Gênesis 31

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 याकोबले लाबानका छोराहरूले यसो भनेका सुने, “याकोबले हाम्रा पिताका सबै थोक हडपेका छन्। हाम्रा पितासँग भएको सम्पत्तिबाट नै उनले यी सबै धन कमाएका हुन्।”
1 Jacó ouviu as palavras dos filhos de Labão, que diziam: "Jacó tomou tudo o que é de nosso pai, e é às suas custas que ele se tornou de tal forma rico."
2 अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे।
2 Observou também, pela fisionomia de Labão, que este não tinha mais para com ele os sentimentos de antes.
3 तब याहवेहले याकोबलाई भन्‍नुभयो, “आफ्ना बुबा र तेरा नातेदारहरूको देशमा फर्किएर जा, र म तँसित हुनेछु।”
3 O Senhor disse a Jacó: "Volta para a terra dos teus pais, para a tua parentela, e eu estarei contigo."
4 यसकारण याकोबले आफ्नो बगाल भएको खेतबाट लेआ र राहेललाई बोलाउन पठाए।
4 Então Jacó mandou Raquel e Lia vir ao campo junto dos seus rebanhos:
5 तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्‍वर मेरो साथमा रहनुभएको छ।
5 "Vejo, disse-lhes ele, pelo semblante de vosso pai, que ele não é mais para comigo o mesmo que antes. Mas o Deus de meu pai está comigo.
6 मैले तिमीहरूका पिताका निम्ति आफ्नो पूरा शक्तिले भ्याएसम्म सेवा गरेको तिमीहरूले देखेकै छौ।
6 Sabeis que servi a vosso pai o melhor que pude,
7 तिमीहरूका पिताले मेरो ज्याला दश-दशपल्ट बदली गरेर मलाई छल्नुभएको छ। तैपनि परमेश्‍वरले तिनलाई मेरो केही हानि गर्न दिनुभएन।
7 enquanto ele zombou de mim, mudando dez vezes o meu salário; mas Deus não lhe permitiu causar-me prejuízo.
8 उहाँले ‘टाटेपाटे पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्‍नुहुँदा सबै बगालले टाटेपाटे नै बियाउँथे; अनि उहाँले ‘धर्के पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्‍नुहुँदा सबै बगालले धर्के नै बियाउँथे।
8 Quando ele dizia: os animais malhados serão o teu salário, todas as ovelhas davam à luz cordeiros malhados, e se dizia: os animais riscados serão o teu salário, todas as ovelhas davam à luz cordeiros riscados.
9 यसरी परमेश्‍वरले तिमीहरूका पिताका गाईबस्तु खोसेर ती मलाई दिनुभएको छ।
9 Foi Deus mesmo que tomou o rebanho de vosso pai para me dar.
10 “एक चोटि पशुहरूको प्रजनन्‌को बेला मैले एउटा सपना देखेँ; अनि भेडीबाख्रीहरूसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्लेहरू थिए।
10 No tempo em que os animais deviam conceber, eu levantava os olhos e via em sonhos que os bodes que cobriam as cabras eram listados, malhados e manchados.
11 तब सपनामा परमेश्‍वरका दूतले मसँग यसो भन्दै बोल्नुभयो, ‘याकोब;’ मैले जवाफ दिएँ, ‘हजुर, म यहाँ छु।’
11 Um anjo de Deus disse-me em sonhos: Jacó! Eis-me aqui, respondi.
12 अनि उहाँले भन्‍नुभयो, ‘माथि हेर्, बगालसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्ले छन्; किनकि लाबानले तँप्रति कस्तो व्यवहार गरिरहेको छ, त्यो मैले देखेको छु।
12 Levanta os olhos e vê: todos os bodes que cobrem as cabras são listados, malhados e manchados, porque eu vi tudo o que te fez Labão.
13 म बेथेलका परमेश्‍वर हुँ, जहाँ तैँले एउटा खाँबोलाई तेलले अभिषेक गरेको थिइस्, र तैँले मसित एउटा प्रतिज्ञा गरेको थिइस्। अब उठ्, यो देशबाट निस्की, र तेरो आफ्नो जन्मस्थलमा फर्किजा।’ ”
13 Eu sou o Deus de Betel, onde tu me consagraste uma estela e me fizeste um voto. Agora, vamos, sai daqui e volta para a terra de tua família."
