Gênesis 31
npioncb (NPIONCB) vs ARA
1 याकोबले लाबानका छोराहरूले यसो भनेका सुने, “याकोबले हाम्रा पिताका सबै थोक हडपेका छन्। हाम्रा पितासँग भएको सम्पत्तिबाट नै उनले यी सबै धन कमाएका हुन्।”
1 Então, ouvia Jacó os comentários dos filhos de Labão, que diziam: Jacó se apossou de tudo o que era de nosso pai; e do que era de nosso pai juntou ele toda esta riqueza.
2 अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे।
2 Jacó, por sua vez, reparou que o rosto de Labão não lhe era favorável, como anteriormente.
3 तब याहवेहले याकोबलाई भन्नुभयो, “आफ्ना बुबा र तेरा नातेदारहरूको देशमा फर्किएर जा, र म तँसित हुनेछु।”
3 E disse o Senhor a Jacó: Torna à terra de teus pais e à tua parentela; e eu serei contigo.
4 यसकारण याकोबले आफ्नो बगाल भएको खेतबाट लेआ र राहेललाई बोलाउन पठाए।
4 Então, Jacó mandou vir Raquel e Lia ao campo, para junto do seu rebanho,
5 तिनले उनीहरूलाई भने, “मैले तिमीहरूका पिताको म प्रतिको व्यवहार पहिलेझैँ नभएको देख्छु; तर मेरा पिताका परमेश्वर मेरो साथमा रहनुभएको छ।
5 e lhes disse: Vejo que o rosto de vosso pai não me é favorável como anteriormente; porém o Deus de meu pai tem estado comigo.
6 मैले तिमीहरूका पिताका निम्ति आफ्नो पूरा शक्तिले भ्याएसम्म सेवा गरेको तिमीहरूले देखेकै छौ।
6 Vós mesmas sabeis que com todo empenho tenho servido a vosso pai;
7 तिमीहरूका पिताले मेरो ज्याला दश-दशपल्ट बदली गरेर मलाई छल्नुभएको छ। तैपनि परमेश्वरले तिनलाई मेरो केही हानि गर्न दिनुभएन।
7 mas vosso pai me tem enganado e por dez vezes me mudou o salário; porém Deus não lhe permitiu que me fizesse mal nenhum.
8 उहाँले ‘टाटेपाटे पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्नुहुँदा सबै बगालले टाटेपाटे नै बियाउँथे; अनि उहाँले ‘धर्के पशुहरू तिम्रो ज्याला हुनेछन्’ भन्नुहुँदा सबै बगालले धर्के नै बियाउँथे।
8 Se ele dizia: Os salpicados serão o teu salário, então, todos os rebanhos davam salpicados; e se dizia: Os listados serão o teu salário, então, os rebanhos todos davam listados.
9 यसरी परमेश्वरले तिमीहरूका पिताका गाईबस्तु खोसेर ती मलाई दिनुभएको छ।
9 Assim, Deus tomou o gado de vosso pai e mo deu a mim.
10 “एक चोटि पशुहरूको प्रजनन्को बेला मैले एउटा सपना देखेँ; अनि भेडीबाख्रीहरूसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्लेहरू थिए।
10 Pois, chegado o tempo em que o rebanho concebia, levantei os olhos e vi em sonhos que os machos que cobriam as ovelhas eram listados, salpicados e malhados.
11 तब सपनामा परमेश्वरका दूतले मसँग यसो भन्दै बोल्नुभयो, ‘याकोब;’ मैले जवाफ दिएँ, ‘हजुर, म यहाँ छु।’
11 E o Anjo de Deus me disse em sonho: Jacó! Eu respondi: Eis-me aqui!
12 अनि उहाँले भन्नुभयो, ‘माथि हेर्, बगालसित मिसिने ती बोकाहरू धर्के, टाटेपाटे अथवा थोप्ले छन्; किनकि लाबानले तँप्रति कस्तो व्यवहार गरिरहेको छ, त्यो मैले देखेको छु।
12 Ele continuou: Levanta agora os olhos e vê que todos os machos que cobrem o rebanho são listados, salpicados e malhados, porque vejo tudo o que Labão te está fazendo.
