Ezequiel 42
npioncb (NPIONCB) vs ARA
1 त्यसपछि ती मानिसले मलाई उत्तरपट्टि बाहिरी चोकमा पुर्याए; अनि मन्दिरको चोकको विपरीत भएका र उत्तरपट्टिको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा ल्याए।
1 Depois disto, me fez sair para o átrio exterior, para o norte; e me levou às celas que estavam para o norte, opostas ao edifício na área separada, edifício que olha para o norte,
2 उत्तरपट्टि फर्केको ढोका भएको भवन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा थियो।
2 do comprimento de cem côvados, com portas que davam para o norte; e a largura era de cinquenta côvados.
3 भित्री चोकदेखि बीस क्यूबिट टाढाको खण्डमा र बाहिरी चोकको ढुङ्गा छापिएको पिँडीको विपरीत रहेको भाग दुवैमा एक-अर्कापट्टि फर्केका बार्दलीहरू तीन तहमा थिए।
3 Em frente dos vinte côvados que pertenciam ao átrio interior, defronte do pavimento que pertencia ao átrio exterior, havia galeria contra galeria em três andares.
4 कोठाहरूको सामु दश क्यूबिट चौडाइ र एक सय क्यूबिट लम्बाइ भएको एउटा भित्री बाटो थियो। तिनका कोठाहरूका ढोकाहरू उत्तरपट्टि फर्केका थिए।
4 Diante das câmaras havia um passeio de dez côvados de largura, do lado de dentro, e cem de comprimento; e as suas entradas eram para o lado norte.
5 माथिल्ला कोठाहरू साँघुरा थिए; किनकि भवनको बीचको तलामा बार्दलीहरूले तल्लो तलाको कोठाहरूले भन्दा बढी ठाउँ ओगटेका थिए।
5 As câmaras superiores eram mais estreitas; porque as galerias tiravam mais espaço destas do que das de baixo e das do meio do edifício.
6 माथिल्ला तलाका कोठाहरूका चोकहरूमा भएझैँ खम्बाहरू थिएनन्; यसकारण तिनीहरू भुइँको तला र बीचका तलाका कोठाहरूभन्दा साना थिए।
6 Porque elas eram de três andares e não tinham colunas como as colunas dos átrios; por isso, as superiores eram mais estreitas do que as de baixo e as do meio.
7 कोठाहरू र बाहिरी चोकको बराबरको एउटा बाहिरी भित्ता थियो; त्यो कोठाहरूका सामुको भाग पचास क्यूबिटसम्म फैलिएको थियो।
7 O muro que estava por fora, defronte das câmaras, no caminho do átrio exterior, diante das câmaras, tinha cinquenta côvados de comprimento.
8 बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास क्यूबिट लामो थियो, र पवित्रस्थानको छेउको लहरचाहिँ एक सय क्यूबिट लामो थियो।
8 Pois o comprimento das câmaras, que estavam no átrio exterior, era de cinquenta côvados; e eis que defronte do templo havia cem côvados.
9 तल्ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वार थियो।
9 Da parte de baixo destas câmaras, estava a entrada do lado do oriente, quando se entra nelas pelo átrio exterior.
10 मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए।
10 Do muro do átrio para o oriente, diante do edifício na área separada, havia também celas
11 तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै,
11 e um passeio; tinham a feição das celas que olhavam para o norte, e o mesmo comprimento, e a mesma largura, e ainda as mesmas saídas, e o mesmo arranjo; como eram as suas entradas,
12 दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्न सकिन्थ्यो।
12 assim eram as das celas que olhavam para o sul, no princípio do caminho, a saber, o caminho bem defronte do muro para o oriente, para quem por elas entra.
13 तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ।
13 Então, o homem me disse: As câmaras do norte e as câmaras do sul, que estão diante da área separada, são câmaras santas, em que os sacerdotes, que se chegam ao Senhor , comerão e onde depositarão as coisas santíssimas, isto é, as ofertas de manjares e as pelo pecado e pela culpa; porque o lugar é santo.
14 जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।”
14 Quando os sacerdotes entrarem, não sairão do santuário para o átrio exterior, mas porão ali as vestiduras com que ministraram, porque elas são santas; usarão outras vestiduras e assim se aproximarão do lugar destinado ao povo.
15 जब तिनले मन्दिरको इलाकाभित्र भएका कुराहरू नापिसके, तब तिनले मलाई पूर्वी मूलढोकाबाट बाहिर ल्याए; अनि चारैतिरका ठाउँहरू नापे:
15 Acabando ele de medir o templo interior, ele me fez sair pela porta que olha para o oriente; e mediu em redor.
16 तिनले नाप्ने टाँगोले पूर्वका भाग नापे; त्यो पाँच सय क्यूबिट थियो।
16 Mediu o lado oriental com a cana de medir: quinhentas canas ao redor.
17 तिनले उत्तरको भाग नापे; त्यो नाप्ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो।
17 Mediu o lado norte: quinhentas canas ao redor.
18 तिनले दक्षिण भाग नापे; त्यो नाप्ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो।
18 Mediu também o lado sul: quinhentas canas.
19 तब तिनी पश्चिम भागपट्टि फर्केर त्यो नापे; नाप्ने टाँगोअनुसार त्यो पनि पाँच सय क्यूबिट थियो।
19 Voltou-se para o lado ocidental e mediu quinhentas canas.
20 यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो।
20 Mediu pelos quatro lados; havia um muro em redor, de quinhentas canas de comprimento e quinhentas de largura, para fazer separação entre o santo e o profano.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 42, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.