14 अनि लेआ र राहेलले भने, “के हाम्रा पिताको पैतृक सम्पत्तिमा हाम्रो अझ केही अंश छ र?
14 Raquel e Lia responderam: "Resta-nos porventura ainda alguma parte de herança na casa de nosso pai?
15 के उहाँले हामीलाई परदेशीझैँ व्यवहार गर्नुहुन्‍न? उहाँले हामीलाई बेच्नुभएको मात्रै होइन, तर हाम्रा निम्ति दिइएको मूल्य पनि उहाँ आफैँले नै हडपिसक्नुभएको छ।
15 Não nos tratou ele como estrangeiras, vendendo-nos e devorando o nosso dinheiro?
16 परमेश्‍वरले हाम्रा पिताबाट लैजानुभएको सबै सम्पत्ति हाम्रा र हाम्रा बालबच्‍चाकै हुन्। यसकारण परमेश्‍वरले तपाईंलाई जे-जे भन्‍नुभएको छ, त्यो गर्नुहोस्।”
16 Toda a riqueza, que Deus tomou de nosso pai, é para nós e para nossos filhos. Faze, pois, o que Deus te disse."
17 तब याकोबले आफ्ना बालबच्‍चा र पत्नीहरूलाई ऊँटहरूमा चढाए,
17 Levantou-se, pois, Jacó, e fez montar seus filhos e suas mulheres nos camelos.
18 अनि तिनले पद्दन-अराममा कमाएका सबै धनसम्पत्तिसहित आफ्ना सबै गाईबस्तुहरूलाई आफ्नो अगि लगाएर कनान देशमा भएका आफ्ना पिता इसहाककहाँ जानका लागि निस्के।
18 Levou consigo todos os seus rebanhos, todos os bens que tinha ajuntado, o rebanho que lhe pertencia, adquirido em Padã-Arã, e partiu para junto de seu pai Isaac, na terra de Canaã.
19 जब लाबान आफ्ना भेडाहरूका ऊन कत्रन गएका थिए; त्यही बेला राहेलले आफ्ना पिताका घरानाका घर-देवताहरू चोरिन्।
19 Raquel, aproveitando um momento em que seu pai fora tosquiar suas ovelhas, roubou os terafim de seu pai;
20 तब याकोब पनि अरामी लाबानलाई थाहै नदिई सुटुक्‍क हिँडे; आफू भाग्न लागेको कुरा नभनी तिनलाई धोका दिए।
20 e Jacó enganou Labão, o arameu, ocultando-lhe sua fuga.
21 यसकारण तिनी आफूसित जे जति थिए, ती सबै कुरालाई लिएर भागे; अनि यूफ्रेटिस नदी तरेर तिनी गिलादको पहाडी मुलुकतिर लागे।
21 Fugindo, pois, com tudo o que era seu, atravessou o rio e dirigiu-se para a montanha de Galaad.
22 तेस्रो दिनमा याकोब भागे भनी जब लाबानलाई सुनाइयो;
22 Três dias depois, soube Labão da fuga de Jacó.
23 तब तिनले आफ्ना आफन्तहरूलाई साथमा लिएर सात दिनसम्म याकोबलाई पछ्याए; अनि तिनीहरूले तिनलाई गिलादको पहाडी मुलुकमा भेट्टाए।
23 E, tomando consigo seus irmãos, perseguiu-o durante sete dias de marcha, e alcançou-o na montanha de Galaad.
24 तब परमेश्‍वर राति सपनामा अरामी लाबानकहाँ आएर तिनलाई भन्‍नुभयो, “होशियार बस्, याकोबलाई असल वा खराब केही पनि नभन्‍नू।”
24 Deus, porém, apareceu num sonho noturno a Labão, o arameu, e disse-lhe: "Guarda-te de dizer algo a Jacó."
25 लाबानले याकोबलाई भेट्टाउँदा तिनले गिलादको पहाडी मुलुकमा पाल टाँगेका थिए; अनि लाबान र तिनका आफन्तहरूले पनि त्यहीँनेर पाल टाँगे।
25 Labão alcançou, pois, Jacó. Este havia levantado sua tenda na montanha, enquanto Labão e seus irmãos tinham plantado a sua na montanha de Galaad.
