Gênesis 30
npioncb (NPIONCB) vs ARA
1 जब राहेलले आफूले याकोबका निम्ति सन्तान जन्माउन नसकेकी देखिन्, तब तिनले आफ्नी दिदीसित डाह गर्न लागिन्। यसकारण तिनले याकोबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रता म मर्नेछु!”
1 Vendo Raquel que não dava filhos a Jacó, teve ciúmes de sua irmã e disse a Jacó: Dá-me filhos, senão morrerei.
2 यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्वरको स्थानमा छु र?”
2 Então, Jacó se irou contra Raquel e disse: Acaso, estou eu em lugar de Deus que ao teu ventre impediu frutificar?
3 तब तिनले भनिन्, “मेरी सेविका बिल्हा यहीँ छ। त्यसकहाँ जानुहोस्, र त्यसले मेरा निम्ति सन्तान जन्माओस्, र त्यसबाट म पनि एउटा परिवार निर्माण गर्न सकूँ।”
3 Respondeu ela: Eis aqui Bila, minha serva; coabita com ela, para que dê à luz, e eu traga filhos ao meu colo, por meio dela.
4 यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहवास गरे;
4 Assim, lhe deu a Bila, sua serva, por mulher; e Jacó a possuiu.
5 अनि बिल्हा गर्भवती भई, र याकोबका निम्ति एउटा छोरा जन्माई।
5 Bila concebeu e deu à luz um filho a Jacó.
6 तब राहेलले भनिन्, “परमेश्वरले न्याय गर्नुभएको छ; उहाँले मेरो बिन्ती सुन्नुभएको छ; र मलाई एउटा छोरा दिनुभएको छ।” यसकारण तिनले उसको नाम दान राखिन्।
6 Então, disse Raquel: Deus me julgou, e também me ouviu a voz, e me deu um filho; portanto, lhe chamou Dã.
7 राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई।
7 Concebeu outra vez Bila, serva de Raquel, e deu à luz o segundo filho a Jacó.
8 तब राहेलले भनिन्, “मेरी दिदीसित मैले ठूलो सङ्घर्ष गरेकी छु, अब मैले जितेकी छु।” यसकारण तिनले उसको नाम नप्ताली राखिन्।
8 Disse Raquel: Com grandes lutas tenho competido com minha irmã e logrei prevalecer; chamou-lhe, pois, Naftali.
9 जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सेविका जिल्पालाई लगेर याकोबकी पत्नी हुनका निम्ति दिइन्।
9 Vendo Lia que ela mesma cessara de conceber, tomou também a Zilpa, sua serva, e deu-a a Jacó, por mulher.
10 लेआकी सेविका जिल्पाले याकोबका निम्ति एउटा छोरा जन्माई।
10 Zilpa, serva de Lia, deu a Jacó um filho.
11 तब लेआले भनिन्, “म कत्ति धन्य भएकी छु!” यसकारण तिनले उसको नाम गाद राखिन्।
11 Disse Lia: Afortunada! E lhe chamou Gade.
12 लेआकी सेविका जिल्पाले याकोबबाट दोस्रो छोरो जन्माई।
12 Depois, Zilpa, serva de Lia, deu o segundo filho a Jacó.
13 तब लेआले भनिन्, “म कति प्रसन्न छु! स्त्रीहरूले मलाई सुखी भन्नेछन्।” यसकारण तिनले उसको नाम आशेर राखिन्।
13 Então, disse Lia: É a minha felicidade! Porque as filhas me terão por venturosa; e lhe chamou Aser.
14 गहुँ काट्ने बेला रूबेन खेततिर गएका थिए; अनि तिनले विशाखमूल भेट्टाए, जुन तिनले आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “मलाई तिम्रा छोराले ल्याएका विशाखमूलबाट केही देऊ।”
14 Foi Rúben nos dias da ceifa do trigo, e achou mandrágoras no campo, e trouxe-as a Lia, sua mãe. Então, disse Raquel a Lia: Dá-me das mandrágoras de teu filho.
15 तर लेआले तिनलाई भनिन्, “तैँले मेरो पतिलाई त लगिस्-लगिस्, अब मेरो छोराले ल्याएका विशाखमूल पनि खोस्छेस्?”
15 Respondeu ela: Achas pouco o me teres levado o marido? Tomarás também as mandrágoras de meu filho? Disse Raquel: Ele te possuirá esta noite, a troco das mandrágoras de teu filho.
16 त्यसकारण जब साँझमा याकोब खेतबाट आए; तब लेआ तिनलाई भेट्न गइन् र भनिन्, “तपाईं आज मसँग रात बिताउनैपर्छ। मेरा छोराले ल्याएका विशाखमूल दिएर मैले तपाईंलाई भाडामा लिएकी छु।” यसकारण याकोबले त्यो रात लेआसँग बिताए।
16 À tarde, vindo Jacó do campo, saiu-lhe ao encontro Lia e lhe disse: Esta noite me possuirás, pois eu te aluguei pelas mandrágoras de meu filho. E Jacó, naquela noite, coabitou com ela.
