Gênesis 34

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 एक दिन याकोबबाट लेआले जन्माएकी छोरी दीना, त्यस देशका स्त्रीहरूलाई भेट गर्न गइन्।
1 Diná, filha de Léia, que esta tivera de Jacó, saiu para ver as filhas da terra.
2 जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे।
2 Viu-a Siquém, filho de Hamor o heveu, príncipe da terra; e, tomando-a, deitou-se com ela e humilhou-a.
3 तिनको हृदय याकोबकी छोरी दीनाप्रति आकर्षित भयो; तिनले त्यस केटीलाई प्रेम गरे, र उनीसित मिठा-मिठा कुरा गरेर फकाए।
3 Assim se apegou a sua alma a Diná, filha de Jacó, e, amando a donzela, falou-lhe afetuosamente.
4 अनि शेकेमले आफ्ना पिता हामोरलाई भने, “त्यस केटीलाई मेरी पत्नी हुनलाई ल्याइदिनुहोस्।”
4 Então disse Siquém a Hamor seu pai: Consegue-me esta donzela por mulher.
5 जब याकोबले आफ्नी छोरी दीनालाई अशुद्ध बनाइएको थाहा पाए, त्यस बेला तिनका छोराहरू तिनका गाईबस्तुसित खेतमा थिए; यसकारण तिनीहरू घर नआउन्जेल तिनी चुपचाप रहे।
5 Ora, Jacó ouviu que Siquém havia contaminado a Diná sua filha. Entretanto, estando seus filhos no campo com o gado, calou-se Jacó até que viessem.
6 तब शेकेमका पिता हामोर याकोबसित कुरा गर्न गए।
6 Hamor, pai de Siquém, saiu a fim de falar com Jacó.
7 अब जे भएको थियो, त्यो सुन्‍नेबित्तिकै याकोबका छोराहरू खेतबाट घरमा आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए; किनभने शेकेमले याकोबकी छोरीलाई अशुद्ध बनाएर इस्राएलको बेइज्जत गरेका थिए। यस्तो शर्मलाग्दो काम गर्नु कदापि उचित थिएन।
7 Os filhos de Jacó, pois, vieram do campo logo que souberam do caso; e entristeceram-se e iraram-se muito, porque Siquém havia cometido uma insensatez em Israel, deitando-se com a filha de Jacó, coisa que não se devia fazer.
8 तर हामोरले तिनीहरूलाई भने, “मेरो छोरा शेकेमको हृदय तपाईंकी छोरीमा आकर्षित भएको छ। दया गरी तिनलाई त्यसकी पत्नी हुनलाई दिनुहोस्।
8 Então falou Hamor com eles, dizendo: A alma de meu filho Siquém afeiçoou-se fortemente a vossa filha; dai-lha, peço-vos, por mulher.
9 हामीसित अन्तर-विवाह गर्नुहोस्; हामीलाई तपाईंका छोरीहरू दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरूले लानुहोस्।
9 Também aparentai-vos conosco; dai-nos as vossas filhas e recebei as nossas.
10 अनि तपाईंहरू हामीबीच बसोबास गर्न सक्नुहुनेछ। यो देश तपाईंहरूका लागि खुला छ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।”
10 Assim habitareis conosco; a terra estará diante de vós; habitai e negociai nela, e nela adquiri propriedades.
11 त्यसपछि शेकेमले दीनाका पिता र तिनका दाजुभाइहरूलाई भने, “मैले तपाईंहरूको दृष्‍टिमा निगाह पाऊँ! अनि तपाईंहरूले जे माग्नुहुन्छ, सो म दिनेछु।
11 Depois disse Siquém ao pai e aos irmãos dela: Ache eu graça aos vossos olhos, e darei o que me disserdes;
12 मैले दुलही र तपाईंहरूकहाँ ल्याउनुपर्ने उपहार जतिसुकै ठूलो भए तापनि मूल्य तोक्नुहोस्। तपाईंहरूले जति माग्नुहुन्छ, सो म तिर्नेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”
12 exigi de mim o que quiserdes em dote e presentes, e darei o que me pedirdes; somente dai-me a donzela por mulher.
