Gênesis 24

npioncb (NPIONCB)

1 अब्राहाम अब धेरै वृद्ध भइसकेका थिए; अनि याहवेहले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो।

2 तिनले आफ्नो घरानाको आफ्नो सबैभन्दा पुरानो सेवकलाई भने, जसले अब्राहामका सबै कुराको हेरचाह गर्थ्यो, “मेरो तिघ्रामुनि आफ्नो हात राख्।

3 अनि म तँलाई स्वर्ग र पृथ्वीका याहवेह परमेश्‍वरको नाममा शपथ खान लगाउँछु; अहिले म बसोबास गर्दैआएको कनानीहरूका छोरीहरूमध्येबाट मेरा छोराको निम्ति पत्नी नल्याउनू,

4 तर तैँले मेरै देश र मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकका निम्ति एउटी पत्नी ल्याउनू।”

5 त्यस सेवकले तिनलाई सोध्यो, “यदि ती स्त्री मसँग यस देशमा आउन राजी भइनन् भने म के गरूँ? के मैले तपाईंको छोरालाई तपाईं जुन देशबाट आउनुभयो, त्यही देशमा फर्काएर लैजानुपर्छ?”

6 अब्राहामले भने, “अहँ, हुँदैन। यो पक्‍का गर्, कि तैँले मेरो छोरालाई त्यहाँ फेरि फर्काएर नलैजानू!

7 मलाई मेरा पिताको घरानाबाट र मेरो जन्मस्थलबाट बाहिर निकालेर ल्याउनुहुने, र मसित बोलेर ‘तेरो सन्तानलाई म यो देश दिनेछु’ भन्दै मसँग शपथमा प्रतिज्ञा गर्नुहुने स्वर्गका परमेश्‍वर, याहवेहले नै तेरो अगि-अगि दूत पठाउनुहुनेछ; अनि तैँले मेरो छोराका निम्ति त्यहीँबाट एउटी पत्नी ल्याउनेछस्।

8 यदि ती स्त्री तँसित आउन चाहिनन् भने तँ मसित खाएको शपथबाट स्वतन्त्र हुनेछस्। तर याद राख्, मेरो छोरालाई चाहिँ फेरि त्यहाँ फर्काएर नलैजानू।”

9 यसकारण त्यस सेवकले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राख्यो, र यस विषयमा तिनीसित शपथ खायो।

10 तब त्यस सेवकले आफ्ना मालिकका दश वटा ऊँटहरूमा सबै किसिमका असल थोकहरूका सौगात लादेर हिँड्यो। अनि त्यो सेवक अराम-नहरैमतिर गयो, र नाहोर भन्‍ने नगरतिर बाटो लाग्यो।

11 उसले नगरको बाहिर एउटा इनारको छेउमा आफ्ना ऊँटहरूलाई घुँडा टेकाएर बसायो; साँझ पर्ने बेला भएकोले स्त्रीहरू पानी भर्नका लागि इनारमा आउने बेला भएको थियो।

12 तब त्यसले प्रार्थना गर्‍यो, “हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्‍वर, मलाई आज सफलता दिनुहोस्, र मेरा मालिक अब्राहाममाथि दया देखाउनुहोस्।

13 हेर्नुहोस्, म यस पानीको इनारनेर उभिरहेको छु; अनि यस नगरबासीका छोरीहरू पानी भर्न आउँदैछन्।

14 यसकारण यस्तो होस्: जुन केटीलाई ‘तिम्रो गाग्रो मतिर ढल्काइदेऊ, र म पानी पिउन पाऊँ,’ भनेर भनुँला र जसले ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु’ भनी भन्ली, त्यहीचाहिँ तपाईंले आफ्ना सेवक इसहाकका निम्ति चुन्‍नुभएको होस्। यसैबाट तपाईंले मेरा मालिकप्रति दया देखाउनुभएको छ भनी म जान्‍नेछु।”

15 उसले प्रार्थना गरिसक्नुभन्दा पहिल्यै रिबेका आफ्नो काँधमा गाग्रो बोकेर आइपुगिन्, जोचाहिँ अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काका छोरा बतूएलकी छोरी थिइन्।

16 तिनी असाध्यै राम्री थिइन्, र कुनै मानिससँग कहिल्यै पनि सहवास नभएकी कन्या थिइन्। तिनी ओर्लेर इनारमा गइन्, र आफ्नो गाग्रो भरेर फेरि माथि आइन्।

17 त्यो सेवक दगुर्दै तिनलाई भेट्न गयो र भन्यो, “कृपया मलाई तिम्रो गाग्रोबाट अलिकति पानी पिउन देऊ।”

18 अनि तिनले भनिन्, “हुन्छ, पिउनुहोस्, मेरा प्रभु!” अनि तिनले गाग्रोलाई आफ्नो हातमा ओरालिन्, र उसलाई पिउन दिइन्।

19 उसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “म तपाईंका ऊँटहरूलाई पनि तिनीहरूले अघाउन्जेल पानी उघाएर दिनेछु।”

