Gênesis 34
npioncb (NPIONCB) vs ARA
1 एक दिन याकोबबाट लेआले जन्माएकी छोरी दीना, त्यस देशका स्त्रीहरूलाई भेट गर्न गइन्।
1 Ora, Diná, filha que Lia dera à luz a Jacó, saiu para ver as filhas da terra.
2 जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे।
2 Viu-a Siquém, filho do heveu Hamor, que era príncipe daquela terra, e, tomando-a, a possuiu e assim a humilhou.
3 तिनको हृदय याकोबकी छोरी दीनाप्रति आकर्षित भयो; तिनले त्यस केटीलाई प्रेम गरे, र उनीसित मिठा-मिठा कुरा गरेर फकाए।
3 Sua alma se apegou a Diná, filha de Jacó, e amou a jovem, e falou-lhe ao coração.
4 अनि शेकेमले आफ्ना पिता हामोरलाई भने, “त्यस केटीलाई मेरी पत्नी हुनलाई ल्याइदिनुहोस्।”
4 Então, disse Siquém a Hamor, seu pai: Consegue-me esta jovem para esposa.
5 जब याकोबले आफ्नी छोरी दीनालाई अशुद्ध बनाइएको थाहा पाए, त्यस बेला तिनका छोराहरू तिनका गाईबस्तुसित खेतमा थिए; यसकारण तिनीहरू घर नआउन्जेल तिनी चुपचाप रहे।
5 Quando soube Jacó que Diná, sua filha, fora violada por Siquém, estavam os seus filhos no campo com o gado; calou-se, pois, até que voltassem.
6 तब शेकेमका पिता हामोर याकोबसित कुरा गर्न गए।
6 E saiu Hamor, pai de Siquém, para falar com Jacó.
7 अब जे भएको थियो, त्यो सुन्नेबित्तिकै याकोबका छोराहरू खेतबाट घरमा आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए; किनभने शेकेमले याकोबकी छोरीलाई अशुद्ध बनाएर इस्राएलको बेइज्जत गरेका थिए। यस्तो शर्मलाग्दो काम गर्नु कदापि उचित थिएन।
7 Vindo os filhos de Jacó do campo e ouvindo o que acontecera, indignaram-se e muito se iraram, pois Siquém praticara um desatino em Israel, violentando a filha de Jacó, o que se não devia fazer.
8 तर हामोरले तिनीहरूलाई भने, “मेरो छोरा शेकेमको हृदय तपाईंकी छोरीमा आकर्षित भएको छ। दया गरी तिनलाई त्यसकी पत्नी हुनलाई दिनुहोस्।
8 Disse-lhes Hamor: A alma de meu filho Siquém está enamorada fortemente de vossa filha; peço-vos que lha deis por esposa.
9 हामीसित अन्तर-विवाह गर्नुहोस्; हामीलाई तपाईंका छोरीहरू दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरूले लानुहोस्।
9 Aparentai-vos conosco, dai-nos as vossas filhas e tomai as nossas;
10 अनि तपाईंहरू हामीबीच बसोबास गर्न सक्नुहुनेछ। यो देश तपाईंहरूका लागि खुला छ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।”
10 habitareis conosco, a terra estará ao vosso dispor; habitai e negociai nela e nela tende possessões.
11 त्यसपछि शेकेमले दीनाका पिता र तिनका दाजुभाइहरूलाई भने, “मैले तपाईंहरूको दृष्टिमा निगाह पाऊँ! अनि तपाईंहरूले जे माग्नुहुन्छ, सो म दिनेछु।