26 त्यसपछि लाबानले याकोबलाई भने, “तिमीले यस्तो के गर्‍यौ? तिमीले मलाई छलेर मेरा छोरीहरूलाई लडाइँका बन्दीहरूझैँ लिएर गयौ।
26 Labão disse a Jacó: "Que fizeste? Tu me enganaste, e conduziste minhas filhas como prisioneiras de guerra!
27 तिमी किन सुटुक्‍क भागेर मलाई छल्यौ? तिमीले मलाई भनेको भए, खैँजडी र वीणाको सङ्गीत बजाएर गीत गाउँदै सहर्ष तिमीहरूलाई बिदा गर्नेथिएँ।
27 Por que fugiste dessa forma, e me lograste em lugar de me avisar? Eu te teria despedido com manifestações de júbilo e com cânticos, ao som do tamborim e da harpa.
28 तिमीले मलाई मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ समेत खान दिएनौ। तिमीले यसो गरेर मूर्खता गरेका छौ।
28 Não me deixaste beijar meus filhos e minhas filhas! Procedeste como um insensato.
29 मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु, तर हिजो राति तिम्रा पिताका परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘होशियार बस्, याकोबलाई असल वा खराब केही नभन्‍नू।’
29 Eu poderia agora fazer-vos mal, mas o Deus de teu pai disse-me na última noite: Guarda-te de dizer algo a Jacó.
30 अब तिमी गइहालेका छौ; किनकि तिमीले आफ्ना पिताको घरमा फर्कने इच्छा धेरै दिनदेखि राखेका थियौ। तर तिमीले मेरा घरानाका देवताहरू किन चोर्‍यौ?”
30 E, se partiste somente porque tinhas saudade da casa paterna, então por que roubaste os meus deuses?"
31 तब याकोबले लाबानलाई जवाफ दिँदै भने, “कहीँ तपाईंले आफ्ना छोरीहरू बलपूर्वक मबाट खोस्‍नुहोला कि भनी मैले सोचेको हुनाले म डराएर भागेँ।
31 Jacó respondeu-lhe: "Tive medo, ao pensar que poderias tirar-me tuas filhas;
32 तर यदि तपाईंले आफ्ना देवताहरू हामीमध्ये कोहीसित भेट्टाउनुभयो भने त्यो बाँच्नेछैन। यसकारण हाम्रा आफन्तहरूका सामु तपाईंको केही सामानहरू छन् भने आफैँ चिन्‍नुहोस्, र लैजानुहोस्।” तर ती देवताहरू राहेलले चोरेकी छन् भनेर याकोबलाई थाहै थिएन।
32 quanto aos teus deuses, porém, seja morto aquele que os tiver consigo! Examina o que está comigo, em presença de nossos parentes, e retoma o que é teu." Ora, Jacó ignorava o roubo de Raquel.
33 यसकारण लाबान याकोबको पालभित्र र लेआको पालभित्र, र दुई सेविकाका पालभित्र गए; तर तिनले ती कहीँ भेट्टाएनन्। त्यसपछि तिनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे।
33 Labão entrou na tenda de Jacó, na de Lia e na das duas escravas, mas nada encontrou. Saindo da tenda de Lia, entrou na de Raquel.
34 अब राहेलले घर-देवताहरू लिएर तिनलाई आफ्नो ऊँटको काठीभित्र राखेकी थिइन्, र आफूचाहिँ त्यसैमाथि बसेकी थिइन्। अनि लाबानले पालभित्र धुइँधुइँती खोजे, तर कहीँ पनि फेला पार्न सकेनन्।
34 Esta havia tomado os terafim e, colocando-os na sela do camelo, sentou-se em cima. Labão revistou toda a tenda, sem nada encontrar.
35 राहेलले आफ्ना पितालाई भनिन्, “मेरा मालिक, मसित नरिसाउनुहोस्; म तपाईंको उपस्थितिमा उभिन सक्दिनँ; किनकि म रजस्वलाको समयमा छु।” यसकारण तिनले धुइँधुइँती खोजे, तर आफ्ना ती घर-देवताहरू भेट्टाएनन्।
35 Raquel disse ao seu pai: "Não se irrite o meu senhor, se não posso levantar-me em sua presença, pois acho-me agora com a indisposição que costuma vir às mulheres." Revistou, pois, mas não encontrou os terafim.
