Ezequiel 44

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 त्यसपछि ती मानिसले मलाई बाहिरी पवित्रस्थानको पूर्वपट्टि फर्केको बाहिरी मूलढोकामा ल्याए; त्यो मूलढोका बन्द थियो।
1 O homem me levou até o portão de fora, no lado leste da área do Templo. O portão estava fechado.
2 याहवेहले मलाई भन्‍नुभयो, “यो मूलढोका बन्द रहनेछ। यो कहिल्यै खोलिनेछैन; यसबाट भित्र कोही पनि प्रवेश गर्न पाउनेछैन। यसकारण यो बन्द नै रहनेछ; किनभने याहवेह, इस्राएलका परमेश्‍वर यसबाट भएर भित्र प्रवेश गर्नुभएको छ।
2 Então o Senhor me disse: — Este portão ficará fechado; nunca será aberto. Ninguém poderá usá-lo, porque eu, o
3 राजकुमार आफैँ मात्र याहवेहको उपस्थितिमा खानलाई मूलढोकाभित्र पस्‍न सक्छन्। ऊ मूलढोकाको दलानको बाटो भएर प्रवेश गर्नुपर्छ, र त्यही बाटो भएर बाहिर निस्कनुपर्छ।”
3 mas o rei poderá ir lá para comer uma refeição santa na minha presença. Ele entrará e sairá pelo salão interno desse portão.
4 तब ती मानिसले मलाई उत्तरी मूलढोकाबाट मन्दिरको अगाडि ल्याए; अनि मैले हेरेँ, र याहवेहको महिमाले मन्दिर भरिएको देखेँ, र म भुइँमा घोप्टो परेँ।
4 Então o homem me fez passar pelo portão do norte e me levou para a frente do Templo. Olhei e vi que o Templo estava cheio da glória do Senhor . Eu me atirei de comprido no chão.
5 तब याहवेहले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, होसियारीसाथ हेर्, ध्यानपूर्वक सुन् र याहवेहको मन्दिरका नियमहरू र निर्देशनहरू सम्बन्धी मैले तँलाई भनेका सबै कुरामा ध्यान दे। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने ढोकाहरूमा ध्यान दिएर हेर्।
5 Então o Senhor me disse: —
6 बागी इस्राएललाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका घिनलाग्दा कामहरू अति भयो!
6 — Diga a esses israelitas rebeldes que eu, o Senhor Deus, não vou tolerar mais as coisas vergonhosas que eles estão fazendo.
7 तिमीहरूका अरू सबै घिनलाग्दा कामहरूबाहेक, तिमीहरूले हृदय र शरीरमा खतना नभएका विदेशीहरूलाई मेरो पवित्रस्थानभित्र ल्याएका छौ। तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा मेरो मन्दिरलाई अपवित्र तुल्याएका छौ; अनि तिमीहरूले मेरो करार भङ्ग गरेका छौ।
7 Eles têm profanado o meu Templo, deixando estrangeiros que não foram circuncidados , gente que não me conhece, entrar no pátio do Templo quando a gordura e o sangue dos sacrifícios estão sendo oferecidos a mim. Assim, fazendo todas essas coisas vergonhosas, o meu povo tem quebrado a minha aliança .
8 मेरा पवित्र थोकहरूको बारेमा आफ्ना कर्तव्य पूरा गर्नुको सट्टा, तिमीहरूले मेरो पवित्रस्थानको जिम्मा अरूलाई दिएका छौ।
8 Eles deixaram que estrangeiros realizassem no meu Templo as cerimônias sagradas, em vez de eles mesmos fazerem isso.
9 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हृदय र शरीरमा खतना नभएको कुनै पनि विदेशी मेरो पवित्रस्थानमा पस्‍नुहुँदैन। इस्राएलीहरूका बीचमा बस्‍ने विदेशीहरूले पनि पस्‍न पाउनेछैन।
9 — Eu, o Senhor Deus, afirmo que nenhum estrangeiro que não foi circuncidado, que não me obedece, entrará no pátio do meu Templo, nem mesmo o estrangeiro que esteja vivendo no meio do povo de Israel.
10 “ ‘जब इस्राएलले आफ्नो बाटो बिराएको थिए, तब ती लेवीहरू जो मबाट टाढा गए; तिनीहरू मूर्तिहरूका पछि लागेर मबाट तर्किएका थिए, अब ती लेवीहरूले आफ्ना पापको फल भोग्नैपर्छ।
10 — Os levitas me abandonaram juntamente com o resto do povo de Israel, e adoraram ídolos, e por isso estão sendo castigados.
