Ezequiel 44
npioncb (NPIONCB) vs ARA
1 त्यसपछि ती मानिसले मलाई बाहिरी पवित्रस्थानको पूर्वपट्टि फर्केको बाहिरी मूलढोकामा ल्याए; त्यो मूलढोका बन्द थियो।
1 Então, o homem me fez voltar para o caminho da porta exterior do santuário, que olha para o oriente, a qual estava fechada.
2 याहवेहले मलाई भन्नुभयो, “यो मूलढोका बन्द रहनेछ। यो कहिल्यै खोलिनेछैन; यसबाट भित्र कोही पनि प्रवेश गर्न पाउनेछैन। यसकारण यो बन्द नै रहनेछ; किनभने याहवेह, इस्राएलका परमेश्वर यसबाट भएर भित्र प्रवेश गर्नुभएको छ।
2 Disse-me o Senhor : Esta porta permanecerá fechada, não se abrirá; ninguém entrará por ela, porque o Senhor , Deus de Israel, entrou por ela; por isso, permanecerá fechada.
3 राजकुमार आफैँ मात्र याहवेहको उपस्थितिमा खानलाई मूलढोकाभित्र पस्न सक्छन्। ऊ मूलढोकाको दलानको बाटो भएर प्रवेश गर्नुपर्छ, र त्यही बाटो भएर बाहिर निस्कनुपर्छ।”
3 Quanto ao príncipe, ele se assentará ali por ser príncipe, para comer o pão diante do Senhor ; pelo vestíbulo da porta entrará e por aí mesmo sairá.
4 तब ती मानिसले मलाई उत्तरी मूलढोकाबाट मन्दिरको अगाडि ल्याए; अनि मैले हेरेँ, र याहवेहको महिमाले मन्दिर भरिएको देखेँ, र म भुइँमा घोप्टो परेँ।
4 Depois, o homem me levou pela porta do norte, diante da casa; olhei, e eis que a glória do Senhor enchia a Casa do Senhor ; então, caí rosto em terra.
5 तब याहवेहले मलाई भन्नुभयो, “हे मानिसको छोरा, होसियारीसाथ हेर्, ध्यानपूर्वक सुन् र याहवेहको मन्दिरका नियमहरू र निर्देशनहरू सम्बन्धी मैले तँलाई भनेका सबै कुरामा ध्यान दे। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने ढोकाहरूमा ध्यान दिएर हेर्।
5 Disse-me o Senhor : Filho do homem, nota bem, e vê com os próprios olhos, e ouve com os próprios ouvidos tudo quanto eu te disser de todas as determinações a respeito da Casa do Senhor e de todas as leis dela; nota bem quem pode entrar no templo e quem deve ser excluído do santuário.
6 बागी इस्राएललाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका घिनलाग्दा कामहरू अति भयो!
6 Dize aos rebeldes, à casa de Israel: Assim diz o Senhor Deus: Bastem-vos todas as vossas abominações, ó casa de Israel!
7 तिमीहरूका अरू सबै घिनलाग्दा कामहरूबाहेक, तिमीहरूले हृदय र शरीरमा खतना नभएका विदेशीहरूलाई मेरो पवित्रस्थानभित्र ल्याएका छौ। तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा मेरो मन्दिरलाई अपवित्र तुल्याएका छौ; अनि तिमीहरूले मेरो करार भङ्ग गरेका छौ।
7 Porquanto introduzistes estrangeiros, incircuncisos de coração e incircuncisos de carne, para estarem no meu santuário, para o profanarem em minha casa, quando ofereceis o meu pão, a gordura e o sangue; violastes a minha aliança com todas as vossas abominações.
8 मेरा पवित्र थोकहरूको बारेमा आफ्ना कर्तव्य पूरा गर्नुको सट्टा, तिमीहरूले मेरो पवित्रस्थानको जिम्मा अरूलाई दिएका छौ।
8 Não cumpristes as prescrições a respeito das minhas coisas sagradas; antes, constituístes em vosso lugar estrangeiros para executarem o serviço no meu santuário.
9 प्रभु याहवेह यसो भन्नुहुन्छ: हृदय र शरीरमा खतना नभएको कुनै पनि विदेशी मेरो पवित्रस्थानमा पस्नुहुँदैन। इस्राएलीहरूका बीचमा बस्ने विदेशीहरूले पनि पस्न पाउनेछैन।
9 Assim diz o Senhor Deus: Nenhum estrangeiro que se encontra no meio dos filhos de Israel, incircunciso de coração ou incircunciso de carne, entrará no meu santuário.
10 “ ‘जब इस्राएलले आफ्नो बाटो बिराएको थिए, तब ती लेवीहरू जो मबाट टाढा गए; तिनीहरू मूर्तिहरूका पछि लागेर मबाट तर्किएका थिए, अब ती लेवीहरूले आफ्ना पापको फल भोग्नैपर्छ।
10 Os levitas, porém, que se apartaram para longe de mim, quando Israel andava errado, que andavam transviados, desviados de mim, para irem atrás dos seus ídolos, bem levarão sobre si a sua iniquidade.
