Gênesis 43
npioncb (NPIONCB) vs ARA
1 देशमा अनिकाल अझ भयङ्कर रूपले बढ्दैगयो।
1 A fome persistia gravíssima na terra.
2 यसकारण जब उनीहरूले इजिप्टबाट ल्याएको अन्न खाइसके, तब उनीहरूका पिताले उनीहरूलाई भने, “फेरि जाओ, र हाम्रा लागि केही अन्न किनेर ल्याओ।”
2 Tendo eles acabado de consumir o cereal que trouxeram do Egito, disse-lhes seu pai: Voltai, comprai-nos um pouco de mantimento.
3 तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक यसरी चेतावनी दिएका छन्, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
3 Mas Judá lhe respondeu: Fortemente nos protestou o homem, dizendo: Não me vereis o rosto, se o vosso irmão não vier convosco.
4 तपाईंले हाम्रो भाइलाई हामीसित पठाउनुभयो भने हामी जानेछौँ र तपाईंका लागि अन्न किन्नेछौँ।
4 Se resolveres enviar conosco o nosso irmão, desceremos e te compraremos mantimento;
5 तर तपाईंले त्यसलाई पठाउनुभएन भने हामी जानेछैनौँ; किनकि ती मानिसले हामीलाई, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ’ भनेका छन्।”
5 se, porém, não o enviares, não desceremos; pois o homem nos disse: Não me vereis o rosto, se o vosso irmão não vier convosco.
6 अनि इस्राएलले सोधे, “तिमीहरूले ममाथि किन यो विपत्ति ल्यायौ? किन त्यस मानिसलाई तिमीहरूको अर्को भाइ छ भनेर भन्यौ?”
6 Disse-lhes Israel: Por que me fizestes esse mal, dando a saber àquele homem que tínheis outro irmão?
7 तब उनीहरूले जवाफ दिए, “ती मानिसले हामी र हाम्रा कुटुम्बको विषयमा केरकार गरे। तिनले, ‘के तिमीहरूका पिता अझ जीवितै छन्? के तिमीहरूसित अर्को पनि भाइ छ?’ भनेर सोधे। हामीले उनका प्रश्नहरूको मात्र जवाफ दियौँ। तिनले ‘तिमीहरूका भाइलाई यहाँ ल्याओ’ भनी भन्लान् भनेर हामीले कसरी जान्नु?”
7 Responderam eles: O homem nos perguntou particularmente por nós e pela nossa parentela, dizendo: Vive ainda vosso pai? Tendes outro irmão? Respondemos-lhe segundo as suas palavras. Acaso, poderíamos adivinhar que haveria de dizer: Trazei vosso irmão?
8 तब यहूदाले आफ्ना पिता इस्राएललाई भने, “त्यस केटालाई मसित पठाउनुहोस्, तब हामी झट्टै त्यहाँ जानेछौँ, ताकि तपाईं र हाम्रा बालबच्चाहरू भोकभोकै मर्नुपर्नेछैन र बाँच्नेछन्।
8 Com isto disse Judá a Israel, seu pai: Envia o jovem comigo, e nos levantaremos e iremos; para que vivamos e não morramos, nem nós, nem tu, nem os nossos filhinhos.
9 म आफैँ त्यसको सुरक्षाको जमानी बस्नेछु; त्यसको लागि तपाईंले मलाई नै जिम्मेवार ठहराउन सक्नुहुन्छ। यदि मैले त्यसलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु खडा गराउन सकिनँ भने म आफ्नो जीवनभरि तपाईंको अगि दोषी ठहरिनेछु।
9 Eu serei responsável por ele, da minha mão o requererás; se eu to não trouxer e não to puser à presença, serei culpado para contigo para sempre.
10 यदि हामीले ढिलो नगरेका भए अहिले हामी दुईपल्ट गएर फर्किआउन सक्नेथियौँ।”
10 Se não nos tivéssemos demorado já estaríamos, com certeza, de volta segunda vez.
11 तब उनीहरूका पिता इस्राएलले उनीहरूलाई भने, “यदि यस्तै हुने हो भने यसो गर: यस देशका केही उत्तम उत्पादनहरू आफ्ना बोराहरूमा राख—अर्थात् अलिकति सुगन्धित लेप र अलिकति मह, केही सुगन्धित मसला, मूर्र, र अलिकति पेस्ता र हाडे-बदामहरू ती मानिसका निम्ति उपहारको रूपमा लिएर जाओ।
11 Respondeu-lhes Israel, seu pai: Se é tal, fazei, pois, isto: tomai do mais precioso desta terra nos sacos para o mantimento e levai de presente a esse homem: um pouco de bálsamo e um pouco de mel, arômatas e mirra, nozes de pistácia e amêndoas;
12 तिमीहरूका बोराहरूमा फर्काइदिएका पैसा फर्काउनलाई आफूसित दोबर पैसा लैजाओ। सायद त्यो एउटा भूल थियो।
12 levai também dinheiro em dobro; e o dinheiro restituído na boca dos sacos de cereal, tornai a levá-lo convosco; pode bem ser que fosse engano.