20 यसरी तिनले चाँडो गरी आफ्नो गाग्रोको पानी डुँडमा खन्याइन्, र अझ धेरै पानी उघाउन इनारतिर दगुरिन्; अनि उसका सबै ऊँटहरूको लागि प्रशस्त पानी उघाइन्।

21 ती सेवकचाहिँ केही नबोली रिबेकालाई हेरिरहे। अनि कतै याहवेहले आफ्नो यात्रा सफल बनाउनुभएको त होइन भन्‍ने कुरा मनन गर्न थाले।

22 जब ऊँटहरूले पानी पिइसके, तब त्यस मानिसले आधा बेका तौलको सुनको एउटा नत्थ र दश शेकेल तौलको दुई वटा बाला झिक्यो।

23 तब उसले सोध्यो, “कृपया मलाई भन, तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई बास बस्‍नका निम्ति ठाउँ छ?”

24 उनले त्यसलाई जवाफ दिइन्, “म मिल्काका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका लागि जन्माएकी थिइन्।”

25 अनि उनले अझै भनिन्, “हामीसित पर्याप्‍त पराल र दाना छन्, साथै तपाईंलाई बास बस्‍नको लागि ठाउँ पनि छ।”

26 तब त्यस मानिसले घोप्टो परेर याहवेहको आराधना गर्‍यो,

27 र भन्यो, “मेरा मालिक अब्राहामका परमेश्‍वर, याहवेहको प्रशंसा होस्, जसले मेरा मालिकप्रति आफ्नो दया र विश्‍वासयोग्यता त्याग्नुभएको छैन। म बाटोमा छँदै याहवेहले मेरा मालिकका कुटुम्बको घरानातिरको यात्रामा मलाई अगुवाइ गरेर ल्याउनुभयो।”

28 तब रिबेका दगुरेर गइन् र आफ्नी आमाको घरानालाई यी सबै कुराहरू बताइदिइन्।

31 अनि उनले भने, “हे याहवेहका धन्य जन, भित्र आउनुहोस्! तपाईं किन बाहिर उभिरहनुहुन्छ? मैले तपाईंका निम्ति घर र ऊँटहरूका निम्ति ठाउँ तयार पारेको छु।”

32 यसकारण त्यो मानिस लाबानसित घरभित्र गयो; अनि ऊँटहरूबाट भारी उतारियो। ऊँटहरूका निम्ति पराल र दाना दिइयो; अनि लाबानले त्यो मानिस र त्योसँग आएका मानिसहरूका निम्ति गोडा धुन पानी दिए।

33 तब त्यसको सामु भोजन राखियो; तर त्यसले भन्यो, “जबसम्म मैले तपाईंहरूलाई भन्‍नुपर्ने कुरा भन्दिनँ, तबसम्म म केही खानेछैनँ।”

34 यसकारण त्यसले भन्यो, “म अब्राहामको सेवक हुँ।

35 याहवेहले मेरा मालिकलाई प्रशस्त आशिष् दिनुभएको छ। याहवेहले उहाँलाई भेडाबाख्रा, गाईबस्तु, सुन, चाँदी, सेवक-सेविका, ऊँट र गधाहरू दिनुभएको छ, र उहाँलाई धेरै धनी बनाउनुभएको छ।

36 मेरा मालिककी पत्नी साराले आफ्नो वृद्धावस्थामा अब्राहामका निम्ति एउटा छोरा जन्माउनुभयो; अनि अब्राहामले उनलाई आफूसित भएका सबै थोक दिनुभएको छ।

37 अनि मेरा मालिकले मलाई शपथ खान लगाएर यसो भन्‍नुभयो, ‘तैँले म बसेको कनानीहरूका छोरीहरूबाट मेरो छोराका निम्ति पत्नी नल्याउनू,

38 तर मेरा पिताका घरानामा, मेरो आफ्नै वंशमा जानू, र मेरो छोराका लागि एउटी पत्नी ल्याउनू।’

39 “तब मैले मेरा मालिकलाई सोधेँ, ‘यदि त्यो स्त्री मसँग आउन मानिन भने?’

40 “तिनले जवाफ दिए, ‘म जुन याहवेहको सामु विश्‍वासयोग्य भएर हिँड्छु, उहाँले नै आफ्ना दूतलाई तँसित पठाउनुहुनेछ र तेरो यात्रा सफल तुल्याउनुहुनेछ; अनि तैँले मेरा आफ्नै वंश र मेरा पिताको घरानाबाट मेरा छोराका निम्ति एउटी पत्नी ल्याउनेछस्।

41 यदि तँ मेरो वंशकहाँ गइस्, तर तिनलाई माग्दा तिनीहरूले तँलाई दिन मानेनन् भने तँ मेरो शपथबाट स्वतन्त्र हुनेछस्।’

42 “जब म आज यस इनारमा आइपुगेँ, र मैले भनेँ, ‘हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्‍वर, तपाईंको इच्छा भएमा दया गरी मेरो यात्रा सफल गराइदिनुहोस्।

43 हेर्नुहोस्, म यस इनारको छेउमा उभिरहेको छु। अनि यस्तो होस्: यदि कुनै कन्या पानी भर्न आउँदा मैले तिनलाई भनेँ, “कृपया मलाई तिम्रो गाग्रोबाट केही पानी पिउन देऊ,”