11 तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका मूलढोकाहरूका जिम्मा लिएर यसमा सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरूका पशुहरू मार्न सक्छन्; अनि मानिसहरूका सामु उभिएर तिनीहरूको सेवा गर्न सक्छन्।
11 Contudo, eles servirão no meu santuário como guardas nas portas do templo e ministros dele; eles imolarão o holocausto e o sacrifício para o povo e estarão perante este para lhe servir.
12 तर तिनीहरूले तिनीहरूका मूर्तिहरूको उपस्थितिमा तिनीहरूको सामु सेवा गरे; अनि इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसैकारण तिनीहरूले आफ्ना पापको फल भोग्नैपर्छ भनेर मैले हात उठाएर शपथ खाएको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
12 Porque lhe ministraram diante dos seus ídolos e serviram à casa de Israel de tropeço de maldade; por isso, levantando a mão, jurei a respeito deles, diz o Senhor Deus, que eles levarão sobre si a sua iniquidade.
13 तिनीहरू पुजारीको रूपमा मेरो सेवा गर्न नजिक आउन पाउनेछैनन्, न त तिनीहरू मेरा कुनै पनि पवित्र चीजहरू अथवा मेरा महा-पवित्र भेटीहरूका छेउमा आउन पाउनेछन्। तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूको शर्म भोग्नुपर्नेछ।
13 Não se chegarão a mim, para me servirem no sacerdócio, nem se chegarão a nenhuma de todas as minhas coisas sagradas, que são santíssimas, mas levarão sobre si a sua vergonha e as suas abominações que cometeram.
14 तापनि म तिनीहरूलाई मन्दिरको सेवा र त्यहाँ गरिनुपर्ने सबै कामको जिम्मेवारीको निम्ति नियुक्त गर्नेछु।
14 Contudo, eu os encarregarei da guarda do templo, e de todo o serviço, e de tudo o que se fizer nele.
15 “ ‘तर लेवी पुजारीहरू, जो सादोकका सन्तानहरू हुन्; इस्राएलीहरू मबाट बरालिएर टाढा गए तापनि तिनीहरूले मेरो पवित्रस्थानको सुरक्षा गरे। यसैले अब तिनीहरूचाहिँ सेवा गर्नलाई मेरो सामु पवित्रस्थानको नजिक आउनेछन्; मेरो सामु बोसो र रगतको बलिदानहरू चढाउनका निम्ति तिनीहरू खडा हुनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
15 Mas os sacerdotes levitas, os filhos de Zadoque, que cumpriram as prescrições do meu santuário, quando os filhos de Israel se extraviaram de mim, eles se chegarão a mim, para me servirem, e estarão diante de mim, para me oferecerem a gordura e o sangue, diz o Senhor Deus.
16 तिनीहरू मात्र मेरो पवित्रस्थानभित्र प्रवेश गर्नेछन्; अनि तिनीहरू नै मेरो सेवा गर्न टेबुलको नजिक आउनेछन्, र मेरो सेवाको निम्ति गर्नुपर्ने सबै विधिहरू पूरा गर्नेछन्।
16 Eles entrarão no meu santuário, e se chegarão à minha mesa, para me servirem, e cumprirão as minhas prescrições.
17 “ ‘तिनीहरू भित्री चोकको ढोकामा प्रवेश गर्दा तिनीहरूले सुतीका कपडा लगाउनुपर्नेछ; तिनीहरूले भित्री चोकका मूलढोकाहरूमा अथवा मन्दिरभित्र सेवा गर्दा कुनै पनि ऊनीको कपडा लगाउनुहुँदैन।
17 E será que, quando entrarem pelas portas do átrio interior, usarão vestes de linho; não se porá lã sobre eles, quando servirem nas portas do átrio interior, dentro do templo.
18 तिनीहरूले आफ्ना शिरमा सुती फेटा र तिनीहरूका कम्मरमा सुतीको भित्री कपडा लगाउनुपर्छ। तिनीहरूले पसिना आउने किसिमको कुनै पनि कपडा लगाउनुहुँदैन।
18 Tiaras de linho lhes estarão sobre a cabeça, e calções de linho sobre as coxas; não se cingirão a ponto de lhes vir suor.
19 अनि जब तिनीहरू मानिसहरू भएको बाहिरी चोकमा निस्कन्छन्, तब तिनीहरूले सेवा गर्दा लगाउने कपडा तिनीहरूले फुकाल्नुपर्छ, र ती पवित्र कोठाहरूमा छोडिराख्नुपर्छ; अनि अन्य कपडा लगाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना पवित्र वस्त्रद्वारा मानिसहरूलाई पवित्र नपारून्।
19 Saindo eles ao átrio exterior, ao povo, despirão as vestes com que ministraram, pô-las-ão nas santas câmaras e usarão outras vestes, para que, com as suas vestes, não santifiquem o povo.