17 परमेश्वरले लेआको बिन्ती सुन्नुभयो; अनि तिनी गर्भवती भएर याकोबका निम्ति पाँचौँ छोरा जन्माइन्।
17 Ouviu Deus a Lia; ela concebeu e deu à luz o quinto filho.
18 तब लेआले भनिन्, “मैले मेरी सेविका आफ्नो पतिलाई दिएँ। त्यसैकारण परमेश्वरले मलाई प्रतिफल दिनुभएको छ।” यसकारण तिनले उसको नाम इस्साखार राखिन्।
18 Então, disse Lia: Deus me recompensou, porque dei a minha serva a meu marido; e chamou-lhe Issacar.
19 लेआ फेरि गर्भवती भइन्, र याकोबबाट छैटौँ छोरा जन्माइन्।
19 E Lia, tendo concebido outra vez, deu a Jacó o sexto filho.
20 तब लेआले भनिन्, “परमेश्वरले मलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। यस पटक मेरा पतिले मलाई आदर गर्नुहुनेछ; किनकि मैले उहाँका निम्ति छ जना छोरा जन्माएकी छु।” यसकारण तिनले उसको नाम जबूलून राखिन्।
20 E disse: Deus me concedeu excelente dote; desta vez permanecerá comigo meu marido, porque lhe dei seis filhos; e lhe chamou Zebulom.
21 केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनको नाम दीना राखिन्।
21 Depois disto, deu à luz uma filha e lhe chamou Diná.
22 तब परमेश्वरले राहेललाई सम्झनुभयो; उहाँले तिनको बिन्ती सुन्नुभयो, र तिनको कोख खोलिदिनुभयो।
22 Lembrou-se Deus de Raquel, ouviu-a e a fez fecunda.
23 तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्वरले मेरो अपमान हटाउनुभएको छ।”
23 Ela concebeu, deu à luz um filho e disse: Deus me tirou o meu vexame.
24 तिनले उसको नाम योसेफ राखिन्, र भनिन्, “याहवेहले मलाई अर्को छोरा पनि थपिदेऊन्।”
24 E lhe chamou José, dizendo: Dê-me o Senhor ainda outro filho.
25 राहेलले योसेफलाई जन्माएको केही समयपछि याकोबले लाबानलाई भने, “अब मलाई बिदा दिनुहोस्, र म आफ्नै देशमा फर्केर जान सकूँ।
25 Tendo Raquel dado à luz a José, disse Jacó a Labão: Permite-me que eu volte ao meu lugar e à minha terra.
26 मलाई मेरा पत्नीहरू र सन्तान लैजान दिनुहोस्; जसका लागि मैले तपाईंको सेवा गरेको छु, अब म जान पाऊँ। मैले तपाईंका लागि कति धेरै सेवा गरेको छु, सो तपाईं जान्नुहुन्छ।”
26 Dá-me meus filhos e as mulheres, pelas quais eu te servi, e partirei; pois tu sabes quanto e de que maneira te servi.
27 तर लाबानले तिनलाई भने, “यदि मैले तिमीबाट निगाह प्राप्त गरेको छु भने दया गरी बसिदेऊ; किनकि मैले जोखनाद्वारा जानेको छु, कि तिमीद्वारा नै याहवेहले मलाई आशिष् दिनुभएको छ।”
27 Labão lhe respondeu: Ache eu mercê diante de ti; fica comigo. Tenho experimentado que o Senhor me abençoou por amor de ti.
28 तिनले अझ भने, “तिमीलाई थप कति ज्याला चाहिन्छ भन, बरु म त्यो दिउँला।”
28 E disse ainda: Fixa o teu salário, que te pagarei.
29 याकोबले तिनलाई भने, “मैले तपाईंका निम्ति कसरी सेवा गरेको छु, र तपाईंका गाईबस्तुहरू कसरी मेरो रेख-देखमा सप्रेका छन्, सो तपाईं जान्नुहुन्छ।
29 Disse-lhe Jacó: Tu sabes como te venho servindo e como cuidei do teu gado.
30 म आउनुभन्दा अगि तपाईंसित थोरै वस्तुभाउ थिए, तर अहिले बढेर धेरै वृद्धि भएको छ; अनि म आएको समयदेखि याहवेहले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मैले आफ्नै परिवारका निम्ति चाहिँ कहिले बन्दोबस्त मिलाऊँ?”
30 Porque o pouco que tinhas antes da minha vinda foi aumentado grandemente; e o Senhor te abençoou por meu trabalho. Agora, pois, quando hei de eu trabalhar também por minha casa?
31 अनि तिनले सोधे, “त्यसो भए भन, म तिम्रो लागि के दिऊँ?”