13 म बेथेलका परमेश्वर हुँ, जहाँ तैँले एउटा खाँबोलाई तेलले अभिषेक गरेको थिइस्, र तैँले मसित एउटा प्रतिज्ञा गरेको थिइस्। अब उठ्, यो देशबाट निस्की, र तेरो आफ्नो जन्मस्थलमा फर्किजा।’ ”
13 Eu sou o Deus de Betel, onde ungiste uma coluna, onde me fizeste um voto; levanta-te agora, sai desta terra e volta para a terra de tua parentela.
14 अनि लेआ र राहेलले भने, “के हाम्रा पिताको पैतृक सम्पत्तिमा हाम्रो अझ केही अंश छ र?
14 Então, responderam Raquel e Lia e lhe disseram: Há ainda para nós parte ou herança na casa de nosso pai?
15 के उहाँले हामीलाई परदेशीझैँ व्यवहार गर्नुहुन्न? उहाँले हामीलाई बेच्नुभएको मात्रै होइन, तर हाम्रा निम्ति दिइएको मूल्य पनि उहाँ आफैँले नै हडपिसक्नुभएको छ।
15 Não nos considera ele como estrangeiras? Pois nos vendeu e consumiu tudo o que nos era devido.
16 परमेश्वरले हाम्रा पिताबाट लैजानुभएको सबै सम्पत्ति हाम्रा र हाम्रा बालबच्चाकै हुन्। यसकारण परमेश्वरले तपाईंलाई जे-जे भन्नुभएको छ, त्यो गर्नुहोस्।”
16 Porque toda a riqueza que Deus tirou de nosso pai é nossa e de nossos filhos; agora, pois, faze tudo o que Deus te disse.
17 तब याकोबले आफ्ना बालबच्चा र पत्नीहरूलाई ऊँटहरूमा चढाए,
17 Então, se levantou Jacó e, fazendo montar seus filhos e suas mulheres em camelos,
18 अनि तिनले पद्दन-अराममा कमाएका सबै धनसम्पत्तिसहित आफ्ना सबै गाईबस्तुहरूलाई आफ्नो अगि लगाएर कनान देशमा भएका आफ्ना पिता इसहाककहाँ जानका लागि निस्के।
18 levou todo o seu gado e todos os seus bens que chegou a possuir; o gado de sua propriedade que acumulara em Padã-Arã, para ir a Isaque, seu pai, à terra de Canaã.
19 जब लाबान आफ्ना भेडाहरूका ऊन कत्रन गएका थिए; त्यही बेला राहेलले आफ्ना पिताका घरानाका घर-देवताहरू चोरिन्।
19 Tendo ido Labão fazer a tosquia das ovelhas, Raquel furtou os ídolos do lar que pertenciam a seu pai.
20 तब याकोब पनि अरामी लाबानलाई थाहै नदिई सुटुक्क हिँडे; आफू भाग्न लागेको कुरा नभनी तिनलाई धोका दिए।
20 E Jacó logrou a Labão, o arameu, não lhe dando a saber que fugia.
21 यसकारण तिनी आफूसित जे जति थिए, ती सबै कुरालाई लिएर भागे; अनि यूफ्रेटिस नदी तरेर तिनी गिलादको पहाडी मुलुकतिर लागे।
21 E fugiu com tudo o que lhe pertencia; levantou-se, passou o Eufrates e tomou o rumo da montanha de Gileade.
22 तेस्रो दिनमा याकोब भागे भनी जब लाबानलाई सुनाइयो;
22 No terceiro dia, Labão foi avisado de que Jacó ia fugindo.
23 तब तिनले आफ्ना आफन्तहरूलाई साथमा लिएर सात दिनसम्म याकोबलाई पछ्याए; अनि तिनीहरूले तिनलाई गिलादको पहाडी मुलुकमा भेट्टाए।
23 Tomando, pois, consigo a seus irmãos, saiu-lhe no encalço, por sete dias de jornada, e o alcançou na montanha de Gileade.
24 तब परमेश्वर राति सपनामा अरामी लाबानकहाँ आएर तिनलाई भन्नुभयो, “होशियार बस्, याकोबलाई असल वा खराब केही पनि नभन्नू।”
24 De noite, porém, veio Deus a Labão, o arameu, em sonhos, e lhe disse: Guarda-te, não fales a Jacó nem bem nem mal.
25 लाबानले याकोबलाई भेट्टाउँदा तिनले गिलादको पहाडी मुलुकमा पाल टाँगेका थिए; अनि लाबान र तिनका आफन्तहरूले पनि त्यहीँनेर पाल टाँगे।
25 Alcançou, pois, Labão a Jacó. Este havia armado a sua tenda naquela montanha; também Labão armou a sua com seus irmãos, na montanha de Gileade.
