Gênesis 43

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 देशमा अनिकाल अझ भयङ्कर रूपले बढ्दैगयो।
1 A fome pesava sobre o país.
2 यसकारण जब उनीहरूले इजिप्टबाट ल्याएको अन्‍न खाइसके, तब उनीहरूका पिताले उनीहरूलाई भने, “फेरि जाओ, र हाम्रा लागि केही अन्‍न किनेर ल्याओ।”
2 E tendo acabado o trigo trazido do Egito, o pai disse aos seus filhos: "Voltai e comprai-nos um pouco de víveres."
3 तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक यसरी चेतावनी दिएका छन्, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
3 Judá respondeu-lhe: "Aquele homem nos declarou formalmente que não voltássemos à sua presença sem levar conosco nosso irmão.
4 तपाईंले हाम्रो भाइलाई हामीसित पठाउनुभयो भने हामी जानेछौँ र तपाईंका लागि अन्‍न किन्‍नेछौँ।
4 Se mandas nosso irmão conosco, desceremos para comprar víveres.
5 तर तपाईंले त्यसलाई पठाउनुभएन भने हामी जानेछैनौँ; किनकि ती मानिसले हामीलाई, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ’ भनेका छन्।”
5 Mas, se o não deixas ir, não desceremos, porque ele nos disse: Não sereis admitidos em minha presença, se vosso irmão não estiver convosco."
6 अनि इस्राएलले सोधे, “तिमीहरूले ममाथि किन यो विपत्ति ल्यायौ? किन त्यस मानिसलाई तिमीहरूको अर्को भाइ छ भनेर भन्यौ?”
6 Israel disse: "Por que me fizestes este mal, dando-lhe a conhecer que tínheis ainda um irmão?"
7 तब उनीहरूले जवाफ दिए, “ती मानिसले हामी र हाम्रा कुटुम्बको विषयमा केरकार गरे। तिनले, ‘के तिमीहरूका पिता अझ जीवितै छन्? के तिमीहरूसित अर्को पनि भाइ छ?’ भनेर सोधे। हामीले उनका प्रश्नहरूको मात्र जवाफ दियौँ। तिनले ‘तिमीहरूका भाइलाई यहाँ ल्याओ’ भनी भन्लान् भनेर हामीले कसरी जान्‍नु?”
7 "Aquele homem, responderam eles, perguntou por nós e por nossa família, e quis saber se nosso pai vivia ainda, se tínhamos outro irmão; e respondemos às suas perguntas. Podíamos, porventura, adivinhar que ele nos ia mandar levar a ele o nosso irmão?"
8 तब यहूदाले आफ्ना पिता इस्राएललाई भने, “त्यस केटालाई मसित पठाउनुहोस्, तब हामी झट्टै त्यहाँ जानेछौँ, ताकि तपाईं र हाम्रा बालबच्‍चाहरू भोकभोकै मर्नुपर्नेछैन र बाँच्नेछन्।
8 E Judá disse a Israel, seu pai: "Deixa partir o menino comigo, e pôr-nos-emos a caminho para essa viagem. Desse modo poderemos viver, e escaparemos à morte, nós, tu e nossos filhinhos.
9 म आफैँ त्यसको सुरक्षाको जमानी बस्‍नेछु; त्यसको लागि तपाईंले मलाई नै जिम्मेवार ठहराउन सक्नुहुन्छ। यदि मैले त्यसलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु खडा गराउन सकिनँ भने म आफ्नो जीवनभरि तपाईंको अगि दोषी ठहरिनेछु।
9 Eu respondo por ele: é de mim que tu o reclamarás. Se eu não to reconduzir e não o recolocar diante de ti, serei eternamente culpado diante de ti.
10 यदि हामीले ढिलो नगरेका भए अहिले हामी दुईपल्ट गएर फर्किआउन सक्नेथियौँ।”
10 Se não tivéssemos demorado tanto, certamente já pela segunda vez estaríamos de volta."
11 तब उनीहरूका पिता इस्राएलले उनीहरूलाई भने, “यदि यस्तै हुने हो भने यसो गर: यस देशका केही उत्तम उत्पादनहरू आफ्ना बोराहरूमा राख—अर्थात् अलिकति सुगन्धित लेप र अलिकति मह, केही सुगन्धित मसला, मूर्र, र अलिकति पेस्ता र हाडे-बदामहरू ती मानिसका निम्ति उपहारको रूपमा लिएर जाओ।
11 "Se assim é, disse-lhes Israel, seu pai, tomai em vossas bagagens os melhores produtos da terra, e levai-os como presente a esse homem: um pouco de bálsamo, um pouco de mel, resina, ládano, nozes de pistácia e amêndoas.
