Gálatas 2

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यस पटक मैले तीतसलाई पनि सँगै लगेँ।
1 Catorze anos depois, subi novamente a Jerusalém, dessa vez com Barnabé, levando também Tito comigo.
2 परमेश्‍वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ। मैले एकान्तमा मण्डलीका प्रतिष्‍ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अगि प्रस्तुत गरेँ। मैले जुन दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्‍चित हुन चाहन्थेँ।
2 Fui para lá por causa de uma revelação e expus diante deles o evangelho que prego entre os gentios, fazendo-o, porém, em particular aos que pareciam mais influentes, para não correr ou ter corrido em vão.
3 तर तीतस, जो मसँग थिए, उनी ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्।
3 Mas nem mesmo Tito, que estava comigo, foi obrigado a circuncidar-se, apesar de ser grego.
4 खतनाको बारेमा कुरा उठेको थियो; किनकि कति झूटा विश्‍वासी भाइहरू हाम्रो समूहभित्र पसेर ख्रीष्‍ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासुसी गरी हामीलाई यहूदी परम्पराको दास बनाउन चाहन्थे।
4 Essa questão foi levantada porque alguns falsos irmãos infiltraram-se em nosso meio para espionar a liberdade que temos em Cristo Jesus e nos reduzir à escravidão.
5 तिनीहरूका अगि हामी एकैक्षण पनि झुकेनौँ, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्।
5 Não nos submetemos a eles nem por um instante, para que a verdade do evangelho permanecesse com vocês.
6 तर ती मण्डलीका प्रतिष्‍ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जोसुकै भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।
6 Quanto aos que pareciam influentes — o que eram então não faz diferença para mim; Deus não julga pela aparência — tais homens influentes não me acrescentaram nada.
7 तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।
7 Pelo contrário, reconheceram que a mim havia sido confiada a pregação do evangelho aos incircuncisos, assim como a Pedro, aos circuncisos.
8 किनकि परमेश्‍वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।
8 Pois Deus, que operou por meio de Pedro como apóstolo aos circuncisos, também operou por meu intermédio para com os gentios.
9 मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्‍नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्‍चय गरे।
9 Reconhecendo a graça que me fora concedida, Tiago, Pedro e João, tidos como colunas, estenderam a mão direita a mim e a Barnabé em sinal de comunhão. Eles concordaram em que devíamos nos dirigir aos gentios, e eles, aos circuncisos.
10 तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ।
10 Somente pediram que nos lembrássemos dos pobres, o que me esforcei por fazer.
11 जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्‍लमखुल्‍ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए।
11 Quando, porém, Pedro veio a Antioquia, enfrentei-o face a face, por sua atitude condenável.
12 याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्‍वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्‍वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए।
12 Pois, antes de chegarem alguns da parte de Tiago, ele comia com os gentios. Quando, porém, eles chegaram, afastou-se e separou-se dos gentios, temendo os que eram da circuncisão.
13 उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।
13 Os demais judeus também se uniram a ele nessa hipocrisia, de modo que até Barnabé se deixou levar.
14 जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्‍लमखुल्‍ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?
14 Quando vi que não estavam andando de acordo com a verdade do evangelho, declarei a Pedro, diante de todos: "Você é judeu, mas vive como gentio e não como judeu. Portanto, como pode obrigar gentios a viverem como judeus?
15 “हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ।
15 "Nós, judeus de nascimento e não ‘gentios pecadores’,
16 हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्‍ट येशूमा विश्‍वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।
16 sabemos que o ninguém é justificado pela prática da lei, mas mediante a fé em Jesus Cristo. Assim, nós também cremos em Cristo Jesus para sermos justificados pela fé em Cristo, e não pela prática da lei, porque pela prática da lei ninguém será justificado.
17 “तर यदि हामी यहूदीहरू ख्रीष्‍टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्‍ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्‍टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन!
17 "Se, porém, procurando ser justificados em Cristo descobrimos que nós mesmos somos pecadores, será Cristo então ministro do pecado? De modo algum!
18 यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु।
18 Se reconstruo o que destruí, provo que sou transgressor.
19 “किनकि परमेश्‍वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु।
19 Pois, por meio da lei eu morri para a lei, a fim de viver para Deus.
20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्‍वरको पुत्रमा राखेको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
20 Fui crucificado com Cristo. Assim, já não sou eu quem vive, mas Cristo vive em mim. A vida que agora vivo no corpo, vivo-a pela fé no filho de Deus, que me amou e se entregou por mim.
21 म परमेश्‍वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्‍नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्‍ट मर्नुभएको व्यर्थ हुन्छ।”
21 Não anulo a graça de Deus; pois, se a justiça vem pela lei, Cristo morreu inutilmente! "

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gálatas 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.