11 तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका मूलढोकाहरूका जिम्मा लिएर यसमा सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरूका पशुहरू मार्न सक्छन्; अनि मानिसहरूका सामु उभिएर तिनीहरूको सेवा गर्न सक्छन्।
11 Eles podem me servir tomando conta dos portões e fazendo os serviços do Templo; podem matar os animais que o povo traz como ofertas para serem completamente queimadas e como sacrifícios. E ficarão no meio do povo prontos para servir.
12 तर तिनीहरूले तिनीहरूका मूर्तिहरूको उपस्थितिमा तिनीहरूको सामु सेवा गरे; अनि इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसैकारण तिनीहरूले आफ्ना पापको फल भोग्नैपर्छ भनेर मैले हात उठाएर शपथ खाएको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
12 Eles se encarregaram do culto de ídolos para o povo de Israel e assim fizeram os israelitas pecarem; por isso, eu, o Senhor Deus, juro solenemente que serão castigados.
13 तिनीहरू पुजारीको रूपमा मेरो सेवा गर्न नजिक आउन पाउनेछैनन्, न त तिनीहरू मेरा कुनै पनि पवित्र चीजहरू अथवा मेरा महा-पवित्र भेटीहरूका छेउमा आउन पाउनेछन्। तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूको शर्म भोग्नुपर्नेछ।
13 Eles não me servirão como sacerdotes, nem chegarão perto de nada que seja santo para mim, nem entrarão no Lugar Santíssimo . O castigo pelas coisas vergonhosas que eles fizeram é este:
14 तापनि म तिनीहरूलाई मन्दिरको सेवा र त्यहाँ गरिनुपर्ने सबै कामको जिम्मेवारीको निम्ति नियुक्त गर्नेछु।
14 eu os encarrego de guardar o Templo e de fazer todos os serviços dele.
15 “ ‘तर लेवी पुजारीहरू, जो सादोकका सन्तानहरू हुन्; इस्राएलीहरू मबाट बरालिएर टाढा गए तापनि तिनीहरूले मेरो पवित्रस्थानको सुरक्षा गरे। यसैले अब तिनीहरूचाहिँ सेवा गर्नलाई मेरो सामु पवित्रस्थानको नजिक आउनेछन्; मेरो सामु बोसो र रगतको बलिदानहरू चढाउनका निम्ति तिनीहरू खडा हुनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
15 O Senhor Deus disse: — Porém, quando todo o resto do povo de Israel se afastou de mim, os sacerdotes da
16 तिनीहरू मात्र मेरो पवित्रस्थानभित्र प्रवेश गर्नेछन्; अनि तिनीहरू नै मेरो सेवा गर्न टेबुलको नजिक आउनेछन्, र मेरो सेवाको निम्ति गर्नुपर्ने सबै विधिहरू पूरा गर्नेछन्।
16 Somente eles entrarão no meu Templo, servirão no meu altar e se encarregarão do culto no Templo.
17 “ ‘तिनीहरू भित्री चोकको ढोकामा प्रवेश गर्दा तिनीहरूले सुतीका कपडा लगाउनुपर्नेछ; तिनीहरूले भित्री चोकका मूलढोकाहरूमा अथवा मन्दिरभित्र सेवा गर्दा कुनै पनि ऊनीको कपडा लगाउनुहुँदैन।
17 Quando entrarem pelo portão do pátio de dentro do Templo, deverão vestir roupas de linho. Quando estiverem de serviço no pátio de dentro ou no Templo, não deverão usar nada que seja feito de lã.
18 तिनीहरूले आफ्ना शिरमा सुती फेटा र तिनीहरूका कम्मरमा सुतीको भित्री कपडा लगाउनुपर्छ। तिनीहरूले पसिना आउने किसिमको कुनै पनि कपडा लगाउनुहुँदैन।
18 Deverão usar turbantes de linho e calças de linho; mas, para não suarem, não usarão cinto.
19 अनि जब तिनीहरू मानिसहरू भएको बाहिरी चोकमा निस्कन्छन्, तब तिनीहरूले सेवा गर्दा लगाउने कपडा तिनीहरूले फुकाल्नुपर्छ, र ती पवित्र कोठाहरूमा छोडिराख्नुपर्छ; अनि अन्य कपडा लगाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना पवित्र वस्त्रद्वारा मानिसहरूलाई पवित्र नपारून्।
19 Antes de saírem para o pátio de fora, onde o povo está, deverão primeiro tirar as roupas que usaram ao servirem no Templo, deixando-as nas salas sagradas. Eles deverão vestir outra roupa a fim de evitar que a sua roupa sagrada prejudique o povo .
20 “ ‘तिनीहरूले तिनीहरूका केश नखौरून्, अथवा तिनीहरूका केश बढेर लामो हुन नदिऊन्, तर तिनीहरूले आफ्ना शिरका केशलाई छोटो राख्नुपर्छ।
20 — Os sacerdotes não devem rapar a cabeça, nem deixar o cabelo ficar comprido, mas devem cortá-lo com decência.