12 तिमीहरूका बोराहरूमा फर्काइदिएका पैसा फर्काउनलाई आफूसित दोबर पैसा लैजाओ। सायद त्यो एउटा भूल थियो।
12 Levai também convosco o dinheiro em dobro para restituir a soma que encontrastes na boca dos sacos, certamente por engano.
13 तिमीहरूको भाइ पनि लगेर ती मानिसकहाँ झट्टै जाओ।
13 Tomai vosso irmão, parti e ide ter com esse homem.
14 अनि सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूमाथि दया देखाऊन्, र तिनले तिमीहरूको भाइ सिमियोन र बेन्यामीनलाई तिमीहरूसित फर्केर आउन देऊन्। यदि म शोकमा विक्षिप्‍त हुनुपर्ने हो भने पनि होउँला।”
14 Que o Deus todo-poderoso vos faça ganhar os favores desse homem, a fim de que ele deixe voltar vosso irmão, juntamente com Benjamim. Quanto a mim, se devo ser privado de meus filhos, paciência, que eu seja privado deles!"
15 यसकारण ती मानिसहरूले उपहारहरू, दोबर पैसा र बेन्यामीनलाई पनि लिएर गए। तिनीहरू हतार-हतार इजिप्टतिर हिँडे; अनि योसेफकहाँ आफैँलाई हाजिर गराए।
15 Tomaram, pois, consigo o presente e uma soma dobrada de dinheiro, assim como Benjamim, e partiram para o Egito. E apresentaram-se a José.
16 जब योसेफले उनीहरूसित बेन्यामीनलाई देखे, तब तिनले घरका भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा, एउटा पशु मारेर भोजन तयार गर्; उनीहरूले दिउँसो मसित खानेछन्।”
16 José, vendo-os e com eles Benjamim, disse ao seu intendente: "Faze entrar estes homens na casa, mata um animal, e prepara-o, pois comerão comigo ao meio-dia."
17 त्यो मानिसले योसेफले भनेझैँ गर्‍यो, र ती मानिसहरूलाई योसेफको घरमा लग्यो।
17 Fez o intendente como José tinha dito: introduziu-os na casa de José.
18 अब ती मानिसहरू आफूलाई योसेफको घरमा लगिएको कारण आत्तिए। उनीहरूले सोचे, “हामीलाई यहाँ ल्याएको चाहिँ पहिलो पटक हाम्रा बोराहरूमा पैसा फर्काएर हालिदिएको कारणले गर्दा हो। तिनले हामीमाथि आक्रमण गर्न र हामीलाई दमन गरी दास तुल्याएर हाम्रा गधाहरू हडप्न चाहन्छन्।”
18 Vendo isto, ficaram amedrontados: "É, diziam eles, por causa do dinheiro, encontrado da outra vez nos nossos sacos, que nos conduzem aqui. Vão-nos assaltar, cair sobre nós, escravizar-nos e apoderar-se de nossos jumentos."
19 यसकारण उनीहरू योसेफका भण्डारेकहाँ गए, र घरभित्रको प्रवेशद्वारमा तिनीसित कुरा गरे।
19 Então, aproximando-se do intendente da casa de José, falaram-lhe à entrada da casa:
20 उनीहरूले भने, “हाम्रा प्रभु, दया गर्नुहोस्, हामी पहिलो चोटि यहाँ अन्‍न किन्‍न आएका थियौँ।
20 "Desculpa, meu senhor, disseram eles, viemos já uma vez comprar víveres.
21 तर हामी बास बसेको ठाउँमा राति आफ्ना बोराहरू खोल्दा हाम्रो प्रत्येकको बोराको मुखमा आ-आफ्ना पूरा पैसा राखिएको पायौँ। यसकारण हामीले त्यो पैसा आफूसित फर्काएर ल्याएका छौँ।
21 Quando chegamos à estalagem e abrimos nossos sacos, o dinheiro de cada um se encontrava na boca de seu saco: era o peso exato do dinheiro. Tornamos a trazê-lo conosco;
22 हामीले अन्‍न किन्‍नका लागि अरू पनि धेरै पैसा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा बोराहरूमा राखिदियो, सो हामी जान्दैनौँ।”
22 e trazemos, ao mesmo tempo, outro dinheiro para comprar víveres. Não sabemos quem tenha metido nosso dinheiro em nossos sacos."
23 तिनले भने, “ठिकै छ, नडराओ। तिमीहरूका परमेश्‍वर, र तिमीहरूका पिताका परमेश्‍वरले नै तिमीहरूका बोराहरूमा धन राखिदिनुभएको छ। मैले तिमीहरूको पैसा पाएँ।” तब तिनले शिमियोनलाई उनीहरूकहाँ बाहिर ल्याए।
23 "Ficai tranqüilos, respondeu-lhes ele, nada temais. É o vosso Deus, o Deus de vossos pais, quem vos pôs um tesouro em vossos sacos; o vosso dinheiro me foi entregue." Depois trouxe-lhes Simeão.