20 “ ‘तिनीहरूले तिनीहरूका केश नखौरून्, अथवा तिनीहरूका केश बढेर लामो हुन नदिऊन्, तर तिनीहरूले आफ्ना शिरका केशलाई छोटो राख्नुपर्छ।
20 Não raparão a cabeça, nem deixarão crescer o cabelo; antes, como convém, tosquiarão a cabeça.
21 पुजारी भित्री चोकभित्र पस्दा कुनै पनि दाखमद्य पिउनुहुँदैन।
21 Nenhum sacerdote beberá vinho quando entrar no átrio interior.
22 तिनीहरूले विधवा अथवा सम्बन्ध-विच्छेद भएका स्त्रीहरूलाई विवाह गर्नुहुँदैन; तिनीहरूले इस्राएली वंशका कन्याहरू, अथवा पुजारीहरूका विधवाहरूसँग मात्र विवाह गर्न सक्छन्।
22 Não se casarão nem com viúva nem com repudiada, mas tomarão virgens da linhagem da casa de Israel ou viúva que o for de sacerdote.
23 तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र सामान्य कुराको भिन्नता सिकाउनुपर्छ; अनि शुद्ध र अशुद्धको भिन्नता छुट्टाउन देखाउनुपर्छ।
23 A meu povo ensinarão a distinguir entre o santo e o profano e o farão discernir entre o imundo e o limpo.
24 “ ‘कुनै पनि विवादमा पुजारीले न्यायकर्ताको सेवा गर्नुपर्छ र तिनीहरूले मेरा धार्मिक नियमअनुसार फैसला गर्नुपर्छ। तिनीहरूले मेरा सबै तोकिएका चाडहरूका निम्ति मेरा व्यवस्थाहरू र उर्दीहरू पालन गर्नुपर्छ; अनि तिनीहरूले मेरा शब्बाथ दिनलाई पवित्र राख्नुपर्छ।
24 Quando houver contenda, eles assistirão a ela para a julgarem; pelo meu direito julgarão; as minhas leis e os meus estatutos em todas as festas fixas guardarão e santificarão os meus sábados.
25 “ ‘मरेको मानिसको नजिक गएर पुजारीहरूले आफूलाई अपवित्र पार्नुहुँदैन; तरै पनि यदि त्यो मरेको व्यक्ति त्यसको बुबा वा आमा, छोरा वा छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनी रहेछ भने तिनीहरूले आफूलाई अशुद्ध पार्न सक्छन्।
25 Não se aproximarão de nenhuma pessoa morta, porque se contaminariam; somente por pai, ou mãe, ou filho, ou filha, ou irmão, ou por irmã que não tiver marido, se poderão contaminar.
26 त्यो शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्छ।
26 Depois de ser ele purificado, contar-se-lhe-ão sete dias.
27 त्यो पवित्रस्थानमा सेवा गर्नलाई पवित्रस्थानको भित्री चोकमा गएको दिन त्यसले आफ्नो निम्ति एउटा पाप शुद्धीकरण बलि चढाउनुपर्छ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
27 No dia em que ele entrar no lugar santo, no átrio interior, para ministrar no lugar santo, apresentará a sua oferta pelo pecado, diz o Senhor Deus.
28 “ ‘पुजारीहरूका पैतृक सम्पत्ति म नै हुँ। तिमीहरूले तिनीहरूलाई इस्राएलमा कुनै पनि सम्पत्ति नदिनू; तिनीहरूका सम्पत्तिको भाग म नै हुनेछु।
28 Os sacerdotes terão uma herança; eu sou a sua herança. Não lhes dareis possessão em Israel; eu sou a sua possessão.
29 तिनीहरूले अन्नबलि, पाप शुद्धीकरण बलि र दोषबलि खानेछन्; अनि इस्राएलमा याहवेहलाई चढाइएको जेसुकै चीजहरू पनि तिनीहरूका हुनेछन्।
29 A oferta de manjares, e a oferta pelo pecado, e a pela culpa eles comerão; e toda coisa consagrada em Israel será deles.
30 सबै पहिलो फलहरूको उत्तम भाग र विशेष भेटीहरूका उत्तम भाग पुजारीहरूकै हुनेछ। तिमीहरूको पहिलो पिठोको भाग पुजारीहरूलाई दिनू, ताकि तिमीहरूको घरानामा आशिष् रहिरहून्।
30 O melhor de todos os primeiros frutos de toda espécie e toda oferta serão dos sacerdotes; também as primeiras das vossas massas dareis ao sacerdote, para que faça repousar a bênção sobre a vossa casa.
31 पुजारीहरूले आफैँ मरेको अथवा जङ्गली पशुहरूले मारेका, कुनै पनि चरा वा पशुको मासु खानुहुँदैन।
31 Não comerão os sacerdotes coisa alguma que de si mesma haja morrido ou tenha sido dilacerada de aves e de animais.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 44, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.