Gênesis 23
npioncb (NPIONCB) vs NVI
1 सारा एक सय सत्ताइस वर्षसम्म बाँचिन्।
1 Sara viveu cento e vinte e sete anos
2 अनि कनान देशको किर्यत-अर्बामा (अर्थात्, हेब्रोनमा) तिनको मृत्यु भयो। अनि अब्राहाम साराका निम्ति विलाप गर्न र उनका निम्ति शोक गर्नलाई त्यहाँ गए।
2 e morreu em Quiriate-Arba, que é Hebrom, em Canaã; e Abraão foi lamentar e chorar por ela.
3 अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने,
3 Depois Abraão deixou ali o corpo de sua mulher e foi falar com os hititas:
4 “म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।”
4 "Sou apenas um estrangeiro entre vocês. Cedam-me alguma propriedade para sepultura, para que eu tenha onde enterrar a minha mulher".
5 तब हित्तीहरूले अब्राहामलाई भने,
5 Responderam os hititas a Abraão:
6 “हे प्रभु, हाम्रो कुरा सुन्नुहोस्! तपाईं हाम्रो बीचमा परमेश्वरका राजकुमार हुनुहुन्छ। त्यसकारण हाम्रा चिहानहरूमध्ये सबैभन्दा असलचाहिँ छानेर त्यहीँ आफ्नो मृतकलाई गाड्नुहोस्। हाम्रो चिहानमा तपाईंको मृतकलाई गाड्न दिन हामी कसैले पनि इन्कार गर्नेछैनौँ।”
6 "Ouça-nos, senhor; o senhor é um príncipe de Deus em nosso meio. Enterre a sua mulher numa de nossas sepulturas, na que lhe parecer melhor. Nenhum de nós recusará ceder-lhe sua sepultura para que enterre a sua mulher".
7 तब अब्राहाम उठेर त्यस देशका मानिस, हित्तीहरूको अगि निहुरिए।
7 Abraão levantou-se, curvou-se perante o povo daquela terra, os hititas,
8 अनि तिनले उनीहरूलाई भने, “यदि तपाईंहरूले मेरो पत्नीको शवलाई गाड्न ठाउँ दिने इच्छा गर्नुभएको हो भने मेरो कुरा सुनिदिनुहोस्, र सोहोरको छोरा एप्रोनसित मेरा निम्ति बिन्ती गरिदिनुहोस्,
8 e disse-lhes: "Já que vocês me dão permissão para sepultar minha mulher, peço que intercedam por mim junto a Efrom, filho de Zoar,
9 अनि उनले आफ्नो जमिनको अन्तिममा भएको मक्पेलाको ओडार मलाई बेचून्। तपाईंहरूको बीचमा चलिआएको पूरा मूल्यमा त्यो चिहानको रूपमा मलाई बेचून् भनी उनलाई भनिदिनुहोस्।”
9 a fim de que ele me ceda a caverna de Macpela, que lhe pertence e se encontra na divisa do seu campo. Peçam-lhe que a ceda a mim pelo preço justo, para que eu tenha uma propriedade para sepultura entre vocês".
10 सहरको मूलढोकामा हित्तीहरू आएका थिए; अनि हित्तीहरूका बीचमा एप्रोन पनि त्यहीँ बसिरहेका थिए। अनि सबैले सुन्ने गरी एप्रोनले अब्राहामलाई जवाफ दिए;
10 Efrom, o hitita, estava sentado no meio do seu povo e respondeu a Abraão, sendo ouvido por todos os hititas que tinham vindo à porta da cidade:
11 उनले भने, “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; म तपाईंलाई जमिन दिने मात्र होइन, तर त्यसमा भएको ओडारसमेत दिन्छु। त्यो मेरा मानिसहरूको उपस्थितिमा तपाईंलाई दिन्छु। आफ्नो मृतकलाई त्यहीँ गाड्नुहोस्।”
11 "Não, meu senhor. Ouça-me, eu lhe cedo o campo e também a caverna que nele está. Cedo-os na presença do meu povo. Sepulte a sua mulher".
12 फेरि अब्राहाम त्यस देशका मानिसहरूको सामु निहुरिए।
12 Novamente Abraão curvou-se perante o povo daquela terra
13 तब तिनले सबैले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंले चाहनुहुन्छ भने मेरो कुरा सुन्नुहोस्। म जमिनको मूल्य तिर्नेछु। यो मबाट स्वीकार गर्नुहोस्, र मेरो मृतकलाई त्यहीँ गाड्न सकूँ।”
13 e disse a Efrom, sendo ouvido por todos: "Ouça-me, por favor. Pagarei o preço do campo. Aceite-o, para que eu possa sepultar a minha mulher".
14 एप्रोनले अब्राहामलाई जवाफ दिए,
14 Efrom respondeu a Abraão:
15 “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; त्यस जमिनको दाम चाँदीको चार सय शेकेल मात्र हो; तर तपाईं र मेरो बीचमा मूल्यको के कुरा र? तपाईं आफ्नो मृतकलाई गाड्नुहोस्।”
15 "Ouça-me, meu senhor: aquele pedaço de terra vale quatrocentas peças de prata, mas o que significa isso entre mim e você? Sepulte a sua mulher".
16 हित्तीहरूले सुन्ने गरी एप्रोनले राखेको शर्त अब्राहामले स्वीकार गरे; अनि त्यस बेलाका व्यापारीहरूका बीचमा चल्ने मुद्राको तौलअनुसार तिनले चाँदीको चार सय शेकेल एप्रोनले तोकेको मूल्यअनुसार चुक्ता गरिदिए।
16 Abraão concordou com Efrom e pesou-lhe o valor por ele estipulado diante dos hititas: quatrocentas peças de prata, de acordo com o peso corrente entre os mercadores.
17 यसरी मम्रेको छेउमा भएको एप्रोनको मक्पेलाको जमिन—अर्थात् जमिन र ओडार दुवै जमिनको सिमानामा भएका सबै रूखहरूलाई
17 Assim o campo de Efrom em Macpela, perto de Manre, o próprio campo com a caverna que nele há e todas as árvores dentro das divisas do campo, foi transferido
18 सहरको मूलढोकामा आएका सबै हित्तीहरूको उपस्थितिमा अब्राहामको सम्पत्तिको रूपमा पक्का गरी दर्ता गरियो।
18 a Abraão como sua propriedade diante de todos os hititas que tinham vindo à porta da cidade.
19 त्यसपछि कनान देशमा भएको मम्रे अर्थात् हेब्रोनको छेउमा भएको मक्पेलामा भएको ओडारमा अब्राहामले आफ्नी पत्नी सारालाई गाडे।
19 Depois disso, Abraão sepultou sua mulher Sara na caverna do campo de Macpela, perto de Manre, que se encontra em Hebrom, na terra de Canaã.
20 यसरी त्यो जमिन र त्यसमा भएको ओडारलाई चिहानको रूपमा हित्तीहरूद्वारा अब्राहामको नाममा दर्ता गरियो।
20 Assim o campo e a caverna que nele há foram transferidos a Abraão pelos hititas como propriedade para sepultura.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.