24 ती भण्डारेले ती मानिसहरूलाई योसेफको घरमा लग्यो, र उनीहरूलाई खुट्टा धुने पानी दियो; अनि उनीहरूका गधाहरूलाई दानापानी दियो।
24 Fê-los em seguida entrar na casa de José, deu-lhes água para lavarem os pés e forragem para os seus jumentos.
25 दिउँसो उनीहरूले त्यहीँ भोजन गर्नुपर्छ भनी सुनेका हुनाले उनीहरूले योसेफ आउँदा तिनलाई टक्र्याउनका लागि आफ्ना उपहारहरू तयार पारे।
25 E, enquanto esperavam por José, que devia voltar ao meio-dia, preparavam o seu presente, pois foi-lhes anunciado que comeriam em casa dele.
26 जब योसेफ घरमा आए, तब उनीहरूले आफूले घरभित्र ल्याएका उपहारहरू तिनलाई टक्र्याए, र उनीहरू भुइँसम्मै निहुरेर तिनलाई सामु दण्डवत् गरे।
26 Logo que José entrou em casa, ofereceram-lhe os presentes que tinham trazido, prostrando-se diante dele até a terra.
27 तिनले उनीहरूका हालखबर सोधेर भने, “तिमीहरूले मलाई तिमीहरूका वृद्ध पिताको बारेमा भनेका थियौ, उनी कस्ता छन्? के उनी अझै जीवितै छन्?”
27 Ele perguntou pela saúde deles e ajuntou: "Vosso velho pai, do qual me falastes, vai bem? Ainda vive?"
28 उनीहरूले जवाफ दिए, “तपाईंका सेवक, हाम्रा पिता अझै जीवितै र कुशल नै हुनुहुन्छ।” अनि उनीहरूले लम्पसार परेर तिनलाई दण्डवत् गरे।
28 "Teu servo, nosso pai, está passando bem; e vive ainda", responderam-lhe inclinando-se até o solo.
29 चारैतिर हेरेपछि तिनले आफ्नै आमाका छोरा तिनको भाइ बेन्यामीनलाई देखेर सोधे, “तिमीहरूले मलाई भनेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “मेरो छोरा, परमेश्‍वर तँप्रति अनुग्रही होऊन्।”
29 Então, levantando os olhos, José viu Benjamim, seu irmão, filho de sua mãe. "É este, disse ele, vosso irmão mais novo do qual me falastes?" E ajuntou: "Que Deus te faça misericórdia, meu filho!"
30 आफ्नो भाइलाई देखेर योसेफ अति भावुक भए; अनि आफूलाई थाम्न नसकेर हतारिँदै रुने एकान्त ठाउँ खोज्दै निस्के। अनि तिनी आफ्नो निजी कोठामा पसे, र त्यहाँ रोए।
30 E retirou-se precipitadamente, porque suas entranhas se tinham comovido por causa de seu irmão, e tinha vontade de chorar; entrou em seu quarto e deu livre curso às lágrimas.
31 त्यसपछि तिनले आफ्नो अनुहार धोए, र तिनी बाहिर निस्किआए; अनि आफूलाई सम्हालेर भने, “अब खाना पस्क।”
31 Depois de ter lavado o rosto saiu e, procurando dominar-se, disse: "Servi a mesa".
32 उनीहरूले योसेफका निम्ति अलग्गै, ती दाजुभाइहरूका निम्ति अलग्गै, र तिनीसित खाने इजिप्टियनहरूका निम्ति छुट्टाछुट्टै भोजन पस्के; हिब्रूहरूसित भोजन गर्नु भनेको इजिप्टियनहरूका लागि घृणित मानिने हुनाले उनीहरूले हिब्रूहरूसित खान मिल्दैनथ्यो।
32 Serviu-se-lhe à parte, seus irmãos também à parte, e igualmente à parte os egípcios, seus comensais, porque lhes é proibido comer com hebreus; isto é para eles uma coisa abominável.
33 अनि ती मानिसहरूलाई योसेफको अगि जेठोदेखि कान्छोसम्म आफ्नो उमेरअनुसार बसाइयो; अनि उनीहरूले चकित भएर एक-अर्कालाई हेरे।
33 Os irmãos de José foram colocados diante dele, desde o mais velho até o mais novo, segundo sua idade, o que lhes fez olhar uns para os outros assombrados.
34 जब उनीहरूलाई योसेफको टेबुलबाट खाना पस्किइयो, बेन्यामीनको भाग अरू सबैको भन्दा पाँच गुणा बढी थियो। यसरी उनीहरूले तिनीसित भोज खाए, पिए र आनन्द मनाए।
34 José mandou que se lhes trouxessem porções de sua própria mesa, e a parte de Benjamim foi cinco vezes maior que a dos outros. Eles beberam e alegraram-se com ele.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 43, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.