e ali ficou.
41 र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।”
41 Muitos foram ter com ele, e diziam: João, na verdade, não fez sinal algum, mas tudo quanto disse deste homem era verdadeiro.
42 अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्वास गरे।
42 E muitos ali creram nele.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.