11 E o próprio Siquém disse ao pai e aos irmãos de Diná: Ache eu mercê diante de vós e vos darei o que determinardes.
12 मैले दुलही र तपाईंहरूकहाँ ल्याउनुपर्ने उपहार जतिसुकै ठूलो भए तापनि मूल्य तोक्नुहोस्। तपाईंहरूले जति माग्नुहुन्छ, सो म तिर्नेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”
12 Majorai de muito o dote de casamento e as dádivas, e darei o que me pedirdes; dai-me, porém, a jovem por esposa.
13 आफ्नी बहिनी दीना अशुद्ध पारिएकोले शेकेम र तिनका पिता हामोरसित कुरा गर्दा याकोबका छोराहरूले छलपूर्ण जवाफ दिए।
13 Então, os filhos de Jacó, por causa de lhes haver Siquém violado a irmã, Diná, responderam com dolo a Siquém e a seu pai Hamor e lhes disseram:
14 तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो गर्न सक्दैनौँ; खतना नभएका मानिसलाई हामी आफ्नी बहिनी दिन सक्दैनौँ। त्यो हाम्रा निम्ति अपमानजनक हुनेछ।
14 Não podemos fazer isso, dar nossa irmã a um homem incircunciso; porque isso nos seria ignomínia.
15 हामी केवल एउटै शर्तमा तपाईंहरूसँग मन्जुर हुनेछौँ: अर्थात् तपाईंहरूका सबै पुरुषहरूले खतना गरेर हामीजस्तै हुनुपर्छ।
15 Sob uma única condição permitiremos: que vos torneis como nós, circuncidando-se todo macho entre vós;
16 तब हामी हाम्रा छोरीहरू दिनेछौँ; अनि आफ्ना लागि तपाईंहरूका छोरीहरू लिनेछौँ। हामी तपाईंहरूबीच बसोबास गर्नेछौँ, तपाईंहरूसित एउटै जाति हुनेछौँ।
16 então, vos daremos nossas filhas, tomaremos para nós as vossas, habitaremos convosco e seremos um só povo.
17 तर यदि तपाईंहरू खतना हुन सहमत हुनुभएन भने हामी हाम्री बहिनीलाई लिएर जानेछौँ।”
17 Se, porém, não nos ouvirdes e não vos circuncidardes, tomaremos a nossa filha e nos retiraremos embora.
18 हामोर र तिनका छोरा शेकेमलाई तिनीहरूको प्रस्ताव उचित लाग्यो।
18 Tais palavras agradaram a Hamor e a Siquém, seu filho.
19 आफ्ना पिताका घरानामा सबैभन्दा बढी सम्मान पाएका यस जवान मानिसले तिनीहरूले भनेबमोजिम गर्नलाई समय खेर फालेनन्; किनकि उनले याकोबकी छोरीलाई खूबै मन पराएका थिए।
19 Não tardou o jovem em fazer isso, porque amava a filha de Jacó e era o mais honrado de toda a casa de seu pai.
20 यसकारण हामोर र तिनका छोरा शेकेम आफ्ना नगरबासीहरूलाई यो कुरा भन्नलाई आफ्ना सहरको मूलढोकामा गए।
20 Vieram, pois, Hamor e Siquém, seu filho, à porta da sua cidade e falaram aos homens da cidade:
21 तिनीहरूले भने, “यी मानिसहरू हामीप्रति मित्रतामा छन्। तिनीहरू हाम्रो देशमा बसून्, र व्यापार गरून्; यस देशमा तिनीहरूका निम्ति प्रशस्त ठाउँहरू छन्। हामीले तिनीहरूका छोरीहरू विवाह गर्न सक्छौँ, र तिनीहरूले हाम्रा छोरीहरू।
21 Estes homens são pacíficos para conosco; portanto, habitem na terra e negociem nela. A terra é bastante espaçosa para contê-los; recebamos por mulheres a suas filhas e demos-lhes também as nossas.
22 तर शर्त यो छ, कि हामीले पनि ती मानिसहरूले जस्तै हाम्रा पुरुषहरूका खतना गर्यौँ भने मात्र हामीसित एकै जाति भएर बस्न मन्जुर हुनेछन्।
22 Somente, porém, consentirão os homens em habitar conosco, tornando-nos um só povo, se todo macho entre nós se circuncidar, como eles são circuncidados.
