Gênesis 30

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 जब राहेलले आफूले याकोबका निम्ति सन्तान जन्माउन नसकेकी देखिन्, तब तिनले आफ्नी दिदीसित डाह गर्न लागिन्। यसकारण तिनले याकोबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रता म मर्नेछु!”
1 Raquel, vendo que não dava filhos a Jacó, teve inveja de sua irmã: "Dá-me filhos, disse ela ao seu marido, senão morro!"
2 यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्‍वरको स्थानमा छु र?”
2 E Jacó irritou-se com ela. "Acaso, disse ele, posso eu pôr-me no lugar de Deus que te recusou a fecundidade?"
3 तब तिनले भनिन्, “मेरी सेविका बिल्हा यहीँ छ। त्यसकहाँ जानुहोस्, र त्यसले मेरा निम्ति सन्तान जन्माओस्, र त्यसबाट म पनि एउटा परिवार निर्माण गर्न सकूँ।”
3 Ela respondeu: "Eis minha serva Bala: toma-a. Que ela dê à luz sobre os meus joelhos e assim, por ela, terei também filhos."
4 यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहवास गरे;
4 Deu-lhe, pois, por mulher sua escrava Bala, da qual se aproximou Jacó.
5 अनि बिल्हा गर्भवती भई, र याकोबका निम्ति एउटा छोरा जन्माई।
5 Bala concebeu e deu à luz um filho a Jacó.
6 तब राहेलले भनिन्, “परमेश्‍वरले न्याय गर्नुभएको छ; उहाँले मेरो बिन्ती सुन्‍नुभएको छ; र मलाई एउटा छोरा दिनुभएको छ।” यसकारण तिनले उसको नाम दान राखिन्।
6 Disse então Raquel: "Deus fez-me justiça. Ele ouviu minha voz e deu-me um filho." Por isso ela o chamou Dã.
7 राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई।
7 Bala, escrava de Raquel, concebeu de novo e deu à luz um segundo filho a Jacó.
8 तब राहेलले भनिन्, “मेरी दिदीसित मैले ठूलो सङ्घर्ष गरेकी छु, अब मैले जितेकी छु।” यसकारण तिनले उसको नाम नप्‍ताली राखिन्।
8 Raquel disse: "Lutei contra minha irmã junto de Deus, e venci!" E deu ao menino o nome de Neftali.
9 जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सेविका जिल्पालाई लगेर याकोबकी पत्नी हुनका निम्ति दिइन्।
9 Lia, vendo que não concebia mais, tomou sua escrava Zelfa e deu-a por mulher a Jacó.
10 लेआकी सेविका जिल्पाले याकोबका निम्ति एउटा छोरा जन्माई।
10 Zelfa, escrava de Lia, deu à luz um filho a Jacó.
11 तब लेआले भनिन्, “म कत्ति धन्य भएकी छु!” यसकारण तिनले उसको नाम गाद राखिन्।
11 Lia disse: "Que sorte!" E chamou-o Gad.
12 लेआकी सेविका जिल्पाले याकोबबाट दोस्रो छोरो जन्माई।
12 Zelfa, escrava de Lia, deu à luz um segundo filho a Jacó.
13 तब लेआले भनिन्, “म कति प्रसन्‍न छु! स्त्रीहरूले मलाई सुखी भन्‍नेछन्।” यसकारण तिनले उसको नाम आशेर राखिन्।
13 Lia disse: "Que felicidade! As mulheres me chamarão ditosa." E chamou-o Aser.
14 गहुँ काट्ने बेला रूबेन खेततिर गएका थिए; अनि तिनले विशाखमूल भेट्टाए, जुन तिनले आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “मलाई तिम्रा छोराले ल्याएका विशाखमूलबाट केही देऊ।”
14 Um dia, por ocasião da ceifa, Rubem saiu ao campo e, tendo encontrado umas mandrágoras, levou-as à sua mãe Lia. Raquel disse a Lia: "Rogo-te que me dês as mandrágoras do teu filho."
15 तर लेआले तिनलाई भनिन्, “तैँले मेरो पतिलाई त लगिस्-लगिस्, अब मेरो छोराले ल्याएका विशाखमूल पनि खोस्छेस्?”
15 Lia respondeu: "Já não é bastante o teres tomado meu marido, para que queiras ainda as mandrágoras do meu filho?" "Pois bem, tornou Raquel, em troca das mandrágoras do teu filho, que ele durma contigo esta noite."
16 त्यसकारण जब साँझमा याकोब खेतबाट आए; तब लेआ तिनलाई भेट्न गइन् र भनिन्, “तपाईं आज मसँग रात बिताउनैपर्छ। मेरा छोराले ल्याएका विशाखमूल दिएर मैले तपाईंलाई भाडामा लिएकी छु।” यसकारण याकोबले त्यो रात लेआसँग बिताए।
16 À noite, quando Jacó voltou do campo, Lia saiu-lhe ao encontro: "Vem comigo, disse-lhe ela, eu te aluguei em troca das mandrágoras do meu filho." E Jacó dormiu com ela aquela noite.