26 त्यसपछि लाबानले याकोबलाई भने, “तिमीले यस्तो के गर्यौ? तिमीले मलाई छलेर मेरा छोरीहरूलाई लडाइँका बन्दीहरूझैँ लिएर गयौ।
26 E disse Labão a Jacó: Que fizeste, que me lograste e levaste minhas filhas como cativas pela espada?
27 तिमी किन सुटुक्क भागेर मलाई छल्यौ? तिमीले मलाई भनेको भए, खैँजडी र वीणाको सङ्गीत बजाएर गीत गाउँदै सहर्ष तिमीहरूलाई बिदा गर्नेथिएँ।
27 Por que fugiste ocultamente, e me lograste, e nada me fizeste saber, para que eu te despedisse com alegria, e com cânticos, e com tamboril, e com harpa?
28 तिमीले मलाई मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ समेत खान दिएनौ। तिमीले यसो गरेर मूर्खता गरेका छौ।
28 E por que não me permitiste beijar meus filhos e minhas filhas? Nisso procedeste insensatamente.
29 मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु, तर हिजो राति तिम्रा पिताका परमेश्वरले मलाई भन्नुभयो, ‘होशियार बस्, याकोबलाई असल वा खराब केही नभन्नू।’
29 Há poder em minhas mãos para vos fazer mal, mas o Deus de vosso pai me falou, ontem à noite, e disse: Guarda-te, não fales a Jacó nem bem nem mal.
30 अब तिमी गइहालेका छौ; किनकि तिमीले आफ्ना पिताको घरमा फर्कने इच्छा धेरै दिनदेखि राखेका थियौ। तर तिमीले मेरा घरानाका देवताहरू किन चोर्यौ?”
30 E agora que partiste de vez, porque tens saudade da casa de teu pai, por que me furtaste os meus deuses?
31 तब याकोबले लाबानलाई जवाफ दिँदै भने, “कहीँ तपाईंले आफ्ना छोरीहरू बलपूर्वक मबाट खोस्नुहोला कि भनी मैले सोचेको हुनाले म डराएर भागेँ।
31 Respondeu-lhe Jacó: Porque tive medo; pois calculei: não suceda que me tome à força as suas filhas.
32 तर यदि तपाईंले आफ्ना देवताहरू हामीमध्ये कोहीसित भेट्टाउनुभयो भने त्यो बाँच्नेछैन। यसकारण हाम्रा आफन्तहरूका सामु तपाईंको केही सामानहरू छन् भने आफैँ चिन्नुहोस्, र लैजानुहोस्।” तर ती देवताहरू राहेलले चोरेकी छन् भनेर याकोबलाई थाहै थिएन।
32 Não viva aquele com quem achares os teus deuses; verifica diante de nossos irmãos o que te pertence e que está comigo e leva-o contigo. Pois Jacó não sabia que Raquel os havia furtado.
33 यसकारण लाबान याकोबको पालभित्र र लेआको पालभित्र, र दुई सेविकाका पालभित्र गए; तर तिनले ती कहीँ भेट्टाएनन्। त्यसपछि तिनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे।
33 Labão, pois, entrou na tenda de Jacó, na de Lia e na das duas servas, porém não os achou. Tendo saído da tenda de Lia, entrou na de Raquel.
34 अब राहेलले घर-देवताहरू लिएर तिनलाई आफ्नो ऊँटको काठीभित्र राखेकी थिइन्, र आफूचाहिँ त्यसैमाथि बसेकी थिइन्। अनि लाबानले पालभित्र धुइँधुइँती खोजे, तर कहीँ पनि फेला पार्न सकेनन्।
34 Ora, Raquel havia tomado os ídolos do lar, e os pusera na sela de um camelo, e estava assentada sobre eles; apalpou Labão toda a tenda e não os achou.
35 राहेलले आफ्ना पितालाई भनिन्, “मेरा मालिक, मसित नरिसाउनुहोस्; म तपाईंको उपस्थितिमा उभिन सक्दिनँ; किनकि म रजस्वलाको समयमा छु।” यसकारण तिनले धुइँधुइँती खोजे, तर आफ्ना ती घर-देवताहरू भेट्टाएनन्।
35 Então, disse ela a seu pai: Não te agastes, meu senhor, por não poder eu levantar-me na tua presença; pois me acho com as regras das mulheres. Ele procurou, contudo não achou os ídolos do lar.