31 Então, Labão lhe perguntou: Que te darei? Respondeu Jacó: Nada me darás; tornarei a apascentar e a guardar o teu rebanho, se me fizeres isto:
32 आज मलाई तपाईंका बगालमा गएर टाटेपाटे, थोप्ले भएका भेडाहरू, प्रत्येक कालो रङ्गको भेडाको पाठा, र प्रत्येक थोप्ले र टाटेपाटे बाख्राहरूलाई बगालबाट अलग गर्न दिनुहोस्। यिनीहरू नै मेरा ज्याला हुनेछन्।
32 Passarei hoje por todo o teu rebanho, separando dele os salpicados e malhados, e todos os negros entre os cordeiros, e o que é malhado e salpicado entre as cabras; será isto o meu salário.
33 अनि जहिले-जहिले तपाईंले मलाई दिनुभएको ज्याला जाँच्नुहुनेछ, भविष्यमा मेरो इमानदारीताले मेरो साक्षी दिनेछ। मसित भएका कुनै पनि टाटेपाटे वा थोप्ले नभएका बाख्रा अथवा कालो रङ्ग नभएको कुनै पनि भेडाको पाठा फेला पर्यो भने ती सबै चोरी गरिएको ठहरिनेछन्।”
33 Assim, responderá por mim a minha justiça, no dia de amanhã, quando vieres ver o meu salário diante de ti; o que não for salpicado e malhado entre as cabras e negro entre as ovelhas, esse, se for achado comigo, será tido por furtado.
34 लाबानले भने, “हुन्छ, तिमीले भनेझैँ होस्।”
34 Disse Labão: Pois sim! Seja conforme a tua palavra.
35 त्यसै दिन लाबानले धर्के अथवा थोप्ले सबै बोकाहरू, र टाटेपाटे अथवा थोप्ला भएका बाख्रीहरू (जिउमा सेता भएका सबै), र सबै काला रङ्गका भेडाका पाठाहरू अलग गरे, र तिनीहरूलाई याकोबका छोराहरूको जिम्मामा दिए।
35 Mas, naquele mesmo dia, separou Labão os bodes listados e malhados e todas as cabras salpicadas e malhadas, todos os que tinham alguma brancura e todos os negros entre os cordeiros; e os passou às mãos de seus filhos.
36 अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे।
36 E pôs a distância de três dias de jornada entre si e Jacó; e Jacó apascentava o restante dos rebanhos de Labão.
37 अनि याकोबले, सल्ला, हाडे-बदाम र चिनारका रूखहरूका भर्खर काटिएका हाँगाहरू लिए; अनि त्यसका बोक्रा ताछेर भित्री सेतो काठ देखिने गरी सेता धर्काहरू बनाए।
37 Tomou, então, Jacó varas verdes de álamo, de aveleira e de plátano e lhes removeu a casca, em riscas abertas, deixando aparecer a brancura das varas,
38 तब तिनले बोक्रा ताछिएका ती हाँगाहरू सबै पानी पिउने डूँडहरूको छेउमा राखिदिए, ताकि पानी पिउन आउँदा बगालहरूले त्यो देखून्; किनभने त्यहाँ ती बगालहरू मिसिन्थे,
38 as quais, assim escorchadas, pôs ele em frente do rebanho, nos canais de água e nos bebedouros, aonde os rebanhos vinham para dessedentar-se, e conceberam quando vinham a beber.
39 बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए।
39 E concebia o rebanho diante das varas, e as ovelhas davam crias listadas, salpicadas e malhadas.
40 याकोबले बगालका पाठाहरूलाई छुट्याए, तर रहेकोलाई चाहिँ लाबानका धर्के र काला रङ्गका पशुहरूपट्टि फर्काइदिए। यसरी तिनले आफ्ना लागि बेग्लै बगाल बनाए, र तिनीहरूलाई लाबानका पशुहरूसित राखेनन्।
40 Então, separou Jacó os cordeiros e virou o rebanho para o lado dos listados e dos pretos nos rebanhos de Labão; e pôs o seu rebanho à parte e não o juntou com o rebanho de Labão.
41 जहिले-जहिले बलिया पाठीहरूको मिसिने बेला आउँथ्यो, याकोबले तिनीहरू ती हाँगाहरूको सामु मिसिऊन् भनी ती हाँगाहरूलाई पानीको डुँडमा पशुहरूको सामु राखिदिन्थे,
41 E, todas as vezes que concebiam as ovelhas fortes, punha Jacó as varas à vista do rebanho nos canais de água, para que concebessem diante das varas.
42 तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए।
42 Porém, quando o rebanho era fraco, não as punha; assim, as fracas eram de Labão, e as fortes, de Jacó.
43 यसरी यी मानिस अति सम्पन्न भए; अनि तिनका ठूला-ठूला बगाल, सेवक-सेविका, ऊँट र गधाहरू भए।
43 E o homem se tornou mais e mais rico; teve muitos rebanhos, e servas, e servos, e camelos, e jumentos.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 30, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.