13 तिमीहरूको भाइ पनि लगेर ती मानिसकहाँ झट्टै जाओ।
13 Levai também vosso irmão, levantai-vos e voltai àquele homem.
14 अनि सर्वशक्तिमान् परमेश्वरले ती मानिसको सामु तिमीहरूमाथि दया देखाऊन्, र तिनले तिमीहरूको भाइ सिमियोन र बेन्यामीनलाई तिमीहरूसित फर्केर आउन देऊन्। यदि म शोकमा विक्षिप्त हुनुपर्ने हो भने पनि होउँला।”
14 Deus Todo-Poderoso vos dê misericórdia perante o homem, para que vos restitua o vosso outro irmão e deixe vir Benjamim. Quanto a mim, se eu perder os filhos, sem filhos ficarei.
15 यसकारण ती मानिसहरूले उपहारहरू, दोबर पैसा र बेन्यामीनलाई पनि लिएर गए। तिनीहरू हतार-हतार इजिप्टतिर हिँडे; अनि योसेफकहाँ आफैँलाई हाजिर गराए।
15 Tomaram, pois, os homens os presentes, o dinheiro em dobro e a Benjamim; levantaram-se, desceram ao Egito e se apresentaram perante José.
16 जब योसेफले उनीहरूसित बेन्यामीनलाई देखे, तब तिनले घरका भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा, एउटा पशु मारेर भोजन तयार गर्; उनीहरूले दिउँसो मसित खानेछन्।”
16 Vendo José a Benjamim com eles, disse ao despenseiro de sua casa: Leva estes homens para casa, mata reses e prepara tudo; pois estes homens comerão comigo ao meio-dia.
17 त्यो मानिसले योसेफले भनेझैँ गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा लग्यो।
17 Fez ele como José lhe ordenara e levou os homens para a casa de José.
18 अब ती मानिसहरू आफूलाई योसेफको घरमा लगिएको कारण आत्तिए। उनीहरूले सोचे, “हामीलाई यहाँ ल्याएको चाहिँ पहिलो पटक हाम्रा बोराहरूमा पैसा फर्काएर हालिदिएको कारणले गर्दा हो। तिनले हामीमाथि आक्रमण गर्न र हामीलाई दमन गरी दास तुल्याएर हाम्रा गधाहरू हडप्न चाहन्छन्।”
18 Os homens tiveram medo, porque foram levados à casa de José; e diziam: É por causa do dinheiro que da outra vez voltou nos sacos de cereal, para nos acusar e arremeter contra nós, escravizar-nos e tomar nossos jumentos.
19 यसकारण उनीहरू योसेफका भण्डारेकहाँ गए, र घरभित्रको प्रवेशद्वारमा तिनीसित कुरा गरे।
19 E se chegaram ao mordomo da casa de José, e lhe falaram à porta,
20 उनीहरूले भने, “हाम्रा प्रभु, दया गर्नुहोस्, हामी पहिलो चोटि यहाँ अन्न किन्न आएका थियौँ।
20 e disseram: Ai! Senhor meu, já uma vez descemos a comprar mantimento;
21 तर हामी बास बसेको ठाउँमा राति आफ्ना बोराहरू खोल्दा हाम्रो प्रत्येकको बोराको मुखमा आ-आफ्ना पूरा पैसा राखिएको पायौँ। यसकारण हामीले त्यो पैसा आफूसित फर्काएर ल्याएका छौँ।
21 quando chegamos à estalagem, abrindo os sacos de cereal, eis que o dinheiro de cada um estava na boca do saco de cereal, nosso dinheiro intacto; tornamos a trazê-lo conosco.
22 हामीले अन्न किन्नका लागि अरू पनि धेरै पैसा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा बोराहरूमा राखिदियो, सो हामी जान्दैनौँ।”
22 Trouxemos também outro dinheiro conosco, para comprar mantimento; não sabemos quem tenha posto o nosso dinheiro nos sacos de cereal.
23 तिनले भने, “ठिकै छ, नडराओ। तिमीहरूका परमेश्वर, र तिमीहरूका पिताका परमेश्वरले नै तिमीहरूका बोराहरूमा धन राखिदिनुभएको छ। मैले तिमीहरूको पैसा पाएँ।” तब तिनले शिमियोनलाई उनीहरूकहाँ बाहिर ल्याए।
23 Ele disse: Paz seja convosco, não temais; o vosso Deus, e o Deus de vosso pai, vos deu tesouro nos sacos de cereal; o vosso dinheiro me chegou a mim. E lhes trouxe fora a Simeão.