13 आफ्नी बहिनी दीना अशुद्ध पारिएकोले शेकेम र तिनका पिता हामोरसित कुरा गर्दा याकोबका छोराहरूले छलपूर्ण जवाफ दिए।
13 Então os filhos de Jacó, respondendo, falaram enganosamente a Siquém e a Hamor, seu pai, porque Siquém havia contaminado a Diná, sua irmã,
14 तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो गर्न सक्दैनौँ; खतना नभएका मानिसलाई हामी आफ्नी बहिनी दिन सक्दैनौँ। त्यो हाम्रा निम्ति अपमानजनक हुनेछ।
14 e lhes disseram: Não podemos fazer p isto, dar a nossa irmã a um homem incircunciso; porque isso seria uma vergonha para nós.
15 हामी केवल एउटै शर्तमा तपाईंहरूसँग मन्जुर हुनेछौँ: अर्थात् तपाईंहरूका सबै पुरुषहरूले खतना गरेर हामीजस्तै हुनुपर्छ।
15 Sob esta única condição consentiremos; se vos tornardes como nós, circuncidando-se todo varão entre vós;
16 तब हामी हाम्रा छोरीहरू दिनेछौँ; अनि आफ्ना लागि तपाईंहरूका छोरीहरू लिनेछौँ। हामी तपाईंहरूबीच बसोबास गर्नेछौँ, तपाईंहरूसित एउटै जाति हुनेछौँ।
16 então vos daremos nossas filhas a vós, e receberemos vossas filhas para nós; assim habitaremos convosco e nos tornaremos um só povo.
17 तर यदि तपाईंहरू खतना हुन सहमत हुनुभएन भने हामी हाम्री बहिनीलाई लिएर जानेछौँ।”
17 Mas se não nos ouvirdes, e não vos circuncidardes, levaremos nossa filha e nos iremos embora.
18 हामोर र तिनका छोरा शेकेमलाई तिनीहरूको प्रस्ताव उचित लाग्यो।
18 E suas palavras agradaram a Hamor e a Siquém, seu filho.
19 आफ्ना पिताका घरानामा सबैभन्दा बढी सम्मान पाएका यस जवान मानिसले तिनीहरूले भनेबमोजिम गर्नलाई समय खेर फालेनन्; किनकि उनले याकोबकी छोरीलाई खूबै मन पराएका थिए।
19 Não tardou, pois, o mancebo em fazer isso, porque se agradava da filha de Jacó. Era ele o mais honrado de toda a casa de seu pai.
20 यसकारण हामोर र तिनका छोरा शेकेम आफ्ना नगरबासीहरूलाई यो कुरा भन्‍नलाई आफ्ना सहरको मूलढोकामा गए।
20 Vieram, pois, Hamor e Siquém, seu filho, à porta da sua cidade, e falaram aos homens da cidade, dizendo:
21 तिनीहरूले भने, “यी मानिसहरू हामीप्रति मित्रतामा छन्। तिनीहरू हाम्रो देशमा बसून्, र व्यापार गरून्; यस देशमा तिनीहरूका निम्ति प्रशस्त ठाउँहरू छन्। हामीले तिनीहरूका छोरीहरू विवाह गर्न सक्छौँ, र तिनीहरूले हाम्रा छोरीहरू।
21 Estes homens são pacíficos para conosco; portanto habitem na terra e negociem nela, pois é bastante espaçosa para eles. Recebamos por mulheres as suas filhas, e lhes demos as nossas.
22 तर शर्त यो छ, कि हामीले पनि ती मानिसहरूले जस्तै हाम्रा पुरुषहरूका खतना गर्‍यौँ भने मात्र हामीसित एकै जाति भएर बस्‍न मन्जुर हुनेछन्।
22 Mas sob uma única condição é que consentirão aqueles homens em habitar conosco para nos tornarmos um só povo: se todo varão entre nós se circuncidar, como eles são circuncidados.
