Gálatas 2
npioncb (NPIONCB) vs ARIB
1 चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यस पटक मैले तीतसलाई पनि सँगै लगेँ।
1 Depois, passados catorze anos, subi outra vez a Jerusalém com Barnabé, levando também comigo a Tito.
2 परमेश्वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ। मैले एकान्तमा मण्डलीका प्रतिष्ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अगि प्रस्तुत गरेँ। मैले जुन दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्चित हुन चाहन्थेँ।
2 E subi devido a uma revelação, e lhes expus o evangelho que prego entre os gentios, mas em particular aos que eram de destaque, para que de algum modo não estivesse correndo ou não tivesse corrido em vão.
3 तर तीतस, जो मसँग थिए, उनी ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्।
3 Mas nem mesmo Tito, que estava comigo, embora sendo grego, foi constrangido a circuncidar-se;
4 खतनाको बारेमा कुरा उठेको थियो; किनकि कति झूटा विश्वासी भाइहरू हाम्रो समूहभित्र पसेर ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासुसी गरी हामीलाई यहूदी परम्पराको दास बनाउन चाहन्थे।
4 e isto por causa dos falsos irmãos intrusos, os quais furtivamente entraram a espiar a nossa liberdade, que temos em Cristo Jesus, para nos escravizar;
5 तिनीहरूका अगि हामी एकैक्षण पनि झुकेनौँ, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्।
5 aos quais nem ainda por uma hora cedemos em sujeição, para que a verdade do evangelho permanecesse entre vós.
6 तर ती मण्डलीका प्रतिष्ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जोसुकै भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
6 Ora, daqueles que pareciam ser alguma coisa {quais outrora tenham sido, nada me importa; Deus não aceita a aparência do homem}, esses, digo, que pareciam ser alguma coisa, nada me acrescentaram;
7 तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।
7 antes, pelo contrário, quando viram que o evangelho da incircuncisão me fora confiado, como a Pedro o da circuncisão
8 किनकि परमेश्वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।
8 {porque aquele que operou a favor de Pedro para o apostolado da circuncisão, operou também a meu favor para com os gentios},
9 मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्चय गरे।
9 e quando conheceram a graça que me fora dada, Tiago, Cefas e João, que pareciam ser as colunas, deram a mim e a Barnabé as destras de comunhão, para que nós fôssemos aos gentios, e eles à circuncisão;
10 तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ।
10 recomendando-nos somente que nos lembrássemos dos pobres; o que também procurei fazer com diligência.
11 जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्लमखुल्ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए।
11 Quando, porém, Cefas veio a Antioquia, resisti-lhe na cara, porque era repreensível.
12 याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए।
12 Pois antes de chegarem alguns da parte de Tiago, ele comia com os gentios; mas quando eles chegaram, se foi retirando e se apartava deles, temendo os que eram da circuncisão.
13 उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।
13 E os outros judeus também dissimularam com ele, de modo que até Barnabé se deixou levar pela sua dissimulação.
14 जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्लमखुल्ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?
14 Mas, quando vi que não andavam retamente conforme a verdade do evangelho, disse a Cefas perante todos: Se tu, sendo judeu, vives como os gentios, e não como os judeus, como é que obrigas os gentios a viverem como judeus?
15 “हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ।
15 Nós, judeus por natureza e não pecadores dentre os gentios,
16 हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्टमा विश्वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्ट येशूमा विश्वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।
16 sabendo, contudo, que o homem não é justificado por obras da lei, mas sim, pela fé em Cristo Jesus, temos também crido em Cristo Jesus para sermos justificados pela fé em Cristo, e não por obras da lei; pois por obras da lei nenhuma carne será justificada.
17 “तर यदि हामी यहूदीहरू ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन!
17 Mas se, procurando ser justificados em Cristo, fomos nós mesmos também achados pecadores, é porventura Cristo ministro do pecado? De modo nenhum.
18 यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु।
18 Porque, se torno a edificar aquilo que destruí, constituo-me a mim mesmo transgressor.
19 “किनकि परमेश्वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु।
19 Pois eu pela lei morri para a lei, a fim de viver para Deus.
20 म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
20 Já estou crucificado com Cristo; e vivo, não mais eu, mas Cristo vive em mim; e a vida que agora vivo na carne, vivo-a na fé no filho de Deus, o qual me amou, e se entregou a si mesmo por mim.
21 म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।”
21 Não faço nula a graça de Deus; porque, se a justiça vem mediante a lei, logo Cristo morreu em vão.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gálatas 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.