Ezequiel 3

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तेरो अगाडि जे कुरा छ, त्यो खा! यो मुट्ठो खा; त्यसपछि गएर इस्राएलका घरानाहरूलाई भन्।”
1 Deus disse: —
2 यसकारण मैले आफ्नो मुख खोलेँ र उहाँले मलाई त्यो मुट्ठो खान दिनुभयो।
2 Então abri a boca, e ele me deu o rolo para comer.
3 तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, मैले तँलाई दिएको यो मुट्ठो खा, र यसले आफ्नो पेट भर्।” यसकारण मैले मुट्ठो खाएँ, र त्यो मेरो मुखमा महझैँ गुलियो भयो।
3 E disse: — Homem mortal, coma esse rolo que lhe estou dando; encha o seu estômago com ele. Eu comi, e era doce como mel.
4 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, अब इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरा वचनहरू भन्।
4 Então Deus disse: — Homem mortal, vá e diga ao povo de Israel o que eu ordenar.
5 तँ विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा बोल्ने जातिहरूकहाँ पठाइँदैछैनस्, तर इस्राएलका मानिसहरूकहाँ पठाइँदैछस्—
5 Não estou enviando você a uma nação que fala uma língua estrangeira difícil, mas aos israelitas.
6 विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा भएका धेरै जातिहरूकहाँ होइन, जसका कुरा तँ बुझ्न सक्दैनस्। यदि मैले तँलाई तिनीहरूकहाँ पठाएको भए निश्‍चय नै तिनीहरूले तेरो कुरा सुन्‍नेथिए।
6 Se eu o enviasse a grandes nações que falam línguas difíceis que você não pudesse entender, elas dariam atenção a você.
7 तर इस्राएलका मानिसहरूले तेरो कुरा सुन्‍न चाहँदैनन्; किनभने तिनीहरूले मेरो कुरा सुन्‍न इच्छा गर्दैनन्; किनकि इस्राएलीहरू कठोर र जिद्दी भएका छन्।
7 Porém o povo de Israel não vai lhe dar atenção, pois eles não querem ouvir o que eu digo. Todos eles são teimosos e rebeldes.
8 तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु।
8 Mas agora eu vou fazer com que você se torne tão teimoso e duro como eles.
9 म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।”
9 Farei com que você fique tão forte como uma rocha e tão duro como um diamante. Por isso, não tenha medo, nem se assuste com esses rebeldes.
10 फेरि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तैँले ध्यानसित सुन्, र मैले तँलाई भनेका मेरा सबै वचन तेरो हृदयमा राख्।
10 E Deus continuou: — Homem mortal, preste bem atenção e lembre tudo o que lhe estou dizendo.
11 निर्वासनमा लगिएका तेरा देशवासीहरूकहाँ गएर तिनीहरूसँग कुरा गर्। ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिनीहरूले सुनून् वा नसुनून्, तिनीहरूलाई भन्।’ ”
11 Depois, vá falar com os seus patrícios que foram levados para o cativeiro . Diga-lhes o que eu, o Senhor Deus, estou dizendo, tanto se lhe derem atenção como se não derem.
12 तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ।
12 Então o Espírito de Deus me levou para o alto, e ouvi atrás de mim uma voz forte como um trovão. A voz gritava: — Louvem nos altos céus a
13 त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाहरू एक-अर्कालाई छुँदा निस्केको आवाज र तिनीहरूका छेउका चक्‍काहरू घुमेको आवाज, भुइँचालो गएको जस्तै ठूलो गडगडाहटको आवाज थियो।
13 Ouvi as asas dos animais batendo juntas no ar e também o barulho das rodas, que era tão forte como o de um trovão.
14 त्यसपछि आत्माले मलाई उठाएर माथितिर टाढा लैजानुभयो, तब मेरो मनमा तितो लाग्यो र रिस उठ्यो; अनि याहवेहको बलियो हात ममाथि थियो।
14 Aí o poder do Senhor me dominou, e o seu Espírito me levou dali; aí eu fiquei zangado e cheio de amargura.
15 म कबार नदीको छेउमा भएको तेल-अबीबमा बस्‍ने निर्वासनमा लगिएकाहरूकहाँ गएँ। अनि त्यहाँ तिनीहरू बसोबास गरेको ठाउँमा तिनीहरूको बीचमा म सात दिनसम्म अति दुःखी भएर रहेँ।
15 Então fui a Tel-Abibe, na beira do rio Quebar, onde estavam vivendo os judeus que haviam sido levados como prisioneiros. E fiquei ali sete dias, espantado com o que tinha visto e ouvido.
