Gênesis 50

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए।
1 Então José se lançou sobre o rosto de seu pai e chorou sobre ele, e o beijou.
2 तब योसेफले आफ्ना सेवामा खटाइएका वैद्यहरूलाई आफ्ना पिता इस्राएलको शरीरमा सुगन्धित लेप लगाउन आदेश दिए। यसकारण ती वैद्यहरूले
2 E José ordenou aos seus servos, os médicos, que embalsamassem a seu pai; e os médicos embalsamaram a Israel.
3 चालीस दिन लगाएर सुगन्धित लेप लगाए; किनकि लेप लगाउन त्यति नै समय लाग्थ्यो। अनि इजिप्टियनहरूले उनका निम्ति सत्तरी दिनसम्म शोक मनाए।
3 E cumpriram-se-lhe quarenta dias; porque assim se cumprem os dias daqueles que se embalsamam; e os egípcios o choraram setenta dias.
4 शोकका दिनहरू बितेपछि योसेफले फारोका भारदारहरूलाई भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने फारोसित मेरा लागि बोलिदिनुहोस्। उहाँलाई भन्‍नुहोस्,
4 Passados, pois, os dias de seu choro, falou José à casa de Faraó, dizendo: Se agora tenho achado graça aos vossos olhos, rogo-vos que faleis aos ouvidos de Faraó, dizendo:
5 ‘मेरा पिताले मलाई शपथ खान लाउनुभयो, र भन्‍नुभयो, “मेरो मृत्यु हुन लागेको छ; मलाई कनान देशमा मैले आफूले बनाएको चिहानमा गाड्नू।” अब मलाई आफ्ना पितालाई गाड्न जान दिनुहोस्; त्यसपछि म फर्कनेछु।’ ”
5 Meu pai me fez jurar, dizendo: Eis que eu morro; em meu sepulcro, que cavei para mim na terra de Canaã, ali me sepultarás. Agora, pois, te peço, que eu suba, para que sepulte a meu pai; então voltarei.
6 फारोले भने, “जाऊ, र तिम्रा पिताले तिमीलाई शपथ खान लगाएझैँ तिनलाई गाड।”
6 E Faraó disse: Sobe, e sepulta a teu pai como ele te fez jurar.
7 यसकारण योसेफ आफ्ना पितालाई गाड्न गए। फारोका सबै राजकर्मचारीहरू—अर्थात् सभाका प्रधानहरू र इजिप्टका सबै सम्मानित व्यक्तिहरू तिनीसित गए।
7 E José subiu para sepultar a seu pai; e subiram com ele todos os servos de Faraó, os anciãos da sua casa, e todos os anciãos da terra do Egito.
8 यसबाहेक योसेफका घरानाका सबै सदस्यहरू, तिनका दाजुभाइहरू र तिनका पिताका सबै घराना पनि गए। गोशेनमा बालबच्‍चाहरू, बगालहरू र बथानहरू मात्र छोडिए।
8 Como também toda a casa de José, e seus irmãos, e a casa de seu pai; somente deixaram na terra de Gósen os seus meninos, e as suas ovelhas e as suas vacas.
9 रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो।
9 E subiram também com ele, tanto carros como gente a cavalo; e o cortejo foi grandíssimo.
10 जब तिनीहरू यर्दनको छेउमा भएको आतादको खलोमा पुगे, तब तिनीहरूले धेरै बेरसम्म भारी विलाप गरे; अनि त्यहाँ योसेफले आफ्ना पिताको निम्ति सात दिनसम्म शोक गरे।
10 Chegando eles, pois, à eira de Atade, que está além do Jordão, fizeram um grande e dolorido pranto; e fez a seu pai uma grande lamentação por sete dias.
11 जब त्यहाँ बस्‍ने कनानीहरूले आतादको खलोमा गरिएको शोक देखे, तिनीहरूले भने, “इजिप्टियनहरूले ठूलो शोक मनाइरहेका छन्।” त्यसैकारण यर्दनको नजिकको त्यस ठाउँलाई हाबिल-मिश्रइम भनिन्छ।
11 E vendo os moradores da terra, os cananeus, o luto na eira de Atade, disseram: É este o pranto grande dos egípcios. Por isso chamou-se-lhe Abel-Mizraim, que está além do Jordão.
