Ezequiel 3
npioncb (NPIONCB) vs VC
1 अनि परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा, तेरो अगाडि जे कुरा छ, त्यो खा! यो मुट्ठो खा; त्यसपछि गएर इस्राएलका घरानाहरूलाई भन्।”
1 Filho do homem, falou-me, come o rolo que aqui está, e, em seguida, vai falar à casa de Israel.
2 यसकारण मैले आफ्नो मुख खोलेँ र उहाँले मलाई त्यो मुट्ठो खान दिनुभयो।
2 Abri a boca, e ele mo fez engolir.
3 तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, मैले तँलाई दिएको यो मुट्ठो खा, र यसले आफ्नो पेट भर्।” यसकारण मैले मुट्ठो खाएँ, र त्यो मेरो मुखमा महझैँ गुलियो भयो।
3 Filho do homem, falou-me, nutre o teu corpo, enche o teu estômago com o rolo que te dou. Então o comi, e era doce na boca, como o mel.
4 तब उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, अब इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरा वचनहरू भन्।
4 Em seguida, acrescentou: Filho do homem, vai até a casa de Israel para lhe transmitir as minhas palavras.
5 तँ विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा बोल्ने जातिहरूकहाँ पठाइँदैछैनस्, तर इस्राएलका मानिसहरूकहाँ पठाइँदैछस्—
5 Não é a um povo de linguagem incompreensível, de linguagem bárbara que te envio, e sim aos israelitas;
6 विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा भएका धेरै जातिहरूकहाँ होइन, जसका कुरा तँ बुझ्न सक्दैनस्। यदि मैले तँलाई तिनीहरूकहाँ पठाएको भए निश्चय नै तिनीहरूले तेरो कुरा सुन्नेथिए।
6 não é a populações inumeráveis, de idioma incompreensível, de linguajar selvagem, cuja língua não compreenderias: eles te ouviriam, se eu te enviasse a eles;
7 तर इस्राएलका मानिसहरूले तेरो कुरा सुन्न चाहँदैनन्; किनभने तिनीहरूले मेरो कुरा सुन्न इच्छा गर्दैनन्; किनकि इस्राएलीहरू कठोर र जिद्दी भएका छन्।
7 mas a casa de Israel recusará escutar-te, porque eles não querem atender a mim! Pois, toda a casa de Israel nada mais é do que gente teimosa, de coração insensível.
8 तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु।
8 Pois bem!, tornarei o teu semblante tão endurecido quanto o deles;
9 म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।”
9 vou dar a teu rosto a rigidez do diamante, que é mais resistente que a rocha. Não os temas, pois, e não te deixes amedrontrar por causa deles, pois são uma raça de recalcitrantes.
10 फेरि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, तैँले ध्यानसित सुन्, र मैले तँलाई भनेका मेरा सबै वचन तेरो हृदयमा राख्।
10 Filho do homem, ajuntou ele, acolhe em teu coração, escuta com toda a atenção tudo quanto eu te disser.
11 निर्वासनमा लगिएका तेरा देशवासीहरूकहाँ गएर तिनीहरूसँग कुरा गर्। ‘प्रभु याहवेह यसो भन्नुहुन्छ, तिनीहरूले सुनून् वा नसुनून्, तिनीहरूलाई भन्।’ ”
11 Depois dirigir-te-ás a teus compatriotas exilados, para lhes falar. Dir-lhes-ás: oráculo do Senhor Javé - quer te escutem ou não.
12 तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ।
12 Então o espírito se apoderou de mim e ouvi atrás de mim um vozerio de violento rumor. Bendita seja a glória do Senhor, onde ela repousar!
13 त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाहरू एक-अर्कालाई छुँदा निस्केको आवाज र तिनीहरूका छेउका चक्काहरू घुमेको आवाज, भुइँचालो गएको जस्तै ठूलो गडगडाहटको आवाज थियो।
13 Ouvi o rumor do bater das asas dos seres vivos e o ruído de suas rodas ao lado deles, um barulho portentoso.
14 त्यसपछि आत्माले मलाई उठाएर माथितिर टाढा लैजानुभयो, तब मेरो मनमा तितो लाग्यो र रिस उठ्यो; अनि याहवेहको बलियो हात ममाथि थियो।
14 O espírito, a seguir, me transportou e me levou. Eu ia, com o coração repleto de amargura e furor, desde que a mão do Senhor havia pesado sobre mim.