36 तब याकोब रिसाए, र लाबानलाई हप्काएर सोधे, “मेरो अपराध के हो? मैले कुन पाप गरेको छु, र तपाईं मेरो खेदो गर्नुहुन्छ?
36 Jacó encolerizou-se então contra Labão, e acabrunhou-o de censuras: "Qual é o meu crime?, disse-lhe ele. Qual é o meu pecado, para que te irrites desse modo contra mim?
37 तपाईंले मेरा सबै सामानहरूमा खानतलासी गर्नुभयो, तर तपाईंको घरानाको कुन सामानचाहिँ भेट्टाउनुभयो त? तपाईं र मेरा आफन्तहरूको सामु ती कुराहरू राख्नुहोस्, र तिनीहरूले नै हामी दुईका बीचमा निर्णय गरिदेऊन्।
37 Revistaste todas as minhas bagagens: que encontraste do que é teu? Mostra-me aqui em presença de meus parentes e dos teus, e sejam eles juízes entre nós dois.
38 “यी बीस वर्षदेखि म तपाईंसितै रहेँ। तपाईंका भेडा र बाख्राहरू कहिल्यै तुहिएनन्, न त मैले तपाईंका बगालका भेडाहरू नै खाएँ।
38 Há vinte anos que estou em tua casa: tuas ovelhas e tuas cabras não abortaram, não comi os carneiros do teu rebanho.
39 जङ्गली जनावरहरूले लुछेर मारिएका पशुहरू मैले तपाईंकहाँ ल्याइनँ; बरु मैले नै त्यसको क्षतीपूर्ति बेहोरेँ। अनि कुनै पशु दिउँसो वा राति चोरिएको होस्, तपाईंले मबाट नै त्यसको क्षतीपूर्ति तिराउनुहुन्थ्यो।
39 Nunca te trouxe os animais estraçalhados pelas feras. Eu os repunha, pois tu o exigias, quer fossem roubados de dia, quer de noite.
40 मेरो स्थिति यस्तो थियो: दिउँसो मलाई गर्मीले र रातमा चिसोले धेरै कमजोर बनाएर आँखाबाट निद्रा हराउँथ्यो।
40 Eu era queimado de dia pelo calor, e de noite pelo frio, e o sono fugia dos meus olhos.
41 यसरी नै मैले तपाईंको घरानामा बीस वर्ष बिताएँ। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष तपाईंको सेवा गरेँ; अनि छ वर्ष तपाईंका भेडाबाख्राहरू चराएँ, तर तपाईंले मेरो ज्याला दश-दशपल्ट बदल्नुभयो।
41 Eis já vinte anos que estou em tua casa; servi-te catorze anos por tuas duas filhas, seis anos pelos teus rebanhos, e dez vezes modificaste o meu salário.
42 मेरा पिताका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकको ‘भय’ मसित नहुनुभएको भए, तपाईंले मलाई निश्‍चय नै रित्तो हात पठाउनुहुनेथियो। तर परमेश्‍वरले मेरो कष्‍ट र मैले गरेको परिश्रम देख्नुभएको छ, त्यसैले हिजो राति उहाँले तपाईंलाई हप्काउनुभयो।”
42 Se o Deus de meu pai, o Deus de Abraão, o Deus terrível de Isaac não se tivesse posto de meu lado, tu me terias hoje despedido com as mãos vazias. Deus viu minhas penas e meus trabalhos, e na última noite ele pronunciou-se.
43 त्यसपछि लाबानले याकोबलाई जवाफ दिए, “यी स्त्रीहरू मेरा छोरीहरू हुन्, यिनका छोराछोरीहरू मेरा नातिनातिनाहरू हुन्; अनि यी बगालहरू पनि मेरा बगाल हुन्। तिमीले देखेका यी सबै थोक मेरै हुन्। तर पनि आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका यी छोराछोरीहरूलाई म के गर्न सक्छु र?
43 Labão respondeu a Jacó: "Estas filhas são minhas filhas, estes filhos, meus filhos, e estes rebanhos, meus rebanhos: tudo o que vês é meu. Que farei eu agora contra minhas filhas, ou contra os filhos que elas deram ao mundo?