16 तेल-अबीबमा बसेको सात दिनको अन्त्यमा याहवेहको वचन मकहाँ आयो:
16 Depois desses sete dias, o Senhor Deus falou comigo assim:
17 “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
17 — Homem mortal , eu o estou pondo como vigia para a nação de Israel. Você entregará a eles os avisos que eu lhe der.
18 जब म एक जना दुष्‍टलाई भन्छु, ‘तँ निश्‍चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्‍ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।
18 Se eu anunciar que um homem mau vai morrer, e você não avisar esse homem para que pare de fazer o mal e assim salve a sua vida, ele morrerá como pecador, e você será o responsável pela morte dele.
19 तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्‍टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।
19 Se você avisar um homem mau, e ele não deixar de pecar, ele morrerá ainda pecador, mas você não morrerá.
20 “तर जब धर्मी मानिसले आफ्नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र मैले त्यसको अगि ठेस लाग्ने ढुङ्गो राखिदिएँ भने त्यो मर्नेछ। तैँले त्यसलाई चेतावनी नदिएको हुनाले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धार्मिक कामहरूको सम्झना हुनेछैन; अनि म तँलाई त्यसको रगतको जिम्मेवार ठहराउनेछु।
20 — Se um homem direito começar a fazer o mal, e eu o puser em uma situação perigosa, ele morrerá se você não o avisar. Ele morrerá por causa dos pecados dele, e eu não lembrarei do bem que ele fez. E você será responsável pela morte dele.
21 तर यदि तैँले धर्मी मानिसलाई पाप नगर्नू भनेर चेतावनी दिइस् र त्यसले पाप गरेन भने त्यो निश्‍चय नै बाँच्नेछ; किनकि त्यसले चेतावनी ग्रहण गर्‍यो, र तैँले आफ्नो प्राणलाई बचाउनेछस्।”
21 Se você avisar um homem direito para que não peque, e, se ele der atenção a você e não pecar, então ele ficará vivo, e você também não morrerá.
22 तब त्यहाँ याहवेहको हात ममाथि थियो र उहाँले मलाई भन्‍नुभयो, “उठ् र मैदानमा जा; अनि त्यहाँ म तँसँग कुरा गर्नेछु।”
22 Eu senti a presença poderosa do Senhor Deus e o ouvi dizer o seguinte: — Levante-se e vá até o vale, que eu falarei com você ali.
23 यसकारण म उठेर मैदानमा गएँ; अनि कबार नदीको किनारमा मैले देखेको जस्तै याहवेहको महिमा त्यहाँ प्रकट भएको थियो; अनि म भुइँमा घोप्टो परेर निहुरिएँ।
23 Então fui até o vale e lá vi a glória do Senhor , como já havia visto na beira do rio Quebar. Eu caí com o rosto no chão,
24 तब ममा आत्मा आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो। उहाँले मसँग कुरा गर्नुभयो र मलाई भन्‍नुभयो: “तेरो घरमा जा, गएर आफ्नो घरभित्र ढोका बन्द गरेर बस्।
24 mas o Espírito de Deus entrou em mim e me pôs de pé. E Deus me disse: — Vá para casa e feche-se dentro dela.
25 अनि हे मानिसको छोरा, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्; अनि तँ मानिसहरूको बीचमा बाहिर निस्केर जान पाउनेछैनस्।
25 Você, homem mortal , vai ser amarrado com cordas e não poderá sair.
26 म तेरो जिब्रोलाई तालुमा टाँसिदिनेछु; अनि तँ बोल्न नसक्ने हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्नेछैनस्; किनकि तिनीहरू विद्रोही घरानाका हुन्।
26 Vou paralisar a sua língua, e você não poderá avisar essa gente rebelde.
27 तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्‍नू: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’ जसले सुन्‍न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्‍न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।”
27 Depois, quando eu falar de novo com você e lhe devolver a fala, você dirá a esse povo o que eu, o Senhor Deus, disser. Alguns deles vão ouvir, mas outros não, porque são um povo rebelde.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.