24 ती भण्डारेले ती मानिसहरूलाई योसेफको घरमा लग्यो, र उनीहरूलाई खुट्टा धुने पानी दियो; अनि उनीहरूका गधाहरूलाई दानापानी दियो।
24 Depois, levou o mordomo aqueles homens à casa de José e lhes deu água, e eles lavaram os pés; também deu ração aos seus jumentos.
25 दिउँसो उनीहरूले त्यहीँ भोजन गर्नुपर्छ भनी सुनेका हुनाले उनीहरूले योसेफ आउँदा तिनलाई टक्र्याउनका लागि आफ्ना उपहारहरू तयार पारे।
25 Então, prepararam o presente, para quando José viesse ao meio-dia; pois ouviram que ali haviam de comer.
26 जब योसेफ घरमा आए, तब उनीहरूले आफूले घरभित्र ल्याएका उपहारहरू तिनलाई टक्र्याए, र उनीहरू भुइँसम्मै निहुरेर तिनलाई सामु दण्डवत् गरे।
26 Chegando José a casa, trouxeram-lhe para dentro o presente que tinham em mãos; e prostraram-se perante ele até à terra.
27 तिनले उनीहरूका हालखबर सोधेर भने, “तिमीहरूले मलाई तिमीहरूका वृद्ध पिताको बारेमा भनेका थियौ, उनी कस्ता छन्? के उनी अझै जीवितै छन्?”
27 Ele lhes perguntou pelo seu bem-estar e disse: Vosso pai, o ancião de quem me falastes, vai bem? Ainda vive?
28 उनीहरूले जवाफ दिए, “तपाईंका सेवक, हाम्रा पिता अझै जीवितै र कुशल नै हुनुहुन्छ।” अनि उनीहरूले लम्पसार परेर तिनलाई दण्डवत् गरे।
28 Responderam: Vai bem o teu servo, nosso pai vive ainda; e abaixaram a cabeça e prostraram-se.
29 चारैतिर हेरेपछि तिनले आफ्नै आमाका छोरा तिनको भाइ बेन्यामीनलाई देखेर सोधे, “तिमीहरूले मलाई भनेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “मेरो छोरा, परमेश्वर तँप्रति अनुग्रही होऊन्।”
29 Levantando José os olhos, viu a Benjamim, seu irmão, filho de sua mãe, e disse: É este o vosso irmão mais novo, de quem me falastes? E acrescentou: Deus te conceda graça, meu filho.
30 आफ्नो भाइलाई देखेर योसेफ अति भावुक भए; अनि आफूलाई थाम्न नसकेर हतारिँदै रुने एकान्त ठाउँ खोज्दै निस्के। अनि तिनी आफ्नो निजी कोठामा पसे, र त्यहाँ रोए।
30 José se apressou e procurou onde chorar, porque se movera no seu íntimo, para com seu irmão; entrou na câmara e chorou ali.
31 त्यसपछि तिनले आफ्नो अनुहार धोए, र तिनी बाहिर निस्किआए; अनि आफूलाई सम्हालेर भने, “अब खाना पस्क।”
31 Depois, lavou o rosto e saiu; conteve-se e disse: Servi a refeição.
32 उनीहरूले योसेफका निम्ति अलग्गै, ती दाजुभाइहरूका निम्ति अलग्गै, र तिनीसित खाने इजिप्टियनहरूका निम्ति छुट्टाछुट्टै भोजन पस्के; हिब्रूहरूसित भोजन गर्नु भनेको इजिप्टियनहरूका लागि घृणित मानिने हुनाले उनीहरूले हिब्रूहरूसित खान मिल्दैनथ्यो।
32 Serviram-lhe a ele à parte, e a eles também à parte, e à parte aos egípcios que comiam com ele; porque aos egípcios não lhes era lícito comer pão com os hebreus, porquanto é isso abominação para os egípcios.
33 अनि ती मानिसहरूलाई योसेफको अगि जेठोदेखि कान्छोसम्म आफ्नो उमेरअनुसार बसाइयो; अनि उनीहरूले चकित भएर एक-अर्कालाई हेरे।
33 E assentaram-se diante dele, o primogênito segundo a sua primogenitura e o mais novo segundo a sua menoridade; disto os homens se maravilhavam entre si.
34 जब उनीहरूलाई योसेफको टेबुलबाट खाना पस्किइयो, बेन्यामीनको भाग अरू सबैको भन्दा पाँच गुणा बढी थियो। यसरी उनीहरूले तिनीसित भोज खाए, पिए र आनन्द मनाए।
34 Então, lhes apresentou as porções que estavam diante dele; a porção de Benjamim era cinco vezes mais do que a de qualquer deles. E eles beberam e se regalaram com ele.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 43, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.