36 तब याकोब रिसाए, र लाबानलाई हप्काएर सोधे, “मेरो अपराध के हो? मैले कुन पाप गरेको छु, र तपाईं मेरो खेदो गर्नुहुन्छ?
36 Então, se irou Jacó e altercou com Labão; e lhe disse: Qual é a minha transgressão? Qual o meu pecado, que tão furiosamente me tens perseguido?
37 तपाईंले मेरा सबै सामानहरूमा खानतलासी गर्नुभयो, तर तपाईंको घरानाको कुन सामानचाहिँ भेट्टाउनुभयो त? तपाईं र मेरा आफन्तहरूको सामु ती कुराहरू राख्नुहोस्, र तिनीहरूले नै हामी दुईका बीचमा निर्णय गरिदेऊन्।
37 Havendo apalpado todos os meus utensílios, que achaste de todos os utensílios de tua casa? Põe-nos aqui diante de meus irmãos e de teus irmãos, para que julguem entre mim e ti.
38 “यी बीस वर्षदेखि म तपाईंसितै रहेँ। तपाईंका भेडा र बाख्राहरू कहिल्यै तुहिएनन्, न त मैले तपाईंका बगालका भेडाहरू नै खाएँ।
38 Vinte anos eu estive contigo, as tuas ovelhas e as tuas cabras nunca perderam as crias, e não comi os carneiros de teu rebanho.
39 जङ्गली जनावरहरूले लुछेर मारिएका पशुहरू मैले तपाईंकहाँ ल्याइनँ; बरु मैले नै त्यसको क्षतीपूर्ति बेहोरेँ। अनि कुनै पशु दिउँसो वा राति चोरिएको होस्, तपाईंले मबाट नै त्यसको क्षतीपूर्ति तिराउनुहुन्थ्यो।
39 Nem te apresentei o que era despedaçado pelas feras; sofri o dano; da minha mão o requerias, tanto o furtado de dia como de noite.
40 मेरो स्थिति यस्तो थियो: दिउँसो मलाई गर्मीले र रातमा चिसोले धेरै कमजोर बनाएर आँखाबाट निद्रा हराउँथ्यो।
40 De maneira que eu andava, de dia consumido pelo calor, de noite, pela geada; e o meu sono me fugia dos olhos.
41 यसरी नै मैले तपाईंको घरानामा बीस वर्ष बिताएँ। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष तपाईंको सेवा गरेँ; अनि छ वर्ष तपाईंका भेडाबाख्राहरू चराएँ, तर तपाईंले मेरो ज्याला दश-दशपल्ट बदल्नुभयो।
41 Vinte anos permaneci em tua casa; catorze anos te servi por tuas duas filhas e seis anos por teu rebanho; dez vezes me mudaste o salário.
42 मेरा पिताका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकको ‘भय’ मसित नहुनुभएको भए, तपाईंले मलाई निश्चय नै रित्तो हात पठाउनुहुनेथियो। तर परमेश्वरले मेरो कष्ट र मैले गरेको परिश्रम देख्नुभएको छ, त्यसैले हिजो राति उहाँले तपाईंलाई हप्काउनुभयो।”
42 Se não fora o Deus de meu pai, o Deus de Abraão e o Temor de Isaque, por certo me despedirias agora de mãos vazias. Deus me atendeu ao sofrimento e ao trabalho das minhas mãos e te repreendeu ontem à noite.
43 त्यसपछि लाबानले याकोबलाई जवाफ दिए, “यी स्त्रीहरू मेरा छोरीहरू हुन्, यिनका छोराछोरीहरू मेरा नातिनातिनाहरू हुन्; अनि यी बगालहरू पनि मेरा बगाल हुन्। तिमीले देखेका यी सबै थोक मेरै हुन्। तर पनि आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका यी छोराछोरीहरूलाई म के गर्न सक्छु र?
43 Então, respondeu Labão a Jacó: As filhas são minhas filhas, os filhos são meus filhos, os rebanhos são meus rebanhos, e tudo o que vês é meu; que posso fazer hoje a estas minhas filhas ou aos filhos que elas deram à luz?