23 के तिनीहरूका गाईबस्तु, तिनीहरूका सम्पत्ति र तिनीहरूका सबै पशुहरू हाम्रा हुँदैनन् र? यसकारण हामी तिनीहरूको शर्त मानौँ, र तिनीहरू हामीसँग बसोबास गर्नेछन्।”
23 O seu gado, as suas possessões e todos os seus animais não serão nossos? Consintamos, pois, com eles, e habitarão conosco.
24 सहरका मूलढोकाबाहिर निस्कने सबै मानिसहरू हामोर र तिनका छोरा शेकेमसित सहमत भए; अनि सहरमा भएका प्रत्येक पुरुषको खतना गरियो।
24 E deram ouvidos a Hamor e a Siquém, seu filho, todos os que saíam da porta da cidade; e todo homem foi circuncidado, dos que saíam pela porta da sua cidade.
25 तीन दिन बितेपछि तिनीहरूलाई कष्ट भइरहेकै बेला, याकोबका दुई छोराहरू, शिमियोन र लेवी—दीनाका दाजुहरूले आ-आफ्नो तरवार लिएर कसैले थाहै नपाई सहरमा पसेर आक्रमण गरे, र सबै पुरुषहरूलाई मारे।
25 Ao terceiro dia, quando os homens sentiam mais forte a dor, dois filhos de Jacó, Simeão e Levi, irmãos de Diná, tomaram cada um a sua espada, entraram inesperadamente na cidade e mataram os homens todos.
26 तिनीहरूले हामोर र तिनका छोरा शेकेमलाई तरवारले काटेर मारे, र दीनालाई शेकेमको घरबाट लिएर गए।
26 Passaram também ao fio da espada a Hamor e a seu filho Siquém; tomaram a Diná da casa de Siquém e saíram.
27 याकोबका छोराहरू लासहरू भएका ठाउँमा आए; अनि तिनीहरूकी बहिनीलाई अशुद्ध पारिएको सहरलाई लुटे।
27 Sobrevieram os filhos de Jacó aos mortos e saquearam a cidade, porque sua irmã fora violada.
28 तिनीहरूले उनीहरूका बगाल, बथान, गधाहरू र सहरभित्र अनि खेतहरूमा भएका प्रत्येक कुरा लिएर गए।
28 Levaram deles os rebanhos, os bois, os jumentos e o que havia na cidade e no campo;
29 तिनीहरूले उनीहरूका सबै धनसम्पत्ति, स्त्रीहरू, छोराछोरी र घरमा भएका प्रत्येक कुराहरू लुटको मालझैँ कब्जा गरे।
29 todos os seus bens, e todos os seus meninos, e as suas mulheres levaram cativos e pilharam tudo o que havia nas casas.
30 तब याकोबले शिमियोन र लेवीलाई भने, “तिमीहरूले यस देशमा बस्ने मानिसहरू—कनानी र परिज्जीहरूसित मलाई अप्रिय बनाएर ममाथि सङ्कष्ट ल्यायौ। हामी अल्प संख्यामा छौँ। यदि तिनीहरू मेरो विरुद्धमा एकमत भएर मलाई आक्रमण गरे भने म र मेरा घराना नष्ट हुनेछौँ।”
30 Então, disse Jacó a Simeão e a Levi: Vós me afligistes e me fizestes odioso entre os moradores desta terra, entre os cananeus e os ferezeus; sendo nós pouca gente, reunir-se-ão contra mim, e serei destruído, eu e minha casa.
31 तर तिनीहरूले जवाफ दिए, “के त्यसले चाहिँ हाम्री बहिनीलाई एउटी वेश्याझैँ व्यवहार गर्न हुनेथियो त?”
31 Responderam: Abusaria ele de nossa irmã, como se fosse prostituta?
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.