21 पुजारी भित्री चोकभित्र पस्दा कुनै पनि दाखमद्य पिउनुहुँदैन।
21 Os sacerdotes não beberão vinho antes de entrar no pátio de dentro.
22 तिनीहरूले विधवा अथवा सम्बन्ध-विच्छेद भएका स्त्रीहरूलाई विवाह गर्नुहुँदैन; तिनीहरूले इस्राएली वंशका कन्याहरू, अथवा पुजारीहरूका विधवाहरूसँग मात्र विवाह गर्न सक्छन्।
22 O sacerdote não poderá casar nem com viúva nem com mulher divorciada, mas somente com uma virgem israelita ou com a viúva de um sacerdote.
23 तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र सामान्य कुराको भिन्‍नता सिकाउनुपर्छ; अनि शुद्ध र अशुद्धको भिन्‍नता छुट्टाउन देखाउनुपर्छ।
23 — Os sacerdotes ensinarão ao meu povo a diferença entre o que é santo e o que não é e entre o que é puro e o que é impuro .
24 “ ‘कुनै पनि विवादमा पुजारीले न्यायकर्ताको सेवा गर्नुपर्छ र तिनीहरूले मेरा धार्मिक नियमअनुसार फैसला गर्नुपर्छ। तिनीहरूले मेरा सबै तोकिएका चाडहरूका निम्ति मेरा व्यवस्थाहरू र उर्दीहरू पालन गर्नुपर्छ; अनि तिनीहरूले मेरा शब्बाथ दिनलाई पवित्र राख्नुपर्छ।
24 Quando houver uma questão legal, os sacerdotes decidirão o caso de acordo com as minhas leis . Eles comemorarão as festas religiosas de acordo com as minhas leis e regulamentos e manterão santos os sábados.
25 “ ‘मरेको मानिसको नजिक गएर पुजारीहरूले आफूलाई अपवित्र पार्नुहुँदैन; तरै पनि यदि त्यो मरेको व्यक्ति त्यसको बुबा वा आमा, छोरा वा छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनी रहेछ भने तिनीहरूले आफूलाई अशुद्ध पार्न सक्छन्।
25 — O sacerdote não deverá tocar num morto porque, se fizer isso, ficará impuro. Mas poderá tocar no cadáver do pai ou da mãe, ou de um filho, ou de um irmão, ou de uma irmã solteira.
26 त्यो शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्छ।
26 Depois que ele se purificar de novo, deverá esperar sete dias;
27 त्यो पवित्रस्थानमा सेवा गर्नलाई पवित्रस्थानको भित्री चोकमा गएको दिन त्यसले आफ्नो निम्ति एउटा पाप शुद्धीकरण बलि चढाउनुपर्छ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
27 então entrará no pátio de dentro do Templo e oferecerá um sacrifício pela sua purificação, para que assim possa servir de novo no Templo. Sou eu, o Senhor Deus, quem está falando.
28 “ ‘पुजारीहरूका पैतृक सम्पत्ति म नै हुँ। तिमीहरूले तिनीहरूलाई इस्राएलमा कुनै पनि सम्पत्ति नदिनू; तिनीहरूका सम्पत्तिको भाग म नै हुनेछु।
28 — Os sacerdotes terão uma herança: eu sou a sua herança. Eles não terão propriedades em Israel: eu sou a sua propriedade.
29 तिनीहरूले अन्‍नबलि, पाप शुद्धीकरण बलि र दोषबलि खानेछन्; अनि इस्राएलमा याहवेहलाई चढाइएको जेसुकै चीजहरू पनि तिनीहरूका हुनेछन्।
29 As ofertas de cereais e as ofertas feitas para tirar pecados ou culpas serão o alimento dos sacerdotes, e tudo o que for separado para mim em Israel será deles.
30 सबै पहिलो फलहरूको उत्तम भाग र विशेष भेटीहरूका उत्तम भाग पुजारीहरूकै हुनेछ। तिमीहरूको पहिलो पिठोको भाग पुजारीहरूलाई दिनू, ताकि तिमीहरूको घरानामा आशिष् रहिरहून्।
30 Os sacerdotes receberão o melhor de todas as primeiras colheitas e de tudo mais que for oferecido a mim. Toda vez que as pessoas assarem pão, darão aos sacerdotes o primeiro pão como oferta, e assim a minha bênção ficará sobre as suas casas.
31 पुजारीहरूले आफैँ मरेको अथवा जङ्गली पशुहरूले मारेका, कुनै पनि चरा वा पशुको मासु खानुहुँदैन।
31 Os sacerdotes não deverão comer nenhum pássaro ou animal que tenha tido morte natural ou que tenha sido morto por outro animal.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 44, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.