44 अब आऊ, तिमी र म, हामी एउटा करार बाँधौँ; अनि यो हामी बीचमा एउटा साक्षी होस्।”
44 Vem, pois; e façamos aliança, eu e tu, que sirva de testemunho entre mim e ti.
45 यसकारण याकोबले एउटा ढुङ्गा लिए, र त्यसलाई खाँबोजस्तो ठड्याए।
45 Então, Jacó tomou uma pedra e a erigiu por coluna.
46 अनि याकोबले आफ्ना नातेदारहरूलाई भने, “अरू केही ढुङ्गाहरू बटुल्नुहोस्।” तब तिनीहरूले ढुङ्गाहरू बटुलेर एउटा थुप्रो बनाए; अनि तिनीहरूले त्यस थुप्रोको नजिक खानपिन गरे।
46 E disse a seus irmãos: Ajuntai pedras. E tomaram pedras e fizeram um montão, ao lado do qual comeram.
47 लाबानले त्यसलाई यगर-सहदूता भन्ने नाम दिए; तर याकोबले चाहिँ गलेद भने।
47 Chamou-lhe Labão Jegar-Saaduta; Jacó, porém, lhe chamou Galeede.
48 लाबानले भने, “यो ढुङ्गाको थुप्रो आज तिम्रो र मेरो बीचमा साक्षी हो।” त्यसैकारण त्यसलाई गलेद भनियो।
48 E disse Labão: Seja hoje este montão por testemunha entre mim e ti; por isso, se lhe chamou Galeede
49 त्यसलाई मिस्पा पनि भनियो; किनकि तिनले भने, “हामी एक-अर्कादेखि अलग रहे तापनि याहवेहले तिमी र मलाई हेरचाह गरून्।
49 e Mispa, pois disse: Vigie o Senhor entre mim e ti e nos julgue quando estivermos separados um do outro.
50 यदि तिमीले मेरा छोरीहरूप्रति दुर्व्यवहार गर्यौ, अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्नीहरू ल्यायौ भने हामीसँग कोही नभए तापनि तिम्रो र मेरो बीचमा परमेश्वर साक्षी हुनुहुन्छ” भन्ने कुरा याद राख।
50 Se maltratares as minhas filhas e tomares outras mulheres além delas, não estando ninguém conosco, atenta que Deus é testemunha entre mim e ti.
51 लाबानले याकोबलाई यसो पनि भने, “यो ढुङ्गाको थुप्रो र यस खामोलाई हेर, जसलाई मैले मेरो र तिम्रो बीचमा स्थापित गरेको छु।
51 Disse mais Labão a Jacó: Eis aqui este montão e esta coluna que levantei entre mim e ti.
52 यो थुप्रो र यो खाँबो एउटा साक्षी हुनेछ, ताकि म यस थुप्रोलाई पार गरेर तिमीलाई हानि गर्न जानेछैनँ; अनि तिमी पनि यस थुप्रो र खाँबोलाई पार गरेर मलाई हानि गर्न मेरो ठाउँतिर आउनेछैनौ।
52 Seja o montão testemunha, e seja a coluna testemunha de que para mal não passarei o montão para lá, e tu não passarás o montão e a coluna para cá.
53 अब्राहामका परमेश्वर र नाहोरका परमेश्वर, अर्थात् उनीहरूका पिताका परमेश्वरले हाम्रो बीचमा न्याय गरून्।”
53 O Deus de Abraão e o Deus de Naor, o Deus do pai deles, julgue entre nós. E jurou Jacó pelo Temor de Isaque, seu pai.
54 याकोबले त्यस पहाडी मुलुकमा एउटा बलिदान चढाए, र आफ्ना नातेदारहरूलाई खानपिन गर्न बोलाए। तिनीहरूले खानपिन गरिसकेपछि त्यहीँ रात बिताए।
54 E ofereceu Jacó um sacrifício na montanha e convidou seus irmãos para comerem pão; comeram pão e passaram a noite na montanha.
55 भोलिपल्ट बिहानै लाबानले आफ्ना नातिनातिना र छोरीहरूलाई म्वाइँ खाए, र तिनीहरूलाई आशिष् दिए। तब तिनी आफ्नो घरतिर फर्के।
55 Tendo-se levantado Labão pela madrugada, beijou seus filhos e suas filhas e os abençoou; e, partindo, voltou para sua casa.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.