17 परमेश्‍वरले लेआको बिन्ती सुन्‍नुभयो; अनि तिनी गर्भवती भएर याकोबका निम्ति पाँचौँ छोरा जन्माइन्।
17 Deus ouviu Lia, que concebeu e deu à luz um quinto filho a Jacó.
18 तब लेआले भनिन्, “मैले मेरी सेविका आफ्नो पतिलाई दिएँ। त्यसैकारण परमेश्‍वरले मलाई प्रतिफल दिनुभएको छ।” यसकारण तिनले उसको नाम इस्साखार राखिन्।
18 "Deus, disse ela, recompensou-me por eu ter dado minha escrava ao meu marido." E o chamou Issacar.
19 लेआ फेरि गर्भवती भइन्, र याकोबबाट छैटौँ छोरा जन्माइन्।
19 Lia concebeu ainda e deu à luz um sexto filho a Jacó.
20 तब लेआले भनिन्, “परमेश्‍वरले मलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। यस पटक मेरा पतिले मलाई आदर गर्नुहुनेछ; किनकि मैले उहाँका निम्ति छ जना छोरा जन्माएकी छु।” यसकारण तिनले उसको नाम जबूलून राखिन्।
20 E disse: "Deus deu-me um belo presente; agora meu marido habitará comigo, pois que lhe dei à luz seis filhos." E o chamou Zabulon.
21 केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनको नाम दीना राखिन्।
21 Depois disso, deu à luz uma filha, a quem chamou Dina.
22 तब परमेश्‍वरले राहेललाई सम्झनुभयो; उहाँले तिनको बिन्ती सुन्‍नुभयो, र तिनको कोख खोलिदिनुभयो।
22 Lembrou-se Deus de Raquel, ouviu-a e tornou-a fecunda.
23 तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्‍वरले मेरो अपमान हटाउनुभएको छ।”
23 Raquel concebeu e deu à luz um filho. "Deus, disse ela, tirou o meu opróbrio."
24 तिनले उसको नाम योसेफ राखिन्, र भनिन्, “याहवेहले मलाई अर्को छोरा पनि थपिदेऊन्।”
24 E chamou-o José, dizendo: "Dê-me o Senhor ainda outro filho!"
25 राहेलले योसेफलाई जन्माएको केही समयपछि याकोबले लाबानलाई भने, “अब मलाई बिदा दिनुहोस्, र म आफ्नै देशमा फर्केर जान सकूँ।
25 Tendo Raquel dado à luz José, Jacó disse a Labão: "Deixa-me partir para a minha casa, na minha terra.
26 मलाई मेरा पत्नीहरू र सन्तान लैजान दिनुहोस्; जसका लागि मैले तपाईंको सेवा गरेको छु, अब म जान पाऊँ। मैले तपाईंका लागि कति धेरै सेवा गरेको छु, सो तपाईं जान्‍नुहुन्छ।”
26 Dá-me minhas mulheres e meus filhos, pelos quais te servi, a fim de que eu me vá; tu sabes quanto tempo servi em tua casa."
27 तर लाबानले तिनलाई भने, “यदि मैले तिमीबाट निगाह प्राप्‍त गरेको छु भने दया गरी बसिदेऊ; किनकि मैले जोखनाद्वारा जानेको छु, कि तिमीद्वारा नै याहवेहले मलाई आशिष् दिनुभएको छ।”
27 Labão respondeu-lhe: "Se achei graça aos teus olho... reconheço que o Senhor me abençoou por causa de ti.
28 तिनले अझ भने, “तिमीलाई थप कति ज्याला चाहिन्छ भन, बरु म त्यो दिउँला।”
28 Fixa-me o que devo dar-te, ajuntou ele, e dar-te-ei."
29 याकोबले तिनलाई भने, “मैले तपाईंका निम्ति कसरी सेवा गरेको छु, र तपाईंका गाईबस्तुहरू कसरी मेरो रेख-देखमा सप्रेका छन्, सो तपाईं जान्‍नुहुन्छ।
29 Jacó disse-lhe: "Tu sabes como te tenho servido, e como aumentaram os teus rebanhos graças a mim.
30 म आउनुभन्दा अगि तपाईंसित थोरै वस्तुभाउ थिए, तर अहिले बढेर धेरै वृद्धि भएको छ; अनि म आएको समयदेखि याहवेहले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मैले आफ्नै परिवारका निम्ति चाहिँ कहिले बन्दोबस्त मिलाऊँ?”
30 Tinhas pouca coisa, antes de minha chegada, e tudo aumentou depois. O Senhor abençoou-te a cada um dos meus passos. Agora, quanto a mim, quando trabalharei eu para minha casa?"
31 अनि तिनले सोधे, “त्यसो भए भन, म तिम्रो लागि के दिऊँ?”