44 अनि यदि उसले मलाई “पिउनुहोस्, र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी उघाएर दिनेछु,” भन्ली, तब त्यही स्त्री याहवेहले मेरा मालिकका छोराका निम्ति चुन्‍नुभएको होस्।’

45 “मैले आफ्नो हृदयमा प्रार्थना गरी नसक्दै रिबेका आफ्नो गाग्रो काँधमा बोकेर आइन्। अनि तिनले इनारमा ओर्लेर पानी उघाइन्; तब मैले तिनलाई भनेँ, ‘मलाई अलिकति पानी पिउन देऊ।’

46 “उनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो तल झारिन् र भनिन्, ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु।’ यसकारण मैले पिएँ, र तिनले ऊँटहरूलाई पनि पानी पिउन दिइन्।

47 “मैले उनलाई सोधेँ, ‘तिमी कसकी छोरी हौ?’

48 अनि मैले घोप्टो परेर याहवेहलाई आराधना गरेँ। मैले याहवेह, मेरा मालिक अब्राहामका परमेश्‍वरको प्रशंसा गरेँ; जसले मेरा मालिकका छोराका निम्ति आफ्ना भाइकी नातिनी ल्याउनलाई ठिक बाटोमा डोर्‍याउनुभयो।

49 अब यदि तपाईंले मेरा मालिकप्रति दया र विश्‍वासयोग्यता देखाउनुहुन्छ भने मलाई भन्‍नुहोस्; अथवा हुन्‍न भने पनि मलाई भन्‍नुहोस्, र म कतातिर लाग्नुपर्ने हो भनी जान्‍न सकूँ।”

50 तब लाबान र बतूएलले जवाफ दिए, “यो याहवेहबाट नै भएको हो; हामी तपाईंहरूलाई हो अथवा होइन केही भन्‍न सक्दैनौँ।

51 रिबेका तपाईंकै सामु छिन्; तिनलाई लिएर जानुहोस्! अनि याहवेहले निर्देशन गर्नुभएझैँ तिनलाई तपाईंका मालिकका छोराकी पत्नी हुन दिनुहोस्।”

52 तिनीहरूले भनेका कुरा अब्राहामका सेवकले सुनेपछि त्यसले भुइँमा निहुरिएर याहवेहलाई डण्दवत् गर्‍यो।

53 तब त्यस सेवकले सुन, चाँदीका गरगहना र लुगाफाटाहरू निकाल्यो, र रिबेकालाई दियो; त्यसले तिनका दाजु र आमालाई पनि बहुमूल्य उपहारहरू दियो।

54 तब त्यो र त्योसँग आएका मानिसहरूले खानपिन गरे, र त्यो रात त्यहीँ बास बसे।

55 तर रिबेकाका दाजु र आमाले भने, “हाम्री छोरीलाई हामीसित दश दिन जति बस्‍न दिनुहोस्; अनि त्यसपछि तिनलाई लैजानुहोस्।”

56 तर त्यसले तिनीहरूलाई भन्यो, “अब मलाई रोकेर नराख्नुहोस्; किनकि याहवेहले मेरो यात्रा सफल पार्नुभएको छ। मलाई बिदा दिनुहोस्, र म मेरा मालिककहाँ जान पाऊँ।”

57 तब तिनीहरूले भने, “हामी रिबेकालाई बोलाऔँ र यसबारे तिनैलाई सोधौँ।”

58 तब तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “के तिमी यस मानिससँग जान्छ्यौ?”

59 यसकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी धाईआमासँगै अब्राहामका सेवक र त्यसका मानिसहरूलाई बिदा दिए।

60 अनि तिनीहरूले रिबेकालाई आशिष् दिएर भने,

61 तब रिबेका र तिनका सुसारेहरू तयार भए, र ऊँटमाथि चढे; अनि त्यस मानिसको पछि लागे। यसरी त्यस सेवकले रिबेकालाई लिएर गयो।

62 अब इसहाक बेअर-लहै-रोइबाट आएका थिए; किनकि त्यस बेला तिनी दक्षिणमा बस्दैथिए।

63 एक साँझ इसहाक ध्यान गर्न बाहिर खेतमा गए; अनि तिनले जब आँखा उठाएर हेरे, तब तिनले ऊँटको लस्कर आइरहेका देखे।

64 रिबेकाले पनि आँखा उठाएर हेरिन्, र इसहाकलाई देखिन्। तिनी आफ्नो ऊँटबाट ओर्लिन्,

65 अनि त्यस सेवकलाई सोधिन्, “हामीलाई भेट्न खेतबाट आउँदैगरेका ती मानिस को हुन्?”

66 तब त्यस सेवकले आफूले गरेका सबै कुराहरू इसहाकलाई भनिदियो।

67 इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालभित्र लिएर आए; अनि तिनलाई विवाह गरे। यसरी तिनी उनकी पत्नी भइन्; अनि तिनले उनलाई प्रेम गरे। यसरी इसहाकले आफ्नी आमाको मृत्युपछि सान्त्वना पाए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.