44 अब आऊ, तिमी र म, हामी एउटा करार बाँधौँ; अनि यो हामी बीचमा एउटा साक्षी होस्।”
44 Vamos, façamos juntos um pacto que nos sirva de testemunho a nós dois."
45 यसकारण याकोबले एउटा ढुङ्गा लिए, र त्यसलाई खाँबोजस्तो ठड्याए।
45 Jacó tomou uma pedra e erigiu-a em estela,
46 अनि याकोबले आफ्ना नातेदारहरूलाई भने, “अरू केही ढुङ्गाहरू बटुल्नुहोस्।” तब तिनीहरूले ढुङ्गाहरू बटुलेर एउटा थुप्रो बनाए; अनि तिनीहरूले त्यस थुप्रोको नजिक खानपिन गरे।
46 e disse aos seus parentes: "Trazei pedras." E, tendo juntado muitas, fizeram um monte, sobre o qual comeram.
47 लाबानले त्यसलाई यगर-सहदूता भन्‍ने नाम दिए; तर याकोबले चाहिँ गलेद भने।
47 Labão chamou-o Yegar-Saaduta, e Jacó, Galaad.
48 लाबानले भने, “यो ढुङ्गाको थुप्रो आज तिम्रो र मेरो बीचमा साक्षी हो।” त्यसैकारण त्यसलाई गलेद भनियो।
48 Labão disse: "Este monte é hoje testemunha entre mim e ti",e por isso deu-se-lhe o nome de Galaad,
49 त्यसलाई मिस्पा पनि भनियो; किनकि तिनले भने, “हामी एक-अर्कादेखि अलग रहे तापनि याहवेहले तिमी र मलाई हेरचाह गरून्।
49 e também Mitspa, porque Labão disse ainda: "Que o Senhor nos vigie a nós ambos, quando nós nos tivermos despedido um do outro.
50 यदि तिमीले मेरा छोरीहरूप्रति दुर्व्यवहार गर्‍यौ, अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही नभए तापनि तिम्रो र मेरो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्छ” भन्‍ने कुरा याद राख।
50 Se maltratares minhas filhas, e se tomares outras mulheres além delas, não é um homem que estará conosco. Mas toma cuidado, pois é Deus que será testemunha entre nós."
51 लाबानले याकोबलाई यसो पनि भने, “यो ढुङ्गाको थुप्रो र यस खामोलाई हेर, जसलाई मैले मेरो र तिम्रो बीचमा स्थापित गरेको छु।
51 Labão disse ainda a Jacó: "Vês este monte de pedras e esta estela que levantei entre mim e ti.
52 यो थुप्रो र यो खाँबो एउटा साक्षी हुनेछ, ताकि म यस थुप्रोलाई पार गरेर तिमीलाई हानि गर्न जानेछैनँ; अनि तिमी पनि यस थुप्रो र खाँबोलाई पार गरेर मलाई हानि गर्न मेरो ठाउँतिर आउनेछैनौ।
52 Este monte é testemunho, e igualmente esta estela, de que eu não ultrapassarei este monte para o teu lado, e que tu não ultrapassarás este monte e esta estela para o meu lado para nos fazer mal.
53 अब्राहामका परमेश्‍वर र नाहोरका परमेश्‍वर, अर्थात् उनीहरूका पिताका परमेश्‍वरले हाम्रो बीचमा न्याय गरून्।”
53 O Deus de Abraão, o Deus de Nacor, o Deus de seus pais seja juiz entre nós!" E Jacó jurou pelo Deus terrível de Isaac.
54 याकोबले त्यस पहाडी मुलुकमा एउटा बलिदान चढाए, र आफ्ना नातेदारहरूलाई खानपिन गर्न बोलाए। तिनीहरूले खानपिन गरिसकेपछि त्यहीँ रात बिताए।
54 Ofereceu um sacrifício sobre a montanha e convidou seus parentes para comer. Comeram e passaram a noite na montanha.
55 भोलिपल्ट बिहानै लाबानले आफ्ना नातिनातिना र छोरीहरूलाई म्वाइँ खाए, र तिनीहरूलाई आशिष् दिए। तब तिनी आफ्नो घरतिर फर्के।
55 No dia seguinte pela manhã, Labão beijou seus filhos e suas filhas; abençoou-os e retomou o caminho de sua casa.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.