31 "Que te hei de dar?", disse Labão. Jacó respondeu: "Não me darás nada. Se aceitas o que te vou propor, continuarei a apascentar e guardar o teu rebanho.
32 आज मलाई तपाईंका बगालमा गएर टाटेपाटे, थोप्ले भएका भेडाहरू, प्रत्येक कालो रङ्गको भेडाको पाठा, र प्रत्येक थोप्ले र टाटेपाटे बाख्राहरूलाई बगालबाट अलग गर्न दिनुहोस्। यिनीहरू नै मेरा ज्याला हुनेछन्।
32 Vou hoje passar pelo meio de todos os teus rebanhos e pôr à parte, entre os cordeiros, todo o animal manchado, malhado ou negro, e entre as cabras, tudo o que é manchado ou malhado: isto será o meu salário.
33 अनि जहिले-जहिले तपाईंले मलाई दिनुभएको ज्याला जाँच्नुहुनेछ, भविष्यमा मेरो इमानदारीताले मेरो साक्षी दिनेछ। मसित भएका कुनै पनि टाटेपाटे वा थोप्ले नभएका बाख्रा अथवा कालो रङ्ग नभएको कुनै पनि भेडाको पाठा फेला पर्‍यो भने ती सबै चोरी गरिएको ठहरिनेछन्।”
33 Minha justiça testemunhará em meu favor para o futuro, quando vieres verificar o meu salário: tudo o que não for malhado ou manchado entre as cabras e negro entre os cordeiros, considerar-se-á como roubado."
34 लाबानले भने, “हुन्छ, तिमीले भनेझैँ होस्।”
34 "Está bem, disse Labão, seja como dizes."
35 त्यसै दिन लाबानले धर्के अथवा थोप्ले सबै बोकाहरू, र टाटेपाटे अथवा थोप्ला भएका बाख्रीहरू (जिउमा सेता भएका सबै), र सबै काला रङ्गका भेडाका पाठाहरू अलग गरे, र तिनीहरूलाई याकोबका छोराहरूको जिम्मामा दिए।
35 Naquele mesmo dia, pôs ele à parte os bodes malhados e manchados, todas as cabras malhadas ou manchadas, todas aquelas que estavam marcadas de branco, e todos os cordeiros negros; confiou-os aos seus filhos,
36 अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे।
36 e pôs à distância de três dias de jornada entre ele e Jacó, o qual apascentava o resto do rebanho de Labão.
37 अनि याकोबले, सल्‍ला, हाडे-बदाम र चिनारका रूखहरूका भर्खर काटिएका हाँगाहरू लिए; अनि त्यसका बोक्रा ताछेर भित्री सेतो काठ देखिने गरी सेता धर्काहरू बनाए।
37 Jacó tomou então varas verdes de álamo, de amendoeira e de plátano; tirou-lhes parte da casca, fazendo faixas brancas e deixando a nu o samo.
38 तब तिनले बोक्रा ताछिएका ती हाँगाहरू सबै पानी पिउने डूँडहरूको छेउमा राखिदिए, ताकि पानी पिउन आउँदा बगालहरूले त्यो देखून्; किनभने त्यहाँ ती बगालहरू मिसिन्थे,
38 Colocou as varas assim preparadas sob os olhos das ovelhas, nas pias e nos bebedouros onde vinham beber. Indo a beber, entravam em calor.
39 बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए।
39 E como entrassem no calor do coito diante dessas varas, concebiam cordeiros riscados, manchados e malhados.
40 याकोबले बगालका पाठाहरूलाई छुट्याए, तर रहेकोलाई चाहिँ लाबानका धर्के र काला रङ्गका पशुहरूपट्टि फर्काइदिए। यसरी तिनले आफ्ना लागि बेग्लै बगाल बनाए, र तिनीहरूलाई लाबानका पशुहरूसित राखेनन्।
40 Jacó punha-os à parte, e voltava a face dos animais para o que era malhado e negro no rebanho de Labão. Constituiu assim rebanhos para si, que não se misturaram aos de Labão.
41 जहिले-जहिले बलिया पाठीहरूको मिसिने बेला आउँथ्यो, याकोबले तिनीहरू ती हाँगाहरूको सामु मिसिऊन् भनी ती हाँगाहरूलाई पानीको डुँडमा पशुहरूको सामु राखिदिन्थे,
41 Além disso, Jacó só punha suas varas nos bebedouros sob os olhos das ovelhas em calor, a fim de que seu coito se fizesse perto das varas, quando se tratava de ovelhas vigorosas.
42 तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए।
42 Quando eram fracas, não punha as varas, de sorte que os cordeiros raquíticos eram para Labão e os vigorosos para ele.
43 यसरी यी मानिस अति सम्पन्‍न भए; अनि तिनका ठूला-ठूला बगाल, सेवक-सेविका, ऊँट र गधाहरू भए।
43 Este homem tornou-se assim extremamente rico, e teve muitos rebanhos, escravas e escravos, camelos e jumentos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 30, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.