Gênesis 45

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्।
1 Então, José não se podia conter diante de todos os que estavam com ele; e clamou: Fazei sair daqui a todo varão; e ninguém ficou com ele quando José se deu a conhecer a seus irmãos.
2 अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए।
2 E levantou a sua voz com choro, de maneira que os egípcios o ouviam, e a casa de Faraó o ouviu.
3 योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ! के मेरा पिता अझै जीवित हुनुहुन्छ?” तर तिनका दाजुभाइहरूले तिनलाई जवाफ दिनै सकेनन्; किनकि उनीहरू तिनको उपस्थितिमा चकित भएका थिए।
3 E disse José a seus irmãos: Eu sou José; vive ainda meu pai? E seus irmãos não lhe puderam responder, porque estavam pasmados diante da sua face.
4 त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो!
4 E disse José a seus irmãos: Peço-vos, chegai-vos a mim. E chegaram-se. Então, disse ele: Eu sou José, vosso irmão, a quem vendestes para o Egito.
5 अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्‍वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो।
5 Agora, pois, não vos entristeçais, nem vos pese aos vossos olhos por me haverdes vendido para cá; porque, para conservação da vida, Deus me enviou diante da vossa face.
6 देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन।
6 Porque já houve dois anos de fome no meio da terra, e ainda restam cinco anos em que não haverá lavoura nem sega.
7 तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्‍वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो।
7 Pelo que Deus me enviou diante da vossa face, para conservar vossa sucessão na terra e para guardar-vos em vida por um grande livramento.
8 “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्‍वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो।
8 Assim, não fostes vós que me enviastes para cá, senão Deus, que me tem posto por pai de Faraó, e por senhor de toda a sua casa, e como regente em toda a terra do Egito.
9 अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्‍नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्‍वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्।
9 Apressai-vos, e subi a meu pai, e dizei-lhe: Assim tem dito o teu filho José: Deus me tem posto por senhor em toda a terra do Egito; desce a mim e não te demores.
10 तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्‍नुहुनेछ।
10 E habitarás na terra de Gósen e estarás perto de mim, tu e os teus filhos, e os filhos dos teus filhos, e as tuas ovelhas, e as tuas vacas, e tudo o que tens.
11 त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्‍लीमा पर्नेछन्।’
11 E ali te sustentarei, porque ainda haverá cinco anos de fome, para que não pereças de pobreza, tu, e tua casa, e tudo o que tens.
12 “हेर्नुहोस्! तपाईंहरूसँग साँच्‍चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ।
12 E eis que vossos olhos veem, e os olhos de meu irmão Benjamim, que é minha boca que vos fala.
13 मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्‍नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।”
13 E fazei saber a meu pai toda a minha glória no Egito e tudo o que tendes visto; e apressai-vos a fazer descer meu pai para cá.
14 तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले।
14 E lançou-se ao pescoço de Benjamim, seu irmão, e chorou; e Benjamim chorou também ao seu pescoço.
15 अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे।
15 E beijou todos os seus irmãos e chorou sobre eles; e, depois, seus irmãos falaram com ele.
16 योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने खबर जब फारोको महलमा पुग्यो, तब फारो र तिनका सबै अधिकारीहरू खुशी भए।
16 E a nova ouviu-se na casa de Faraó, dizendo: Os irmãos de José são vindos; e pareceu bem aos olhos de Faraó e aos olhos de seus servos.
17 फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो गर्नु भन: ‘तिमीहरूका पशुहरूमा भारी लाद, र कनान देशमा फर्क;
17 E disse Faraó a José: Dize a teus irmãos: Fazei isto: carregai os vossos animais, e parti, e tornai à terra de Canaã,
18 अनि तिमीहरूका पिता र तिमीहरूका परिवारहरूलाई फर्काएर मकहाँ ल्याओ। म तिमीहरूलाई इजिप्टको सबैभन्दा असल जमिन दिनेछु; र तिमीहरूले यस देशको उत्तम चीजहरू उपभोग गर्न सक्नेछौ।’
18 e tornai a vosso pai e a vossas famílias, e vinde a mim; e eu vos darei o melhor da terra do Egito, e comereis a fartura da terra.
19 “म तिनीहरूलाई यसो गर्नु भन्‍ने आदेश पनि दिन्छु: ‘तिमीहरूका छोराछोरीहरू, पत्नीहरूका लागि इजिप्टबाट केही गाडाहरू लैजाओ, र तिमीहरूका पितालाई यहाँ लिएर आओ।
19 A ti, pois, é ordenado; fazei isto: tomai vós da terra do Egito carros para vossos meninos, para vossas mulheres e para vosso pai e vinde.
20 तिमीहरूका आफ्ना मालसामानको केही चिन्ता नगर; किनकि इजिप्टका सबैभन्दा असल कुराहरू तिमीहरूका हुनेछन्।’ ”
20 E não vos pese coisa alguma das vossas alfaias; porque o melhor de toda a terra do Egito será vosso.
21 यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए।
21 E os filhos de Israel fizeram assim. E José deu-lhes carros, conforme o mandado de Faraó; também lhes deu comida para o caminho.
22 उनीहरू प्रत्येकलाई तिनले नयाँ वस्त्र दिए; तर बेन्यामीनलाई तिनले चाँदीका तीन सय शेकेल र पाँच जोर वस्त्र दिए।
22 A todos lhes deu, a cada um, mudas de vestes; mas a Benjamim deu trezentas peças de prata e cinco mudas de vestes.
23 अनि तिनले आफ्ना पितालाई यी कुराहरू पठाइदिए: इजिप्टका सबैभन्दा असल कुराहरूले लादिएका दश वटा गधाहरू र अन्‍न, रोटी र तिनलाई यात्रामा चाहिने अन्य सामग्रीले लादिएका दश वटा गधैनीहरू पठाइदिए।
23 E a seu pai enviou semelhantemente dez jumentos carregados do melhor do Egito, e dez jumentos carregados de trigo, e pão, e comida para seu pai, para o caminho.
24 तब तिनले आफ्ना दाजुभाइहरूलाई पठाइदिए; अनि उनीहरू बिदा हुन लाग्दा तिनले उनीहरूलाई भने, “बाटोमा झगडा नगर्नुहोला!”
24 E despediu os seus irmãos, e partiram; e disse-lhes: Não contendais pelo caminho.
25 यसरी उनीहरू इजिप्टदेखि हिँडे, र कनान देशमा आफ्ना पिता याकोबकहाँ आए।
25 E subiram do Egito e vieram à terra de Canaã, a Jacó, seu pai.
26 उनीहरूले तिनलाई भने, “योसेफ अझै जीवित छन्! अनि वास्तवमा तिनी समस्त इजिप्टका शासक हुन्।” यो कुरा सुनेर याकोब स्तब्ध भए; तिनले तिनीहरूका कुरा पत्याएनन्।
26 Então, lhe anunciaram, dizendo: José ainda vive e ele também é regente em toda a terra do Egito. E o seu coração desmaiou, porque não os acreditava.
27 तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो।
27 Porém, havendo-lhe eles contado todas as palavras de José que ele lhes falara, e vendo ele os carros que José enviara para levá-lo, reviveu o espírito de Jacó, seu pai.
28 इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्‍ने मलाई विश्‍वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।”
28 E disse Israel: Basta; ainda vive meu filho José; eu irei e o verei antes que eu morra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 45, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.