12 यसरी याकोबका छोराहरूले उनले आज्ञा दिएबमोजिम गरे:
12 E fizeram-lhe os seus filhos assim como ele lhes ordenara.
13 तिनीहरूले उनलाई कनानमा पुर्‍याए र मम्रेको छेउमा मक्पेलाको खेतमा भएको ओडारमा गाडे, जुन अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसितै किनेका थिए।
13 Pois os seus filhos o levaram à terra de Canaã, e o sepultaram na cova do campo de Macpela, que Abraão tinha comprado com o campo, por herança de sepultura de Efrom, o heteu, em frente de Manre.
14 आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए।
14 Depois de haver sepultado seu pai, voltou José para o Egito, ele e seus irmãos, e todos os que com ele subiram a sepultar seu pai.
15 उनीहरूका पिताको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले हामीले त्यसप्रति गरेका सबै खराबीको साटो मनमा इबी राखेर हामीसँग बदला लियो भने?”
15 Vendo então os irmãos de José que seu pai já estava morto, disseram: Porventura nos odiará José e certamente nos retribuirá todo o mal que lhe fizemos.
16 यसकारण उनीहरूले योसेफकहाँ यसो भनेर खबर पठाए, “तपाईंका पिताले आफ्नो मृत्यु हुनुभन्दा अगि यस्तो आदेश दिनुभएको छ:
16 Portanto mandaram dizer a José: Teu pai ordenou, antes da sua morte, dizendo:
17 ‘तिमीहरूले योसेफलाई यसो भन्‍नू: तेरा दाजुभाइहरूले विगतमा तँलाई खराब व्यवहार गरेर तँप्रति गरेका पापहरू र खराबीहरूलाई क्षमा गरिदे भनी म भन्दछु।’ अब दया गरी तपाईंका पिताका परमेश्‍वरका सेवकहरूका पापहरू क्षमा गरिदिनुहोस्।” त्यो खबर तिनीकहाँ पुगेपछि योसेफ रोए।
17 Assim direis a José: Perdoa, rogo-te, a transgressão de teus irmãos, e o seu pecado, porque te fizeram mal; agora, pois, rogamos-te que perdoes a transgressão dos servos do Deus de teu pai. E José chorou quando eles lhe falavam.
18 तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।”
18 Depois vieram também seus irmãos, e prostraram-se diante dele, e disseram: Eis-nos aqui por teus servos.
19 तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्‍वरको स्थानमा छु र?
19 E José lhes disse: Não temais; porventura estou eu em lugar de Deus?
20 तिमीहरूले मलाई हानि गर्ने विचार गर्‍यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्‍वरले भलाइका निम्ति गर्नुभयो।
20 Vós bem intentastes mal contra mim; porém Deus o intentou para bem, para fazer como se vê neste dia, para conservar muita gente com vida.
21 यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्‍चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्‍वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।
21 Agora, pois, não temais; eu vos sustentarei a vós e a vossos filhos. Assim os consolou, e falou segundo o coração deles.
22 योसेफ आफ्ना पिताका सम्पूर्ण परिवारसित इजिप्टमा बसे। तिनी एक सय दश वर्षसम्म बाँचे।
22 José, pois, habitou no Egito, ele e a casa de seu pai; e viveu José cento e dez anos.
23 तिनले एफ्राइमका छोराछोरीहरूका तेस्रो पुस्तासम्मलाई देखे। मनश्शेका छोरा माकीरका छोराछोरीहरूलाई पनि तिनले काखमा लिए, जसलाई तिनले आफ्नै ठान्दथे।
23 E viu José os filhos de Efraim, da terceira geração; também os filhos de Maquir, filho de Manassés, nasceram sobre os joelhos de José.
24 तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्‍वर निश्‍चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”
24 E disse José a seus irmãos: Eu morro; mas Deus certamente vos visitará, e vos fará subir desta terra à terra que jurou a Abraão, a Isaque e a Jacó.
25 अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्‍वर निश्‍चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।”
25 E José fez jurar os filhos de Israel, dizendo: Certamente vos visitará Deus, e fareis transportar os meus ossos daqui.
26 यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।
26 E morreu José da idade de cento e dez anos, e o embalsamaram e o puseram num caixão no Egito.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 50, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.