Ezequiel 6
npioncb (NPIONCB) vs ARA
1 याहवेहको वचन मकहाँ आयो:
1 Veio a mim a palavra do Senhor , dizendo:
2 “हे मानिसको छोरा, तेरो अनुहार इस्राएलका पर्वतहरूतिर फर्का; तिनीहरूका विरुद्धमा अगमवाणी गर्,
2 Filho do homem, vira o rosto para os montes de Israel e profetiza contra eles, dizendo:
3 र भन्: ‘हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको वचन सुन। पहाडहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: मैले तिमीहरूका विरुद्धमा तरवार ल्याउन लागेको छु, र तिमीहरूका देवस्थानहरू म नाश गरिदिनेछु।
3 Montes de Israel, ouvi a palavra do Senhor Deus: Assim diz o Senhor Deus aos montes, aos outeiros, aos ribeiros e aos vales: Eis que eu, eu mesmo, trarei a espada sobre vós e destruirei os vossos altos.
4 तिमीहरूका वेदीहरू भत्काइनेछन् र तिमीहरूका धूप-वेदीहरू चकनाचुर पारिनेछन्; अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामु मार्नेछु।
4 Ficarão desolados os vossos altares, e quebrados, os vossos altares de incenso; arrojarei os vossos mortos à espada, diante dos vossos ídolos.
5 म इस्राएलीहरूका लासहरू तिनीहरूका मूर्तिहरूकै सामु राखिदिनेछु; अनि म तिमीहरूका हड्डीहरू तिमीहरूका वेदीहरूका चारैतिर छरपस्ट पारिदिनेछु।
5 Porei os cadáveres dos filhos de Israel diante dos seus ídolos e espalharei os vossos ossos ao redor dos vossos altares.
6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका सहरहरू उजाड पारिनेछन् र देवस्थानहरू भत्काइनेछन्, र तिमीहरूका वेदीहरू उजाड र क्षत-विक्षत हुनेछन्। तिमीहरूका मूर्तिहरू चकनाचुर हुनेछन् र ध्वस्त पारिनेछन्, तिमीहरूका धूप-वेदीहरू भत्काइनेछन्; अनि तिमीहरूले बनाएका सबै चीजहरू नष्ट हुनेछन्।
6 Em todos os vossos lugares habitáveis, as cidades serão destruídas, e os altos ficarão desolados, para que os vossos altares sejam destruídos e arruinados, e os vossos ídolos, quebrados e extintos, e os vossos altares do incenso sejam eliminados, e desfeitas as vossas obras.
7 तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लड्नेछन्, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
7 Os mortos à espada cairão no meio de vós, para que saibais que eu sou o Senhor .
8 “ ‘तर म केही मानिसहरूलाई बचाइराख्नेछु; किनकि जब तिमीहरू देश र जाति-जातिहरू बीचमा छरपस्ट हुनेछौ, तब तिमीहरूमध्ये केही तरवारबाट उम्कनेछौ।
8 Mas deixarei um resto, porquanto alguns de vós escapareis da espada entre as nações, quando fordes espalhados pelas terras.
9 त्यसपछि कैदमा लगिएका मानिसहरू, जाति-जातिहरूका बीचबाट उम्कनेहरू, जसले मलाई सम्झनेछन्—तिनीहरूका व्यभिचारी हृदयबाट मदेखि अलग भएका छन्; अनि तिनीहरू आकर्षित मूर्तिहरूका पछि लागेका छन्, र तिनीहरूका लोभी नजरहरूको कारण म दुःखित भएको छु। तिनीहरूले गरेका दुष्टता र तिनीहरूका सबै घिनलाग्दा कामहरूका निम्ति तिनीहरू आफ्नै नजरमा घृणित हुनेछन्।
9 Então, se lembrarão de mim os que dentre vós escaparem entre as nações para onde foram levados em cativeiro; pois me quebrantei por causa do seu coração dissoluto, que se desviou de mim, e por causa dos seus olhos, que se prostituíram após os seus ídolos. Eles terão nojo de si mesmos, por causa dos males que fizeram em todas as suas abominações.
10 तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्। तिनीहरूमाथि विपत्तिहरू ल्याउँछु भनी मैले व्यर्थैमा धम्की दिएको होइनँ।
10 Saberão que eu sou o Senhor e não disse debalde que lhes faria este mal.
11 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: इस्राएलका घरानाका सबै दुष्टता र घिनलाग्दा कामहरूको कारण आफ्ना हातहरू ठटाउँदै र खुट्टाहरू एकसाथ बजारेर भन्, “हाय!” किनकि तिनीहरू तरवार, अनिकाल र रूढीले नष्ट हुनेछन्।
11 Assim diz o Senhor Deus: Bate as palmas, bate com o pé e dize: Ah! Por todas as terríveis abominações da casa de Israel! Pois cairão à espada, e de fome, e de peste.
12 टाढा हुनेहरू रूढीद्वारा मर्नेछन् र नजिक हुनेहरू तरवारले ढल्नेछन्; अनि बाँचेकाहरू र छोडिएकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म आफ्नो क्रोध तिनीहरूमाथि खन्याउनेछु।
12 O que estiver longe morrerá de peste; o que estiver perto cairá à espada; e o que ficar de resto e cercado morrerá de fome. Assim, neles cumprirei o meu furor.
13 जब तिनीहरूका वेदीहरूका चारैतिर तिनीहरूका मूर्तिहरूका बीचमा, प्रत्येक देवस्थानमा, सबै पहाडहरूमा, तिनीहरूका प्रत्येक झ्याम्म परेको फलाँटका रूखमुनि, तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धूप चढाएका ठाउँहरूमा र तिनीहरूका मारिएका मानिसहरू छरपस्ट भई छरिरहनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
13 Então, sabereis que eu sou o Senhor , quando os seus mortos à espada jazerem no meio dos seus ídolos, em redor dos seus altares, em todo outeiro alto, em todos os cimos dos montes e debaixo de toda árvore frondosa, debaixo de todo carvalho espesso, lugares onde ofereciam suave perfume a todos os seus ídolos.
14 अनि म तिनीहरूको विरुद्धमा आफ्नो हात पसार्नेछु, र मरुभूमिदेखि दिब्लासम्म—तिनीहरू जहाँ बसे तापनि देशलाई उजाड पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
14 Estenderei a mão sobre eles e farei a terra tornar-se desolada, desolada desde o deserto até Ribla, em todas as suas habitações; e saberão que eu sou o Senhor .
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.