15 म कबार नदीको छेउमा भएको तेल-अबीबमा बस्ने निर्वासनमा लगिएकाहरूकहाँ गएँ। अनि त्यहाँ तिनीहरू बसोबास गरेको ठाउँमा तिनीहरूको बीचमा म सात दिनसम्म अति दुःखी भएर रहेँ।
15 Cheguei a Tel Abib, junto dos deportados que se haviam instalado às margens do Cobar, e ali fiquei sete dias no meio deles, em sombria estupefação.
16 तेल-अबीबमा बसेको सात दिनको अन्त्यमा याहवेहको वचन मकहाँ आयो:
16 Passados esses sete dias, a palavra do Senhor foi-me dirigida nestes termos:
17 “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
17 filho do homem, estabeleço-te como sentinela na casa de Israel. Logo que escutares um oráculo saindo de minha boca, tu lho transmitirás de minha parte.
18 जब म एक जना दुष्टलाई भन्छु, ‘तँ निश्चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।
18 Se digo ao malévolo que ele vai morrer, e tu não o prevines e não lhe falas para pô-lo de sobreaviso devido ao seu péssimo proceder, de modo que ele possa viver, ele há de perecer por causa de seu delito, mas é a ti que pedirei conta do seu sangue.
19 तर यदि तैँले त्यस दुष्ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।
19 Contudo, se depois de advertido por ti, não se corrigir da malícia e perversidade, ele perecerá por causa de seu pecado, enquanto tu hás de salvar a tua vida.
20 “तर जब धर्मी मानिसले आफ्नो धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्छ, र मैले त्यसको अगि ठेस लाग्ने ढुङ्गो राखिदिएँ भने त्यो मर्नेछ। तैँले त्यसलाई चेतावनी नदिएको हुनाले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धार्मिक कामहरूको सम्झना हुनेछैन; अनि म तँलाई त्यसको रगतको जिम्मेवार ठहराउनेछु।
20 E, quando um justo abandonar a sua justiça para praticar o mal, e eu permitir diante dele algum tropeço, ele perecerá. Se não o advertires, ele morrerá por causa do seu delito, sem que sejam tomadas em conta as boas obras que anteriormente praticou, e é a ti que pedirei conta do seu sangue.
21 तर यदि तैँले धर्मी मानिसलाई पाप नगर्नू भनेर चेतावनी दिइस् र त्यसले पाप गरेन भने त्यो निश्चय नै बाँच्नेछ; किनकि त्यसले चेतावनी ग्रहण गर्यो, र तैँले आफ्नो प्राणलाई बचाउनेछस्।”
21 Ao contrário, se advertires ao justo que se abstenha do pecado, e ele não pecar, então ele viverá, graças à tua advertência, e tu, assim, terás salvo a tua vida.
22 तब त्यहाँ याहवेहको हात ममाथि थियो र उहाँले मलाई भन्नुभयो, “उठ् र मैदानमा जा; अनि त्यहाँ म तँसँग कुरा गर्नेछु।”
22 A mão do Senhor veio ali sobre mim. Vamos, disse-me ele, vai à planície, onde te vou falar.
23 यसकारण म उठेर मैदानमा गएँ; अनि कबार नदीको किनारमा मैले देखेको जस्तै याहवेहको महिमा त्यहाँ प्रकट भएको थियो; अनि म भुइँमा घोप्टो परेर निहुरिएँ।
23 Pus-me então a caminho para a planície; e eis que a glória do Senhor lá estava, tal qual eu a havia contemplado às margens do Cobar. E caí com a face em terra.
24 तब ममा आत्मा आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो। उहाँले मसँग कुरा गर्नुभयो र मलाई भन्नुभयो: “तेरो घरमा जा, गएर आफ्नो घरभित्र ढोका बन्द गरेर बस्।
24 Mas o espírito do Senhor entrou em mim para me pôr em pé, enquanto me falava o Senhor: Vai encerrar-te em tua casa.
25 अनि हे मानिसको छोरा, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्; अनि तँ मानिसहरूको बीचमा बाहिर निस्केर जान पाउनेछैनस्।
25 Filho do homem, vão amarrar-te com cordas para que não possas mais ir ao meio deles.
26 म तेरो जिब्रोलाई तालुमा टाँसिदिनेछु; अनि तँ बोल्न नसक्ने हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्नेछैनस्; किनकि तिनीहरू विद्रोही घरानाका हुन्।
26 Prenderei tua língua a teu paladar, de modo que o teu mutismo te impeça de repreendê-los, pois é uma raça de recalcitrantes.
27 तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्नू: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ।’ जसले सुन्न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।”
27 Quando eu, porém, te falar, abrir-te-ei a boca, e lhes dirás: oráculo do Senhor Javé. Que escute então aquele que quiser escutar, e que não escute aquele que não o quiser, pois é uma raça de recalcitrantes.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.