23 के तिनीहरूका गाईबस्तु, तिनीहरूका सम्पत्ति र तिनीहरूका सबै पशुहरू हाम्रा हुँदैनन् र? यसकारण हामी तिनीहरूको शर्त मानौँ, र तिनीहरू हामीसँग बसोबास गर्नेछन्।”
23 O seu gado, as suas aquisições, e todos os seus animais, não serão nossos? consintamos somente com eles, e habitarão conosco.
24 सहरका मूलढोकाबाहिर निस्कने सबै मानिसहरू हामोर र तिनका छोरा शेकेमसित सहमत भए; अनि सहरमा भएका प्रत्येक पुरुषको खतना गरियो।
24 E deram ouvidos a Hamor e a Siquém, seu filho, todos os que saíam da porta da cidade; e foi circuncidado todo varão, todos os que saíam pela porta da sua cidade.
25 तीन दिन बितेपछि तिनीहरूलाई कष्‍ट भइरहेकै बेला, याकोबका दुई छोराहरू, शिमियोन र लेवी—दीनाका दाजुहरूले आ-आफ्नो तरवार लिएर कसैले थाहै नपाई सहरमा पसेर आक्रमण गरे, र सबै पुरुषहरूलाई मारे।
25 Ao terceiro dia, quando os homens estavam doridos, dois filhos de Jacó, Simeão e Levi, irmãos de Diná, tomaram cada um a sua espada, entraram na cidade com toda a segurança e mataram todo varão.
26 तिनीहरूले हामोर र तिनका छोरा शेकेमलाई तरवारले काटेर मारे, र दीनालाई शेकेमको घरबाट लिएर गए।
26 Mataram também ao fio da espada a Hamor e a Siquém, seu filho; e, tirando Diná da casa de Siquém, saíram.
27 याकोबका छोराहरू लासहरू भएका ठाउँमा आए; अनि तिनीहरूकी बहिनीलाई अशुद्ध पारिएको सहरलाई लुटे।
27 Vieram os filhos de Jacó aos mortos e saquearam a cidade; porquanto haviam contaminado a sua irmã.
28 तिनीहरूले उनीहरूका बगाल, बथान, गधाहरू र सहरभित्र अनि खेतहरूमा भएका प्रत्येक कुरा लिएर गए।
28 Tomaram-lhes os rebanhos, os bois, os jumentos, e o que havia tanto na cidade como no campo;
29 तिनीहरूले उनीहरूका सबै धनसम्पत्ति, स्त्रीहरू, छोराछोरी र घरमा भएका प्रत्येक कुराहरू लुटको मालझैँ कब्जा गरे।
29 e todos os seus bens, e todos os seus pequeninos, e as suas mulheres, levaram por presa; e despojando as casas, levaram tudo o que havia nelas.
30 तब याकोबले शिमियोन र लेवीलाई भने, “तिमीहरूले यस देशमा बस्‍ने मानिसहरू—कनानी र परिज्जीहरूसित मलाई अप्रिय बनाएर ममाथि सङ्कष्‍ट ल्यायौ। हामी अल्प संख्यामा छौँ। यदि तिनीहरू मेरो विरुद्धमा एकमत भएर मलाई आक्रमण गरे भने म र मेरा घराना नष्‍ट हुनेछौँ।”
30 Então disse Jacó a Simeão e a Levi: Tendes-me perturbado, fazendo-me odioso aos habitantes da terra, aos cananeus e perizeus. Tendo eu pouca gente, eles se ajuntarão e me ferirão; e serei destruído, eu com minha casa.
31 तर तिनीहरूले जवाफ दिए, “के त्यसले चाहिँ हाम्री बहिनीलाई एउटी वेश्याझैँ व्यवहार गर्न हुनेथियो त?”
31 Ao que responderam: Devia ele tratar a nossa irmã como a uma prostituta?

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.