Gênesis 45
npioncb (NPIONCB) vs BKJ
1 तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्।
1 Então José não se pôde conter diante de todos os que estavam com ele, e ele clamou: Fazei sair todo homem de diante de mim. E não havia homem algum com ele, enquanto José se deu a conhecer a seus irmãos.
2 अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए।
2 E ele chorou em voz alta, e os egípcios e a casa de Faraó ouviu.
3 योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ! के मेरा पिता अझै जीवित हुनुहुन्छ?” तर तिनका दाजुभाइहरूले तिनलाई जवाफ दिनै सकेनन्; किनकि उनीहरू तिनको उपस्थितिमा चकित भएका थिए।
3 E José disse a seus irmãos: Eu sou José; acaso ainda vive o meu pai? E seus irmãos não lhe puderam responder, pois eles estavam conturbados com a sua presença.
4 त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो!
4 E José disse a seus irmãos: Aproximai-vos de mim, rogo-vos. E eles se aproximaram. E ele disse: Eu sou José, vosso irmão, a quem vendestes ao Egito.
5 अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो।
5 Agora, pois, não vos entristeçais, nem vos ireis convosco mesmos, por terdes me vendido para cá; pois Deus me enviou adiante de vós para preservar a vida.
6 देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन।
6 Por estes dois anos a fome esteve na terra; e ainda há cinco anos nos quais não haverá cultivo nem colheita.
7 तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो।
7 E Deus me enviou adiante de vós para preservar para vós uma posteridade na terra, e para salvar as vossas vidas com grande livramento.
8 “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो।
8 Então, agora, não fostes vós que me enviastes aqui, mas Deus. E ele me fez pai de Faraó, e senhor sobre toda a sua casa, e governador de toda a terra do Egito.
9 अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्।
9 Apressai-vos e subi a meu pai, e dizei-lhe: Assim diz teu filho José: Deus me fez senhor de todo o Egito. Desce até mim, e não te demores,
10 तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्नुहुनेछ।
10 e tu habitará na terra de Gósen, e estarás perto de mim, tu, e teus filhos, e os filhos de teus filhos, e teus rebanhos, e teu gado, e tudo que tens.
11 त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्लीमा पर्नेछन्।’
11 E ali eu te sustentarei, pois ainda há cinco anos de fome, para que tu e tua casa e tudo que tens não vades à pobreza.
12 “हेर्नुहोस्! तपाईंहरूसँग साँच्चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ।
12 E eis que vossos olhos veem, e os olhos de meu irmão Benjamim, que é minha boca que está falando convosco.
13 मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।”
13 E contareis a meu pai de toda a minha glória no Egito, e de tudo o que tendes visto; apressar-vos-eis, e trareis meu pai para cá.
14 तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले।
14 E ele caiu sobre o pescoço de seu irmão Benjamim, e chorou, e Benjamim chorou sobre o pescoço dele.
15 अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे।
15 Além disso, ele beijou todos os seus irmãos, e chorou sobre eles. E depois disso, seus irmãos falaram com ele.
16 योसेफका दाजुभाइहरू आएका छन् भन्ने खबर जब फारोको महलमा पुग्यो, तब फारो र तिनका सबै अधिकारीहरू खुशी भए।
16 E essa notícia foi ouvida na casa de Faraó, dizendo: Os irmãos de José vieram. E isso agradou muito a Faraó e a seus servos.
17 फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो गर्नु भन: ‘तिमीहरूका पशुहरूमा भारी लाद, र कनान देशमा फर्क;
17 E Faraó disse a José: Dize a teus irmãos: Fazei isto: Carregai vossos animais, e parti, e ide à terra de Canaã,
18 अनि तिमीहरूका पिता र तिमीहरूका परिवारहरूलाई फर्काएर मकहाँ ल्याओ। म तिमीहरूलाई इजिप्टको सबैभन्दा असल जमिन दिनेछु; र तिमीहरूले यस देशको उत्तम चीजहरू उपभोग गर्न सक्नेछौ।’
18 e tomai vosso pai e vossas famílias, e vinde a mim, e eu vos darei o bom da terra do Egito, e vós comereis a gordura da terra.
19 “म तिनीहरूलाई यसो गर्नु भन्ने आदेश पनि दिन्छु: ‘तिमीहरूका छोराछोरीहरू, पत्नीहरूका लागि इजिप्टबाट केही गाडाहरू लैजाओ, र तिमीहरूका पितालाई यहाँ लिएर आओ।
19 A ti, agora, ordeno: Fazei isto: Tomai carroças da terra do Egito para vossos pequenos, e para vossas mulheres, e trazei vosso pai, e vinde.
20 तिमीहरूका आफ्ना मालसामानको केही चिन्ता नगर; किनकि इजिप्टका सबैभन्दा असल कुराहरू तिमीहरूका हुनेछन्।’ ”
20 Também não considereis os vossos bens, pois o melhor de toda a terra do Egito é vosso.
21 यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए।
21 E os filhos de Israel assim fizeram. E José lhes deu carroças, de acordo com a ordem de Faraó, e lhes deu provisões para o caminho.
22 उनीहरू प्रत्येकलाई तिनले नयाँ वस्त्र दिए; तर बेन्यामीनलाई तिनले चाँदीका तीन सय शेकेल र पाँच जोर वस्त्र दिए।
22 A todos eles deu, a cada homem, mudas de roupas; mas a Benjamim ele deu trezentas peças de prata, e cinco mudas de roupas.
23 अनि तिनले आफ्ना पितालाई यी कुराहरू पठाइदिए: इजिप्टका सबैभन्दा असल कुराहरूले लादिएका दश वटा गधाहरू र अन्न, रोटी र तिनलाई यात्रामा चाहिने अन्य सामग्रीले लादिएका दश वटा गधैनीहरू पठाइदिए।
23 E para seu pai ele enviou desta maneira: dez jumentos carregados com as coisas boas do Egito, e dez jumentas carregadas com trigo e pão e alimento para seu pai, para o caminho.
24 तब तिनले आफ्ना दाजुभाइहरूलाई पठाइदिए; अनि उनीहरू बिदा हुन लाग्दा तिनले उनीहरूलाई भने, “बाटोमा झगडा नगर्नुहोला!”
24 Assim ele enviou seus irmãos, e eles partiram. E ele lhes disse: Vede para que não contendais pelo caminho.
25 यसरी उनीहरू इजिप्टदेखि हिँडे, र कनान देशमा आफ्ना पिता याकोबकहाँ आए।
25 E eles subiram e saíram do Egito, e vieram à terra de Canaã até Jacó, seu pai;
26 उनीहरूले तिनलाई भने, “योसेफ अझै जीवित छन्! अनि वास्तवमा तिनी समस्त इजिप्टका शासक हुन्।” यो कुरा सुनेर याकोब स्तब्ध भए; तिनले तिनीहरूका कुरा पत्याएनन्।
26 e lhe contaram, dizendo: José ainda está vivo, e ele é governador sobre toda a terra do Egito. E o coração de Jacó desfaleceu, pois ele não acreditou neles.
27 तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो।
27 E eles lhe contaram todas as palavras de José, que ele lhes havia dito. E quando ele viu as carroças que José havia enviado para levá-lo, reviveu o espírito de Jacó, seu pai;
28 इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्ने मलाई विश्वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।”
28 E Israel disse: Isto é o suficiente! José, meu filho, ainda está vivo. Eu irei e o verei antes que eu morra.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 45, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.